सर्वदलीय सहमति विना नेपालगञ्जमा कुनै शालिक स्थापना गर्न नपाइने सर्वदलीय बैठकको निर्णय
सेतु विकको शालिकको मर्मतसम्भार उपमहानगरले गर्ने
नेपालगञ्जपाटी समाचारदाता
नेपालगञ्ज, जेठ २० गते । नेपालगञ्ज उपमहानगरमा सर्वदलीय सहमति र निर्णय विना कुनै पनि शालिक स्थापना गर्न नपाउने र शान्ति सुरक्षा खलबलिने अन्य कुनै संवेदनशील कार्य समेत गर्न नपाउने निर्णय सर्वदलीय बैठकले गरेको छ ।
प्रशासनको अनुमति र दलहरुको सहमति विना एकलौटी रुपमा विगतको निर्णयसमेतलाई उलंघन गर्दै राप्रपाका कार्यकर्ताहरुले विहिबार नेपालगञ्जको धम्बोझी चोकमा राजा वीरेन्द्रको शालिक पुनस्थापना गर्दा भएको झडप र सेतु विकको शालिक तोडफोडपश्चात जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलिय बैठकले सो निर्णय गरेको हो ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सर्वदलिय बैठकमा भएको निर्णयको जानकारी दिदैँ भन्नुभयो–‘सर्वदलिय सहमति विना कुनै पनि शालिक निर्माण र पुनस्थापना नगर्ने निर्णय गरिएकोछ । राजा वीरेन्द्रको शालिक ...









