श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै, बृहत्त पार्टी प्रवेश कार्यक्रम

समाचारदाता
नेपालगन्ज, भदौ ७ । श्रम संस्कृति पार्टीले भदौ १३ गते नेपालगन्जमा अगुवा श्रमदातासँग हातेमालो तथा बृहत्त पार्टी प्रवेश कार्यक्रम गर्ने भएको छ। पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज साम्पाङ राईको प्रमुख आतिथ्यमा कार्यक्रम हुने आइतवार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टीको बाँके शाखाले जनाएको छ।
पार्टीका बाँके अध्यक्ष श्रीमान् थापा मगरले कार्यक्रम नेपालगन्जस्थित होटल ग्याजेस्टिकमा बिहान ११ः३० बजे हुने जनाउँदै कार्यक्रममा बाँकेका अगुवा श्रमदाता, पार्टीका नेता–कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी हुने बताउनुभयो ।
पत्रकार सम्मेलनमा पार्टीका बाँके अध्यक्ष थापा मगर, लुम्बिनी प्रदेश उपाध्यक्ष ओमकार थापा, प्रदेश सह–कोषाध्यक्ष रामचरण चौधरी, प्रदेश सदस्य ज्योति परियार र दिनेश गुरुङ, जिल्ला संगठन विभाग प्रमुख तथा कार्यक्रम संयोजक राजन राना मगर, वरिष्ठ नेता मोहम्मद इम्तियाज राई, काली मियाँ कस्मिरा खातुन र जिल्ला उपाध्यक्ष मेघराज सुनारलगायतले पत्रकारहरुका प्रश्नहरुको जवाफ दिनुभयो ।


कार्यक्रम संयोजक राजन राना मगरले श्रम संस्कृति पार्टीले श्रमलाई विकासको आधार बनाउँदै संगठन विस्तार गरिरहेको बताउनुभयो। उहाँका अनुसार पार्टीका केन्द्रिय अध्यक्ष साम्पाङको नेतृत्वमा धरानमा श्रमदानमार्फत खानेपानी, पुल, पार्क तथा विपन्न परिवारका लागि घर निर्माणलगायतका काम भएका छन्।
बाँकेमा पनि प्रत्येक शनिबार श्रम अभियान सञ्चालन हुँदै आएको जनाउँदै रानामगरले अभियानमार्फत स्थानीयस्तरमा श्रम र विकासप्रति जनचेतना जगाउने काम भइरहेको बताउनुभयो ।
राना मगरले बाँकेका आठवटै स्थानीय तह र ८१ वटै वडामा संगठन विस्तार गर्ने पार्टीको लक्ष्य रहेको बताए। ‘आगामी स्थानीय तह निर्वाचनमा जिल्लाका सबै पालिका र वडामा सहभागी हुने गरी संगठन विस्तार गरिरहेका छौं,’ उहाँले भन्नुभयो।


जिल्लाका अधिकांश पालिकामा पार्टीको संगठन निर्माण भइसकेको दाबी गर्दै रानामगरले स्थानीय उत्पादनलाई प्राथमिकता दिने र परनिर्भरता घटाउने विषयलाई पार्टीले राजनीतिक एजेन्डाका रूपमा अघि बढाएको बताउनुभयो ।
भदौ १३ गते हुने कार्यक्रम राजनीतिक तथा सांगठनिक विस्तारमा केन्द्रित हुने पार्टीले जनाएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका सयौं प्रमुख व्यक्तिलाई पार्टी प्रवेश गराउने तयारीसमेत गरिएको छ।
सो अवसरमा कालिमियाँ कश्मिरा खातुनले लामो समयदेखि माओवादीमा लागेपनि सो दलले मुस्लिम समुदायको उपेक्षा गरेकोले माओवादी विघटन भएर बनेको नेकपाको साधारण सदस्य समेत नरहनेगरि आफुले पार्टी परित्याग गरेको र भदौ १३ गते सयौं नेता कार्यकर्तासहित श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *