कार्यदलको प्रतिवेदनपछि एमसीसीबारे निर्णय गरिने–माधव नेपाल
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ८ । एकिकृत समाजवादी पाटीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमसीसीको बारेमा गठबन्धन भित्र र बाहिरका दलहरुसंग घनिभूत छलफल भइरहेको जनाउदै कार्यदलले प्रतिवेदन बुझाएपछि मात्रै कसरी अगाडी बढ्ने भन्ने निर्णयमा पुग्ने बताउनुभएको छ ।
बिहीबार समाजवादी प्रेस सगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताउनु भएको हो ।
उहाँले देशको हितमा हुने हरेक सम्झौतालाई समाजादीले सहर्ष स्विकार्ने जनाउँदै तर आर्थिक विकासको नाममा अन्यथा गर्न खोज्ने कुनै पनि परियोजना स्विकार गर्न नसकिने बताउनुभयो ।
आगामी निर्वाचनमा लोकतान्त्रिक र वामपन्थी शक्तिलाई एकतावद्ध गरेर लैजाने पक्षमा आफुहरु रहेको पनि उहाँले सो अवसरमा बताउनु भयो ।
प्रतिगामी बाहेकका सबै वामपन्थी शक्ति र अन्य लोकतान्त्रिक दललाई मिलाएर गठबन्धन बनाई निर्वा...









