‘पिडितको जाहेरी दरखास्त नलिएको भन्ने आरोप गलत र असत्य हो’
समाचारदाता
नेपालगन्ज, पुस २८ गते । डुडुवा गाउँपालिका ४ मा जबरजस्ती करणी गरिएको भनिएको घटना सम्बन्धि जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय बाँकेले लिन नमानेको भन्ने भनाइ असत्य भएको जनाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेले खण्डन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दीपक पातलीद्वारा जारी गरिएको बिज्ञप्तीमा सो जानकारी गराउँदै नाबालिक माथि भएको जबरजस्ती करणी जस्तो गम्भिर प्रकृतीको मुद्दामा यस कार्यालयले चासो नदिएको, अनुसन्धान नगरेको, जाहेरी दरखास्त नलिएको, बिभिन्न दवाब र प्रभावमा परेको तथा पीडितलाई बेवास्ता गरेको भन्ने कुरा पूर्णरुपमा असत्य र गलत भएको दावी गरिएको छ ।
पीडित भनिएकी बालिका पुस १७ गते बाँके प्रहरीको सम्पर्कमा आउने वित्तिकै सोही दिन बिस्तृत स्वास्थ्य परीक्षण लगायतको प्रारम्भिक अनुसन्...
समाचारदाता
नेपालगन्ज, मंसिर ८ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको गुलरियामा जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र मानवतावादी कार्यक्रम सम्बन्धी दुईदिने क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।
क्लबले सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत आयोजना गरिएको सो तालिमको मुख्य उद्देश्य किशोरी तथा युवाहरूको जलवायु परिवर्तन र विपद् सम्बन्धी ज्ञान, नेतृत्व क्षमता र स्थानीय स्तरमा कार्यान्वयन क्षमतामा वृद्धि गर्नु रहेको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँका अनुसार दुई दिनसम्म चलेको उक्त तालिममा सहभागीहरूलाई जलवायु परिवर्तनका आधारभूत अवधारणा, कारण तथा स्थानीय प्रभाव,अनुकूलन र न्युनिकरणका व्यावहारिक उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।
तालिमका सहभागीहरूले आफ्नो समुदायमा देखापर्ने जलवायु तथा विपद् सम्बन्धी समस्याहरूका ...
समाचारदाता
नेपालगन्ज, कात्तिक २५ गते । इस्लामी संघ नेपालले हाल देशव्यापी रुपमा मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगकालागि प्रेरित गर्ने जागरण अभियान सञ्चालन गरेको छ ।
सोही क्रममा संघले बाँकेमा पनि उक्त ६ दिने अभियान सञ्चालन गरेर मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगमा जोड दिंदै दुरुपयोगबाट जोगिन विद्यार्थि र युवालाई बिशेष अनुरोध गरेको छ ।
सो अभियान बारे जानकारी दिन नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मोबाइल र सामाजिक सञ्जालको अत्यधिक, अनाबश्यक, अनियन्त्रित र अनुचित प्रयोगले समाजलाई एक्लोपन र नैतिक पतनको खाडलतर्फ धकेलिरहेको इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश पश्चिमका अध्यक्ष उवेदुर रहमान खानले बताउनुभयो ।
उहाँले सोही कारणले अभियाननै चलाउनु पर्ने आबश्यकता महसुस गरेर जागरण अभियान थालिएको बताउनुभयो ।
सो अवसरमा बाँके र बर्दियामा आयोजना गरिने अभियानको कार्यक्रमहरुको ...
समाचारदाता
नेपालगन्ज, भदौ २२ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राजापुर नगरपालिकामा सञ्चालन गरेको परियोजनाको संयुक्त अनुगमन गरिएको छ ।
क्लबले बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको ‘ग्रिन इकोनोमि’ र ‘सुरक्षा’ परियोजनाअन्तर्गत विभिन्न कार्यक्रमको क्लबका पदाधिकारी, कर्मचारी र नगरपालिकाका जनप्रतिनिधिहरुद्धारा संयुक्त अनुगमन भ्रमण गरिएको हो ।
सो अनुगमन भ्रमणको मुख्य उद्देश्य परियोजनाका कार्यक्रमहरूको गुणस्तर र प्रभावकारिता मूल्यांकन गर्ने, लाभग्राहीहरूको सन्तुष्टि बुझ्ने, मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रमहरूको प्रभाव परीक्षण गर्ने र अझ प्रभावकारी बनाउन आवश्यक आवश्यकताहरु पहिचान गर्ने रहेको क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले बताउनुभयो ।
उहाँका अनुसार अनुगमन भ्रमणका क्रममा बेतबास तथा विषादीरहित तरकारी खेतीमा संलग्न सहभागीहरूसँग अन्तरक्रिया, कक्...
सिराज खान
नेपालगन्ज, भदौ १६ । बर्दियाको राजापुर नगरपालिकाकी इन्दिरा चौधरी र गीता चौधरी केही महिना पहिलेसम्म काम तथा रोजगारी नपाएर हैरान हुनुहुन्थ्यो, तर, आज उहाँहरु दुबैजना दृढ संकल्प, लगनशीलता र आत्मविश्वासका जीवित उदाहरण बनेर देखाउन सफल हुनु भएको छ ।
प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत बाँस बेतका सामाग्री बनाउने ३९० घण्टाको तालिम लिएपछि इन्दिरा र गीताको जीवन यात्रा परिवर्तन भएको हो ।
उहाँ दुबैजनाले अतिनै लगन र मिहिनेतका साथ सो कठिन र गहन तालिम सम्पन्न गरेपछि, अहिले उहाँहरूले बाँसका डाली, बाँसको फूल राख्ने भाँडो, टेबुल–कुर्सी लगायतका आकर्षक तथा बजारयोग्य सामग्री उत्पादन गरेर विक्रि समेत गर्न थाल्नु भएको छ ।
यसले उहाँहरू दुबैको जीवनमा सानो समयमै आर्थिक स्थिरता मात्र ल्याएको छैन, बरु उहाँहरूलाई आफ्नो भविष्य आफैं ...
समाचारदाता
नेपालगन्ज, १५ भदौ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका–७ को वडा कार्यालयमा मानब बेचबिखन, लागु पदार्थ दुव्र्यसनी तथा बालविवाहविरुद्ध अन्तर–पुस्ता सम्बाद कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालित सुरक्षा परियोजना अन्तर्गत सो कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र हमालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा वडा सदस्यहरू, सशस्त्र प्रहरीका निरीक्षक, नेपाल प्रहरीका सह–निरीक्षक, विद्यालयका शिक्षक, वडा सचिव तथा कर्मचारी, सामुदायिक अगुवा, बडघर, बाल क्लबका सदस्यहरू, युवादूत तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।
सो अन्तरपुस्ता संवादले समुदायमा जागरूकता अभिवृद्धि गर्ने, सहकार्य मजबुत बनाउन तथा बालबालिकाको सुरक्षित भविष्यकालागि सामूहिक कदम चाल्न प्रेरणादायी भूमिका खेलेको...
समाचारदाता
नेपालगन्ज, भदौ १४ । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपद्वारा समुदायमा सरसफाई सम्बन्धि चेतना फैलाउने उदेश्यले नेपालगन्ज उपमहानगरपालिका २ बाल्मिकि टोलमा प्रवद्र्धनकालागि सरसफाई तथा सचेतना अभियान कार्यक्रम सम्पन्न गरिएको छ ।
एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा बी ग्रुपद्वारा संचालित ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ बाँकेले क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्ज तथा बाल्मिकी समाजको सहकार्यमा ३ आर (कम उत्पादन, पुनः प्रयोग र पुनः चक्रण) प्रवद्र्धनका लागि सरसफाई तथा सचेतना अभियान कार्यक्रम आयोजना गरेको हो ।
बी ग्रुपका उपाध्यक्ष मीरा खनालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बाल्मिकी समाजले नेपालगन्जको सरसफाईमा आफ्नो स्वास्थ्यलाइ पनि जोखिममा राखी निरन्तर योगदान पुरयाई रहेको जनाउँदै यस परियोजनाले सरसफाईकर्...
समाचारदाता
नेपालगन्ज, भदौ ८ गते । बाँकेका थारु बाहुल्य गाउँबस्तीमा आइतवार अट्वारी पर्व धुमधामका साथ मनाईंदै छ । यो पर्वलाई भव्य रुपमा मनाउन गत केही दिनदेखि थारु समुदायमा तयारी तिव्र पारिएको थियो ।
महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजा गर्ने सबै तयारी पुरा गरिएको र आइतवार आफन्तजनसंग मिलेर पूजा गर्ने राप्ती सोनारीका हेमन्त चौधरीले बताउनुभयो ।
उहाँले आइतवार अधिकांश थारु समुदायका पुरुषहरु दिदीबहिनीका लागि ब्रत बसेको पनि बताउनुभयो ।
यस्तै नेपालगन्जका अर्का थारु अगुवा भगतराम थारुले अटवारी विशेषगरी दुई दिन मनाउने जनाउँदै आइतवार दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने तथा सोमवार बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइने बताउनुभयो ।
सोही प्रकारले बाँके बिनौनाका थारु अगुवा बिमला चौधरीले दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दर्शाउने विशेष अवसर नै अटव...
समाचारदाता
नेपालगन्ज, भदौ ८ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत बर्दियाको राजापुर नगरपालिकामा बाल बेचबिखन विरुद्धको प्रभावकारी संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
बालबेचविखन नियन्त्रणको सवालमा सो अन्तरपुस्ता संवाद कार्यक्रम राजापुर नगरपालिका– वडा नं. ६ मा सम्पन्न गरिएको क्लबले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले यस्ता संवाद र चेतनामूलक कार्यक्रमले समुदायभित्र सचेतना अभिवृद्धि गर्न, सहकार्य सुदृढ बनाउन र बालबालिकाको सुरक्षित भविष्यकालागि मार्गचित्र कोर्ने बताउनुभयो ।
उहाँले यो कार्यक्रमले सहभागि सबै सरोकारवालाबिच सामूहिक प्रतिबद्धता जगाउन प्रेरणादायी भूमिका खेलेको जनाउँदै एकता र दृढ संकल्पकासाथ सबैले मिलेर बाल बेचबिखन जस्तो गम्भीर समस्याको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
...
समाचारदाता
नेपालगन्ज, भदौ ८ । रियालिटी सो एक्टिङ स्टार मार्फत आफ्नो प्रतिभा देशव्यापी रूपमा देखाएर टप १० भित्र पर्न सफल नेपालगन्जकी चेली नबिना रानाभाटलाई जिताउने अभियान बाँकेमा तिव्र पारिएको छ ।
चर्चित रियालिटी शो एक्टिङ स्टारमा टप १० भित्र प्रवेश गरेकी रानाभाटलाई जिताउन बाँकेका स्थानीय पत्रकार, जनप्रतिनिधि, व्यवसायी, कलाकार, विद्यार्थि, कर्मचारी लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु क्रियाशिल हुनुहुन्छ ।
उहाँहरुले बाँकेकी स्टार चेली नबिनालाई भोट गरेर विजयी गराउन विभिन्न माध्यमबाट सबैसंग अनुरोध गरिरहनु भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट र निशा रानाभाटकी छोरी नबिनाको अभिनय शैलीले अहिले देश–विदेशमा चर्चा पाइरहेको छ ।
अडिसन राउन्डदेखि निरन्तर उत्कृष्ट अभिनय प्रस्तुत गर्दै टप १० मा पुग्न सफल नबिनाले आगामी चरणमा लुम्बिनी प्रदेश र बाँके जिल्लाको कथा आफ्ना प...