नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, मंसिर २३ । प्रेस सेन्टर नेपालको खजुरा शाखा पुनर्गठन गरीएको छ । शुक्रबार प्रेस सेन्टर निकट पत्रकारहरुको भेलाले खजुरा गाँउपालिका स्तरीय कमिटि पुनर्गठन गरेको हो ।
हरिशरण अधिकारीको अध्यक्षतामा चयन गरीएको नयाँ कमिटीको उपाध्यक्षमा सीता ओली, सचिवमा पुरन परियार, सहसचिवमा अकतार खाँ र कोषाध्यक्षमा अमृता खवास चयन भएका छन । त्यसैगरी सदस्यहरुमा लोपजंग मल्ल र रेखा थापा चयन भएका छन ।
प्रेस सेन्टर बाँकेले जिल्लाका ८ वटै पालिकामा कमिटि बिस्तार गर्ने क्रममा यसअघि खजुरा गाँउपालिकास्तरीय तदर्थ समिति गठन गरेको थियो । उक्त समितिलाई पुर्णता दिने क्रममा शुक्रबार नयाँ कमिटि चयन गरीएको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले जानकारी दिएका छन ।
बाँकेमा पालिकास्तरीय कमिटि बिस्तार गर्ने प्रेस सेन्टर पहिलो संगठन हो । प्रेस सेन्टरले नेपालगञ्ज, खजुरा, कोहलपुर, राप्तीसोनारी र ड...
सिराज खान
नेपालगञ्ज, मङ्सिर १८ गते । लुम्बिनी प्रदेशका ५२ वटा निर्वाचन क्षेत्र मध्ये १ निर्वाचन क्षेत्रमा मात्र महिला उम्मेदवार विजयी हुनुभएको छ । उहाँ हुनुहुन्छ, बाँके क्षेत्र नम्बर १ को प्रदेशसभा क का उम्मेदवार माओवादीकी कृष्णा केसी नमुना ।
उहाँ प्रदेशभरिमै प्रत्यक्ष निर्वाचित हुने महिला हुनुका साथै बाँकेबाट दोहोरिने एक मात्र उम्मेदवार पनि बन्न सफल हुनुभयो । २०७४ सालमा पनि केसीले सोही क्षेत्रबाट लुम्बिनी प्रदेशसभामा प्रवेश गर्नुभएको थियो ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएकी केसीले नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गरेर प्रदेशमै एक मात्र महिला विजेता बन्ने किर्तिमान बनाउनु भएको हो । केसीले नौ हजार १०३ मत पाउँदा चौधरीले सात हजार ९६६ मत पाउनुभयो ।
पाँच वर्षसम्म निरन्तर जनताको सेवामा खटिएको र निर्वाचन क्षेत्रको सडक तथा विद्युत समस्या समाधानमा विशेष पहल गरेकै कारण फे...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर १६ । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रिय नेता मोहम्मद ईश्तियाक राईले कुनै पनि माईका लालले ओन्दोलनबाट प्राप्त उपलब्क्धीहरुलाई समाप्त गर्न नसक्ने बताउनुभएको छ । उहाँले नागरिकता लगायतका विषय र अन्य उपलब्धीलाई समाप्त गर्ने षडयन्त्र भैरहेको जनाउँदै त्यस्तो कुनै पनि हालतमा हुन नदिने बताउनुभयो ।
जनता समाजवादी पार्टी बाँकेले शुक्रवार डुडुवाको कम्दीमा आयोजना गरेको धन्यवाद सभालाई सम्बोधन गर्दै उहाँले मधेश आन्दोलन र अन्य आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा र नागरिकता समस्या समाधानका लागि आफु सधैं जनताको साथमा र माझमा रहने बताउनुभयो । उहाँले थप्नुभयो–कसैले पनि संविधान र संविधानमा प्राप्त अधिकार समाप्त गर्ने षडयन्त्र गर्यो भने ईश्तियाक राईले कुनै पनि हालतमा त्यस्तो हुन दिनेछैन, चाहे त्यसका लागि जुनसुकै कदम किन चाल्न नपरोस ।
पुर्वमन्त्री राईले हालै स...
सिराज खान
नेपालगन्ज, मंसिर ७ । बाँके क्षेत्र नम्बर २ बाट पराजित हुनु भएका जनता समाजवादी पार्टीका केन्द्रिय नेता एवं पुर्व मन्त्री मोहम्मद ईश्तियाक राईले यस पटक आफु पराजित भएपनि बाँके क्षेत्र नम्बर २ को विकास, समृद्धि र सामाजिक सदभावका लागि सधैं सक्रिय रहीरहने प्रतिवद्धता जनाउनु भएको छ ।
मतपरिणाम सार्वजनिक भएर राप्रपाका उम्मेदवार धवल शमसेर राणाले ६ हजार बढी मतले जितेको घोषणा गरिए लगत्तै एक विज्ञप्ती प्रकाशित गरेर पुर्वमन्त्री राईले विजयी हुनु भएका राणालाई बधाई दिंदै आफुले शुरु गरेको सामाजिक सदभाव र एकतासहितको विकास र समृद्धिको अभियानमा साथ र सहयोग गर्ने ठुलो संख्याका मतदाताप्रति पनि हृदयदेखिनै आभार व्यक्त गर्नु भएको छ । उहाँले विजयी हुनु भएका राणाले जनता समक्ष गरेका वाचा र प्रतिवद्धतालाई पुरा गर्न आग्रह समेत गर्नु भएको छ ।
पुर्वमन्त्री राईले निर्वाचनमा उम्मेदवारको जित हार भन्दा पनि जनताक...
सिराज खान
नेपालगन्ज, मंसिर ७ । बाँके क्षेत्र नम्बर २ को प्रदेश सभा क र ख दुवै क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार भण्डारीलाल यादव र आदेश अग्रवाल विजयी हुनुभएको छ ।
प्रदेश सभा क मा जसपाका यादवले निवर्तमान सांसद एमाले उम्मेदवार विजयबहादुर यादवलाई दुई हजार १४६ मतान्तरले पराजित गर्नुभयो । विजयी हुनुभएका यादवले ११ हजार ५०४ मत प्राप्त गर्नुभयो भने पराजित हुनुभएका यादवले ९ हजार ३५८ मत प्राप्त गर्नुभयो ।
तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार राजकुमार बर्माले ८ हजार ७३१ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा बर्मा सत्ता गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो भने विजयी हुनुभएका यादवले एक्लै निर्वाचन लड्नुभएको थियो । यसै गरी प्रदेशसभा ख मा जसपाका आदेश अग्रवालले काँग्रेसका निरक गुरुङलाई १ हजार ५३७ मतान्तरले पराजित गर्नुभयो । अग्रवालले ८ हजार २४६ मत र गुरुङले ६ हजार ७०९ मत प्राप्त गर्नुभ...
सिराज खान
नेपालगन्ज, मंसिर ७ । बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा विजयी हुनुभएको छ । उहाँले जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पुर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतले पराजित गर्नुभयो ।
विजयी हुनुभएका राणाले २९ हजार ५७७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी राईले २३ हजार ५२० मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहनु भएका नेपाली काँग्रेसका सुदिप नरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गर्नुभयो ।
सोही प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले १ हजार ३३३ मत प्राप्त गर्नुभयो भने स्वतन्त्र उम्मेदवार ईर्फान शेषले १ हजार २८९ मत प्राप्त गर्नुभयो । विजयी हुनु भएका राणा यस अघि दुई पटक नेपालगन्ज उपमहानगरको मेयर पदमा निर्वाचित भई सक्नु भएको थियो भने पराजित हुनु भएका राईले २०७४ साल र २०६४ सालमा सां...
सिराज खान
नेपालगञ्ज, मङ्सिर ४ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेको कोहलपुरमा मतदान गर्नुभएको छ। उहाँले बाँके क्षेत्र नं १ कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गर्नुभयो ।
मन्त्री अथकसँगै लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य पार्वती पुन उषा र आइपी खरेलले पनि मतदान गर्नुभएको छ । मन्त्री अथक बाँके क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार पनि हुनुहुन्छ ।...
सिराज खान
नेपालगञ्ज, मङ्सिर ४ गते । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रिय नेता मोहम्मद ईश्तियाक राईले नेपालगञ्ज १५ मा मतदान गर्नुभएको छ । नेपालगञ्ज १५ को मतदान केन्द्रमा मतदान गर्न पुग्नु भएका पुर्वमन्त्री राईले सो मतदान केन्द्रमा सबैभन्दा पहिले मतदान गर्नुभयो ।
उहाँ बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार पनि हुनुहन्छ । मतदानपछि उहाँले सक्षिप्त प्रतिक्रिया दिंदै लोकतन्त्रको एउटा महाकुम्भमा सहभागी भएर मतदान गरि आफ्नो जिम्मेवारी पूरा गरेको जनाउँदै सम्पूर्ण मतदाताहरुलाई लोकतन्त्रको यो सुन्दर महापर्वमा सहभागी भएर बिबेकपूर्ण मतदान गर्न अपिल गर्नुभएको छ ।...
समाज भाँड्ने र नागरिकता विरोधीहरुसंग सावधान रहन आग्रह
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक ३० । बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद ईश्तियाक राईले ठुलो त्याग र बलिदानपछि जनताले पाएको अधिकार खोसेर फेरी रैती बनाउने षडयन्त्र भैरहकोले सचेत रहन जनतासंग आग्रह गर्नु भएको छ । उहाँले जनताले पाएको अधिकार खोसेर फेरी सामन्ती शासन चलाउन खोज्नेहरुले धर्म जातको नाराहरु दिएर समाज भाड्ने र आफ्नो उदेश्य पुरा गर्ने खेल खेलीरहेको बताउनुभयो ।
बाँकेको डुडुवा २ बेतहनीमा बुधवार आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै पुर्वमन्त्री तथा उम्मेदवार राईले जनताले पाएको अधिकार, कमाएको सम्पत्ति र गरेको प्रगति सहन नसकेर विभिन्न बहानामा विभाजन ल्याई फेरी गुलाम बनाउन खोजिएकाले सचेत रहन तथा त्यस्तालाई धपाउन आग्रह गर्नुभयो ।
धवल समशेर राणप्रति ईगित गर्दै पुर्वमन्त्री राईले भन्नुभयो – कुनै पनि म...
नेपालगन्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २९ । नेकपा माओवादी केन्द्रबाट बाँके २ को प्रदेशसभा २ का उम्मेदवार अकलबहादुर बमले ११ शिर्षकभित्र ७० वटा प्रतिवद्धता समेटिएको आफ्नो प्रतिवद्धता पत्र मंगलवार सार्वजनिक गरेका छन् ।
नेपालगन्जमा एक कार्यक्रमका बीच पत्रकारहरु माझ उनले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । बमले उक्त प्रतिवद्धता पत्रमा निर्वाचन क्षेत्रमा गर्न सकिने विभिन्न कामलाई आफ्नो प्रतिवद्धताका रुपमा समेटेका छन् ।
सो कार्यक्रममा उनले बाँकेको क्षेत्र नम्बर १ र ३ मा गठबन्धन हुदै गर्दा २ नम्बर क्षेत्रमा आवश्यकता अनुसार मित्रवत मित्रवत प्रतिस्पर्धा गर्न लागिएको बताए । उनले क्षेत्र नम्बर २ मा संघिय सांसदमा काँग्रेसले उम्मेदवारी दिंदा प्रदेशमा एउटा सिट माओवादीले पाउनु पर्नेमा त्यसो नगरिंदा बाध्य भएर मित्रवत प्रतिष्पर्धामा जानु परेको बताए।
उनले आफुले जनताको मतको सम्मान र सदुपयोग...