२४ बैशाख २०८१, सोमबार

लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि र अपांगता भएका बालबालिकाहरु मैत्री कक्षाकोठा व्यवस्थापन तालिम सम्पन्न

लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि र अपांगता भएका बालबालिकाहरु मैत्री कक्षाकोठा व्यवस्थापन तालिम सम्पन्न

समाचारदाता
नेपालगन्ज, बैशाख १२ । बाँके युनेस्को क्लबले बर्दियाका सामुदायिक विद्यालयका शिक्षकहरूकालागि लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि र अपांगता भएका बालबालिकाहरु मैत्री कक्षाकोठा व्यवस्थापनसम्बन्धी तीन दिने शिक्षक तालिम सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “सामाजिक संरक्षण सेवाहरुमा अपाङ्गता भएका बालबालिकाहरूको अधिकार सुनिश्चितताका लागि सहयोग” परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।
सो तीन दिने तालिममा कुल २७ वटा माध्यमिक विद्यालयका शिक्षकहरू र प्रधानाध्यापकहरूले उत्साहपूर्वक सहभागी भई अपाङ्गता भएका बालबालिकाको पहिचान गर्न र त्यस्ता अपाङ्गता भएका व्यक्तिहरूकालागि उपयुक्त समावेशी शिक्षाशास्त्र र कक्षाकोठा व्यवस्थापन मार्फत अपाङ्गता भएका बालबालिकाहरूका लागि समावेशी सिकाइ वातावरण सिर्जना गर्न केन्द्रित उपयोगी ज्ञान हासिल गरेका थिए ।
सो तालिमको मुख्य उदेश्य अपाङ्गता भएका बालबालिकाको शिक्षा र व्यक्तित्व विकासको मौलिक अधिकार सुनिश्चित गर्दै विद्यालयमा समावेशी र गुणस्तरीय सिकाइ वातावरणमा पहुँच सिर्जना गर्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
तालिमका सहजकर्ता सञ्जीव जोशीले अपाङ्गता भएका बालबालिकाको भावना, शिक्षण पद्धति, पाठ योजना र विद्यालयमा आवश्यक पूर्वाधारको उपलब्धतासंगै कक्षाकोठालाई अपाङ्गता भएका बालबालिकाको सहज सिकाइकालागि आवश्यक पूर्वाधार बारे शिक्षकहरुलाई प्रशिक्षण दिनुभयो ।


तीन दिने सो तालिमको समापन सत्र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि राजापुर नगरपालिकाको महिला तथा बालबालिका एकाइकी प्रमुख रिता कुमारी थारु रहनु भएको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि थारुले अपाङ्गता भएका बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्दै सिकाइको वातावरण सिर्जना गर्ने भएकाले यस्तो उपयुक्त तालिम दिने बाँके युनेस्को र प्लान इन्टरनेशनलको प्रयासको उच्च प्रशंसा गर्नुभयो । उहाँले विद्यालयलाई समावेशी र अपाङ्गमैत्री बनाउन सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभयो ।
सो अवसरमा प्रमुख अतिथि थारु र बाँके युनेस्कोका अध्यक्ष तुलाधर तथा प्रमुख संरक्षक परवेज अली सिद्दिकीले संयुक्त रुपमा सहभागिलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
प्रधानाध्यापक प्रेमबहादुर बिकेले सहभागीहरुको तर्फबाट बोल्दै तालिम निकै उपयोगी रहेको बताउँदै अपाङ्गता भएका बालबालिकालाई सहज र मैत्रीपूर्ण वातावरणमा सिकाउने ज्ञान बढेको बताउनुभयो ।
सहभागीका तर्फबाट बोल्दै विद्यालयकी शिक्षिका अञ्जु भट्टराईले प्रशिक्षणले सहभागि सबैलाई वास्तवमै उत्प्रेरित गरेको र विशेषगरी अपाङ्गता भएका बालबालिकालाई उपयोगी शिक्षण सीप प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, राजापुर बर्दियाको टपरा युनेस्कोका अध्यक्ष भीमसेन चौधरी, बाँके युनेस्कोका सह निर्देशक महेश नेपाली, फिल्ड सुपरभाइजर जनक चौधरी लगायतको पनि सहभागिता रहेको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *