श्रम संस्कृति पार्टी बाँकेका नेता कार्यकर्ताले चट्याङ लागेर घाइते बरालको धान काटेर भित्र्याए

समाचारदाता
बाँके, कात्तिक २२ । केही दिन अघि खसेको चट्याङ लागेर गम्भीर घाइते हुनु भएकी नेपालगन्ज उपमहानगर २० की सुमित्रा बरालकी १३ वर्षिया छोरीले गरेको आग्रहपछि श्रम संस्कृति पार्टी बाँकेका श्रमदाताहरु खेतमा पुगेर धान काट्ने र भित्रयाउने काम गरिदिएका छन् ।
आमा घाइते हुनुभएकोले धान काट्न नसक्ने भन्दै घाइते बरालकी १३ वर्षिया छोरी हिमानी शर्माले खेतमा धान काट्न सहयोग माग्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक आग्रह गर्नुभएको थियो ।


सो आग्रहलाई स्विकार गरेर नेपालगन्ज उपमहानगरपालिका–२०, राँझास्थित बरालको पाँच कठ्ठा खेतको धान काट्नेदेखि थ्रेसर लगाएर भित्र्याउनेसम्मको काम गरिएको श्रम संस्कृति पार्टी बाँकेका अध्यक्ष श्रीमान थापामगरले बताउनुभयो ।
उहाँले लगातार तीन दिन बरालको खेतमा पुगेर पार्टीका नेता कार्यकर्ताहरुले धान काट्ने र भित्रयाउने काम गरेको बताउनुभयो ।
जिल्ला अध्यक्ष थापा मगरको नेतृत्वमा पार्टीका अगुवा श्रमदाता चाँद खाँ, वरिष्ठ श्रमदाता मेराज अहमद हलवाई (हिमालय), प्रस्तावित केन्द्रीय सदस्य राजन राना मगर, जिल्ला उपाध्यक्ष मोहम्मद रहिस हलवाई, मेघराज सोनार, सचिव दण्डप्रसाद शर्मा, नगर श्रम संयोजक इम्तियाज राई र अस्लम अन्सारीलगायत श्रमदाताले बरालको खेतमा पुगेर धान काट्ने र थ्रेसर लगाएर झार्ने काम गर्नुभयो ।


श्रमदानमा सहभागी प्रस्तावित केन्द्रीय सदस्य राजन राना मगरले अप्ठ्यारोमा परेका परिवारलाई सहयोग गर्नु श्रम संस्कृतिको उद्देश्य भएको जनाउँदै आवश्यक परेका ठाउँमा श्रमदानलाई निरन्तरता दिने बताउनुभयो ।
वरिष्ठ श्रमदाता मेराज अहमद हलवाईले हिमानीको आग्रहपछि आफूहरू सहयोगका लागि पुगेको बताउनुभयो । उहाँले पाँच कठ्ठा खेतको धान काट्नेदेखि भित्रयाउनेसम्मको काममा तीन दिनदेखि निरन्तर श्रमदान गरेको जानकारी दिनुभयो ।


पार्टीका जिल्ला उपाध्यक्ष मोहम्मद रहिस हलवाईले सुमित्रा चट्याङ लागेर घाइते भएपछि परिवारलाई धान भित्र्याउन समस्या भएको जानकारी पाएर टोली सहयोगमा जुटेको बताउनुभयो । उहाँका अनुसार श्रमदाताले धान काट्नेदेखि थ्रेसर लगाएर धान झार्नेसम्मको काम सम्पन्न गरेका छन् । उपाध्यक्ष हलवाईले पार्टीले राजनीतिक गतिविधिसँगै जनताको सुखदुःखमा साथ दिने उद्देश्यले श्रमदान अभियान सञ्चालन गरिरहेको जनाउनुभयो । आवश्यक परेको ठाउँमा श्रमदाताहरू परिचालन गरेर सहयोग गर्दै आएको उहाँले जानकारी दिएनुभयो ।


सो पार्टीका स्थानीय नेता कार्यकर्ताले यसअघि रामलिला मैदानको सरसफाई, बागेश्वरी मन्दिर परिसरको फोहोर सफादेखि बौद्ध गुम्बाको ढुंगा बोक्ने देखि सहरका विभिन्न ठाउँको सरसफाइको पनि काम गरेको पार्टीका प्रस्तावित केन्द्रिय सदस्य कश्मिरा खातुनले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *