७ बैशाख २०८१, शुक्रबार

कोरोना बीमाको भुक्तानी नदिने बीमा कम्पनीलाई अदालतद्धारा कारण देखाउ आदेश जारी

कोरोना बीमाको भुक्तानी नदिने बीमा कम्पनीलाई अदालतद्धारा कारण देखाउ आदेश जारी

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १६ कात्तिक । कोरोना बीमा भुक्तानी नदिने बीमा कम्पनीहरुलाई उच्च अदालतले १५ दिने कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगन्जको इजलासले सो आदेश जारी गरेको हो ।
उक्त अदालतका न्यायधीश ध्रुवराज चन्दको एकल इजलासले कोरोना बीमा भुक्तानी नगर्ने नेपालगन्जका २० वीमा कम्पनीलाई मंगलवार कारण देखाउ आदेश जारी गरेको हो । कोरोना वीमा गरेकाहरुले वीमा भुक्तानी नपाएको भन्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा सोमवार कानुन व्यवसायी र अधिकारकर्मीले रिट दायर गर्नु भएको थियो ।

सार्वजनिक सरोकारको बिषय बनाउँदै दायर गरिएको सो रिटमा सुनुवाई गर्दै १५ दिने कारण देखाउ आदेश जारी भएको हो ।
वीमा कम्पनीहरु २०७८ साल असार मसान्तसम्म बीमा रकम भुक्तानी गर्ने अवधि तोके पनि अहिलेसम्म उनीहरुले वीमा रकम भुक्तानी गर्न नसकेपछि ती कम्पनीहरुलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो ।
नेपाल बार एशोसिएसनका उपाध्यष सुनिलकुमार श्रेष्ठ, अधिवक्ता लोकबहादुर शाह, बसन्त गौतम, बलबहादु चन्द, विश्वजित तिवारी, अधिकारकर्मी भोला महतसमेतले दायर गरेको रिटमा वीमा कम्पनीहरुले सम्झौता गरेअनुसारको कोरोना वीमा भुक्तानी गर्न आलटाल गरेको उल्लेख गर्दै सम्झौता अनुसार रकम भुक्तानी गर्न माग गरिएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *