नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २५ मङ्सिर । बर्दिया जिल्लाको मधुवन नगरपालिकालाई दुई वर्षभित्र बालविवाहमुक्त नगरपालिका बनाउने प्रतिवद्धता सबै सरोकारवालाहरुले गरेका छन् ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत संस्थाद्धारा नगरपालिकाको समन्वयमा आयोजना गरिएको तीन दिने बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका निर्माण कार्यशालामा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।
मधुवन नगरपालिकाका मेयर गणेश बहादुर क्षेत्रीको अध्यक्षतामा आयोजना गरिएको सो कार्यशालामा उक्त पालिकालाई बालविवाहमुक्त घोषणा गर्नका लागि निर्देशिका निर्माण गर्ने उदेश्यले पालिकाभित्र बालविवाहको अवस्था, चुनौती र घोषणा गर्नका लागि चाहिने आवश्यक मापदण्ड र सुचकहरुबारे व्यापक छलफल गरिएको थियो ।
कार्यशालामा मेयर क्षेत्रीले पालिकालाई विक्रम संवत २०८० साल भित्र बालविवाहमुक्त घोषणा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ मंसिर । स्थापनाको २१ बर्ष पुरा भएको अवसरमा शुक्रवार बासले संस्थाको २१औं बार्षिकोत्सब नेपालगन्जमा भब्य रुपमा सम्पन्न गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्सेर राणाको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सब कार्यक्रममा बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना, सल्लाहकार पूर्णलाल चुके लगायतले सुशासन र पारदर्शिता कायम गर्न बास सक्रिय रहेको बताउदै आगामी दिनमा थप सशक्तरुपमा अगाडी बड्न सफल होस भन्ने शुभकामना ब्यक्त गरे ।
बासका केन्द्रीय महासचिब शिव कुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा बासले उत्कृष्ट ३ शाखालाई नगद सहित सम्मान गरेको छ । यसैगरी बासमा कार्यरत ४ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी २०७८ को रुपमा सम्मान गरेको छ । कोभिड १९ न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा कोभिड हिरोको रुपमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका नरेश बाबु...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ मंसिर । १६ वर्षअघि नेपालगञ्जका सुन व्यापारी हेमकारपरिवारको सामुहिक हत्या काण्डका आरेपीलाई बाँके जिल्ला अदालतले सफाइ दिएको छ ।
नेपालगञ्जका सुन व्यापारी दीपक हेमकारको परिवारका ५ सदस्यको हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई प्रमाण नपुग्ने र शङ्काको सुविधा पाउने भन्दै बाँके जिल्ला अदालतले सफाइ दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश पूर्ण बास्तोलाको इजलासले हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई सफाइ दिने फैसला गरेको छ।
गत कात्तिक ७ गते भएको फैसलाको पूर्णपाठ केही दिनअघि मात्रै प्रमाणीकरण भएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टले जानकारी दिनुभयो । जिल्ला न्यायाधीश बास्तोलाले शङ्काको भरमा जाहेरी आएको र त्यसलाई पुष्टि गर्ने प्रमाण अभियोजकले पेस गर्न नसकेको भन्दै शङ्का रहेपनि शङ्काको सुविधा आरोपीले पाउने भन्दै सफाइ दिनु भएएको हो ।
२०६२ साल...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, २३ मंसिर । भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपालगञ्जमा बृहत्त पैदल मार्चको आयोजना गरिएको छ । भ्रष्टाचार विरुद्ध संगै हिंडौ भन्ने मुख्य सन्देशका साथ आयोजना गरिएको सो पैदल मार्चमा सयौंको सहभागिता रहेको थियो । मार्चमा सहभागि सबैले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।
भ्रष्टाचार विरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएको बागेश्वरी असल शासन क्लबको आयोजना र अन्तराल नेपालगञ्जको व्यवस्थापनमा विहिबार विहान सो पैदल मार्चको आयोजना गरेर सचेतना अभियान सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।
विभिन्न प्लेकार्डहरु बोकेर स्थानीय विपि चोकबाट शुरु गरिएको सो पैदल मार्च धम्बोझी चोक हुँदै सेतु विक चोक पुगेर बौद्ध गुम्बा नजिक पुगेर समापन भएको थियो ।
पश्चिम नेपालमै पहिलो पटक यस्तो प्रकारको बृहत्त पैदल मार्चको आयोजना गर्नुको मूख्य उद्देश्य भ्...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २३ । खजुरा गांउपालिकामा कर्मचारी माथि कार्यालय भित्र गरिएको कुटपिट र दुव्र्यवहार बारे छानविन गर्न राजनीतिक दलहरुले माग गरेका छन् ।
विहीबार राजनितिक दलहरुले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै खजुरा गापामा भएको पिकनिक काण्ड पछि उत्पन्न घटनाक्रमका बारेमा छानबिन गरि दोषीलाई कानुनको दायरामा ल्याउन खजुरास्थीत राजनैतिक दलहरुले विज्ञप्ती मार्फत माग गरेका हुन ।
खजुरा गाउँपालिकास्थित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले निकालेको सयुक्त प्रेश बिज्ञप्तीमा पिकनिकका क्रममा भएको भएको भनिएको यौन दुव्यवहारको बिषयमा कुनै पनि निकायमा उजुरी नहुनु र कार्यलाय भित्र कर्मचारी लाई कुटपिट र दुव्यवहार हुनु दुखद भएको उल्लेख गरिएको छ ।
यौन दुव्र्यवहारका बिषयमा पिडीत भनिएकी महिलाले सम्बन्धित निकायमा उजुरी दिने र सोही अनुसार अनुषन्धान पछि कारवाहीको प्...
युनेस्कोद्धारा राजापुर र गेरुवाका ८६५ बाढीपिडित परिवारलाई ४५ लाखको राहात वितरण
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २३ । कात्तिकको पहिलो सातामा आएको बाढीले गर्दा अति प्रभावित बर्दियाको राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका पिडित परिवारले राहात सहयोग पाएपछि त्यसबाट निकै राहात मिलेको प्रभावित वडाका पिडित र जनप्रतिनिधिले बताएका छन् ।
गेरुवा वडा नम्बर ३ का वडा अध्यक्ष पुनाराम थारुले क्लबले गरेको राहात वितरणबाट अतिनै पिडित भएका महिला तथा बालबालिकालाई ठुलो सहयोग मिलेको बताउनुभयो ।
पोषणयुक्त खाद्यान्न, अन्य खाद्यान्न तथा विउ वितरणले पिडितलाई धेरै सहयोग पुगेको उहाँले बताउनुभयो ।
यसैगरि राजापुर १ का वडा अध्यक्ष खुशीराम थारुले पनि बेमौसमी बाढीबाट पिडित भएकालाई तत्काल राहात दिने काम क्लबले गरेकोमा त्यसबाट आफ्नो वडाका पिडितलाई धेरै सहज भएको बताउनुभयो ।
उहाँले तत्काल मिलेको यो सहयोगले ज...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २२ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बिकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तिब्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ ।
बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिदै सबै बजेट तदारुकताका साथ कार्यन्वयन गर्न जोड दिनु भएको छ ।
बिकास निर्माणको अवस्था र आईपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्धेश्यले आयोजना गरिएको बैठकमा मन्त्री अथकले बिकास निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुले ठेक्का पाई सकेपछी काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले बिकासको गति पछि धकेलिएकोले त्यसमा कडाई गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो ।
करिब एक दर्जन बढि कार्यालय प्रमुखहरुको उपस्थिति रहेको बैठकमा मन्त्री अथकले कुनैपनि कार्यालयलाई काम गर्न समस्या भएको खण्डमा आफुले सहजीकरण गर्ने प्रतिबद्...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २२ । यौन दुर्व्यवहार गरेको आरोपमा बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल र लेखा अधिकृत प्रदिप सुनारलाई आफ्नै कार्यालयका कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछिपक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले यौन दुर्व्यवहार गरेको आरोपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई बुधबार नियन्त्रणमा लिइएको जनाउँदै दुबै आरोपीलाई ईलाका प्रहरी कार्यालय खजुरा धनौलीमा राखिएको बताउनुभयो ।
उक्त गाउँपालिकाका कर्मचारीहरु गत शुक्रबार कैलालीको टिकापुर वनभोजका लागि गएका थिए। अधिकांश कर्मचारीहरु मदिराले लठ्ठ परेका थिए। वनभोज गएको समयमा आफूमाथि प्रमुख प्रशासकीय...
विष्णु सेवेदी
काँग्रेसको १३ औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धाको जुन खालको चित्र र चुनौती थियो, यस पटक त्यस्तो प्रतिस्पर्धाको सम्भावना कमजोर देखिएको छ । महाधिवेशनको औपचारिक उद्घाटन हुन दुई दिन मात्रै बाँकी रहदा पनि संस्थापन इतर समूह निकै अलमलमा देखिन्छ । त्यो समूहभित्र आन्तरिक कलह एवं विभाजन चर्किएको छ र साझा उम्मेदवार चयन गर्ने प्रयास असम्भव जस्तै देखिएको छ । विकल्प खोज्नेहरू झन् छिन्नभिन्न अवस्थामा देखिन्छन् । त्यहाँ गौँडागौँडामा गुटबन्दी छ ।
रामचन्द्र पौडेल, डा शशाङ्क कोइराला, प्रकाशमान सिंह, डा शेखर कोइराला, अर्जुननरसिंह केसी, डा रामशरण महत सबैले आफूलाई सभापतिको आकाङ्क्षीका रूपमा प्रस्तुत र दाबी गर्नुभएको छ । तर कसैले पनि अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको अवस्था भने छैन । यो अवस्थाले पनि संस्थापन इतरबाट साझा उम्मेदवार बन्ने सम्भावना निकै कमजोर देखिन्छ ।
पौडेललाई अघि ब...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २१ । जमुनाह नाकामा रहेको प्रहरी र लागु औषध ब्युरोको टोलीले भारतको रुपैडिहाबाट नेपाल भित्रयाउँदै गरेको चार ग्राम भन्दा बढी लागु औषध ब्राउनसुगर सहित नेपालगन्जका एक युवकलाई नियन्त्रणमा लिएको छ ।
जमुनाहा प्रहरीले दिएको जानकारी अनुसार मंगलवार बेलुकी ६ बजेर ४० मिनेट जाँदा भारतबाट आईरहेका नेपालगन्ज १८ का शुषान्त शाहीको खान तलाशी गर्दा सुपर पावर सुर्तिको पुडिया भित्र लुकाएर कालो प्लाष्टिकमा बेरेर ल्याई रहेको चार ग्राम ३९० मिलि ग्राम ब्राउनसुगर प्रहरीले नियन्त्रणमा लिएको छ ।
खुला सीमाना र रुपैडिहामा खुला विक्रि हुने गरेका कारण दैनिकजसो लागु औषध भित्रिने गरेको छ । प्रहरीले पनि दिनदिनै लागु औषध नियन्त्रणमा लिंदै आएको छ ।
लागु औषध भित्रयाउनेहरुले नयाँ नयाँ तरिका अपनाएर भित्रयाईरहेका छन् । कहिले जुसको बट्टा भित्र कहिले मोजामा लुकाएर तथा कहिले चिनी भित्र लुकाएर...