नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, असोज १० । प्लान नेपाल को साझेदारीमा बाँके युनेस्को क्लबको आयोजनामा सकारात्मक अभिभावकत्व र अंतरपुस्ता सम्बाद प्रसिक्षक् प्रसिक्षण बर्दियाको गुलरियामा सम्पन्न भएको छ ।
बारबर्दिया मधुबन , ठाकुर बाबा र गेरुवा गाउँ पालिकाका १५ जना समुदाय सहजकर्ताको सहभागिता रहेको ८ दिने उक्क्त तालिममा सकारात्मक अभिभावकत्वका विभिन्न सीपहरु बारेमा सहजीकरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकिले बताउनुभयो । तालिमका बिसयबस्तुहरुमा आफ्ना बालबालिकाका बारेमा आमा बुवाको सपना र आशा , उनीहरुको सपना साकार पार्न अभिभावकको भूमिका ,बाल बालिकामा देखिने भिभिन्नाता र प्रारम्भिक बाल बिकाश ,बालबालिका र सकारात्मक अनुशासन , बाल संरक्षण र बालदुव्र्यवहार , बालबालिकाको तनाब ब्यबस्थापन बारे प्रसिक्षण दिईएको उहाँले बताउनुभयो ।
अंतरपुस्ता सम्बाद अन्तर्गत समुदायमा भयका विभिन...
समाचारदाता
नेपालगञ्ज, असोज १ । काठमाण्डौमा सम्पन्न भएको शिक्षाका लागि राष्टिय अभियान एनसीई नेपालको केन्द्रिय सदस्यमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी निर्वाचित हुनु भएको छ ।
राजेन्द्र पहाडीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्य समितिका निर्देशक सिद्दिकी केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएको हो ।
यसअघि सोही पदमा बाँके युनेस्को क्लबको प्रतिनिधित्व गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष र हालका सल्लाहकार सिराज खान पनि केही वर्ष अघि निर्वाचित हुनु भएको थियो ।
शिक्षाको क्षेत्रमा सुधारका लागि लामो समयदेखि विभिन्न गतिविधि मार्फत वकालत गर्दै आएको एनसीई नेपाल देशकै सबैभन्दा ठुलो सञ्जालको रुपमा स्थापित छ ।
बाँके युनेस्को क्लबले विगत लामो समयदेखि सो अभियानको सदस्य र प्रमुख सहयोगी संस्थाको रुपमा काम गर्दै आएको छ ।
यसैगरि बालमैत्री स्थानिय शासन राष्ट्रिय मञ्चको हालै क...
समाचारदाता
नेपालगञ्ज, भदौ ३० । बाँकेको नरैनापुर गाउँपालिकाले २६ उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नरैनापुर गाउँपालिकाले ५८औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका भित्रका कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।
सम्मानित हुने विद्यार्थीहरु मध्य दिक्षिणा यादव र पवन सिंह यादवले एसईईमा सर्र्बोत्कृष्ट अंक ल्याएर पास भएको भन्दै दुबै जनालाई ल्यापटप प्रदान गरिएको थियो भने अरु उत्कृष्ट विद्यार्थीहरुलाई नेपालको संविधान, कपी, झोला, प्रमाणपत्र र खादा लगाइएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विकास भनेको सडक निर्माण गर्नु मात्र नभएको बताउदै उनले शिक्षा र स्वास्थ्यमा सुधार गर्न सके सबै क्षेत्र क्रमिक रुपमा विकास हुदै जाने बताउनुभयो । उहाँले गाउँपालिकाले शिक्षा क्षेत्र...
समाचारदाता
नेपालगञ्ज, भदौ ३० । बाँके युनेस्को क्लबले कतार च्यारिटिको सहयोगमा नेपालगञ्जको एक विद्यालयमा विभिन्न अतिरिक्त क्रियाक्लापको आयोजना गरेर राष्टिय बाल दिवस २०७९ भव्य रुपमा मनाईएको छ ।
नेपालगञ्ज ६ मा रहेको साईनिंग फ्युचर एकेडेमी नामक विद्यालयमा क्लबद्धारा मनाईएको बाल दिवसमा सो विद्यालयका विद्यार्थिहरुविच बालअधिकारलाई विषय बनाएर हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, लेखन प्रतियोगिता र नात प्रतियोगिताको आयोजना गरिएको थियो ।
अधिकांश अनाथ र अति विपन्न परिवारका बालबालिकाहरु अध्ययन गर्ने सो विद्यालयमा आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगितामा अनाथ बालिका तमन्ना शेष नेतृत्वको टोली प्रथम, अनाथ बालिका कोहिनुर खान नेतृत्वको टोली द्धितिय र अनाथ बालिका रेशमा खान नेतृत्वको टोलीले तृतिय स्थान हासिल गरेको छ ।
सोही प्रकारले लेखन प्रतियोगितामा कक्षा दुईका अब्दुल लतिफ खान प्रथम, कक्षा ३ का...
समाचारदाता
नेपालगञ्ज, भदौ २९ । कतार च्यारिटीको सहयोगमा, काठमाडौँको बूढानिलकण्ठमा निर्मित समाजकल्याण परिषद्कोे व्यावसायिक तालिम केन्द्रको भवनको उदघाटन गरिएको छ ।
नेपालका लागि कतारी राजदूत महामहिम युसुफ मोहम्मद अल–हैलको उपस्थितीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं समाजकल्याण परिषदका अध्यक्ष उमा रेग्मीले उदघाटन गर्नु भएको हो ।
कार्यक्रमको सभापति समेत रहनु भएकी मन्त्री रेग्मीले कतार च्यारेटीको सहयोगमा निर्माण भएको यस व्यावसायिक तालिम केन्द्रमा नितान्त सीप मुलक तालिम संचाल नहुने र युवाहरुलाई स्वरोजगारको अवस्था सिर्जना गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सो सहयोगको लागि कतार च्यारिटीलाई धन्यवाद दिदै आगामी दिनहरुमा समाजमा सकारात्मक परिवर्तन गर्न कतार च्यारिटीले यस्तै खालका थप कार्यक्रमबाट योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि महामहिम कतारी राजदू...
समाचारदाता
नेपालगञ्ज, भदौ २९ । बाँकेको जानकी गाउँपालिकाले ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरेको छ । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’ अन्तर्गत ‘छोरी जीवन बीमा कार्यक्रम’ शुरु गरिएको जनाएको छ । जानकीका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले कार्यपालिकाको बैठकबाट पास भएको कार्यबिधि अनुसार ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरिएको जानकारी दिनुभयो ।
छोरी जीवन बीमा कार्यक्रमका लागि २०७९ भदौ २४ गते बसेको बसेको गाउँ कार्यपालिका बैठकले “जानकी गाउँपालिका अध्यक्षसंग छोरी कल्याण कार्यक्रम” कार्यान्वयन कार्यबिधि २०७९ स्वीकृत गरेको छ । गत असार ३१ गते भएको पालिकाको १२ औं गाउँसभाबाट “गाउँपालिका अध्यक्षसंग छोरी कल्याण कार्यक्रम” पारित गरिएको थियो ।
यस कार्यक्रममार्फत पालिकाका सम्पूर्ण वडामा २०७९ साउन १ यता जन्मिएका छोरीहरुलाई यो सेवा प्रदान गरिनेछ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा जन्मिएका छोरीहर...
समाचारदाता
नेपालगञ्ज, भदौ २६ । बाँके युनेस्को क्लबले बालअधिकार समिति तथा मानव बेचबिखनविरुद्ध समन्वय समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धिकालागि दुई दिने नीतिगत तालीम नेपालगञ्जमा सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबद्धारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्र्तगत सो तालिमको आयोजना गरिएको हो ।
सो तालीममा नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका बाल अधिकार समिति र मानव बेचबिखनविरुद्ध समन्वय समितिका गरी १४ जना सहभागीहरुको सहभागिता रहेको थियो । तालीमको सहजीकरण आशीष वर्माले गर्नुभएको थियो ।
बेचबिखनको बढदो क्रमलाई मद्देनजर गरी युनेस्को क्लबले सन २०१९ देखि प्लान नेपालको साझेदारीमा उक्त परियोजना संचालन गर्दै आएको क्लबका अध्यक्ष रविकुमार तुलाधरले बताउनु भयो ।
तालीममा मानव बेचबिखनको हालको अवस्था र यस संग सम्बन्धित निति नियमको बारेम...
सिराज खान
नेपालगञ्ज, भदौ १६ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले विहिबार बाँकेको राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा उहाँकै पहलमा निर्माण गरिएका तीन वटा विद्यालय भवनको उदघाटन गर्नु भएको छ ।
बाँके क्षेत्र नम्बर १ का संघीय सांसद समेत रहनु भएका मन्त्री अथकले विहिबार विहान राप्तीसोनारी ६ कमैयाडाँडास्थित सुकमैया प्राथमिक विद्यालयमा निर्माण गरिएको दुई कोठे पक्की भवनको उदघाटन गर्नुभयो ।
सो अवसरमा मन्त्री अथकले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै २३ भन्दा बढी विद्यालयमा ९० भन्दा बढी पक्की कोठाहरु निर्माण गरिएको बताउनुभयो । उहाँले क्षेत्र नम्बर १ का सबै विद्यालयलाई टीनको छानामुक्त बनाउने अभियानमा आफु लागेको बताउनुभयो ।
संघीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको सो विद्यालय भवनको निर्माणपछि विद्यार्थिलाई पठन पाठन सहज हुने उक्त विद्यालयका प्रधानाध्यापक शेर बहादुर ...
समाचारदाता
नेपालगन्ज, भदौ १६ । कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई छात्रबृति लगायत विभिन्न सहयोग प्रदान गरेको छ ।
क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर अति विपन्न परिवारका बालबालिकालाई छात्रबृत्ति सहयोग प्रदान गरेको छ भने गरिब परिवार, अनाथ बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई समेत सहयोग प्रदान गरेको छ ।
क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खानको अध्यक्षतामा आयोजना गरिएको सो सहयोग वितरण समारोहको प्रमुख अतिथि क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी रहनु भएको थियो ।
कतार च्यारिटिको सहयोगमा विभिन्न स्थानीय विद्यालय र मदरसाहरूमा अध्ययनरत १२१ अनाथ बालबालिकालाई शिक्षाका लागि छात्रबृत्ति वितरण गरिनुका साथै ८ जना शारीरिक अपाङ्गता भएकालाई दैनिक आधारभूत आवश्यकता पुरा गर्न सहयोग र ५ जना छात्रालाई ...
समाचारदाता
नेपालगञ्ज, भदौ ९ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन रोकथामका लागि सञ्चालन गरेको प्रोटेक्ट परियोजनाबाट प्राप्त उपलब्धीहरु बारे छलफल गर्न स्थानीय सरकार र सरोकारवालाहरूसँग साझा बैठक सम्पन्न गरेको छ ।
कोहलपुरमा आयोजना गरिएको सो बैठकमा परियोजना सञ्चालनपछि भए गरिएका कामहरुका बारेमा समिक्षा गर्नुका साथै आगामी कार्यक्रमहरु बारे समेत जानकारी गराईएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
कोहलपुर नगरपालिकाको सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद बिकले बैठकको अध्यक्षता गर्दै क्लबले सानो समयमा मानवबेचविखन रोकथामका लागि स्थानीय तहसंग समन्वय गरेर उत्कृष्ट काम गरेको बताउनुभयो ।
उहाँले आगामी कार्यक्रमहरु पनि प्रभावकारी रहेकोले सबैले सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा वडा नम्बर ८ का अध्यक्ष झगबहादुर थारुले युवति र...