नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २८ । राष्टिय प्रजातन्त्र पार्टीको आमसभा आइतवार नेपालगञ्जको त्रिभुवन चोकमा हुने भएको छ । शनिवार सुर्खेतमा आमसभा गरेको राप्रपाले आइतवार नेपालगञ्जमा सभा गर्ने जनाएको छ ।
राजेन्द्र लिंगदेल अध्यक्षमा निर्वाचित भएपछि राप्रपाले पार्टीको निति, भावि दिसा र लक्ष्य उदेश्य जनतालाई प्रष्ट पार्न तथा जनमत बढाउने उदेश्यले देशका विभिन्न सहरहरुमा आमसभाको आयोजना गरिरहेको छ ।
सोही क्रममा नेपालगञ्जमा आमसभा गर्न लागिएको र सो आमसभाको सबै तयारी पुरा गरिएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले बताउनुभयो ।
उहाँले स्थानीय त्रिभुवन चोकमा आयोजना गरिने सभामा ठुलो संख्यामा जनाको उपस्थिति हुने समेत बताउनुभयो । सो सभालाई अध्यक्ष लिंगदेलका साथै उपाध्यक्ष विक्रम पाण्डे, महासचिव डा. धवल शमसेर राणा, महामन्त्री कुन्ति शाही, वरिष्ठ नेताहरु फत्तेहसिंह थारु र प्रेम बहादुर भण्डारी, प्रव...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २८ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शनिवार बेलुकी नेपालगञ्ज पुग्नु भएको छ । उहाँ बाँके जिल्लाका विभिन्न कार्यक्रममा सहभागि हुने यहाँ आउनु भएको हो ।
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले शनिवार बेलुकी नेपालगञ्ज पुगे लगत्तै काँग्रेस बाँकेको पार्टी कार्यालयमा पुगेर स्थानीय नेता तथा कार्यकर्तासंग भेट गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले स्थानीय निर्वाचन नजिकै रहेकोले सबै कार्यकर्ताले एकजुट भएर काँग्रेसलाई विजयी गराउन लाग्न निर्देशन दिनुभयो । उहाँले एकतावद्ध काँग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने दावी समेत गर्नुभयो ।
आन्तरिक निर्वाचनमा जे जस्ता प्रतिष्पर्धा भएपनि अब सबैले एकजुट भएर काँग्रेसलाई विजयी गराउने अभियानमा लागनु पर्नेमा उहाँको विशेष जोड थियो ।
सो अवसरमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २४ । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पुर्व शहरी बिकास मन्त्री मोहम्मद ईश्तियाक राईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा डुडुवामा विभिन्न पार्टी परित्याग गरि २२ जना प्रभावशाली स्थानीय नेताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
मंगलवार डुडुवामा आयोजना गरिएको एक कार्यक्रममा नेपाली कांग्रेस डुडुवाका प्रभावशाली नेता तथा वडा न २ बेतहनीका निर्वाचित वडा सदस्य ईजाजुद्दीन खां र माओवादी केन्द्रका पुराना नेता सब्बीर खां लगायत बिभिन्न पार्टी परित्याग गरी २२ जना प्रभावशाली नेताहरु जसपामा प्रवेश गरेको जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईले बताउनुभयो ।
प्रवेश गर्नेहरुलाई पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद ईश्तियाक राईले सदस्यता प्रदान गर्दै सही समयमा सही निर्णय लिएको जनाउँदै बाँकेमा जसपा दिनदिनै बलियो हुँद...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २४ । नेकपा माओवादी केन्द्र कमान्ड १ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ को भेला तथा बैंठक मंगलवार सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र वडा नम्बर ५ का अध्यक्ष कल्पना शर्माको अध्यक्षतामा सम्पन्न भएको भेला र बैठकबाट वाइसियल वडा कमिटि, अनेमसंघ क्रानितकारी वडा समिति र मुस्लिम मुक्ति मोर्चाको वडा समिति समेत गठन गरिएको छ ।
१२० जना भन्दा बढी स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको सो भेलाले असगर अलि अन्सारीको अध्यक्षतामा १७ सदस्यीय वाइसीयल नेपाल वडा कमिटी, मुन्नी फारुकिको अध्यक्षताम १३ सदस्यीय अनेमसंघ क्रान्तिकारी वडा कमिटी र ल्याकत अन्सारीको अध्यक्षतामा मुस्लिम मुक्ती मोर्चा वडा कमिटी गठन गरिएको वडाका अध्यक्ष कल्पना शर्माले बताउनुभयो ।
सो भेलाको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य अतहर हुसेन फारुकी रहनु भएको थियो भने अतिथिमा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २२ । नरैनापुर गाउँपालिकामा ईलाका प्रशासन कार्यालय पुनस्र्थापनाको माग गर्दै धर्ना र हस्ताक्षर संकलन गरिएको छ ।
नरैनापुर गाऊँपालिका वडा नं ४ मा स्थापित इलाका प्रशासन कार्यालय नरैनापुर २०७२ सालमा असुरक्षाको कारण देखाई नेपालगञ्जमा सारिएपछि हालसम्म पुनस्र्थापना नगरिएकोले तत्काल पुनस्र्थापनाको माग गर्दै स्थानीयले धर्ना र हस्ताक्षर संकलन गरेका हुन् ।
नेकपा एमाले नरैनापुरको अगुवाईमा गाउँपालिकाको कार्यालय अगाडी आइतवार सयौं जना धर्नामा बसेका छन् भने दवाव दिन हस्ताक्षर संकलन समेत गरिरहेका छन् ।
बृद्ध बृद्धा, अपाँङ्गहरु नेपालगञ्ज आवत जावत गर्न नसक्ने कारणले नागरिकता बनाउन नसकी बृद्ध÷बिधवा÷अपाँङ्ग भत्ता लगायत राज्यबाट प्राप्त हुने सेवा सुबिधाबाट बञ्चित भएका छन् ।
नेकपा एमाले नरैनापुरका अध्यक्ष पंचराम यादवले सो माग गर्दै एक हजार भन्दा बढी सर्वसाधारणले हस्ता...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २० । पहिलो चरणको परिणाम सार्वजनिक भएलगत्तै नेपालगञ्जपाटी डटकमले दोस्रो चरणमा नारायण प्रसाद गौडेलको विजयी हुने संभावना धेरै रहेको समाचार प्रकाशित गरेको थियो । सो समाचारमा दोस्रो चरणको समिकरण परिवर्तन हुने समेत जनाईएको थियो । उक्त समाचारलाई लिएर कतिपयले हावा कुरा भनेर खिल्ली समेत उडाएका थिए । तर, अन्तत सोही समाचार सही साबित हुन पुगेको छ ।
शुक्रवार भएको दोस्रो चरणको निर्वाचनमा गौडेल सभापतिमा निर्वाचित हुनु भएको छ भने कुर्मीले ९७ मतले पराजित हुनु परेको छ । सुरेन्द्र हमाल र उहाँको समुहले गौडेललाई समर्थन गरेपछि गौडेल विजयी हुनुभएको हो । सो बाहेक अन्य विभिन्न कारणले पनि कुर्मीको पराजय भएको हो ।
शुक्रवार भएको दोस्रो चरणको निर्वाचनमा गौडेल ७६० मत ल्याएर बादशाह कुर्मीलाई ९७ मतको अन्तरले पराजित गर्नु भएको हो । भर्खरै सम्पन्न भएको मतगणनामा संस्थापन इतर पक्ष...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २० । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न शुरु भएको दोस्रो चरणको मतदान सकिएको छ । नयाँ नेतृत्व चयन गर्न शुक्रवार विहान १० बजेदेखि जिल्ला समन्वय समितिमा सुरु भएको मतदानमा १४३९ जनाले मतदान गरिसकेका छन् । कुल १४९३ जना मतदाता रहेकोमा जम्मा १४३९ मत खसेको निर्वाचन कमिटीले जानकारी दिएको छ।
हिजो भएको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि आज पुनः दोस्रो चरणको निर्वाचन भएको हो । सभापतिको दौडमा रहेका नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्र हमाल मध्ये तेस्रो स्थानमा आएका हमाल प्रतिष्पर्धाबाट बाहिरिएपछि गौडेल र कुर्मीबीच मात्र मतदान गराइएको छ । हमाल बाहिरीए पनि उनले पहिलो नम्बरमा आएका सभापतिका उम्मेदवार गौडलको समर्थन गर्दै आफ्ना मतदातहरुलाई मत दिएर गौडेललाई जिताउन आग्रह गरेका थिए।
विहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १९ । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चयनका लागि विहिबार भएको मतदानपछिको मतगणनामा कुनै पनि उम्मेदवारहरुले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि शुक्रवार पुनः मतदान हुने भएको छ । विहिबार साँझ भएको मतगणनामा संस्थापन इतरका नारायण प्रसाद गौडेलले ५६९ मत ल्याउँदै पहिलो भएका छन् भने उनका प्रतिद्वन्द्वी बादशाह कुर्मीले ५३८ मत ल्याउँदै दोस्रो नम्बरमा आएका छन् ।
त्यस्तै सभापतिका अर्का उम्मेदवार सुरेन्द्र हमालले ३१४ मत प्राप्त गर्दै तेस्रो स्थानमा आएका छन् । गौडेल संस्थापन इतरका हुन् भने कुर्मी र हमाल संस्थापन समूहबाट उम्मेदवारी दिएका थिए ।
कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने भएका कारण विहिबार भएको मतगणनामा पहिलो र दोस्रो हुने गौडेल र कुर्मीबिच पुनः शुक्रवार मतदान हुने भएको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
दोस्...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १९ । नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तरगत बाँकेमा जिल्ला निर्वाचनको मतदान कार्य अहिले चलिरहेको छ । बिहान सवा ९ बजेबाट जिल्ला समन्वय समितिमा मतदान सुरु भएको थियो । यो समाचार तयार पार्दासम्म जिल्ला सभापतिका लागि चारसय मत खसिसकेको निर्वाचन समितिले जनाएको छ । मतदान निरन्तर शान्तिपुर्ण रुपमा जारी रहेको छ ।
मतदान अपरान्ह ४ बजेसम्म चल्ने जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन सम्पन्न गर्नका लागि करिव एक सय जना निर्वाचन कर्मचारी तथा ६० जना सुरक्षाकर्मी परिचालित भएका छन।
जिल्ला समन्वय समिति परिसरमा मतदान केन्द्रको सुरक्षा गर्ने जिम्मा जिल्ला प्रहरी कार्यालय बाँकेले लिएको छ । मतदानमा जिल्लाका कुल १ हजार ४ सय ९३ जना मतदाता क्षेत्रीय प्रतिनिधीले मतदानमा सहभागि हुनेछन् ।
जिल्ला सभापतिका लागि तीन जना उम्मेदवारहरु स...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १७ फागुन । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले शहीद सप्ताह अन्तर्गत नेपालगन्जमा शहीद परिवारलाई सम्मान गरेको छ ।
जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेलको स्मृतिसँग जोडेर शहीद सप्ताहअन्तर्गत शहीद परिवारलाई सम्मान गरिएको हो ।
कार्यक्रममा सहीद भिपण रोकायका बहिनि सारदा रोकाय, सहिद अनिरुद्र शर्माका श्रीमती सीता शर्मा, शहिद भिएल बुढा रोशनकी श्रीमती कमला पंन्त, सहिद रमिता मल्लकि आमा मिना मल्ल, सहिद प्रेम रसाइलीका दाजु कर्ण रसाइली,सहिद शिबराज ज्ञवालीकि भाउजू मञ्जु ज्ञवाली, शहिद मैना कुमारी बरालका दाजु डिल्ली प्रशाद बराल लगाएत सहिद परिवारहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा शहीद परिवारले शहीदले जुन सपना देखेर बलिदानी दिए ती सपना अझै पूरा हुन नसकेको गुनासो गरेका थिए ।
उक्त सम्मान कार्यक्रम नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको कार्...