चिसोबाट अति प्रभावित मगन्ता समुदायलाई ४२ थान कम्बल वितरण
सिराज खान
नेपालगञ्ज, माघ १२ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले अत्याधिक चिसो र शीतलहरको कारण समस्यामा परेका जिल्लाका अति विपन्न मगन्ता समुदायलाई कम्बल वितरण गरेको छ ।
डुुडुवा गाउँपालिका ६ मगन्ता टोलका अति विपन्न मगन्ता समुदायका ४२ जनालाई बुधवार वडामै गएर कम्बल वितरण गरिएको छ ।
वडा कार्यालयको समन्वयमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीसहितको टोलीले डुडुवाको वडा नम्बर ६ मगन्ता टोलमा पुगेर त्यहाँका ४२ जना अतिविपन्नलाई कम्बल वितरण गरेको हो ।
परम्पराकालबाट मागेर गुजारा चलाउँदै आएका मगन्ता समुदायलाई चिसोले जिवन यापनमा समस्या भएको जानकारी पाएर कम्बल वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।
मगन्ता समुदायलाई सहायक प्रमुख जिल्ला अधिकारी केसी, जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत राम कुमार सोनकर, वडा अध्यक्ष मोहनराम मिश्र, विपद व्यवस्थापन समिति बाँकेका सू...









