२४ मंसिर २०८२, मंगलवार

राजनीति

जसपा बाँकेद्धारा क्षेत्र नम्बर २ का लागि मन्त्री राईको एकल नाम सिफारिस

जसपा बाँकेद्धारा क्षेत्र नम्बर २ का लागि मन्त्री राईको एकल नाम सिफारिस

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, भदौ १७ गते । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि जनता समाजवादी पार्टीले बाँके क्षेत्र नम्बर २ बाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको एकल नाम सिफारिस गरेको छ । २०७४ सालको निर्वाचनमा पनि राई सोही क्षेत्रबाट प्रतिनिधी सभामा निर्वाचित हुनु भएको थियो । यस्तै प्रतिनिधी सभा क्षेत्र नम्बर १ बाट राम कुमार यादव तथा क्षेत्र नम्बर ३ बाट मनोजकुमार दिक्षित र बलरामयादवको नाम सिफारिस गरिएको जसपा बाँकेले जनाएको छ । यसैगरी प्रदेश सभा १ क बाट अजयकुमार श्रीवास्तव र मोहम्मद अलि खाँ, प्रदेश सभा १ ख बाट लालबहादुर शाह, जग बहादुर ओलीको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश सभा २ क बाट भण्डारी लाल यादव र सर्वण यादव, प्रदेश सभा २ ख बाट दुर्गेश गुप्ता, राजन रानामगर, माजिद अलि शेख, र बुद्धिसागर सुवेदीको नाम सिफारिस गरिएको जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर...
नेपालगन्ज निवासी पुर्व न्यायधिश सिद्दिकी नेकपा एसमा प्रवेश

नेपालगन्ज निवासी पुर्व न्यायधिश सिद्दिकी नेकपा एसमा प्रवेश

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, भदौ १५। नेपालगञ्ज निवासी उच्च अदालतका पूर्व न्यायाधीश डा सलाउद्दिन अख्तर सिद्दिकीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गर्नु भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका सिद्धिकी सेवानिवृत्त न्यायाधीश हुनुहुन्छ । उहाँ न्यायसेवाबाट तीन वर्ष पहिले अवकाश लिए पश्चात सामाजिक संस्था द मदर फाउन्डेसन मार्फत अन्तराष्ट्रिय सम्बन्ध सुदृढीकरणका गतिविधिमा संलग्न हुनुहुन्छ । मुसलमान बहुल क्षेत्रको प्रतिनिधित्व गर्ने सिद्दिकीको प्रवेशले पार्टीलाई थप मजबुत बनाउने विश्वास राख्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले उहाँलाई उचित जिम्मेवारी दिइने आश्वाशनसमेत दिनुभयो । सोही कार्यक्रममा नेपालगन्ज निवासी डा तबस्सुम सिद्दीकीले पनि पार्टी प्रवेश गर्नु भएको छ । उहाँ आर्कीटेक्ट विषयमा पीएच डी गर्ने पहिलो र एकमात्र महिला भएको समेत बताइएक...
माओवादी केन्द्र बाँकेले एक महिने संगठन सुदृढिकरण तथा जनविस्तार अभियान सञ्चालन गर्ने

माओवादी केन्द्र बाँकेले एक महिने संगठन सुदृढिकरण तथा जनविस्तार अभियान सञ्चालन गर्ने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, भदौ १५ । नेकपा माओवादी केन्द्र बाँके जिल्ला कमिटीले एक महिनासम्म संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ । बैठकले संघिय निर्वाचन क्षेत्र र प्रदेस निर्वाचन क्षेत्रमा नेताहरुको कार्यक्षेत्र तोकेर जिम्मेवारी पनि बाडफाड गरेको माओवादी केन्द्र बाँकेले जनाएको छ । नेकपा माओवादी केन्द्र बाँके जिल्लाको तेस्रो पुर्ण बैठकले सो निर्णय गर्दै पार्टी संगठनलाई जिल्ला भरिनै सुदृढ पार्नुका साथै माओवादीको एजेण्डा, हालसम्मका काम र उपलब्धीहरु बारे जनतालाई जानकारी गराउने निर्णय गरेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेका संयोजक तथा खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिक तुफानले बताउनुभयो । संयोजक तुफानको अध्यक्षतामा सम्पन्न भएको बैठकमा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदी, अर्का स्थायी कमिटि सदस्य तथा...
जनता समाजवादी पार्टी बाँकेद्धारा संगठन सुदृढिकरण अभियान सञ्चालन, वडा वडामा भेला तथा प्रशिक्षण

जनता समाजवादी पार्टी बाँकेद्धारा संगठन सुदृढिकरण अभियान सञ्चालन, वडा वडामा भेला तथा प्रशिक्षण

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, भदौ ११ । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी शुरु गर्दै बाँकेमा विभिन्न दलहरुले निर्वाचन केन्द्रित अभियानहरु शुरु गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकिकृत समाजवादी पार्टी र एमालेले निर्वाचन केन्द्रित कार्यक्रमहरु शुरु गरेका छन् । नेपाली काँग्रेसले जनताको साथमा काँग्रेस अभियानलाई बाँकेमा आइतवारबाट औपचारिक रुपमा शुरु गर्दैछ भने नेकपा एकिकृत समाजवादीले उम्मेदवार समेत सिफारिस गरिसकेर तयारी शुरु गरेको सो दलले जनाएको छ । सोही प्रकारले जनता समाजवादी पार्टी नेपालले बाँके क्षेत्र नम्बर २ बाट संगठन सुदृढ अभियान शुरु गरेको छ । सो दलका केन्द्रिय कार्यकारीणी सदस्य तथा भौतिक पुर्वाधार मन्त्री मोहम्मद ईश्तियाक राईको निर्देशनमा संगठनलाई बलियो बनाई नेता कार्यकर्तालाई दिनरात जनतासंग सम्पर्क राख्ने गरि परिचा...
नागरिकता विधेयकसम्बन्धी भ्रम र वास्तविकता

नागरिकता विधेयकसम्बन्धी भ्रम र वास्तविकता

Uncategorized, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
– ‘नागरिकता’ नागरिक र राज्यबीचको सम्बन्धको आधार हो । राज्यले प्रत्याभूत गर्नुपर्ने मौलिक हक, आर्थिक, सामाजिक र राजनीतिक अधिकार एवं राज्यप्रति नागरिकहरूको कर्तव्य सुनिश्चित गर्न राज्यले आफ्ना नागरिकहरूलाई नागरिकको दर्जा दिएर वैधानिकता प्रदान गरेको हुन्छ । – नेपालको संविधान २०७२ को धारा १० ले ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन’ भन्ने व्यवस्था गरेको छ । – अन्तर्राष्ट्रिय मानव अधिकारको मान्यताअनुरूप पनि “कुनै पनि व्यक्तिलाई राज्यविहीनताको अवस्थामा राख्न पाइँदैन ।” नागरिकता विधेयक अहिले ल्याउन किन आवश्यक ? – नेपाल नागरिकता ऐन, २०६३ र नेपालको अन्तरिम संविधान, २०६३ ले जन्मको आधारमा नागरिकता प्रदान गर्ने व्यवस्था गरेको थियो । २०४६ चैत मसान्तसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायी रूपले बसोबास गर्दै आएको व्यक्तिलाई – जन्मका आधारमा नागरिकता लिएका व्यक...
सबै धर्मविच एकता र स्वर्गिय राजा विरेन्द्रको शालिक स्थापना गर्न पत्रकार उदय श्रेष्ठद्धारा उम्मेदवारी घोषणा

सबै धर्मविच एकता र स्वर्गिय राजा विरेन्द्रको शालिक स्थापना गर्न पत्रकार उदय श्रेष्ठद्धारा उम्मेदवारी घोषणा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, भदौ ८ । बाँकेका वरिष्ठ पत्रकार उदय बहादुर सिंह श्रेष्ठले आगामी मंसिर ४ गते हुने संघिय निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। बिगत ४२ बर्षदेखि पत्रकारीता गर्दै आउनु भएका श्रेष्ठले सबै धर्मविच एकता कायम गरेर धार्मिक तथा सामाजिक सदभाव कायम गर्दै स्व राजा बिरेन्द्रको शालिक पहिलेकै स्थानमा स्थापनाका लागि आफूले उम्मेदवारी दिने बताउनु भएको छ । बाँकेमा धेरैले चुनाव जितिसकेको अवस्थामा एउटा इतिहासलाई बिर्सेर स्व राजा बिरेन्द्रको शालिक स्थापना गर्न नसक्दा आफूले जिते शालिक स्थापना गर्ने र सबै धर्मविच एकता कायम गराउने बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाँकेबाट उम्मेदवारी दिने घोषणा गर्नु भएको हो। पत्रकार श्रेष्ठले स्वतन्त्र रुपमा उम्मेदवारी दिने जनाउँदै आफ्नो एजेण्डा र विचारसंग मेल खाने अरु पनि कोही स्वत...
हमालको अध्यक्षतामा प्रेस सेन्टर नेपाल कोहलपुर नगर समिति गठन

हमालको अध्यक्षतामा प्रेस सेन्टर नेपाल कोहलपुर नगर समिति गठन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता कोहलपुर, भदौ ७ । प्रेस सेन्टर नेपालको कोहलपुर नगर समितिको अध्यक्षमा पुष्पराज हमाल चयन हुनु भएको छ । सोमबार कोहलपुर नगर समितिको आयोजनामा सम्पन्न विशेष भेला तथा प्रशिक्षण कार्यक्रमको बन्द सत्रबाट हमालको अध्यक्षतामा १३ सदस्यीय नगर कार्यसमिति चयन गरिएको हो । नगर समितिको उपाध्यक्षमा विवेक रेग्मी, सचिवमा शुभाकर विश्वकर्मा, सह सचिवमा रामगोपाल विश्वकर्मा र कोषाध्यक्षमा शुशिला शर्मा सर्वसम्मत रुपमा चयन हुनु भएको छ । निर्वाचित सदस्यहरुमा राजु चौधरी, शान्ति सुनार, प्रतिमा शाही, प्रमिला विश्वकर्मा, मिना रावल, कल्पना शाही, मनवीर परियार र मनोज कोइराला रहनु भएको छ । विशेष भेला तथा प्रशिक्षण कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सांसद पार्वती पुन उषाको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खानको विशेष आथित्यतामा १३ स...
मन्त्री राईलाई समातेर जब प्रदेश सांसद नमुना केसी भावुक बन्नुभयो…

मन्त्री राईलाई समातेर जब प्रदेश सांसद नमुना केसी भावुक बन्नुभयो…

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
सिराज खान नेपालगञ्ज, भदौ ४ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई शनिवार साँझ अँध्यारो हुनै लाग्दा सिधनिया घाटस्थित राप्ती नदीमा निर्माण गरिएको पुल छेउमा पुग्नुभयो । विहान ६ बजेदेखि निरन्तर कार्यक्रममा व्यस्त रहनु भएका उहाँलाई दुई कार्यक्रम बाँकी रहँदा त्यहाँ पुग्न अँध्यारो हुन लागि सकेको थियो । जबकी सो ठाउँमा पुग्ने निर्धारित समय भने साढे पाँच बजे अपरान्हको थियो । राप्ती नदीमा निर्माण गर्न लागिएको नयाँ पुलको शिलान्यास गर्न मन्त्री राईको टोली त्यहाँ पुगेको थियो । मन्त्री राई, प्रदेश सांसद कृष्णा केसी नमुना, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहितको टोलीले पुगे लगत्तै अहिलेको पुल भन्दा दोब्बर फराकिलो र लामो पुल निर्माणको शिलान्यास गर्नुभयो । शिलान्यास गरेपछि त्यसमा लेखिएको ब्यहोरा पढेर सुनाउने जिम्मेवारी पाउनु भएकी प्रदेश सांसद केसीले सो पढे लगत...
पाँच आकाशे पुल निर्माण र सडक कालोपत्रे योजनाको मन्त्री राईद्धारा शिलान्यास

पाँच आकाशे पुल निर्माण र सडक कालोपत्रे योजनाको मन्त्री राईद्धारा शिलान्यास

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ ४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले जमुनाहादेखि कोहलपुरसम्मको फोरलेन सडकमा निर्माण गरिने पाँच वटा आकाशे पुल र अस्फाल्ट सडक ओभरले आयोजनाको शनिवार नेपालगञ्जमा शिलान्यास गर्नु भएको छ । दुबै आयोजनाको शिलान्यास मन्त्री राईले नेपालगञ्जको धम्बोझी चोक र राँझा चोकमा छुट्टा छुट्टै कार्यक्रममा गर्नुभएको हो । सो अवसरमा बोल्दै उहाँले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनिति गर्नेहरुसंग सावधान रहन बाँकेवासीलाई आग्रह गर्नुभयो । आफुले सधैं सबैको विकास र उन्नतीको राजनिति गरेको दावी गर्दै उहाँले सो बारेमा जो कोही संग पनि छलफल र बहस गर्न तयार रहेको बताउनुभयो । आफु दुई पटक बाँकेबाट सांसद भएको र तीन पटक मन्त्री भएको अवधीमा गरेका विकासका कामहरु उल्लेख गर्दै उहाँले यदि ती काम राम्रा र जनताका लागि थिए भने आगामी निर्वाचनमा भोट दिन आग्रह गर्...
मन्त्री राई विहानदेखि बुलेकासम्म विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त, भ्याईनभ्याई

मन्त्री राई विहानदेखि बुलेकासम्म विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त, भ्याईनभ्याई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचारदाता नेपालगञ्ज, भदौ ३ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई शुक्रवार विहान नेपालगञ्ज पुग्नुभयो । तेस्रो पटक मन्त्री बनेपछि दोस्रो पटक गृहनगर आउनु भएका उहाँलाई दिनभरि भ्याईनभ्याई रह्यो । जहाजबाट ओर्लिने वित्तिकै दर्जनौ कार्यकर्तासहित सिधै महेन्द्र पुस्तकालयको कार्यक्रमका लागि हिड्नु भएकोमा बागवान साइकलका सञ्चालक शरिफ बागवानले बाटोमै उहाँलाई छोप्नुभयो र चिया खुवाएर विदा गर्नुभयो । महेन्द्र पुस्तकालयको कार्यक्रम उद्घाटन गरेर जुमाको नमाजका लागि एकलैनी नजिकको जामा मस्जिद पुग्नु भएका मन्त्री राईसंग सयौं मानिसले त्यहाँ भेट गर्ने र आफ्नो कुरा राख्ने अवसर पाए । यो क्रम करिब २ घण्टा चल्यो । नमाजपछि मात्र आफ्नो घर पुगेपछि त्यहाँ पनि दर्जनौ शुभचिन्तक र कार्यकर्ताको भिड थियो । उनिहरुसंग पनि केही बेर उहाँले भलाकुसारी गर्नुभयो । धेरैको समस्या...