नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २२ । भुमि सम्बन्धी समस्या समाधान आयोग बांँकेको अध्यक्षमा नियुक्त हुनु भएका श्रवण कुमार यादवले मंगलवार पदभार ग्रहण गर्नुभएको छ । नेपालगञ्जस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको भुमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालयमा पदभार ग्रहण गर्दै अध्यक्ष यादवले आफुले पाएको जिम्मेवारीलाई इमान्दारीपुर्वक पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले बाँकेमा भूमि सम्बनिध समस्या जटिल रहेको बताउँदै भूमिहीनका समस्या समाधानमा विशेष कार्य गरिने र त्यसका लागि सबै दल र जनताको समेत सहयोग आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा अध्यक्ष यादवलाई शुभकमना दिंदै पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले भूमिहिन र सुकुम्वासीका समस्या समाधानको जिम्मेपारी पाएको आयोगले समस्यालाई सधैंका लागि समाधान गरोस भन्ने शुभकामना दिंदै सफल कार्यकालको पनि शुभका...
जे पाण्डे
नेपालगञ्ज, चैत २१ । प्रधान सेनापति प्रभूराम शर्माले भूतपूर्व सैनिकहरूलाई मन परेको राजनीतिक पार्टीमा लाग्ने छुट भए पनि राजनीति गर्दा भने उच्च सैनिक अनुशासन देखाउनु पर्ने बताएका छन् ।
नेपालगञ्जको ४ बाहिनी व्यारेकमा सोमबार आयोजित भूतपूर्व सैनिकहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले राजनीतिमा पनि उच्च नैतिकता र अनुशासन देखाउन आग्रह गरेका हुन् । सेनापति शर्माले भने, ‘तपाईंहरूलाई आफूले चाहेको राजनीतिक दलमा लाग्ने छुट छ । तर, त्यहाँ पनि सैनिकको अनुशासित चरित्र प्रदर्शन गर्दा राम्रो हुन्छ ।’
प्रधान सेनापति शर्माले भूतपूर्व सैनिक र उनका परिवारको हित तथा कल्याणका लागि सैनिक कल्याणकारी कोषले आर्थिक तथा भौतिक सहयोग बढाउँदै लगेको उल्लेख गर्दै सेनाका लागि एउटा सैनिक इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । ( इ कान्तिपुरबाट साभार )
...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २१ । गर्मीयाम शुरुभएसंगै आगलागिका घट्ना हुने बाँकेको नरैनापुर गाउँपालिकामा सोमवारबाट आगलागि शुरु भएको छ । हावाहुरीको मौसमममा प्रायजसो आगलागि हुने सो गाउँपालिकामा वर्षेनी धेरै आगलागिका घट्ना हुने गरेका छन् । सोही क्रममा सोमवार नरैनापुर वडा नम्बर ४ को कृष्णनगरमा दिउँसो भीषण आगलागी भएको थियो । सो आगलागीमा परेर करिब १६ घरगोठ र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय नरैनापुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय नरैनापुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले दिएको जानकारी अनुसार वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको थियो ।
करिब डेढ घण्टापछि प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो। आगलागीबाट कुन...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, चैत १२ । प्रेस सेन्टर नेपालले बाँकेको पाँचौ पालिकामा पालिकास्तरीय संगठन निर्माण गरेको छ । यसअघि जिल्लाका चारवटा पालिकाहरु नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, डुडुवा र राप्तीसोनारी गाउँपालिकामा संगठन निर्माण गरिसकेकोमा शनिवार खजुरा गाउँपालिकामा पनि पालिकास्तरीय संगठन निर्माण गरेको छ ।
खजुरा गाउँपालिकामा शनिवार सम्पन्न भएको प्रेस सेन्टर नेपालको पहिलो पालिकास्तरीय सम्मेलनले रेखा थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । खजुरा गाउपालिकाको वडा नं ३ मा सम्पन्न पहिलो सम्मेलनद्धारा निर्वाचित २१ सदस्यीय कार्यसमितिको अध्यक्षमा थापा चयन निर्वाचित हुनु भएको हो ।
प्रेस सेन्टर सेन्टर खजुराको उपाध्यक्षमा अमृता अवास, सचिवमा अक्तार खाँन, सहसचिवमा अफ्ताव खान, कोषाध्यक्षमा बिना चौधरी र सदस्यहरुमा सुनिल परियार, सुरज नगाल, रबिना बिक, सन्तोष रम्तेल लगायत ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ७ । नेकपा माओवादी केन्द्र नेपालगञ्जले संगठन सुदृढीकरण अभियान अन्तर्गत नेपालगन्जका विभिन्न वडामा पार्टी प्रवेश कार्यक्रम गर्ने क्रममा सोमबार नेपालगन्ज ५ मा विभिन्न दल परित्याग गरि ८० जना नेता कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्जका इन्चार्ज अकल बहादुर बमले स्वागत गर्नु भएको थियो।
वाडा नं ५ कि प्रतिष्ठित मुस्लिम महिला नेतृ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित वडा सदस्य अन्जुमन बानो अन्सारी लगायत ८० जनाले प्रवेश गरेका हुन् । ८० जनालाई नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर समितिले खादा ओडाएर स्वागत गरेको उपमहानगर पार्टी अध्यक्ष रतन शाहीले बताउनु भयो । स्वागत कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य अकल बहादुर बम, डिल्ली बराल, नवीन शर्मा, आदेश अग्रवाल लगायत उपमहानगर पार्टी समितिका पद...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ७ । पुर्व सहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले सोमवार एक समारोहका विच नेपालगञ्ज ३ मा इमरान एण्ड मुस्तफा ज्वेलर्सको उदघाटन गर्नु भएको छ ।
नेपालगञ्ज ३ नेपाली मस्जिदको छेउमा गुलाम मुस्तफा जरगरद्धारा सञ्चालनमा ल्याईएको इमरान एण्ड मुस्तफा ज्वेलर्सको सोमवार साँझ पुर्व मन्त्री राईले उदघाटन गर्नुभयो । उहाँले नेपालगञ्जमा सुनचाँदी व्यवसाय फस्टाउँदो क्रममा रहेको जनाउँदै यसले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । सञ्चालनमा आएको पसलले गर्ने व्यवसायमा सफलताका लागि उहाँले शुभकामना समेत सो अवसरमा दिनुभयो ।
सो अवसरमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य रमारानी वैश्य, जिल्ला सचिव राजेन्द्र विश्वकर्मा, नेताहरु सफिक सिद्दीकी गुड्डु, अजय बर्मा र संगम पोखरेल लगायतको पनि उपस्थिति रहेको थियो ।
उक्त पसलमा सुनचाँदी व...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ७ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक बर्माले नगरपालिकाका सरसफाई शाखामा काम गर्ने कर्मचारीमाथि हातपात गरेका छन् ।
वडाको फोहोर उठाउने विषयमा सरसफाई शाखाका तीन कर्मचारीसंग विवाद भएपछि अध्यक्ष बर्माले कर्मचारीमाथि हातपात गरेको कर्मचारीको आरोप थियो ।
सरसफाई कर्मचारीमाथि अनावश्यक रुपमा हातपात गरेको भन्दै कर्मचारीहरुले उपमहानगरपालिकामा गएर नाराजुलुस गरेका थिए । उनिहरुले अध्यक्ष बर्मामाथि कारवाहीको माग गर्दै धेरैबेरसम्म नाराबाजी गरेका थिए ।
तर, पछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, अन्य कर्मचारी र सरसफाई शाखाका कर्मचारीले बैठक गरेर सो विवादलाई मिलाएको बताईएको छ ।
सफाइको काम गराउने विषयमा सरसफाई कर्मचारीसंग अध्यक्षको विवाद भएको जनाउँदै दुबै पक्षले आआफ्नो गल्ती तथा कमीकमजोरी मानेपछि मेलमिलाप गराईएको अधिकृत बस्नेतले बताउन...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ५ गते । बाँकेका वरिष्ठ व्यवसायी तथा माओवादी केन्द्रका नेता दामोदर आचार्यको शनिवार विहान नेपालगञ्जमा निधन भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ पुर्व केन्द्रिय सदस्य र नेपालगञ्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रहनु भएका नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य आचार्यको शनिवार विहान ९ बजे भेरी अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगसंग लड्दै आउनु भएका ५९ बर्षीय आचार्यको उपचारका क्रममा निधन भएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले बताउनुभयो ।
नेपालगञ्जका प्रतिष्ठित व्यवसायीका रुपमा चिनिने आचार्य २०७४ को स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयरको उम्मेदवार पनि बन्नु भएको थियो ।
लामो समय देखि क्यान्सर रोगले पिडित उहाँले लामो समय भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किनु भएको थियो ।
प्युठानको खैरामा जन्म...
नेपालगञ्जपाटी समाचार
नेपालगज, चैत १ । बाँके जिल्लामा पालिकास्तरमा संगठन निर्माण गर्ने पत्रकारहरुको पहिलो संगठन बनेको छ, प्रेस सेन्टर नेपाल । जिल्लाका तीनवटा पालिकामा प्रेस सेन्टर नेपालले संगठन निर्माण गरिसकेको छ भने अन्य पालिकामा पनि गठनको प्रक्रिया शुरु गरिएको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले बताउनुभभयो । उहाँले हालसम्म कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा प्रेस सेन्टरको गठन गरिसकेको बताउनुभयो ।
अध्यक्ष धितालका अनुसार प्रेस सेन्टर नेपाल डुडुवा गाउँपालिकाको प्रथम भेलाले मंगलवार कालु गिरीको नेतृत्वमा गाँउ कमिटि निर्माण गरेको छ । भेलाले गिरीको नेतृत्वमा सर्वसम्मत गाँउ कमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा दिपशिखा दाहाल बिष्ट, सचीवमा मनिषा परियार, सहसचिवमा अम्मर बुढाथोकी र कोषाध्यक्ष रहिस अलि शेष चयन भएका छन भने सदस्यहरुमा इसाक अलि शेष, अमानत शेष, नन्दा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २८ । राष्टिय प्रजातन्त्र पार्टीको आमसभा आइतवार नेपालगञ्जको त्रिभुवन चोकमा हुने भएको छ । शनिवार सुर्खेतमा आमसभा गरेको राप्रपाले आइतवार नेपालगञ्जमा सभा गर्ने जनाएको छ ।
राजेन्द्र लिंगदेल अध्यक्षमा निर्वाचित भएपछि राप्रपाले पार्टीको निति, भावि दिसा र लक्ष्य उदेश्य जनतालाई प्रष्ट पार्न तथा जनमत बढाउने उदेश्यले देशका विभिन्न सहरहरुमा आमसभाको आयोजना गरिरहेको छ ।
सोही क्रममा नेपालगञ्जमा आमसभा गर्न लागिएको र सो आमसभाको सबै तयारी पुरा गरिएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले बताउनुभयो ।
उहाँले स्थानीय त्रिभुवन चोकमा आयोजना गरिने सभामा ठुलो संख्यामा जनाको उपस्थिति हुने समेत बताउनुभयो । सो सभालाई अध्यक्ष लिंगदेलका साथै उपाध्यक्ष विक्रम पाण्डे, महासचिव डा. धवल शमसेर राणा, महामन्त्री कुन्ति शाही, वरिष्ठ नेताहरु फत्तेहसिंह थारु र प्रेम बहादुर भण्डारी, प्रव...