पुर्वमन्त्री राईद्धारा नयाँ वर्षको उपलक्ष्यमा बृक्षारोपण तथा शुभकामना प्रदान
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, बैशाख १ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले अहिले शुरु भएको यो नयाँ वर्षमा देश र जिल्लाले विकासमा फड्को मारोस, सामाजिक र धार्मिक सदभाव कायम रहोस, सबैले रोजगारी र काम पाउन भन्दै त्यसका लागि सबै युवाले सचेत भएर लाग्नु पर्ने आवश्यकता औल्याउनु भएको छ ।
जेसीआई नेपालगञ्ज लगायतका संघसंस्थाले विहिबार नेपालगञ्जको हडियाबाबाको प्रांगणमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री राईले अहिलेका कलिला युवा भोलीका कर्णधार भएको बताउँदै उहाँहरुनै भोली देश हाक्ने महत्वपुर्ण ठाउँहरुमा पुग्नु पर्ने शुभकामना पनि दिनुभयो ।
उहाँले मानवीय जिवनका लागि अतिनै महत्वपुर्ण मानिएको बृक्षारोपणमा प्रमुख अतिथि बनाएकोमा आभार प्रकट गर्दै नेपालगञ्जका हरित अभियानकर्ता हेमन्तराज काफ्लेको अभि...









