जमुनाहा नाकामा आइतवार पनि ३९ जना संक्रमित भेटिए, अझै धेरै परीक्षण विनै भित्रिंदै
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २५ । यहाँस्थित नेपाल भारत जमुनाहा नाकामा आइतवार पनि ठुलो संख्यामा संक्रमित भेटिएका छन् । भारतबाट आउनेहरु मध्ये मात्र ६७५ जनाको एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
उहाँले आइतवार जमुनाह नाकामा सकास्पद ६७५ जनाको कोभिड एन्टिजिन परिक्षण गर्दा १३ जना पुरुष र २६ जना महिला सहित ३९ जनामा कोरोना पुष्टि भएको बताउनु यभो । संक्रमण देखिएका सबैलाई नेपालगञ्जस्थित बालमन्दिर आइसोलेसनमा राखी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
यस अघि केही दिन पहिलेसम्म नाकामा चेकजाचका क्रममा संक्रमीतको संख्या शुन्य आउदै गरेकोमा यहि पुस १९ गतेदेखि एक्कासी संक्रमितहरु बढ्न थालेका थिए । पुस १९ गते ९ जना, पुस २० गते ४ जना, पुस २१ गते ५ जना, पुस २२ गते २३ जना, पुस २३ गते २६ जना, पुस २४ गते ४६ जना र आइतवार ३९ जनामा ...









