१८ जेष्ठ २०८३, सोमबार

मुख्य समाचार

मानवबेचविखनविरुद्ध सक्रिय अभियन्ताको क्षमता विकास गरिंदै

मानवबेचविखनविरुद्ध सक्रिय अभियन्ताको क्षमता विकास गरिंदै

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ६ पुस । बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाममा क्रियाशिल बाँकेका चारवटा पालिकाका अभियन्ताहरुका लागि नेपालगञ्जमा दुई दिने क्षमता विकास तालिम सञ्चालन गरेको छ । प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत मानवबेचविखन विरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मुल नाराका साथ छनोट गरिएका युवा अभियन्ताका लागि सो तालिम मंगलवार शुरु गरिएको क्लबले जनाएको छ । समुदायका युवाहरुलाई मानव बेचबिखन, बालअधिकार र बालसंरक्षणको क्षेत्रमा सक्षम बनाउँदै बाँके जिल्लामा मानव बेचबिखनको रोकथाम र सम्बोधन कार्यलाई सफल पार्न युवा अभियन्ताहरुका लागि तालिम शुरु गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । सो तालिममा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाबाट, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका अभियन्ताको सहभाग...
रुपैडिहाबाट चोरबाटो भएर ल्याउँदै गरेको ३ सय ट्याबलेट लागु औषधसहित एकजना पक्राउ

रुपैडिहाबाट चोरबाटो भएर ल्याउँदै गरेको ३ सय ट्याबलेट लागु औषधसहित एकजना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ६ । यहाँस्थित सीमा पारी रुपैडिहाबाट चोरबाटोको प्रयोग गरेर नेपालतर्फ ल्याउँदै गरेको लागु औषध नाइट्रोभेटका तीन सय टयाब्लेट सहित एकजनालाई जमुनाह प्रहरीले पक्राउ गरेको छ । मंगलवार अपरान्ह तीन बजेर २५ मिनेटको समयमा जमुनाह गाउँको चोरबाटो प्रयोग गरेर दार्चुला शैलेशिखर नगरपालिका ९ का १९ वर्षिय नरेन्द्र विष्टले नेपालतर्फ ल्याउँदै गरेको नाइट्रोभेटका २० फाइलमा रहेको तीन सय टयाब्लेट सहित विष्टलाई जमुनाह प्रहरीले पक्राउ गरेको छ । जमुनाह प्रहरीले दिएको जानकारी अनुसार विष्टलाई नाकामा रहेको जमुनाह प्रहरी कार्यालय भन्दा एक किलोमिटर पुर्वबाट पक्राउ गरेको छ । सीमापारीबाट दैनिकजसो लागु औषध ब्राउन सुगर र विभिन्न नशा भएका ट्याबलेटहरु भित्रिने गरेकोले नाकामा निगरानी बढाईएको प्रहरीले जनाएको छ ।...
नरैनापुरमा देशकै पहिलो दलित निगरानी केन्द्रको भवन निर्माणसंगै उदघाटन

नरैनापुरमा देशकै पहिलो दलित निगरानी केन्द्रको भवन निर्माणसंगै उदघाटन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ६ । बाँकेको नरैनापुरमा दलित निगरानी केन्द्र भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । दलित समुदायको हक अधिकार स्थापित गर्दै उनीहरुको उत्थान र विकासका लागि गाउँपालिकाको सहयोगमा भवन निर्माण गरिएको छ । दलितका सवालमा छलफल गर्ने थलोका रुपमा रहने भवन १८ लाख ४२ हजार ६ सय ४७ रुपैयाँको लागतमा निर्माण भएको हो । नरैनापुरमा क्रियाशील दलित संघर्ष समिति र तराई दलित विकास मञ्चको अग्रसरतामा भवन बनेको हो । नरैनापुरमा बनेको दलित निगरानी केन्द्र भवन ७५३ पालिकामै पहिलो भएको दलित अधिकारकर्मीहरुको दाबी छ । भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाहले सबै समुदाय मिलेर नरैनापुरलाई विकसित र समृद्ध बनाउनतर्फ लाग्न आह्वान गर्नुभयो । उहाँले दलित समुदायको उत्थानका लागि आफू सधैं क्रियाश...
खजुरा बजारको कालोपत्रे दुई सातामै उप्कियो, स्थानीय आक्रोशित

खजुरा बजारको कालोपत्रे दुई सातामै उप्कियो, स्थानीय आक्रोशित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, पुस ६ । बाँकेको खजुरा बजारमा निमार्ण भइरहेको फोरलेन सडकको बेसमा गरिएको पीच दुई सातामै उप्किएको छ । खजुराको धनौली चौकीदेखि खजुरा १ नम्बरसम्को करिव अढाई किलो मिटर फोरलेन सडकको पीच उप्किएको हो । उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्क्सनले पाएको हो । अढाई किलो मिटरको सडक पाँच वर्षदेखि निर्माणाधिनको क्रममा छ । सडक कालोपत्रे नहुँदा खजुराका स्थानीय धुलोले हैरान छन् । फोरलेन सडककको बेस दुई सातामै उपिक्एपछि स्थानीयले गुणस्तरमाथि शंका जनाउँदै सडक डिभिजन कार्यालयलाई जानकारी गराएका छन् । स्थानीय सतीस निरौलाले अढाई किलो मिटरको सडक बनाउन ५ वर्ष समय लगाउनु ठेकेदारको हद लापरवाही भएको बताए । उनले भने, अहिलृ सडक पीच गर्दा पनि गम्भीर लापरवाही देखिएको छ । हामी ५ वर्षदेखि धुलो खानुपर्ने बाध्यता छ । सडक डिभिजन कार्यालय नेपालगन्जका ईन्जिनीयर मनबहादुर विकले सडकको बेसमा गरिएको पीच उप्किएको स्वीकार ...
बाँकेमा एक लाख ४२ हजार मानिस अझै खोपको पहुँचभन्दा बाहिर

बाँकेमा एक लाख ४२ हजार मानिस अझै खोपको पहुँचभन्दा बाहिर

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ६ । बाँकेमा अझैपनि एक लाख ४२ हजार मानिसहरु कोरोना खोपको पहुँच भन्दा बाहिर रहेका छन् । सरकारले हरेक नागरिकलाई खोप लगाउने लक्ष्यका साथ तिव्र गतिमा खोप लगाउने अभियान जारी राखेपनि पश्चिम नेपालकै सबैभन्दा सुगम र विकसित मानिएको बाँकेमा अझै धेरै ठुलो जनासम्म कोरोनाको खोप पुग्न सकेको छैन । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोरोना खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका चार लाख छ हजार एक सय ६५ जना रहेकोमा ती मध्ये एक लाख ४१ हजार छ सय ७४ जना मानिसहरु कोरोना खोपको पहुँच भन्दा बाहिर रहेका छन् । एक लाख ९७ हजार पाँच सय १७ जनाले खोपको दुबै मात्रा पूरा गरेको जनाउँदै एक मात्रा पुरा गर्नेहरु दुई लाख ६४ हजार चार सय ९१ रहेको छ । जिल्लामा दुबै मात्रा पुरा गर्ने ४८ प्रतिशत रहेका छन् भने एक मात्र मात्रा लगाउने ६५ प्रतिशत रहेका छन् । खोपको पहुँच भन्दा बाहिर रहेका ठुलो संख्...
अन्तरजातीय विवाह गर्दा वेपत्ता पारिएका हुम्लाका चन्द्रे कामीलाई सार्वजनिक गर्न माग

अन्तरजातीय विवाह गर्दा वेपत्ता पारिएका हुम्लाका चन्द्रे कामीलाई सार्वजनिक गर्न माग

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ५ पुस । अन्तरजातीय विवाह गर्दा वेपत्ता पारिएका हुम्लाका चन्द्रे कामीलाई सार्वजनिक गर्न गैर सरकारी महासंघका नवनिर्वाचित केन्द्रिय सदस्य धर्म रोकायले नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ । उहाँले आफ्नो फेसबुकमार्फत सरकार अन्तरजातीय विवाह गर्दा वेपत्ता पारिएका हुम्लाका चन्द्रे कामीको अवस्था तुरुन्त सार्वजनिक गर भन्ने कुरा लेखेर यस विषयमा सवैको ध्यानाकर्षण होस भनेर पोष्ट गर्नु भएको छ । हालैमात्र राजधानीमा भउको गैसस महासंघको केन्द्रिय महाधिवेसनमा केन्द्रिय सदस्यमा विजयी हुनु भएका बाँके कोहलपुर निवासी रोकायले अहिलेको २१ औं शताब्दीमा पनि अन्तराजातयि विवाह गरेकै निहुमा कसैलाई बेपत्ता पार्ने काम गरिन्छ भने हामी कहाँ र कुन अवस्थामा छौं भन्ने कुरा प्रष्ट भएको पनि बताउनु भएको छ ।...
नेकपा एकिकृत समाजवादी बाँकेमा कार्यविभाजन

नेकपा एकिकृत समाजवादी बाँकेमा कार्यविभाजन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ५ पुस । नेकपा एकीकृत समाजवादी बाँकेको सोमबार भएको पूर्ण बैठकले कार्यविभाजन गरेको छ । पार्टी अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षतामा बसेको जिल्ला कमिटिको पूर्ण बैठकले पार्टी नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । बैठकले १ सय १२ सदस्यीय पार्टी सचिवालय निर्माण गरेको छ । त्यस्तै, भुगोलमा भगवति अधिकारीलाई क्षेत्र नं. १, क्षेत्र नं. २ मा सम्सुद्दिन सिद्दिकी, क्षेत्र नं. ३ मा भद्रप्रसाद देवकोटा र प्रदेश क्षेत्र नं. १ क मा राज बहादुर बुढा, ख मा कुश्माखर बस्याल, क्षेत्र नं. २ क मा भुवन गौतम, ख मा करिश्मा योगी, क्षेत्र नं. ३ क मा विष्णुकान्त आचार्य, ख मा ऋषि पोखरेललाई जिम्मेवारी दिइएको छ । पालिकास्तरीय इन्चार्जको जिम्मेवारी कोहलपुरमा मञ्जु कोइराला, राप्तीसोनारीमा दशरथ ओली, नरैनापुरमा पेशकार सिंह, नेपालगन्जमा विनोद मैनाली, डुडुवामा कप्तान पाठक, बैजनाथमा टंकर नाथ य...
संयुक्त विद्यार्थी संगठनद्धारा यातायात कार्यालयमा धर्ना र विरोध प्रदर्शन

संयुक्त विद्यार्थी संगठनद्धारा यातायात कार्यालयमा धर्ना र विरोध प्रदर्शन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ५ । संयुक्त विद्यार्थी संगठनले सोमवार नेपालगञ्जको यातायात व्यवस्था कार्यालयमा विद्यार्थिहरुको माग पुरा गराउन धर्ना दिएर विरोध प्रदर्शन गरेको छ । यातायात कार्यालय नेपालगञ्जबाट प्रदान गरिने सेवा सुविधामा सुधारको माग सहित विद्यार्थिलाई यातायातमा ४५ प्रतिशत छुटको व्यवस्था गर्न माग गर्दै नेपालगञ्ज यातायात व्यवस्था कार्यालयमा विरोध प्रदर्शन तथा धर्नाको आयोजना गरिएको हो । यातायात ब्यबसायीले विद्यार्थीलाई ४५ प्रतिशत छुट, जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई ५० प्रतिशत छुटका साथै यातायात ब्यबस्था कार्यालयवाट प्रदान गरिने सेवा सुविधा हुनुपर्ने माग राख्दै सो विरोध प्रदर्शन तथा धर्ना आयोजना गरिएको थियो । सार्वजनिक यातायातका साधनमा नेपाल सरकारले विद्यार्थीलाई सहुलियत र जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई छुट दिने ब्यबस्था गरेको भएपनि बाँकेका यातायात ब्...
एमसीसी विरुद्ध नेपालगञ्जमा राप्रपाको विरोध प्रदर्शन

एमसीसी विरुद्ध नेपालगञ्जमा राप्रपाको विरोध प्रदर्शन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ५ । बाँकेको नेपालगञ्जमा एमसिसि विरुद्ध राप्रपाले विरोध र्‍याली निकालेको छ । एमसीसी विरुद्ध सघर्ष समिति निर्माण गरी एमसीसी विरुद्ध विभिन्न नाराबाजी गर्दै र्याली निकालिएको थियो । सो विरोध र्‍यालीमा नेपाली जनतालाई धोका हो, एमसीसी चाहिँदैन, देश बेच्न पाइदैन भन्दै ठुलो स्वरमा नारबाजीहरु गरिएका थिए । एमसिसि नेपालमा कुनै पनि हातलमा नल्याउनका लागि नेपालगञ्ज देखि देशभरी ने एमसीसीका संघर्षका कार्यक्रमहरु राप्रापाले गरिरहेको छ भने नेपालगञ्जबाट राप्रपाका सचिव रवि वर्माको नेतृत्वमा संघर्ष समिति निर्माण गरी आन्दोलन तथा संघर्षका कार्यक्रम शुरु गरिएका छन् । विरोधसभामा बोल्दै किशोर लामा, रबि संकर बर्मा, हाम्रो नेपाल हामि नेपालीका केन्द्रिय महा सचिव भिम बहादुर शाही, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेका अध्यक्ष हुकुम केसिले कुनै पनि हालतमा एमसीसी लागु गर्न नदिइन...
बागेश्वरी मन्दिर परिसरका विपन्नलाई कम्बल र शिरक वितरण

बागेश्वरी मन्दिर परिसरका विपन्नलाई कम्बल र शिरक वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ५ । चिसोले विपन्न र गरिब असहाय बृद्धबृद्धा समस्यामा परेपछि उनिहरुलाई लक्षित गरेर नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा कम्बल र शिरक वितरण गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी राम गोपाल बैश्य स्मृति प्रतिष्ठान र कसौधन वैश्य समाजको संयुक्त आयोजनामा स्थानीय बागेश्वरी मन्दिर परिसर र सो वरिपरि मागेर गुजारा गर्दै आएका विपन्न बृद्धबृद्धालाई कम्बल र शिरक वितरण गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी राम गोपाल बैश्य स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यका अनुसार आइतवारदेखि एक्कासी अत्याधिक चिसो बढेपछि बागेश्वरी मन्दिर वरिपरि मागेर जिविका चलाउने बृद्धबृद्धालाई कम्बल र शिरक वितरण गरिएको बताउनुभयो । बागेश्वरी मन्दिर परिसरमा रहेका अति विपन्न बृद्धबृद्धालाई प्रतिष्ठानका अध्यक्ष वैश्य, वरिष्ठ पत्रकार अक्षरी पोखरेल लगायतले कम्बल तथा शिरक वितरण गर्नुभयो । चिसो क्रमश...