बाँकेमा काँग्रेसका ८० वटा वडामा अधिवेसन सम्पन्न, एकमा सोमवार मतदान हुने
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २८ कात्तिक । नेपाली कांग्रेस बाँकेको १४ औं महाधिवेशन अन्तर्गतको कार्यक्रम अनुसार बाँकेका ८० वटा वडामा वडा अधिवेशन आइतवार विधिपुर्वक रुपमा सम्पन्न भएको र एक वडामा सोमबार मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
क्रियाशिल सदस्यता बिबादका कारण पटक–पटक पछि सर्दै आएको वडा अधिवेशन पुन फर्जी सदस्यता थपिएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएपछि एकदिन ढिलोगरी सुरु भएको थियो ।
निर्वाचन कार्यक्रम अनुसार शनिबार बाँकेका ८१ वटै वडामा सुरु भएको मध्ये ५७ वडामा शनिबार नै वडा कार्यसमिति निर्बिरोध निर्बाचित भएको थियो । आइतबार २४ वटा वडामा निर्वाचन सम्पन्न भएको र बैजनाथ गाउपालिकाको वडानं ८ मा लेबि विबादले निर्वाचन एकदिन स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत रेवती रमण भट्टराइले जानकारी दिनुभयो । उहाँले रोकिएको वडामा सोमबार बिहनैदेखि मतदान हुने गरी तयारी गरिएको जनाउ...









