बर्दियामा सञ्चालित विभिन्न परियोजनाको समिक्षा र योजनातर्जुमा बैठक सम्पन्न
परियोजनाको प्रभावकारिता, पारदर्शिता र दिगोपनमा ध्यान दिउँ–कोषाध्यक्ष फिर्दौस जहाँ
समाचारदाता
नेपालगन्ज, बैशाख १० । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित तीनवटा परियोजनाहरुको त्रैमासिक समिक्षा तथा योजना तर्जुमा बैठक गुलरियामा सम्पन्न भएको छ ।
बर्दियामा सञ्चालित शसक्त बालिका परियोजना, ग्रिन इकोनोमि परियोजना र सुरक्षा परियोजनाको तीन महिने समिक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
सो बैठकको समापन गर्दै बाँके युनेस्को क्लबका कोषाध्यक्ष फिर्दौस जहाँले परियोजनाको योजना तर्जुमा गर्दा त्यसको प्रभावकारिता, पारदर्शिता र दिगोपन सुनिश्चित गर्न बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले परियोजनाको सफलताका लागि गरेको कामको समिक्षा सबैभन्दा अहम भएको जनाउँदै सही समिक्षा भएमा आगामी दिनमा सुधार गर्न र झन राम्रो नतिज...









