३१ असार २०८३, बुधबार

विविध

नेकपा माओवादी केन्द्र नेपालगन्ज ५ द्धारा हजयात्रीहरुलाई सम्मान

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, २३ बैशाख । यस वर्ष नेपालगन्जबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जान लाग्नु भएका हजयात्रीहरुकालागि नेकपा माओवादी केन्द्रको वडा नम्बर ५ को वडा कमिटिले सम्मान तथा शुभकामना कार्यक्रम गरेको छ । नेकपा माओवादी केन्द्र बाँकेका जिल्ला सदस्य वरिष्ठ समाजसेवी कल्पना शर्माको संयोजकत्वमा मंगलवार आयोजना गरिएको हजयात्रीहरुको सम्मान तथा शुभकामना कार्यक्रममा हजयात्रीहरुलाई सम्मान गर्नुका साथै उनिहरुको हजयात्रा सफलताको शुभकामना व्यक्त गरियो । सो अवसरमा कार्यक्रम संयोजक शर्माले हजयात्रीहरुलाई माला लगाएर सम्मान गर्नुभयो भने अन्य अतिथिहरुले टोपी लगाएर शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरका अध्यक्ष प्रेम शाहले हजयात्रामा जाने नेपालगन्जवासीलाई सम्मान गर्न पाउँदा खुशी लागेको जनाउँदै हजयात्राको सफलताको कामना गर्नुभयो । कार्यक्रममा बोल्...
मधुवन नगरपालिकामा मानव बेचबिखन नियन्त्रणसम्बन्धी संयुक्त बैठक सम्पन्न

मधुवन नगरपालिकामा मानव बेचबिखन नियन्त्रणसम्बन्धी संयुक्त बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, असार ३ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति र बाल अधिकार समितिको संयुक्त बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक आयोजना गरिएको थियो । मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति र बाल अधिकार समितिका सदस्यहरू, वडा प्रतिनिधिहरू तथा बाल संरक्षण र मानव बेचबिखन विरुद्ध कार्यरत सरोकारवालाहरूको सहभागिता रहेको थियो । बैठकको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिक तथा महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनाराले गर्नु भएको थियो । कार्यक्रममा मानव बेचबिखन तथा हिंसाको जोखिममा रहेका व्यक्ति र बालबालिकाको संरक्षण, उद्धार तथ...
बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न

बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता बर्दिया, जेठ २४ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको ठाकुरद्वारामा तीनदिने सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न गरेको छ । २२ जना युवा एम्बेसडरहरूको सक्रिय सहभागिता रहेको सो तालिममा मानव बेचबिखन, लैङ्गिक हिंसा, बाल संरक्षण तथा सुरक्षित आप्रवासनजस्ता सामाजिक मुद्दामा प्रभावकारी जनचेतना फैलाउन युवाहरूको अभिनय, सञ्चार, नेतृत्व तथा वकालतसम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको क्लबले जनाएको छ । तालिमको सहजीकरण चर्चित गायक, रंगकर्मी तथा सप्तरंगी मञ्चका अध्यक्ष विष्णु थापा सरगमले गर्नु भएको थियो । उहाँले सहभागीहरूलाई अन्तरक्रियात्मक सिकाइ, व्यावहारिक अभ्यास, भूमिकानिर्वाह तथा सडक नाटक प्रस्तुतिमार्फत अभिनय कला र सामाजिक सन्देश प्रवाहका विभिन्न पक्षबारे प्रशिक्षण दिनुभयो । तालिमका क्रममा सहभागीहरूले मानव बेचबिखन, बालविवाह, लैङ्गिक हिंस...
विश्व वातावरण दिवस ः बर्दियामा वातावरण संरक्षण, विपद् तयारी र सामुदायिक अगुवाहरूलाई सम्मान

विश्व वातावरण दिवस ः बर्दियामा वातावरण संरक्षण, विपद् तयारी र सामुदायिक अगुवाहरूलाई सम्मान

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता बर्दिया, जेठ २३ । विश्व वातावरण दिवस २०२६ को अवसरमा बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा वातावरण संरक्षण, जलवायु अनुकूल विकास, विपद् जोखिम न्यूनीकरण तथा सामुदायिक नेतृत्व प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम सम्पन्न गरिएका छन् । ती कार्यक्रममार्फत वातावरणीय संरक्षण, जैविक विविधताको संवद्र्धन, विपद् तयारी तथा सामुदायिक सशक्तीकरणमा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको हो । राजापुर नगरपालिका–३ मा बाढी विपद् व्यवस्थापन तथा पूर्वतयारी अभ्यास, वृक्षारोपण कार्यक्रम र विशेष सम्मान समारोह आयोजना गरिएको थियो । कार्यक्रम राजापुर नगरपालिकाको आयोजना तथा बाँके युनेस्को क्लब, बी–ग्रुप, कमैया महिला जागरण समाज, थारु महिला उत्थान केन्द्र, आईएनएफ, राधाकृष्ण थारु जनसेवा केन्द्र, सशस्त्र प्रहरी बल तथा स्थानीय समुदायको सहकार्यमा सम्पन्न भएको हो । विपद पूर्वतयारीमार्फत सहभागीह...
राजापुरमा मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा, कार्ययोजना तर्जुमा

राजापुरमा मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा, कार्ययोजना तर्जुमा

ताजा-अपडेट, मुख्य समाचार, विविध, समाज
समाचारदाता नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्थानीय मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समीक्षा तथा आगामी कार्ययोजना तर्जुमा कार्यशाला राजापुर नगरपालिकामा सम्पन्न भएको छ । क्बलले संचालन गरेको सुरक्षा परियोजना अन्तर्गत आयोजना गरिएको सो कार्यशालाको अध्यक्षता राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले गर्नुभएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय राजापुरका डीएसपी होम प्रसाद चौधरी, स्थानीय मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिका पदाधिकारी एवं सदस्यहरू, शिक्षा, महिला तथा बालबालिका, स्वास्थ्य शाखाका प्रमुखहरू, राधा कृष्ण थारु जनसेवा केन्द्रका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यशालाको मुख्य उद्देश्य मानव बेचबिखन, लागूऔषध दुव्र्यसन तथा बालविवाह न्यूनीकरणकालागि हालसम...
मधुवन, गुलरिया र बढैयातालमा विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

मधुवन, गुलरिया र बढैयातालमा विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, जेठ १८ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी सहयोग सामग्री हस्तान्तरण गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित बालिका शसक्त परियोजना अन्तर्गत सो सहयोग सामग्री हस्तान्तरण गरेको हो । स्थानीय तहहरूको विपद् पूर्वतयारी, प्रतिकार्य क्षमता तथा समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले उक्त सहयोग सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार यस सहयोगले स्थानीय सरकार तथा समुदायलाई सम्भावित विपद्का समयमा प्रभावकारी तयारी तथा प्रतिकार्य गर्न थप सक्षम बनाउने अपेक्षा गरिएको छ । कार्यक्रम अन्तर्गत सहयोग सामग्री उपलब्ध गराउनुका साथै युवा स्वयंसेवकहरूलाई विभिन्न क्षमता विकास कार्यक्रममार्फत सशक्त बनाइएको छ । प्रशिक्षित युवाहरूले आफ्ना समुदा...
मधुवनमा स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा तथा योजना तर्जुमा

मधुवनमा स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा तथा योजना तर्जुमा

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ १६ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन नियन्त्रण समिति सम्बन्धी समीक्षा तथा योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित सुरक्षा परियोजना अन्तर्गत सो योजना समिक्षा तथा तर्जुमा कार्यशाला सम्पन्न गरेको हो । मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन नियन्त्रण समिकिा सदस्यहरू, शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, स्वास्थ्य शाखा, नेपाल प्रहरी, गैरसरकारी संस्थाका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यशालाको मुख्य उद्देश्य हालसम्म सञ्चालन भएका गतिविधिहरूको समीक्षा गर्दै आगामी वर्षकालागि मानव बेचबिखन नियन्त्रण, लागूऔषध दुव्र्यसन तथा बालविवाह न्यूनीकरणकालाग...
बर्दियामा युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम सम्पन्न

बर्दियामा युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ ६ गते । बाँके युनेस्को क्लबद्धारा राजापुर नगरपालिका र मधुवन नगरपालिकामा युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स” तालिम सम्पन्न गरिएको छ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा संचालित सुरक्षा परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको हो । क्लबका अनुसार सो तालिममा २ दिन कन्टेन्ट क्रियसन तथा १ दिन कृतिम बौद्धिकता एआई सम्बन्धी सिकाइ र प्रयोगात्मक अभ्यास गरिएको थियो । तालिममा डिजिटल सञ्चार क्षमता, सिर्जनात्मक कथा प्रस्तुतिकरण, सामाजिक सञ्जाल मार्फत सचेतनामूलक अभियान सञ्चालन, तथा एआई उपकरणहरूको जिम्मेवार प्रयोग सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले संचालित तालिमका प्रमुख विषयहरूमा डिजिटल कन्टेन्ट निर्माण, फोटोग्राफी तथा भिडियोग्राफी, स्क्रिप्ट लेखन, सामाजिक सञ्जाल व्यवस्थापन, प्रभावकारी सन्...
बालमैत्री समाज निर्माणकालागि सबै पक्षविच साझा प्रतिवद्धता आवश्यक–मन्त्री तिमिल्सिना

बालमैत्री समाज निर्माणकालागि सबै पक्षविच साझा प्रतिवद्धता आवश्यक–मन्त्री तिमिल्सिना

ताजा-अपडेट, मनोरञ्जन, विविध, समाज
समाचारदाता नेपालगन्ज, ३ जेठ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाले बालअधिकार संरक्षण, बालमैत्री समाज निर्माण तथा बालबालिकाको समग्र विकासका लागि सरकार, नागरिक समाज र सरोकारवाला सबै पक्षबीच साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको बताएका छन् । “बालअधिकारसम्बन्धी कार्यक्रम तथा अनुगमन तालिम” कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागिताको अधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले बालअधिकारसम्बन्धी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहदेखि प्रदेशस्तरसम्म समन्वय, अनुगमन तथा निगरानी प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । मन्त्री तिमिल्सिनाले बालमैत्री वातावरण निर्माणका लागि सरकारी निकायसँगै नागरिक समाज, सञ्चारमाध्यम, अभिभावक तथा समुदायको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख ग...
नेपाल भारत सीमा क्षेत्रका सरोकारवालालाई दुईदिने क्रस–बोर्डर मेकानिज्म तालिम

नेपाल भारत सीमा क्षेत्रका सरोकारवालालाई दुईदिने क्रस–बोर्डर मेकानिज्म तालिम

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, ३० वैशाख । बाँके युनेस्को क्लबले बर्दियास्थित नेपाल भारत सीमा क्षेत्रमा कार्यरत सरोकारवालाहरूकालागि दुई दिने “क्रस–बोर्डर मेकानिज्म” सम्बन्धी तालिम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिमको आयोजना गरेको हो । मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण, पीडित संरक्षण, सुरक्षित आप्रवासन प्रवद्र्धन तथा बाल संरक्षण अभ्यासलाई प्रभावकारी बनाउन स्थानीय सरकार, सुरक्षा निकाय, न्यायिक क्षेत्र, गैरसरकारी संस्था तथा सामुदायिक संरचनाबीच समन्वय र प्रतिकार्य प्रणाली सुदृढ गर्ने उद्देश्यले सो तालिम आयोजना गरिएको क्लबले जनाएको छ । मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, विषयगत शाखाका प्रमुखहरू, एलसीसीएचटी सदस्यहरू, नेपाल प्रहरी, सशस्त्र प्रहर...