नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीको बैठक आज अपरान्ह नेपालगञ्जमा हुने
सिराज खान
नेपालगञ्ज, ७ पुस । नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका विभिन्न जिल्लाहरुका उच्च पदस्थ सुरक्षा अधिकारीहरुको सयुंक्त बैठक बुधवार अपरान्ह नेपालगञ्जमा हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको हो ।
भारतका ७ जिल्ला र नेपालका ८ जिल्ला गरी नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको सयुंक्त बैठकको आयोजना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताउनुभयो ।
सो बैठकमा भारतीय पक्षबाट गोरखपुर क्षेत्रका अतिरिक्त महानिरिक्षक अखिल कुमार, देबीपाटन क्षेत्रका डिआईजी उपेन्द्र कुमार अग्रवाल, महाराजगञ्ज जिल्लाका क्षेत्रका डिएम शैलेन्द्र कुमार र एसपी प्रदिप गुप्ता, सिदार्थनगर जिल्लाका डिएम दिपक मिना र एसपी एसभिर सिंह, बलरामपुर जिल्लाका डिएम श्रीमती श्रृती र एसपी हेमन्त कुटियाल, श्रावस्ती जिल्लाका डिएम नेहा प्रकाश...









