२६ जेष्ठ २०८३, मंगलवार

राजापुरमा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम

राजापुरमा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम

समाचारदाता
बर्दिया, राजापुर जेठ २६ । मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणका साथै बालबालिका, युवा तथा जोखिममा रहेका समुदायको संरक्षणका लागि सामुदायिक स्तरमा जनचेतना अभिवृद्धि गर्न सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रम बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल तथा राजापुर नगरपालिकाको संयुक्त आयोजनामा सुरक्षा परियोजनाअन्तर्गत बर्दियाको राजापुर नगरपालिका–८स्थित भेरी माध्यमिक विद्यालयमा सम्पन्न गरिएको हो ।
कार्यक्रममा विद्यार्थी, युवा, अभिभावक, स्थानीय समुदाय तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक प्रभावबारे जानकारी दिँदै यस्ता सामाजिक समस्याको रोकथाममा समुदायको भूमिकाबारे छलफल गरिएको क्लबले जनाएको छ ।


कार्यक्रममा इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) होमप्रसाद चौधरीले सहजीकरण गर्दै मानव बेचबिखन तथा लागूऔषध सम्बन्धी अपराध नियन्त्रणका लागि समुदायमा सचेतना, सतर्कता र समयमै सूचना प्रवाहको आवश्यकता औंल्याउनुभयो । उहाँले सहभागीहरूलाई जिम्मेवार नागरिकका रूपमा समाजमा सकारात्मक परिवर्तनका संवाहक बन्न आग्रह गर्नुभयो ।
त्यसैगरी, महिला तथा बालबालिका शाखाकी अनिता चौधरीले बाल संरक्षण, महिला तथा बालअधिकार, उपलब्ध सहयोग संयन्त्र तथा मानव बेचबिखन, हिंसा र शोषणसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउनुभयो । उहाँले सचेत र सशक्त समुदाय नै हिंसा, शोषण तथा बेचबिखनविरुद्धको सबैभन्दा बलियो सुरक्षा कवच भएको बताउनुभयो ।


कार्यक्रममा सुरक्षित आप्रवासन, बाल संरक्षण, युवा सशक्तीकरण तथा लागूऔषध दुव्र्यसनका हानिकारक असरबारे विशेष सन्देश प्रवाह गरिएको थियो । सहभागीहरूले सक्रिय रूपमा छलफलमा सहभागिता जनाउँदै प्राप्त जानकारीलाई परिवार, साथीभाइ तथा समुदायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको समापनमा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयासलाई थप सुदृढ बनाउने तथा सुरक्षित, संरक्षणमुखी र स्वस्थ समाज निर्माणका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।


बालबालिका सुरक्षित, युवा सशक्त र परिवारहरू हिंसा तथा शोषणमुक्त वातावरणमा जीवनयापन गर्न सक्ने समाज निर्माणका लागि यस्ता कार्यक्रमहरूले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *