सुन व्यवसायी हेमकार परिवारका पाँच जनाको हत्या आरोपीलाई जिल्ला अदालतद्धारा सफाई
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ मंसिर । १६ वर्षअघि नेपालगञ्जका सुन व्यापारी हेमकारपरिवारको सामुहिक हत्या काण्डका आरेपीलाई बाँके जिल्ला अदालतले सफाइ दिएको छ ।
नेपालगञ्जका सुन व्यापारी दीपक हेमकारको परिवारका ५ सदस्यको हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई प्रमाण नपुग्ने र शङ्काको सुविधा पाउने भन्दै बाँके जिल्ला अदालतले सफाइ दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश पूर्ण बास्तोलाको इजलासले हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई सफाइ दिने फैसला गरेको छ।
गत कात्तिक ७ गते भएको फैसलाको पूर्णपाठ केही दिनअघि मात्रै प्रमाणीकरण भएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टले जानकारी दिनुभयो । जिल्ला न्यायाधीश बास्तोलाले शङ्काको भरमा जाहेरी आएको र त्यसलाई पुष्टि गर्ने प्रमाण अभियोजकले पेस गर्न नसकेको भन्दै शङ्का रहेपनि शङ्काको सुविधा आरोपीले पाउने भन्दै सफाइ दिनु भएएको हो ।
२०६२ साल...
