१ चैत्र २०८२, आईतवार

राजनीति

जनयुद्ध दिवसको अवसरमा राप्तीसोनारीका ७० सहीद तथा वेपत्ता परिवारलाई सम्मान

जनयुद्ध दिवसको अवसरमा राप्तीसोनारीका ७० सहीद तथा वेपत्ता परिवारलाई सम्मान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १ । २७ औं जनयुद्ध दिवसको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिकामा ७० जना सहिद तथा वेपत्ता परिवारका आफन्तहरुलाई आइतवार सम्मान गरिएको छ । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले जनयुद्ध दिवस समारोहमा ती सहीद तथा बेपत्ता परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले सहीद र वेपत्ताले गरेको बलिदान खेर नजाने बताउँदै नेकपा माओवादी केन्द्रले जनताको अधिकारका लागि निरन्तर संघर्ष गरिरहेको बताउनुभयो । सहीद र बेपत्ता परिवारलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको जनाउँदै मन्त्री अथकले अहिले पनि प्रतिगामी र जनविरोधीहरु सलबलाई रहेकोले सेचत रहन आग्रह गर्नुभयो । राप्तीसोनारी ६ सहिद स्मृति भवनमा भएको कार्यक्रममा १ न वडा देखि ९ नम्बर वडा सम्मका ७० जना सहिद तथा वेपत्ता परिवारका आफन्तहरुलाई सम्मान गरिएको थियो । राप्तीसोनारी...
एमसीसी विरुद्ध आइतवार नेपालगञ्जमा बृहत्त विरोध प्रदर्शन

एमसीसी विरुद्ध आइतवार नेपालगञ्जमा बृहत्त विरोध प्रदर्शन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २९ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेले आइतवार अमेरिकी परियोजना एमसिसीको बिरुद्धमा नेपालगन्जमा बृहत बिरोध प्रदर्शन गर्ने भएको छ । सो बृहत बिरोध प्रदर्शनमा सहभागी हुन नेकपा एस बाँकेका उपसचिव समेत रहनु भएका मोर्चा फाटको अध्यक्ष किशोर थापाले सर्बैसंग आव्हान गर्नुभएको छ । एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरे अनुसार बाँकेमा पनि फागुन १ गते हुने प्रदर्शनमा सहभागीताको लागी आव्हान गरिएको हो । बैठक पछि नेकपा एस बाँकेका उपसचिव समेत रहनुभएका मोर्चा फाटको अध्यक्ष थापाले यथास्थितिमा एमसिसी पास गर्न हुन्न भन्ने अडानमा थियो र छ भन्नुभयो । एमसिसिका केही शर्तहरु राष्ट्र हितमा छैनन् र देशमा एमसिसी पास गर्ने एक्सरसाइज बढ्दै गएकाले सडकमा आउनुपरेको उहाँको भनाई छ । शुक्रबार नेपाल कम्युनिस...
नेपालगञ्जमा आइतवार जनयुद्ध दिवस भव्य रुपमा मनाईंने

नेपालगञ्जमा आइतवार जनयुद्ध दिवस भव्य रुपमा मनाईंने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २९ । नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर समितिले २७ औं जनयुद्ध दिवस भव्य रुपमा आइतवार मनाउने भएको छ । जनयुद्धका कारण नै देशमा गणतन्त्र स्थापना भएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ४ मा नगर पार्टी कार्यालय उद्घाटनका साथै र्याली, कोणसभा र शुभकामना आदान प्रदान गरेर जनयुद्ध दिवस मनाउने नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर अध्यक्ष रतन बहादुर शाहीले बताउनु भयो । २०५२ सालको फागुन १ गते जनताको अधिकार स्थापना गर्ने उद्देश्यले शुरुभएको जनयुद्धको स्मरणमा हजारौं सहिद प्रती सम्मान गर्दै आइतबार सांझ ६ बजे सहिद सेतु विक चोकमा दिप प्रज्वलन गर्ने अध्यक्ष शाहीले जनाउनु भयो । जनयुद्धको राप र तापमा स्थापना भएको गणतन्त्रलाई नै धरापमा पार्न खोज्ने प्रती होसियार हुनुपर्ने भन्दै नगर सचिव प्रेम बहादुर शाहले आइतवार ३ बजे भेरी अस्पताल नेपालगन्जमा बिरामीहरुलाइ फलफुल वितर...
छिटो छिटो कर्मचारी सरुवा हुँदा स्थानीय तहमा काम गर्न समस्या

छिटो छिटो कर्मचारी सरुवा हुँदा स्थानीय तहमा काम गर्न समस्या

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
गोविन्द शर्मा नेपालगञ्ज, माघ २४ । स्थानीय तहमा छिटो कर्मचारी सरुवा हुँदा काममा असहजता भएको कर्मचारीको भनाइ छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा तीन महिना १५ दिन पहिले सरुवा भई आउनुभएका गुरुदत्त सुवेदीको श्रम मन्त्रालयमा सरुवा भई सोमबार नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा जगत बस्नेत हाजिर हुनुभएको छ । सुवेदीको कात्तिक ८ गते मात्र नेपालगञ्ज प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएको थियो । सुवेदीभन्दा पहिलेका प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीको पनि पाँच महिनामै नेपालगञ्जको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भएको थियो । स्थानीय तह कार्यान्वयनमा आएपछि नेपालगञ्ज उप–महानगरपालिकामा आठ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भइसकेको छ । हरि प्याकुरेल र ओमबहादुर खड्काले मात्रै एक वर्ष काम गर्न पाउनुभएको छ । नेपालगञ्ज मात्र नभई बाँकेको दोस्रो ठूलो शहरको रुपमा रहेको कोहल...
एकीकृत सरकारि कर्मचारि संगठन बाँकेको अध्यक्षमा चौधरी

एकीकृत सरकारि कर्मचारि संगठन बाँकेको अध्यक्षमा चौधरी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २३ । नेकपा एकीकृत समाजवादि पार्टि निकट सरकारि कर्मचारी संगठन एकीकृत सरकारि कर्मचारि संगठन नेपाल बाँकेमा पनि आफ्नो संगठन विस्तार गरेकोे छ।संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज याम वहादुर खत्रीको प्रमुख अथित्यमा भएको भेलाले वालकृषण चौधरीको अध्यक्षतामा २१ सदस्यीय एकीकृत सरकारी कर्मचारी संगठन बाँके शाखा गठन गरेको छ। संगठनको उपाध्यक्षमा सुरेन्द्र रेग्मी, सचिवमा राम सिह ठकुरी, सह सचिवमा रमेश वि क र कोषाध्यक्षमा वेदु चौधरिलाई चयन गरिएको छ । नेकपा एस बाँके ईन्चाज तथा केन्द्रीय सदस्य अशोक कोइराला, सह ईन्चाज तथा केन्द्रीय सदस्य अव्दुल हुसेन खाँ, नेकपा एस कोहलपुर ईन्चाज मन्जु कोईराला, एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय सदस्य नवीन वुढा, लक्ष्मी योगि, गणेश ज्ञवाली तथा वर्दिया अध्यक्ष अमरदेव भारती लगाएतको सो अवसरमा उपस्थित रहेको थियोे । &...
पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध नेकपा विप्लवद्धारा कोहलपुरमा चक्काजाम

पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध नेकपा विप्लवद्धारा कोहलपुरमा चक्काजाम

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २३ । प्राय दैनिकजसो हुने गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध सर्वसाधारणमा आक्रोश देखिन थालेको छ । जनताले सो मुल्यबृद्धिको विरोध गरिरहेकै बेला विभिन्न राजनितिक दल र उनका भातृ संगठनले पनि विरोध शुरु गरेका छन् । सोही क्रममा बाँकेको कोहलपुरमा नेत्र विक्रम चन्दको नेकपा विप्लब निकट अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएको विरुद्धमा चक्का जाम गरेको छ । चकजामको क्रममा कोहलपुर चौराहमा यातायातको आवागमन बन्द गरिएको हो । विप्लव नेतृत्वको भातृसंगठन अखिल क्रान्तिकारीले चौराहा र पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य डिवी शाहीका अनुसार पेट्रोलियम पदार्थको मुल्य बृद्धि सरकारले अस्वभाविक रुपमा गरेको हुनाले उक्त पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न दबाब स्वरुप सडक अवरुद्ध गरिएको हो । उहाँले मु...
समयमै उपचार गराए क्यान्सर जितिन्छ भन्ने उदाहरण बने प्रदेश वनमन्त्री सुरेन्द्र हमाल

समयमै उपचार गराए क्यान्सर जितिन्छ भन्ने उदाहरण बने प्रदेश वनमन्त्री सुरेन्द्र हमाल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
ओलम्पियन किताबबाट नेपालगञ्ज, माघ २१ । ‘दाइ, यो त क्यान्सर हो ।’ लखनउको आरएमएल ल्याबका डा पुनित मल्होत्राको रिपोर्ट ओल्टाइपल्टाइ हेरेपछि डा संकेत रिसालले भने । सधैंं हँसिमजाक गरिरहने रिसालको अनुहार एकाएक फेरिएको देखेरै म झस्किसकेको थिएँ । अलि अघिसम्म ‘पहलमानलाई कुन रोगले छुन सक्छ ?’ भन्दै चस्मामाथिबाट मेरो अनुहार पुलुक्क हेर्दै उनले रिपोर्ट पल्टाएका थिए । रिपोर्ट हेरेपछि उनी एकाएक गम्भीर भए । त्योभन्दा बेहाल मेरो भइसकेको थियो । छाँगाबाट खसेझैँ भयो । आँखा तिरमिराए । चक्कर लाग्लाझैँ भयो । तैपनि, पीडा नदेखाएर आफूलाई सम्हाल्ने कोसिस गरेँ । मनमा अनेक कुरा खेल्न थालिसके । तर, रिसालका अगाडि भने रिपोर्टलाई सहज मानेझैँ गरेँ । ‘धेरै आत्तिनुपर्दैन दाइ । क्यान्सर सञ्चो हुन सक्छ,’ उनले सान्त्वना दिँदै भने, ‘उपचारमा चाहिँ अब ढिलो गर्नु हुन्न ।’ रिसाल भेरी अञ्चल अस्पतालका पेटरोग विशेषज्ञ हुन् । स्थानी...
स्काभेटरमा आगजनी गर्नेमाथि कारवाही नगरिए आन्दोलन गर्ने तरुणदलको चेतावनी

स्काभेटरमा आगजनी गर्नेमाथि कारवाही नगरिए आन्दोलन गर्ने तरुणदलको चेतावनी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २१ । अज्ञात सुमुहद्धारा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मसुरी बगर लामाचौरमा पार्किङ गरि राखिएको भे १ प ११११ नम्बरको स्काभेटरमा माघ १९ गते राति करिव पौने १० बजे आगजनी गरेको घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी नेपाल तरुण दल क्षेत्र नंः १ बाँके र नेपाल तरुण दल कोहलपुर नगरले दिएको छ । एक प्रेस विज्ञप्ती मार्फत तरुण दलका दुबै ईकाईले घट्नाको भत्र्सना गर्दै तत्काल दोषीको खोजी गरेर पत्ता लगाई कारवाही गर्न माग गरेको हो । नेपाल तरुण दल क्षेत्र नंः १ बाँके सभापति दिग्विजय जंग राणा र नेपाल तरुण दल कोहलपुर नगर सभापति हरी कठायतद्धारा हस्ताक्षयर गरेको विज्ञप्तीमा कसैले झण्डा गाडेको भरमा आफ्नो निजी सम्पत्ति उपयोग गर्न नपाउनु र अझ आफ्नै सम्पत्तिमा आगजनी गरिनु तथा एक निर्माण व्यवसायीको संरक्षण नहुनु दुःखद पक्ष हो भन्दै यस्ता अवाञ...
कमरुद्दीन राईद्धारा सरकारी मेडिकल कलेजदेखि ईन्जिनियरिंग कलेजसम्मका प्रतिवद्धता

कमरुद्दीन राईद्धारा सरकारी मेडिकल कलेजदेखि ईन्जिनियरिंग कलेजसम्मका प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २१ । स्थानीय तहको आसन्न निर्वाचनमा नेपालगञ्ज उपमहानगरबाट जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार कमरुद्दीन राईले आफु विजयपछि गर्ने केही महत्वपुर्ण कामहरु बारे नगरवासीलाई जानकारी गराउँदै विजयी बनाउन अपिल गर्नु भएको छ । सामाजिक सञ्जाल मार्फत मेयरका उम्मेदवार राईले गराउनु भएको जानकारी अनुसार भारतको उत्तरप्रदेशको राजधानी लखनउसंग नजिक रहेको र नेपालको लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको गेट वे को रुपमा रहेको नेपालगञ्जलाई देशभरिमै उदाहरणीय सहर बनाउने प्रतिवद्धता गर्नु भएको छ । उहाँले नेपालगञ्ज सहरलाई नमुना बनाउनका लागि आर्थिक, शैक्षिक, भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन र सरसफाईको क्षेत्रमा विशेष ध्यान दिएर योजनाहरु बनाउने बताउनु भएको छ । मेयरका उम्मेदवार राईले भेरी अस्पताललाई शिक्षण अस्पताल र भेरी प्राविधिक शिक्षालयलाई ईन्जिनियरिंग कलेजका रुपम...
लागुऔषध विरुद्ध बाँके प्रहरीको अपरेशन जारी, ३६ ग्रामसहित चारजना पक्राउ

लागुऔषध विरुद्ध बाँके प्रहरीको अपरेशन जारी, ३६ ग्रामसहित चारजना पक्राउ

ताजा-अपडेट, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २० । लागु औषध सेवन र कारोबार रोक्न अभियाननै सञ्चालन गरेर एकसनमा उत्रिएको बाँके प्रहरीको अपरेसन निरन्तर जारी रहेको छ । प्रहरी सक्रियतालेनै दिनदिनै लागु ओषध कारोबारीहर पक्राउ पर्दै आएका छन् । तर पनि ओसार पसार र कारोबार भने जारी नै रहेको छ भने प्रहरीले पनि दैनिकजसो पक्राउ गरेर उनिहरुलाई ठीक पार्ने अभियान जारी नै राखेको छ । सोही क्रममा विहिबार बाँकेको नेपालगञ्जबाट प्रहरीले ३६ ग्राम लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डीएसपी मधुसुधन न्यौपानेले नेपालगञ्ज उपमहानगरपालिका ७ गगनगञ्जबाट बिहिबार दुई पटक गरेर ३६ ग्राम ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको बताउनुभयो । उहाँले दिउँसो करिब सवा ३ बजेको समयमा गगनगञ्ज बस्ने आदित्य श्रेष्ठको घरमा लागूऔषध ब्राउन सुगर ल्याएर बेचबिखन भईरहेको भन्ने गोप्य सूचन...