३ माघ २०८२, शुक्रबार

मुख्य समाचार

बाँके क्षेत्र नम्बर एकको सभापतिमा पत्रकार नेता केसी विजयी

बाँके क्षेत्र नम्बर एकको सभापतिमा पत्रकार नेता केसी विजयी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १० मंसिर । नेपाली कांग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा पत्रकारका युवा नेता पोषण केसी निर्वाचित हुनु भएको छ । निकै प्रतिष्पर्धात्मक रहेको सो निर्वाचनमा उहाँले सो क्षेत्रका पुर्व सभापति माधवराम खत्रीलाई ४७ मतले पराजित गर्नु भएको हो । शुरुमा केसीले झिनो अग्रता लिएपनि विचमा पछाडी पर्नु भएकोमा अन्तमा फेरी अग्रता लिएर ४७ मतले संघिय क्षेत्रको सभापति निर्वाचित हुनु भएको हो । खसेको ६०१ मतमा संस्थापन इतर पक्षका केसीले ३१६ र माधवराम खत्रीले २६९ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ । केसीको जितसंगै सो क्षेत्रमा नेपाली काँग्रेसको नयाँ नेताको उदय समेत भएको छ । सोही प्रकारले उक्त क्षेत्रको सचिवमा केसी प्यानलबाट खुम बहादुर बस्नेत र खत्री प्यानलबाट जयश्वर पौडेल तथा सहसचिवमा खत्री प्यानलबाट दिपेन्द्र उप्रेती र केसी प्यानलबाट रामबहादुर रावत निर्वाचित...
काँग्रेस बाँकेको निर्वाचन – क्षेत्र नम्बर २ मा मतदान शुरु, क्षेत्र नम्बर १ मा मतगणना शुरु

काँग्रेस बाँकेको निर्वाचन – क्षेत्र नम्बर २ मा मतदान शुरु, क्षेत्र नम्बर १ मा मतगणना शुरु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज मंसिर १० । नेपाली कांग्रेस बाँकेको निर्वाचनको क्रममा विहिबार हुननसकेको क्षेत्र नम्बर १ र २ को मतगणना तथा मतदान शुक्रवार विहान शुरु भएको छ । मतदान सम्बन्धि विवाद हुँदा क्षेत्र नम्बर २ को मतदान हुन सकेको थिएन भने राती परेकोले क्षेत्र नम्बर १ को मतगणना हुन सकेको थिएन । क्षेत्र नम्बर २ को नयाँ नेतृत्व चुन्न मतदान विहिबार विहान केही बेर अघि सुरु भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार विहान ९ बजेदेखि मतदान सुरु भएको हो । दिउँसो ३ बजेसम्म मतदान चल्नेछ । विरेन्द्र शाह र रमेश गुप्ता नेतृत्वका दुई प्यानल चुनावी प्रतिष्पर्धामा रहेका छन् । यो क्षेत्रमा ४ सय ४८ मतदाता रहेका छन् । यसैगरि विहिबार शुरु हुननसकेको निर्वाचन क्षेत्र नम्बर १ को मतगणना पनि शुक्रवार विहान सुरु भएको निर्वाचन समिमतिले जनाएको छ । शुक्रवार विहान पौने ११ बजेदेखि मतगणना सुरु भएको मतदान अधिक...
राप्रपाद्धारा बाँकेका ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्टेटर मेसिन बितरण

राप्रपाद्धारा बाँकेका ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्टेटर मेसिन बितरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज मंसिर १० । कोरोना संक्रमणको उपचारका लागि स्वास्थ्य संस्थाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने उदेश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँकेका विभिन्न ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई ३० लाख भन्दा बढीको १४ वटा अक्सिजन कन्सन्टेटर मेसिन उपलब्ध गराएको छ । अमरधन स्मृति प्रतिष्ठान एनआरएन हङकङको सहयोग तथा राप्रपाका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको पहलमा बाँकेका एक दर्जन स्वास्थ्य संस्थामा अक्सिजन उत्पादन गर्ने उक्त कन्सन्टेटर मेसिन वितरण गरिएको राप्रपाका केन्द्रीय सदस्य हिक्मत ढकालले जानकारी दिनुभयो । उहाँले कोरोनाको संभावित तेस्रो लहरको तयारी स्वरुप कोरोना उपचारका महत्वपुर्ण रहेको उक्त अक्सिजन कन्सन्टेटर मेसिन उपलब्ध गराईएको बताउनुभयो । राप्रपाका अनुसार कोरोना महामारीको सम्भावित तेस्रो लहरको जोखिमलाई मध्यनजर गरेर कुसुम स्वास्थ्य चौकी, ओभरी स्वा...
नेपालगञ्ज विमानस्थलमा विमानमा स्याल ठोक्कियो, यात्रु सुरक्षित, जहाजको नोजल गेयरमा क्षति

नेपालगञ्ज विमानस्थलमा विमानमा स्याल ठोक्कियो, यात्रु सुरक्षित, जहाजको नोजल गेयरमा क्षति

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, मङ्सिर ८ गते । काठमाडौंंबाट नेपालगञ्ज आएको बुद्ध एयरको एब्रो जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा स्याल ठोक्किएको छ । बुधबार सांझ ७ बजेर ५ मिनेटमा विमान अवतरण गरिरहेको बेला धावनमार्गमा स्यालसंग ठोक्किएको नागरिक उड्यन कार्यालय नेपालगञ्जले जनाएको छ । सो कार्यालयका प्रमुख सुभाष झाले बुद्ध एअरको विमान अवतरण गरेर धावनमार्गमा दौडिरहेको बेला स्यालसंग ठोक्किएको र विमान तथा यात्रुहरु सबै सुरक्षित रहेको बताउनुभयो । उहाँले सो विमान अवतरण गरे लगत्तै श्री एअरको विमान समेत अवतरण गरेको जनाउँदै धावनमार्गमा गएर हेर्दा स्यालका शरीका भागहरु टुक्रा भएको अबस्थामा फेला परेको बताउनुभयो । स्याल ठोकिदा जहाजको नोजल गेयरमा समस्या आएकोले सो चेकजाँचका लागि काठमाण्डौबाट ईन्जिनियरहरु आइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन अधिकारीले बताउनुभयो । सो घट्ना ...
कोरोनामा प्लाज्माको व्यवस्थापन गर्ने माधवीलाई अमेरिका र दुबईमा सम्मान

कोरोनामा प्लाज्माको व्यवस्थापन गर्ने माधवीलाई अमेरिका र दुबईमा सम्मान

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, मङ्सिर ८ गते । शिक्षण पेशामा आवद्ध भएपनि नेपालगञ्जकी माधवी शाहले कोरोना महामारीमा प्लाज्मा संकलनमा उल्लेखनिय भूमिका निर्वाह गर्नु भएकोमा उहाँलाई अमेरिका र दुबईमा सम्मान गरिएको छ । शाहको योगदानको उच्च मुल्यांकन गर्दै अमेरिकाको नेपाली संस्थाहरुमा स्थापित संस्था नेपलिज एसोसिएशन ईन साउथईष्ट अमेरिकाले सम्मान गरेको छ भने नेपाल इभेन्ट अग्रनाइजेशन एशोसिएसनले दुबईमा नेसनल हिरो अवार्ड २०७८ बाट सम्मानित गरेको छ । नेपालमा कोरोना महामारीमा विशिष्ट सहयोग गर्ने नेपालगञ्जकी शाह लगायत १२ जनालाई सम्मान गरिएको नेपलिज एसोसिएशन ईन साउथईष्ट अमेरिकाका अध्यक्ष विनय अर्यालले टेलिफोनमा बताउनुभयो । यसैगरि नेपाल इभेन्ट अग्रनाइजेशन एशोसिएसनले कोभिड–१९ महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी विभिन्न तवरबाट सामाजिक कार्य गरेको जनाउँदै शाहलाई पनि नेसनल हिरो अवार्ड २०७८ बाट सम्मानित गरेको एशोसिएसन...
बाँकेबाट एमाले केन्द्रिय सदस्यमा ६ जनाको उम्मेदवारी घोषणा

बाँकेबाट एमाले केन्द्रिय सदस्यमा ६ जनाको उम्मेदवारी घोषणा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ८ मङ्सिर । यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा आयोजना गरिने नेकपा एमालेको १० औं महाअधिवेशनमा बाँके जिल्लाबाट पनि ६ जनाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरेर उनिहरुले निर्वाचनको तयारी समेत शुरु गरिसकेको जनाएका छन् । यसरी एमालेको केन्द्रिय सदस्यमा उम्मेदवारी दिनेहरुमा हालका केन्द्रिय सदस्य मोहम्मद हारुन, पुर्व केन्द्रिय सदस्य देबराज भार, पुर्व जिल्ला अध्यक्ष सुर्य ढकाल, पुजन बिश्वकर्मा, वसन्ती अधिकारी र बिजया धिताल रहनु भएको छ । मुस्लिम कोटाबाट केन्द्रिय सदस्य बन्नुभएका हारुनले फेरी केन्द्रिय सदस्यमा दोहरीने सोचका साथ उम्मेदवारी दिने घोषणा गरेको बताउनु हुन्छ । पत्रकार पृष्ठभुमि भएका उहाँ हाल नेकपा एमाले बाँकेका जिल्ला सह ईन्चार्ज समेत हुनुहुन्छ । नेकपा एमालेको  केन्द्रीय सदस्य रही सक्नु भएका देवराज भार एम...
जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगितामा जोशी, राना र बोहोरा प्रथम

जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगितामा जोशी, राना र बोहोरा प्रथम

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ८ मङ्सिर । बाँके जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा सामुदायिक प्रहरी सेवा केन्द्रका दिपेन्द्र कुमार जोशी, पुरुष युगलमा प्रवेश राना र मनिष सुनारको जोडी र महिला एकलमा कुसुम बोहरा प्रथम भएकी छन् । लागुऔषध दुव्र्यसनी विरुद्धको सन्देश प्रवाह गर्न आयोजना गरिएको सो प्रतियोगिताको फाइनल खेलबाट उहाँहरु विजयी भएर प्रथम हुनु भएको हो । सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेसँगको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिता जिल्ला ब्याडमिन्टन संघले विशेषत लागुऔषध उपचार तथा पुनस्र्थापना केन्द्रमा रहेका युवाहरुलाई लक्षित गरी आयोजना गरेको थियो । बाँके जिल्ला ब्याडमिन्टन संघका जिल्ला अध्यक्ष सञ्जय थापाले जीवनलाई सुधार्न चाहिरहेका युवाहरुलाई खेलकुदका माध्यमबाट सुदृढ गर्दै अगाडि बढाउने प्रयास स्वरुप प्रतियोगिता गरिएको बताउनुभयो ।...
ड्युटीसमयलाई ध्यानमा राखेरनै विमानलाई नेपालगञ्जसम्मै उडाइएको हो–नेपाल एअरलाइन्स

ड्युटीसमयलाई ध्यानमा राखेरनै विमानलाई नेपालगञ्जसम्मै उडाइएको हो–नेपाल एअरलाइन्स

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, मङ्सिर ८ गते । काठमाडौंबाट रुकुमको सल्ले विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको ट्विनअटर विमानका चालक दलको ड्युटी समय सकिएपछि नेपालगञ्जमा अवतरण गराएर यो उडान निर्देशिका अनुरुप भएको बताइएको छ । नेपाल एयरलाइन्सको अपरेशन डिपार्टमेन्टका अनुसार फ्लाइट अपरेसन रिक्वायरमेन्टको क्लज नम्बर १४.६.१ का अनुसार चालक दलले १० घण्टा भन्दा बढी ड्युटी गरेमा नागरिक उड्ययन प्राधिकरणले लाइसेन्स समेत जफत गर्न सक्ने प्रावधान रहेकोले सो विमानलाई नेपालगञ्जसम्मकै लागि सो दिन पठाईएको थियो । गत आइतवार विहान ६ बजेर ३० मिनेटमा काठमाडौं नेपालगञ्ज रुकुम सेड्युल उडान मौसमका कारण स्थगित भएपछि सोही दिन दिउँसो २ बजेर ५८ मिनेटमा उक्त उडान गरिएको थियो । तर, चार बजेसम्म मात्रै सो विमानका चालक दलको ड्युटी समय रहेकोले विमानलाई नेपालगञ्जमा अवतरण गराई यात्रुलाई होटलमा राखेर अर्को दिन सोमवार विहान सोही विमान...
मुस्लिम कोटाको महाधिवेसन प्रतिनिधिमा दुई सिद्दिकी र दुई अन्सारीविच प्रतिष्पर्धा

मुस्लिम कोटाको महाधिवेसन प्रतिनिधिमा दुई सिद्दिकी र दुई अन्सारीविच प्रतिष्पर्धा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
आन्तरिक विवादले पार्टीलाई कमजोर बनाउँछ–भोला, मोहम्मदीको योगदानको कदर हो मलाई मतदान–ईरफान सिराज खान नेपालगञ्ज, ७ मङ्सिर । नेपाली काँग्रेसको १४ औं महाधिवेसनमा सहभागि हुनका लागि महाधिवेसन प्रतिनिधिको निर्वाचन बाँकेमा विहिबार हुने भएको छ । त्यसका लागि बुधवार उम्मेदवारी दर्ता गरिने छ भने विहिबार मतदान गराउने कार्यक्रम निर्वाचन समितिले सार्वजनिक गरेको छ । महाधिवेसन प्रतिनिधिका लागि बाँकेमा दुई वटा मुस्लिम कोटाका सिट रहेका छन् । ती दुई स्थानका लागि हालसम्म दुई जना सिद्दिकी र दुई जना अन्सारी गरेर चार जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । अन्य उम्मेदवार थपिएनन् भने यी चार जना मध्येबाटै दुई जनाले महाधिवेसनमा प्रतिनिधिका हैसियतले सहभागि हुने अवसर पाउने छन् । मुस्लिम कोटाको दुई सिटका लागि प्रदेश सांसद मोहम्मद याकुब अन्सारी, निजामुद्दीन अन्सारी (छोटकउ), अब्दुल हमीद सिद्दिकी भोला र ईरफान सिद्...
नेपालगञ्ज उपमहानगरमा मानवबेचविखन विरुद्धको रणनिति तयार गरिंदै

नेपालगञ्ज उपमहानगरमा मानवबेचविखन विरुद्धको रणनिति तयार गरिंदै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, ७ मङ्सिर । बाँके युनेस्को क्लबले नेपालगञ्ज उपमहानगरमा मानवबेचविखन बिरुद्धको रणनिति तयार गरिरहेको छ । सो का लागि क्लबले गठन गरिएका मानव बेचविखन विरुद्धका स्थानीय समिति र बाल अधिकार समिति लाई दुई दिने सबलीकरण तालिमका् आयोजना गरेको छ । प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरिरहेको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको हो । दुबै स्थानीय समितिका पदाधिकारी र सदस्यहरुको संस्थागत क्षमता अभिबृद्धि कार्ययोजना अनुसार काम गर्न उत्प्रेरित गर्ने तथा घट्ना व्यवस्थापन, राहात, उद्धार र पुनस्र्थापना लगायतका काममा क्षमता बढाउने उदेश्यले सवलिकरण कार्यक्रम सम्पन्न गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले मानव बेचविखन विरुद्ध नेपालगञ्ज उपमहानगरमा रणनितिक योजना निर्माण गर्नका लागि पनि सो...