भारतमा सम्मानित युनेस्कोकर्मीलाई बर्दियामा पनि सम्मान
नेपालगञ्ज, पुस ४ । समाजसेवाको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याए वापत भारतमा सम्मानित हुनुभएका बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक र अर्थ निर्देशकलाई बर्दियाको राजापुरमा स्वागत र सम्मान गरिएको छ ।
बर्दिया राजापुरमा रहेको मानपुर टपरा युनेस्को क्लबले एक औपचारिक कार्यक्रमको आयोजना गरेर भारतको दिल्लीमा भारतीय दलित साहित्य अकादमीले सम्मान गरेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर र अर्थ निर्देशक वेद पंगालीको स्वागत र सम्मान गरेको छ ।
कार्यकारी निर्देशक तुलाधरलाई डा.अम्बेडकर एक्सीलेन्सी सर्विस नेसनल अवार्ड २०२१ र अर्थ निर्देशक पंगालीलाई डा.अम्बेडकर कलाश्री नेसनल अवार्ड २०२१ बाट गत साता मात्रै भारतमा सम्मानित गरिएको थियो ।
मानपुर टपरा युनेस्को क्लबका अध्यक्ष भिमसेन चौधरीको अध्यक्षतामा सम्पन्न भएको स्वागत र सम्मान कार्यक्रममा सम्मानित दुबैजनालाई अबिर, माला र खादा ओढाएर सम्मा...








