३० फाल्गुन २०८२, शनिबार

बर्दिया मधुबनमा बालअधिकार तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी अभिमुखीकरण

बर्दिया मधुबनमा बालअधिकार तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी अभिमुखीकरण

समाचारदाता
नेपालगन्ज, फागुन ३० । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको मधुवनस्थित भृकुटी माध्यमिक विद्यालयमा बालअधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको उद्देश्य विद्यालय समुदायमा बालअधिकार र बाल संरक्षणबारे सचेतना अभिवृद्धि गर्नु, बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणका लागि प्रोत्साहन गर्नु तथा मानव बेचबिखन जस्ता अपराध नियन्त्रणका लागि सामूहिक प्रतिबद्धता सुदृढ गर्नु रहेको क्लबले जनाएको छ ।


सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, बाल क्लबका सदस्यहरू, प्रधानाध्यापक तथा अन्य सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो ।
सुरक्षा परियोजनाका कार्यक्रम संयोजक ईश्वर बीकेले अभिमुखिकरणमा सहजीकरण गर्दै बालबालिकाका मौलिक अधिकार, विद्यालयमा बाल संरक्षणको आवश्यकता, समावेशी शिक्षण अभ्यास तथा मानव बेचबिखनका जोखिम र त्यसका रोकथामका उपायबारे विस्तृत प्रस्तुति दिनुभएको थियो । उहाँले बालमैत्री, सुरक्षित र समावेशी विद्यालय वातावरणले मात्र बालबालिकाको समग्र विकास र कल्याण सुनिश्चित गर्न सक्नेमा जोड दिनुभयो ।


कार्यक्रम फिल्ड सुपरभाइजर सबित्रा भट्टले सञ्चालन गर्नुभएको थियो । सो अवसरमा विद्यालयका प्रधानाध्यापकले विद्यालयलाई बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरणयुक्त संस्था बनाउनेतर्फ विद्यालयले गरिरहेका प्रयास र प्रतिबद्धताबारे जानकारी दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *