बी ग्रुपद्धारा नेपालगन्जको सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण
टि डि खोप समिक्षा तथा योजना बैठक सम्पन्न
समाचारदाता
नेपालगन्ज, जेठ ७ । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजनाले सरसफाईकर्मी र कृषकहरुको पेशागत जोखिम न्यूनीकरण गर्न र स्वास्थ्य सेवामा पहुँच बढाउनकालागि नेपालगन्जका सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।
एएफडी एवम् एमडिएम फ्रान्ससंगको साझेदारीमा बी ग्रुपले सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत सो मेडिकल उपकरण तथा सामाग्री हस्तान्तरण गरिएको हो ।
परियोजनाका संयोजक समद सिद्दिकीले दिनुभएको जानकारी अनुसार परियोजना अन्तर्गत सरसफाईकर्मी र कृषकलाई मध्यनजर गरि उहाहरुको पेशागत जोखिम न्यूनीकरण गर्न, स्वास्थ्य सुनिश्चित गर्न र स्वास्थ्य सेवामा पहँुच बढाउनका लागि पेशागत स्वास्थ्य सेवा प्रणाली बलियो बनाउने उद्धेश्यले नेपालग...









