सल्यान दुर्घटनामा १२ को मृत्यु, ८ को सनाखत, चार जनालाई हेलिकोप्टरबाट कोहलपुर ल्याइयो
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १० महिला र २ पुरुष छन् ।
सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजे कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको थियो । बस सडकबाट २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु भएकामध्ये आठ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा सल्यान छत्रेश्चरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओली, घोराही उपमहानगरपालिकाका ६५ वर्षीय इन्द्रा अधिकारी, दाङ बबई गाउँपालिका ६ पञ्चकुलेका ७० वर्षीया कलावती बुढाथोकी छन् ।
त्यस्तै शारदा नगरपालिका– की ५३ वर्षीया प्रभा चलाउने, सोही गरपालिका– २ की ६१ वर्षीया मिना डाँगी, ३ नं वडाकी ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी–१ की २४ वर्षीया मिना शाही र बबई–४ की ६० वर्षी...









