१ चैत्र २०८२, आईतवार

राजनीति

बाँके जिल्लाका ट्राफिक प्रहरी प्रमुख शाहले हाजिर भएर कार्यभार सम्हाले

बाँके जिल्लाका ट्राफिक प्रहरी प्रमुख शाहले हाजिर भएर कार्यभार सम्हाले

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १२ । प्रहरी प्रधान कार्यालयद्धारा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुखमा सरुवा गरेर पठाइएका प्रहरी निरिक्षक हिमालय शाहले सोमवार जिल्ला ट्राफिक प्रहरीमा हाजीर भएर कार्य शुरु गर्ने भएको छ । उहाँलाई बाँके ट्राफिक प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मा सम्हाल्दै आउनु भएका प्रहरी नायव निरीक्षक सिद्दी गणेश शाह लगायत अन्य प्रहरीहरुले स्वागत गर्नु भएको थियो । कार्यभार सम्हाले लगत्तै त्यहाँ उपस्थित ट्राफिक प्रहरीहरुलाई सम्बोधन गर्दै जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सबैले मिलेर उल्लेखनीय कार्य गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले बाँके जिल्लाको ट्राफिक दैनिक रुपमा बृद्धि हुँदै गएको र त्यसमाथि नेपालगञ्जजस्तो ठुलो सहरको ट्राफिक व्यवस्थापन चुनौतीपुर्ण रहेकोले सो व्यवस्थापनका लागि योजना र रणनिति बनाएर जाने बताउनु भएको थियो । बाँके ट्राफिक प्रमुख...
नेपालगञ्ज वडा नम्बर १२ का अध्यक्ष सुवेदी र सदस्य पन्तलाई वडावासीले गरे सम्मान

नेपालगञ्ज वडा नम्बर १२ का अध्यक्ष सुवेदी र सदस्य पन्तलाई वडावासीले गरे सम्मान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १२ । नेपालगंज उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष बुद्धि सागर सुवेदी र वडा सदस्य दिनेशराज पन्तलाई स्थानिय वडा बासीहरुले सम्मान गरेका छन । देशमै जनप्रतिनिधिहरुको विरोध भै रहेको समयमा वडा नं १२ वेलासपुरका स्थानियहरुले विकासका लागि उत्कृष्ट कार्य गरेको भन्दै सुवेदी लगायत वडा सदस्य पन्तलाई फुलमाला लगाई सम्मान गरेको हुन । लामो समय देखि विकासको बारेमा सुनेका वडा बासीहरुले वडा अध्यक्ष सुवेदी आएपछि विकासको कल्पना समेत नगरेको क्षेत्रमा विकास भएको हुदाँ सम्मान गरीएको प्रतिक्रिया टोलबासीले दिएका छन । वडा नं १२ स्थित वेलासपुर सानीमा विकास बैक सुर्खेत रोड जोड्ने बाटोलाई पक्कि सडक बनाएको हुदाँ वडा अध्यक्ष र सदस्यलाई सम्मान गरीएको स्थानिय विरेन्द्र बहादुर श्रेष्ठले बताउनुभयो । कार्यक्रममा उपस्थित स्थानियहरुले अध्यक्ष सुवेदी र सदस्य पन्तलाई सधै आफुहरुको साथ र सहय...
समाजवादी दलित मुक्ति संगठन बाँकेको अध्यक्षमा ढेकेन्द्र सुनार निर्वाचित

समाजवादी दलित मुक्ति संगठन बाँकेको अध्यक्षमा ढेकेन्द्र सुनार निर्वाचित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १२ । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी दलित मुक्ति संगठन बांकेले ढकेन्द्र सुनारको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरिएको छ। संगठनको उपाध्यक्षमा सुमिरन हरिजन, नरेश हरिजन, सचिवमा सियाराम धोबी र कोषाध्यक्ष गीता हरिजनको चयन गरिएको छ । गठन कार्यक्रमका प्रमुख अतिथि समाजवादी दलित मुक्ति संगठनको लुम्बिनी प्रदेश अध्यक्ष साबित्रा बि क, बिशिष्ट अतिथि जसपा केन्द्रीय सदस्य हिक्मत बिश्वकर्मा, जसपा बांके जिल्ला अध्यक्ष कमरुद्दीन राई अतिथि शिल्पी बिशेष प्रदेशका केन्द्रिय उपाध्यक्ष कौशल कुमार धोबी तथा जसपा प्रदेश सचिव केशव नेपाली लगायत रहनु भएको थियो । सो अवसरमा प्रमुख अतिथि र विशिष्ठ अतिथि लगायतले दलितहरुको उत्थान र विकासका लागि संगठनले राम्रो र ठोस काम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।...
लुम्बिनी प्रदेशका वन मन्त्री हमालद्धारा बाँके काग्रेस सभापतिमा उम्मेदवारी घोषणा

लुम्बिनी प्रदेशका वन मन्त्री हमालद्धारा बाँके काग्रेस सभापतिमा उम्मेदवारी घोषणा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ११ । लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमालले कांग्रेस बाँकेको हुन लागेको जिल्ला अधिबेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ। प्रधानमन्त्री शेर बहादुर देउवा निकट मानिनु हुने हमालले सोही समहुबाट उम्मेदवारी दिने तयारी गर्नु भएको बुझीएको छ । मन्त्री हमालले सभापति पदको उम्मेदवारी घोषणासंगै प्रतिनिधिहरुलाई भेटघाट गर्दै सहयोग गर्न आग्रह गर्न शुरु गर्नुभएको छ । आसन्न जिल्ला अधिबेशनमा सभापतिको पदमा आफ्नो उम्मेदवारी रहने र त्यसका लागि तयारीमा समेत जसटिसकेको उहाँले नेपालगञ्जमा बताउनुभयो । हमालसंगै कांग्रेस बाँकेको सभापति पदका लागि कोइराला पक्षबाट नारायण गौडेल र देउवा पक्षबाट राजकुमार बर्मा र बादशाह कुर्मीले पनि दाबी गर्दै आउनु भएको छ। बादशाह कुर्मीको नाम नन्कुनी धोबी र निर्मलाको अपहरण तथा हत्या काण्डमा समेत जोडिएकोले उनलाई देउवा समुहबाट सभापति...
बालिकालाई बिद्यालयमा टिकाउनका लागि प्रदेश मन्त्रालयमा नितिगत संवाद

बालिकालाई बिद्यालयमा टिकाउनका लागि प्रदेश मन्त्रालयमा नितिगत संवाद

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १० । बाँके युुनेस्को क्लबले बिद्यालयमा बालिकालाई टिकाई राख्ने सम्बन्धी नितिगत संबाद कार्यक्रम लुम्बीनी प्रदेश अन्तरगत कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्पन्न गरेको छ । प्लान नेपालसँगको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित बाल बिबाह, छिटो हुने बिबाह र जबरजस्ती हुने बिबाह रोकथाम परियोजना अन्तरगत सो संवाद कार्यक्रमको आयोजना गरिएको हो । बिद्यालय बाहिर रहेका बालिकाहरु बालबिबाहमा संलग्नहुने उच्च जोखिममा रहेकोले बालिकाहरुलाई बिद्यालयमा भर्ना गर्ने र उनीहरुलाई बिद्यालयमा टिकाई उनीहरुको शिक्षामा पहुँच अभिबृद्धि गर्ने मुख्य उध्येश्यका साथ सो संवाद आयोजना गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । लुम्बिनी प्रदेशस्तरीय कानुन, महिला तथा ज्येष्ठ नागरिक मन्त्रलयका सचिब राजेन्द्र थापाको अध्यक्षतामा ...
बालबिबाह अन्तका लागि कार्ययोजना बनाउन मन्त्रालयमा पुगेर पैरवी र दवाव, मन्त्रीलाई ज्ञापन पत्र

बालबिबाह अन्तका लागि कार्ययोजना बनाउन मन्त्रालयमा पुगेर पैरवी र दवाव, मन्त्रीलाई ज्ञापन पत्र

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ९ । बालविवाह अन्त्यका लागि नेपाल सरकारले राष्ट्रिय कार्ययोजना तयार गरी कार्यन्वयन गर्न दवाव दिने उदेश्यले बाँके र बर्दियाका सरोकारवालाले संघीय मन्त्रालयमा पुगेर सरकारको ध्यानाकर्षण गराएका छन् । सो का लागि प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सरोकारवालासंगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुगेर पैरवी बैठकको आयोजना गरेको छ । सो बैठमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव उमेश ढुगाना, उपसचिव शान्तिराज प्रसाई, महिला बिकास अधिकृत शाबित्रा शाह लगायतको टिम नै सहभागी भएको थियो । त्यसै गरी संघीय मामिला मन्त्रालयका उपसचिव बाबुराम भुषाल, राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेल, नेपालगञ्ज उपमहानगर पालिकाका सामाजिक बिकास शाखा प्रमुख शोभा शाह, गुलरीया नगरपालिकाका महिला बालबालिका शाखाका प्रमुख शिला शा...
बर्दिया युनेस्को क्लब टपराको गठनबाट स्थानीय उत्साहित

बर्दिया युनेस्को क्लब टपराको गठनबाट स्थानीय उत्साहित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ९ पुस । सामाजिक हित र स्थानीय वासिन्दामा चेतना ल्याउनका लागि बर्दियाको राजापुरका समाजसेवी भिमसेन चौधरीको नेतृत्वमा बर्दिया युनेस्को क्लब टपराको गठन गरिएको छ । सो क्लबको गठनबाट स्थानयि उत्साहित बनेका छन् । राजापुरको मानपुर टपरामा स्थानीय समाजसेवी, बुद्धिजिवी र सर्वसाधारणको एक भेलाले चौधरीको अध्यक्षतामा बर्दिया युनेस्को क्लब टपराको ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । क्लबको उक्त तदर्थ समितिको उपाध्यक्षमा कृपा शंकर चौधरी, महासचिवमा राम बहादुर चौधरी, सचिव रिता चौधरी, कोषाध्यक्ष निर्मला चौधरी र सदस्यहरुमा सन्तोष थारु, गर्भु चौधरी, युवराज चौधरी, राधेश्याम चौधरी, राज कुमार चौधरी र छोटेलाल चौधरीको चयन गरिएको छ । सो अवसरमा अतिथिको रुपमा रहनु भएका बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीले बर्दिया युनेस्को क्लब टपराको गठन गरिएकोमा खुशी व्यक्त ग...
सात विधेयक पारित गर्दै डुडुवाको दसौं गाउँसभा सम्पन्न

सात विधेयक पारित गर्दै डुडुवाको दसौं गाउँसभा सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ८ पुस । सातवटा विधेयक पारित गर्दै डुडुवा गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ । विहीबार बसेको सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई विधेयक २०७८, संस्था दर्ता विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय पूर्वाधार व्यवस्थापन विधेयक २०७८, डुडुवा गाउँपालिकाको सार्वजनिक, निजी तथा अन्तर सरकारी साझेदारी विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय सडक विधेयक २०७८ र डुडुवा गाउँपालिकाको नगर प्रहरी विधेयक २०७८, गाउँपािलकाको तथ्यांक संकलन तथा अभिलेख व्यवस्थापन विधेयक २०७८ गरी सात वटा विधेयक र डुडुवा गाउँपालिकाको स्वास्थ्य नीति २०७८ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार सभामा विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गरेका सबै विधेयक सर्बसम्मत रुपमा पारित गरिएको हो । गाउँसभामा गाउँपालिका अध्यक्ष...
कम्दीस्थित कम्मर शाहको उर्स मेला शुरु, पुर्व मन्त्री राईद्धारा उदघाटन

कम्दीस्थित कम्मर शाहको उर्स मेला शुरु, पुर्व मन्त्री राईद्धारा उदघाटन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ८ पुस । बर्षौं देखि बांकेको डुडुवा गांउपालिका कम्दीमा लाग्दै आएको हजरत बाबा कम्मर शाहको उर्स मेला विहिबार देखि शुरु भएको छ। तीन दिनसम्म चल्ने सो मेलाको विहिबार एक औपचारिक समारोहका विच पुर्व शहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईले उदघाटन गर्नु भयो । सो अवसरमा बोल्दै उहाँले कम्मर शाह बाबाको मजार हिन्दु मुस्लिम एकताको प्रतिकको रुपमा समेत रहेको जनाउँदै यस्ता सुफी सन्तकै कारण सामाजिक सदभाव र धार्मिक एकता कायम रहेको बताउनुभयो । सो क्षेत्रको विकासका लागि आफुले विगतमा पनि धेरै कार्य गरेको स्मरण गर्दै पुर्व मन्त्री राईले आगामी दिनमा पनि निरन्तर प्रयास गर्ने बताउनुभयो । डुडुवा गाउँपालिकाको विकास गर्न खोज्दा पालिकाले सहयोग नगरेको पनि उहाँले सो अवसरमा गुनासो गर्नुभयो । सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्य लगायत विभिन्न धर्म सम्प...
यातायातमा छुटको माग गर्दै तीन विद्यार्थि संगठनद्धारा जिल्ला प्रशासन कार्यालय घेराउ

यातायातमा छुटको माग गर्दै तीन विद्यार्थि संगठनद्धारा जिल्ला प्रशासन कार्यालय घेराउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ८ पुस । सरकारद्वारा सार्वजनिक यातायातमाको भाडामा दिईएको सहुलियत कार्यान्वयन गर्न माग गर्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय बाँके घेराउ गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सहित बाँकेमा क्रियाशिल तीन वटा विद्यार्थी संगठनले प्रशासन कार्यालय घेराउ गरेका हुन् । सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत, जेष्ठ नागरिक र अपाङ्गलाई आरक्षण सहित ५० प्रतिशत सहुलियत कार्यान्वयन गरिनुपर्ने माग गर्दै आएका छन् । चरणबद्ध संघर्षका कार्यक्रमअन्तर्गत बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा एक घण्टा धर्ना सहित बिरोध प्रर्दशन गरेका थिए । विद्यार्थीहरुले केही दिनअघि मात्रै यातायात व्यावस्था कार्यालय बाँकेमा भाडामा सहुलियत कार्यान्वयनको माग गर्दैँ एक घण्टा कामकाज ठप्प हुने गरेर विरोध प्रर्दशन गरेका थिए...