मानवबेचविखन विरुद्ध रणनिति निर्माण गर्दै बाँकेका चार पालिका
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ७ पुस । बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथामका लागि रणनिति कार्ययोजना निर्माण गर्नका लागि सम्बद्ध सरोकारवालाहरुसंग नेपालगञ्जमा एक कार्यशाला सम्पन्न गरेको छ ।
प्लान नेपालको सहयोगमा बाँकेमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत सो कार्यशालाको आयोजना गरिएको हो ।
मानवबेचविखन नियन्त्रणका लागि रणनिति कार्ययोजना निर्माण गर्नका लागि बाँकेका चार वटा पालिकाका सरोकारवालाहरुको सहभागितामा सो कार्यशाला सम्पन्न भएको र कार्यशालामा सहभागि सबैले छिटै उक्त रणनिति बनाउने प्रतिवद्धता जनाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले कार्यशालामा सहभागि चारवटै पालिकाका सरोकारवालाहरु रणनिति बनाउने कुरामा सहमत भएर सो रणनितिको खाकाका बारेमा विस्तृत रुपमा छलफल गरेको बताउनुभयो ।
सो कार्यशाला गोष्ठिमा नेपालगन्ज ...









