३ माघ २०८२, शुक्रबार

मुख्य समाचार

नेपालगञ्ज २ मा आफुखुशी मापदण्ड बनाई डोजर चलाएर घरहरु भत्काउँदै

नेपालगञ्ज २ मा आफुखुशी मापदण्ड बनाई डोजर चलाएर घरहरु भत्काउँदै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २२ । नाला निर्माण र सडक विस्तारको नाममा सर्वसाधारणका घर पसलमाथि जबरजस्ती डोजर चलाएर घरहरु भत्काइएको आरोप नेपालगञ्ज २ का स्थानीयले लगाएका छन् । नेपालगञ्ज उपमहानगर २ लोनियन टोलमा नाला निर्माण गर्ने तथा कति मिटर सडक विस्तार गर्ने सम्बन्धि जानकारी प्रष्ट रुपमा नगराएरै एक्कासी आएर जनताका घर पसलमा डोजर चलाईएको गुनासो गर्दै सो कार्य ततकाल रोक्न उनिहरुको माग छ । स्थानीय विजय बर्माले आफुहरु पनि विकास र विस्तारको पक्षमा रहेको जनाउँदै तर राम्रोसंग कुनै जानकारी नदिई मनपरी मापदण्ड बनाई जस्तो पायो त्यसरीनै डोजर चलाएर घरहरु भत्काउन थालिएको गुनासो गर्नुभयो । उहाँले वडा कार्यालयले झाडा टार्ने किसिमको काम चलाउ सुचना निकालेर मनपरी गरिरहेकोले सो रोक्न सम्बन्धित निकायले तत्काल पहल गर्नु पर्ने माग पनि गर्नुभयो । घरपसल भत्काउँदा घरधनिहरुसंग पनि सहमति गर्नु पर्ने र सबैक...
भारतबाट तस्करी गरेर ल्याएको दुई लाख बढीको सामान प्रहरीले फेरी समात्यो

भारतबाट तस्करी गरेर ल्याएको दुई लाख बढीको सामान प्रहरीले फेरी समात्यो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २१ । भारतबाट नेपालतर्फ तस्करी गरेर ल्याईएको दुई लाख बढीको विभिन्न सामान प्रहरीले फेरी बरामद गरेको छ । भारतबाट हुँदै आएको चोरी तस्करी निरन्तर जारी रहेको कुरा यो सामान बरामदबाट फेरी पनि पुष्टि भएको छ । राजस्व छलेर लाखौं लाखका विभिन्न सामानहरु नेपाल भित्रयाउनेहरु नाकामा सक्रिय रहेका छन् । यो कार्य नरोकिंदा बर्सेनी करोडौंको राजस्व छलि हुने गरेको पाईएको छ । तर, यसको रोकथामका लागि न त सरकारले नै कुनै विशेष योजना र कार्यक्रम बनाएको छ न त स्थानीयस्तरमा प्रहरी प्रशासनले नै कुनै योजना र कार्यक्रम बनाएको पाईएको छ । प्रहरीले त सामान मात्रै नियन्त्रणमा लिने तथा तस्करलाई भाग्न सहयोग गर्ने गरेको गुनासो पटक पटक स्थानीयले उठाउँदै आएका छन् । तर, प्रहरीले त्यस्तो हुने नगरेको सफाई दिंदै आएको छ । पछिल्लो पटक प्रहरीले नेपालगंज उपमहानगर १० बाट भन्सार छली चोरी पैठारी...
विद्युत प्राधिकरण कोहलपुरद्धारा अनलाइन महसुल तिर्न उपभोक्तालाई आग्रह

विद्युत प्राधिकरण कोहलपुरद्धारा अनलाइन महसुल तिर्न उपभोक्तालाई आग्रह

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २१ । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले आफ्ना उपभोक्ताहरुलाई अनलाइन माध्यमबाट महसुल बुझाएर विभिन्न झन्झटबाट जोगिन आग्रह गरेको छ । त्यसका लागि केन्द्रले उपभोक्तालाई सुचनामुलक पम्पलेट वितरण गरिरहेको छ । अनलाइन सुविधा हुँदा पनि घन्टौं लाइनमा बसेर भुक्तानी गर्न आउने विद्युत उपभोक्ताहरूलाई अनलाइन विद्युत भुक्तानी लगायतका विषयमा थप चेतना फैलाउन कोहलपुर वितरण केन्द्रले सुचनामुलक पम्पलेट वितरण गरिरहेको केन्द्रका प्रमुुख सुरज रेग्मीले बताउनुभयो । कतिपय सेवाग्राही जानकार भएर पनि अनलाइन भुक्तानी गर्न अलमल हुने, प्रक्रियाबारे स्पष्ट हुन नसकेर घन्टौंसम्म लाइनमा कुरेर महसुल भुक्तानी गर्ने हुँदा त्यस्ता सेवाग्राहीलाई थप स्पष्ट पार्न दक्ष जनशक्तिबाट अन्य अत्यावश्यक विभिन्न सुचना समेटिएको पम्पलेट प्रचारप्रसारका लागि बाड्न थालिएको केन्द्र प्रमुख रेग्मील...
लुम्बिनी र सुदरपश्चिमका युवालाई कोहलपुरमा दुईदिने अभिमुखीकरण

लुम्बिनी र सुदरपश्चिमका युवालाई कोहलपुरमा दुईदिने अभिमुखीकरण

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २१ । बाँकेको कोहलपुरमा लुम्बिनी र सुदुरपश्चिमका राष्ट्रिय युवा परिषदका युवाका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । मंगलबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सो कार्यक्रमको उद्घाटन गर्नुभयो । ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मुल नाराका साथ राष्ट्रिय युवा परिषदका लुम्बिनी र सुदुरपश्चिमका युवाका लागि दुई दिने अभिमुखीकरण शुरु गरिएको परिषदले जनाएको छ। सो अवसरमा बोल्दै मन्त्री अथकले युवाका लागि उत्प्रेरणमुलक कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभयो । सबै मन्त्रालयहरुले लक्षित वर्गका कार्यक्रमहरु टुक्रे बजेट बनाउँदा युवाले विभिन्न कारणले निराशजनक हुनुपर्ने अवस्था आएको जनाउँदै उहाँले बजेटलाई एकिकृत र केन्द्रकृत गरेपछि मात्रै कामको परिमाण देखिने बताउनुभयो । सोही प्रकारले युवा तथा खेलकुद मन्त्राल...
क्यासिनोमा जुवा खेल्नकै लागि भारतीय आधार कार्ड बनाउँदै नेपाली नागरिक

क्यासिनोमा जुवा खेल्नकै लागि भारतीय आधार कार्ड बनाउँदै नेपाली नागरिक

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, मङ्सिर २१ । नेपालगञ्जका मेयर धवल शमसेर राणाले सहरलाई क्यासिनो सिटी बनाउने घोषणा गर्दै हिंडेका छन् । उनले प्राय हरेक जसो कार्यक्रममा नेपालगन्जलाई क्यासिनो सिटि बनाउनुपर्ने र भारतीय पर्यटकलाई बढी भन्दा बढी आकर्षण गर्ने कुरा बारम्बार दोहोरयाउने गरेका छन् । स्थानीय सरकारले गरेको सो घोषणाबाट प्रभावित र आकर्षित भएर होला सहरका विभिन्न चर्चित होटलमा क्यासिनो खुल्ने क्रम बढ्दै गएको छ । हाल नेपालगञ्जमा आधा दर्जन भन्दा बढी क्यासिनो सञ्चालनमा छन् । क्यासिनो भनेको जुवा खेलेर आफ्नो सर्वस्व गुमाउने लाइसेन्स प्राप्त आधिकारिक ठाउँ हो । त्यसैले होला नेपाल सरकारले धेरै पहिले देखि क्यासिनो सञ्चालन गर्ने अनुमति दिनुका साथै त्यसमा नेपालीको प्रवेशलाई प्रतिबन्ध लगाएको छ । तर, सरकारले लगाएको सो प्रतिवन्धको पुर्ण पालना क्यासिनो सञ्चालकहरुले गरेको पाइदैन । यसअघि संघीय राजधानी काठमाण्डौमा रहे...
पत्रकार भण्डारीद्धारा ७० हजारको खेलकुद सामाग्री विद्यालयलाई हस्तान्तरण

पत्रकार भण्डारीद्धारा ७० हजारको खेलकुद सामाग्री विद्यालयलाई हस्तान्तरण

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २० । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले आफ्नो निजि ७० हजार रुपियाँ खर्च गरेर सो रकमबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ स्थित जनशक्ति माध्यामिक बिद्यालयलाई खेलकुद सामग्री दिनु भएको छ । अध्यक्ष भण्डारीले बिद्यालयमा सोमवार आयोजित एक कार्यक्रमका बीच करिब ७० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री हस्तान्तरण गर्नुभयो। हस्तान्तरण गरिएका खेलकुद सामाग्रीहरुमा ‘मिकासा’ कम्पनीको भलिबल ४ थान, फुटबल २ थान, भलिबस नेट २ थान, फुटबल नेट २ थान, ज्याब्लिङ्ग थ्रो २ थान, सटफुट २ थान, रनिङ शिल्ड डे«स २५ सेट, लुडो १० थान, र डोरी २० थान रहेका छन् । सो कार्यक्रममा बोल्दै भण्डारीले आफ्नो ब्यक्तिगत खर्चबाट बिद्यालयलाई सामग्री उपलब्ध गराएको बताउनुभयो । ‘खेलकुद सामाग्रीको अभाव भएको भनि बिद्यालयले आग्रह गरेपछि मैले आफ्नो ब्यक्तिगत तर्फबाट यि सामग्री सहयोग ग...
बाँकेका दस जना नेता काँग्रेसको प्रदेस निर्वाचनमा पराजित

बाँकेका दस जना नेता काँग्रेसको प्रदेस निर्वाचनमा पराजित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २० । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा २ जना पदाधिकारीसहित बाँकेका १० जना नेता पराजित भएका छन् । पराजित हुनेमा सबै देउवा पक्षका हुन् । बाँकेमा राम्रै प्रभाव जमाएको संस्थापन पक्षले लुम्बिनी प्रदेशको निर्वाचनमा भने नराम्ररी हार बेहोर्नु परेको छ । संस्थापन पक्षले लुम्बिनी प्रदेशका लागि बाँकेका २ जनालाई पदाधिकारी र अन्य ८ जनालाई कार्यसमिति सदस्यमा उम्मेदवार बनाएको थियो । संस्थापन पक्षबाट लुम्बिनी प्रदेशको सहमहामन्त्रीको उम्मेदवार बनेका बाँकेका लक्ष्मीनारायण शाह र माया पुन पराजित भएका छन् । शाहले ६७६ र पुनले ७५२ मत ल्याएका छन् । आदीवासी जनजातीतर्फ प्रदेश सदस्यको उम्मेदवार भएका बाँकेका नेता फुलाराम थारु ७०६ मत ल्याएर पराजित भए । आदीवासी जनजाती सदस्यमै बाँकेका श्यामबहादुर थापा ६०९ मत ल्याएर पराजित भएका छन् । यस्...
रड प्रहार गरेर पत्निलेनै गरिन् पतिको हत्या

रड प्रहार गरेर पत्निलेनै गरिन् पतिको हत्या

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २० । १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन भैरहेकै समयमा कोहलपुरमा श्रीमतीले रडले लगातार टाउकोमा प्रहार गरेर श्रीमानको हत्या गरेकी छिन । कोहलपुर नगरपालिका वडा नं ७ को रजगडवाका ३० वर्षिय लक्ष्मण हरिजनको उनकी श्रीमति २५ वर्षिय ओरबी हरिजनले हत्या गरेको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनु भएको छ । डिएसपी खनालका अनुसार, श्रीमान लक्ष्मणले सधैं मदिरा सेवन गरी श्रीमतीलाई कुटने गर्दथे । त्यही रिसको झोकमा श्रीमती ओरबीले रडले लगातार टाउकोमा प्रहार गरेर उनको हत्या गरेको खनालले बताउनुभयो । प्रहरीका अनुसार रडको प्रहारबाट लक्ष्मण बेहोस भएका थिए । घाइते लक्ष्मणको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । ओरबीलाई नियन्त्रणमा लिइसकेको कोहलपुर प्रहरीले जनाएको छ ।...
कोरोनाबाट कोहलपुरका थप एक जनाको उपचारका क्रममा मृत्यु

कोरोनाबाट कोहलपुरका थप एक जनाको उपचारका क्रममा मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २० । कोरोना भाइरस संक्रमणबाट नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेका स्थानीय थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–८ बाँकेका ८२ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा सोमवार दिउँसो मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । उनलाई यही ९ गते कोरोना पुष्टि भएको थियो । त्यसैदिन उनी अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार हुन नसक्दा उनको मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या बाँकेमा ३४५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप एकजनामा भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ६७ जनाको नमुना जाँच्दा एकजनामा संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६६ पुगेको पनि जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्...
कतार च्यारिटी र समाज कल्याण परिषद विच पाँचबर्षे साधारण सम्झौता सम्पन्न

कतार च्यारिटी र समाज कल्याण परिषद विच पाँचबर्षे साधारण सम्झौता सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, मङ्सिर २० । समाज कल्याण परिषद र कतार च्यारेटीविच पाँच वर्षका लागि साधारण सम्झौता सम्पन्न भएको छ । कतार च्यारिटीका अन्तराष्ट्रिय सहयोग तथा साझेदारी विशेषज्ञ मोहम्मद तैमुर साकिबको उपस्थितीमा कतार च्यारिटीले समाज कल्याण परिषदसँग सो साधारण सम्झौतामा हस्ताक्षर गरेको हो । सन् २०१६ मा साधारण सम्झौता गरि परियोजना सम्झौतामार्फत पाँचबर्षे कार्यक्रमहरु सम्पन्न गरि आगामी पाँच बर्षका लागि यो सम्झौता गरिएको कतार च्यारेटी नेपालका कार्यक्रम प्रबन्धक ईर्शाद अलि शेषले बताउनुभयो । उहाँका अनुसार पाँचबर्षे परियोजना नेपाल एकिकृत विकास कार्यक्रम अन्तर्गतका कार्यक्रमहरु सम्पन्नगरि नेपालको सामाजिक मुल्य मान्यता र आपसी सद्धभावलाई सुदृढ पार्दै विपन्न परिवार तथा आर्थिक, सामाजिक र शैक्षिक रुपले पिछडिएको समुदायको गुणस्तरिय जिवनकालागि थप कार्यक्रमहरु ल्याउन यो सम्झौता गरिएको छ । जिवनलाई जि...