दैलेखबाट भागेर जोखिमपुर्ण काममा भारत पस्न खोजेका चार बालकको नेपालगञ्जमा उद्दार
सिराज खान
नेपालगञ्ज, पुस ३ गते । जोखिमपूर्ण कामका लागि भारत जाने भनेर घरबाट एक्लै भागेर नेपालगञ्ज पुगेका दैलेखका तीनसहित चार जना बालकको उद्धार गरिएको छ ।
शुक्रबार विहान नेपालगञ्जस्थित धम्बोझी चोकमा बेवारिसे अवस्थामा फेला परेका दैलेख दुल्लु तल्लो दुमेश्वर घर बताउने बर्ष १३ का सुवास वादी, वर्ष १५ का विमल वादी, वर्ष १२ का करण वादी र भारतको नानपारा घर बताउने वर्ष १५ का रमेश मौरियाको उद्धार गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ ।
सो प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्काका अनुसार घरबाट भागेर नेपालगञ्ज पुगेका तीन जना बालक र एक जना भारतीय बालकको उद्धार गरेर बाल हेल्पलाइन ९सिविन नेपाल० बाँकेमा पठाइएको छ ।
नेपाली बालकहरु सीमापार गर्ने तयारीमा रहेको र उनीहरुसँगै भारतीय बालक के कसरी भेटिएको र कुन उद्देश्यले उनीहरुले सीमा पार गर्न खोजेको भन्ने कुराको छानविन भैरहेको उहाँले ...









