१८ जेष्ठ २०८३, सोमबार

मुख्य समाचार

लुम्बिनी प्रदेशका वन मन्त्री हमालद्धारा बाँके काग्रेस सभापतिमा उम्मेदवारी घोषणा

लुम्बिनी प्रदेशका वन मन्त्री हमालद्धारा बाँके काग्रेस सभापतिमा उम्मेदवारी घोषणा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ११ । लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमालले कांग्रेस बाँकेको हुन लागेको जिल्ला अधिबेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ। प्रधानमन्त्री शेर बहादुर देउवा निकट मानिनु हुने हमालले सोही समहुबाट उम्मेदवारी दिने तयारी गर्नु भएको बुझीएको छ । मन्त्री हमालले सभापति पदको उम्मेदवारी घोषणासंगै प्रतिनिधिहरुलाई भेटघाट गर्दै सहयोग गर्न आग्रह गर्न शुरु गर्नुभएको छ । आसन्न जिल्ला अधिबेशनमा सभापतिको पदमा आफ्नो उम्मेदवारी रहने र त्यसका लागि तयारीमा समेत जसटिसकेको उहाँले नेपालगञ्जमा बताउनुभयो । हमालसंगै कांग्रेस बाँकेको सभापति पदका लागि कोइराला पक्षबाट नारायण गौडेल र देउवा पक्षबाट राजकुमार बर्मा र बादशाह कुर्मीले पनि दाबी गर्दै आउनु भएको छ। बादशाह कुर्मीको नाम नन्कुनी धोबी र निर्मलाको अपहरण तथा हत्या काण्डमा समेत जोडिएकोले उनलाई देउवा समुहबाट सभापति...
बालिकालाई बिद्यालयमा टिकाउनका लागि प्रदेश मन्त्रालयमा नितिगत संवाद

बालिकालाई बिद्यालयमा टिकाउनका लागि प्रदेश मन्त्रालयमा नितिगत संवाद

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १० । बाँके युुनेस्को क्लबले बिद्यालयमा बालिकालाई टिकाई राख्ने सम्बन्धी नितिगत संबाद कार्यक्रम लुम्बीनी प्रदेश अन्तरगत कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्पन्न गरेको छ । प्लान नेपालसँगको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित बाल बिबाह, छिटो हुने बिबाह र जबरजस्ती हुने बिबाह रोकथाम परियोजना अन्तरगत सो संवाद कार्यक्रमको आयोजना गरिएको हो । बिद्यालय बाहिर रहेका बालिकाहरु बालबिबाहमा संलग्नहुने उच्च जोखिममा रहेकोले बालिकाहरुलाई बिद्यालयमा भर्ना गर्ने र उनीहरुलाई बिद्यालयमा टिकाई उनीहरुको शिक्षामा पहुँच अभिबृद्धि गर्ने मुख्य उध्येश्यका साथ सो संवाद आयोजना गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । लुम्बिनी प्रदेशस्तरीय कानुन, महिला तथा ज्येष्ठ नागरिक मन्त्रलयका सचिब राजेन्द्र थापाको अध्यक्षतामा ...
बालबिबाह अन्तका लागि कार्ययोजना बनाउन मन्त्रालयमा पुगेर पैरवी र दवाव, मन्त्रीलाई ज्ञापन पत्र

बालबिबाह अन्तका लागि कार्ययोजना बनाउन मन्त्रालयमा पुगेर पैरवी र दवाव, मन्त्रीलाई ज्ञापन पत्र

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ९ । बालविवाह अन्त्यका लागि नेपाल सरकारले राष्ट्रिय कार्ययोजना तयार गरी कार्यन्वयन गर्न दवाव दिने उदेश्यले बाँके र बर्दियाका सरोकारवालाले संघीय मन्त्रालयमा पुगेर सरकारको ध्यानाकर्षण गराएका छन् । सो का लागि प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सरोकारवालासंगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुगेर पैरवी बैठकको आयोजना गरेको छ । सो बैठमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव उमेश ढुगाना, उपसचिव शान्तिराज प्रसाई, महिला बिकास अधिकृत शाबित्रा शाह लगायतको टिम नै सहभागी भएको थियो । त्यसै गरी संघीय मामिला मन्त्रालयका उपसचिव बाबुराम भुषाल, राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेल, नेपालगञ्ज उपमहानगर पालिकाका सामाजिक बिकास शाखा प्रमुख शोभा शाह, गुलरीया नगरपालिकाका महिला बालबालिका शाखाका प्रमुख शिला शा...
कतार च्यारेटीद्धारा लुम्बिनी प्रदेशलाई एक करोड दस लाखको स्वास्थ्य सामाग्री प्रदान

कतार च्यारेटीद्धारा लुम्बिनी प्रदेशलाई एक करोड दस लाखको स्वास्थ्य सामाग्री प्रदान

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ९ । कतार च्यारिटीले लुम्बिनी प्रदेश सरकारलाई अपरेसन थिएटर सेटअप, ३ थान आईसीयू सेट र १ पिसिआर ल्याबसहित एक करोड दश लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । च्यारिटीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलमान केसीको उपस्थितिमा नेपालका लागि कतारका राजदूत महामहिम युसुफ मोहम्मद अल हैलले प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुलाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताउनुभयो । कोरोना नियन्त्रण लगायत अन्य विभिन्न स्वास्थ्य समस्याको समाधानका लागि कतार च्यारेटीले सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको प्रेस संयोजक विकले बताउनुभयो । विकका अनुसार स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री माननीय वसिउद्दीन खान, कतार ...
सिभिल बैंकद्धारा कोहलपुरकी छात्रालाई छात्रवृत्ति सहयोग

सिभिल बैंकद्धारा कोहलपुरकी छात्रालाई छात्रवृत्ति सहयोग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ९ पुस । सिभिल बैंक कोहलपुर शाखाले स्थानिय एक बिद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । कोहलपुर १ कृष्ण माध्यमिक विद्यालयमा पढ्ने स्वस्तिका बिकलाई बैकले रु ५ हजार सहयोग गरेको हो । बैंकको ११ औं स्थापना दिवशको अवसरमा सामाजिक कार्य अन्तरगत उक्त सहयोग गरेको बैंकका शाखा प्रबन्धक बसन्तकुमार रेग्मीले बताउनु भयो । उहाँले बैंकले सामाजिक कार्य र दायीत्व अन्तर्गत हरेक वर्ष विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जनाउँदै विभिन्न लक्षित वर्ग र समुदायलाई सहयोग गर्दै आएको बताउनुभयो ।...
बर्दिया युनेस्को क्लब टपराको गठनबाट स्थानीय उत्साहित

बर्दिया युनेस्को क्लब टपराको गठनबाट स्थानीय उत्साहित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ९ पुस । सामाजिक हित र स्थानीय वासिन्दामा चेतना ल्याउनका लागि बर्दियाको राजापुरका समाजसेवी भिमसेन चौधरीको नेतृत्वमा बर्दिया युनेस्को क्लब टपराको गठन गरिएको छ । सो क्लबको गठनबाट स्थानयि उत्साहित बनेका छन् । राजापुरको मानपुर टपरामा स्थानीय समाजसेवी, बुद्धिजिवी र सर्वसाधारणको एक भेलाले चौधरीको अध्यक्षतामा बर्दिया युनेस्को क्लब टपराको ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । क्लबको उक्त तदर्थ समितिको उपाध्यक्षमा कृपा शंकर चौधरी, महासचिवमा राम बहादुर चौधरी, सचिव रिता चौधरी, कोषाध्यक्ष निर्मला चौधरी र सदस्यहरुमा सन्तोष थारु, गर्भु चौधरी, युवराज चौधरी, राधेश्याम चौधरी, राज कुमार चौधरी र छोटेलाल चौधरीको चयन गरिएको छ । सो अवसरमा अतिथिको रुपमा रहनु भएका बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीले बर्दिया युनेस्को क्लब टपराको गठन गरिएकोमा खुशी व्यक्त ग...
सात विधेयक पारित गर्दै डुडुवाको दसौं गाउँसभा सम्पन्न

सात विधेयक पारित गर्दै डुडुवाको दसौं गाउँसभा सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ८ पुस । सातवटा विधेयक पारित गर्दै डुडुवा गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ । विहीबार बसेको सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई विधेयक २०७८, संस्था दर्ता विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय पूर्वाधार व्यवस्थापन विधेयक २०७८, डुडुवा गाउँपालिकाको सार्वजनिक, निजी तथा अन्तर सरकारी साझेदारी विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय सडक विधेयक २०७८ र डुडुवा गाउँपालिकाको नगर प्रहरी विधेयक २०७८, गाउँपािलकाको तथ्यांक संकलन तथा अभिलेख व्यवस्थापन विधेयक २०७८ गरी सात वटा विधेयक र डुडुवा गाउँपालिकाको स्वास्थ्य नीति २०७८ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार सभामा विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गरेका सबै विधेयक सर्बसम्मत रुपमा पारित गरिएको हो । गाउँसभामा गाउँपालिका अध्यक्ष...
कम्दीस्थित कम्मर शाहको उर्स मेला शुरु, पुर्व मन्त्री राईद्धारा उदघाटन

कम्दीस्थित कम्मर शाहको उर्स मेला शुरु, पुर्व मन्त्री राईद्धारा उदघाटन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ८ पुस । बर्षौं देखि बांकेको डुडुवा गांउपालिका कम्दीमा लाग्दै आएको हजरत बाबा कम्मर शाहको उर्स मेला विहिबार देखि शुरु भएको छ। तीन दिनसम्म चल्ने सो मेलाको विहिबार एक औपचारिक समारोहका विच पुर्व शहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईले उदघाटन गर्नु भयो । सो अवसरमा बोल्दै उहाँले कम्मर शाह बाबाको मजार हिन्दु मुस्लिम एकताको प्रतिकको रुपमा समेत रहेको जनाउँदै यस्ता सुफी सन्तकै कारण सामाजिक सदभाव र धार्मिक एकता कायम रहेको बताउनुभयो । सो क्षेत्रको विकासका लागि आफुले विगतमा पनि धेरै कार्य गरेको स्मरण गर्दै पुर्व मन्त्री राईले आगामी दिनमा पनि निरन्तर प्रयास गर्ने बताउनुभयो । डुडुवा गाउँपालिकाको विकास गर्न खोज्दा पालिकाले सहयोग नगरेको पनि उहाँले सो अवसरमा गुनासो गर्नुभयो । सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्य लगायत विभिन्न धर्म सम्प...
यातायातमा छुटको माग गर्दै तीन विद्यार्थि संगठनद्धारा जिल्ला प्रशासन कार्यालय घेराउ

यातायातमा छुटको माग गर्दै तीन विद्यार्थि संगठनद्धारा जिल्ला प्रशासन कार्यालय घेराउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ८ पुस । सरकारद्वारा सार्वजनिक यातायातमाको भाडामा दिईएको सहुलियत कार्यान्वयन गर्न माग गर्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय बाँके घेराउ गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सहित बाँकेमा क्रियाशिल तीन वटा विद्यार्थी संगठनले प्रशासन कार्यालय घेराउ गरेका हुन् । सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत, जेष्ठ नागरिक र अपाङ्गलाई आरक्षण सहित ५० प्रतिशत सहुलियत कार्यान्वयन गरिनुपर्ने माग गर्दै आएका छन् । चरणबद्ध संघर्षका कार्यक्रमअन्तर्गत बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा एक घण्टा धर्ना सहित बिरोध प्रर्दशन गरेका थिए । विद्यार्थीहरुले केही दिनअघि मात्रै यातायात व्यावस्था कार्यालय बाँकेमा भाडामा सहुलियत कार्यान्वयनको माग गर्दैँ एक घण्टा कामकाज ठप्प हुने गरेर विरोध प्रर्दशन गरेका थिए...
बर्दियाकी जुवेदा खातुन– काँग्रेस केन्द्रिय सदस्यसम्मको गर्विलो राजनीतिक यात्रा

बर्दियाकी जुवेदा खातुन– काँग्रेस केन्द्रिय सदस्यसम्मको गर्विलो राजनीतिक यात्रा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रकाश धौलाकोटी बर्दियाको मुस्लिम समुदाय, जहाँका महिलालाई अहिले पनि ‘नकाब’ उतार्न अनुमति छैन । संघसंस्था, सामाजिक काम गर्ने वा राजनीतिमा लाग्ने होइन, गाउँ नजिकका हाटबजारसमेत खुल्ला रुपमा हेर्न पाएका छैनन् यहाँका मुस्लिम महिलाले । छोरीलाई स्कुल पठाउनु हुँदैन भन्ने मान्यता अझै जीवित छ । कसैले छोरी पढाउने हिम्मत गरे उसले समाजमा विकृति फैलाएको आरोप खेप्नुपर्छ, जसकारण यहाँ धेरै छोरीले अहिले पनि पढ्न पाएका छैनन् । त्यही मुस्लिम समुदायकी एउटी छोरी र बुहारी हुन्— जुवेदा खातुन । जसले समाज र अन्धविश्वासले पहिर्‍याएको नकाब खोलेर गर्विलो राजनीतिक यात्रा तय गरेकी छिन् । कांग्रेसको भर्खरै सकिएको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी खातुन आफूले नसोचेको सफलता पाएको बताउँछिन् । कांग्रेसमा मुस्लिम समुदायबाट निर्वाचित भएर केन्द्रीय सदस्य बन्ने पहिलो महिला हुन् उनी । न राजनीतिक घराना, न गहिरो राजनीतिक चेत ।...