नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तागठबन्धनका दलबीच सहमति गरेर मात्र एमसीसीको भविष्य निर्धारण गरिने बताउनु भएको छ ।
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसीबारे के गर्ने भन्ने विषयमा सत्तामा रहेका ५ दलका बीचमा छलफल शुरु भैसकेको बताउनुभयो । नेपालको हितमा छ भने कुनै पनि सहयोग स्वीकार्य र नेपालको हितमा छैन भने त्यस्तो सहयोग स्वीकार्य नहुने आफ्नो अडान रहेको उहाँले बताउनुभयो । त्यहाँ लेखिएका कुरामा कहीँ कमजोरी छन् भने त्यसमा सुधार ल्याउनु आवश्यक रहेको पनि नेता नेपालले बताउनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धन फुटाएमा एमसीसीमा समर्थन जनाउने अभिव्यक्तिलाई लक्षित गर्दै उहाँले सत्तागठबन्धनका पाँच दलको सहमतिमा मात्र एम...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २ । नेपालगञ्ज मेडिकल कलेजद्धारा सञ्चालित शिक्षण असपताल कोहलपुरलाई विप्लब नेतृत्वको नेकपाले अस्पताल भित्र गम्भरि किसिमका लापरवाही र बेवास्ता गरिनुका साथै विरामी तथा कुरुवालाई दुख दिने विभिन्न कामहरु भैरहेको आरोप लगाउँदै तत्काल सुधार गर्न अल्टिमेटम सहितको ज्ञापन पत्र वुझाएको छ ।
नेकपा विप्लवका इन्चार्ज दिपकको नेतृत्वमा गएको समुहले विभिन्न माग राख्दै अस्पताल प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।
उक्त ज्ञापन पत्रमा हाड जोर्नी तथा हात खुट्टाको उपचार गर्ने शिलशिलामा अधिकांश विरामीहरुको २ पटक ३ पटक र केहीको त ४ पटकसम्म अप्रशेन गर्नु परेकोले ध्यानकर्षण गराउँदै यस्ता घटनाहरु प्राविधिक समस्यामा नभएर पैसा कमाउने नियतले गरिएका मानवीयता विरोधि अपराधसंग जोडिएका तथ्यहरु प्राप्त भएका छन भन्दै यस्ता गतिवधिहरु तत्काल सुधार नगरे ठोस कदम चाली कारबाहीको प्रक्रिया अगाडी बढाइन...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २ । नेपालगञ्ज उपमहानगर भित्रको खानेपानी अभावको समस्या समाधानका लागि ५ वर्षअघि शुरु गरिएको बहुप्रतिक्षित राप्ती खानेपानी आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न भएको ।
बाँकी रहेको २० प्रतिशत निर्माण कार्यलाई आगामी तीन महिनाभित्र पुरा गरेर राप्ती नदीबाट प्रशोधित गरेर ल्याईएको खानेपानीलाई उपभोक्ताको घरमा पुरयाइने खानेपानी संस्थान नेपालगञ्जले जनाएको छ ।
डुडुवाको सिधनियाघाटस्थित राप्ती नदीबाट १६ किलोमिटर पाइप विछाएर खानेपानी नेपालगञ्ज पुरयाउने सो आयोजना अन्तर्गत १३ किलोमिटर पाइप बिछाउने कार्य सम्पन्न भैसकेको र बाँकी रहेको तीन किलोमिटरको काम पनि भैरहेकोले तीन महिनाभित्र पानी पुग्ने खानेपानी संस्थान नेपालगञ्जका प्रमुख हरी कुमार श्रेष्ठले बताउनुभयो ।
राप्तीनदीबाट ल्याईएको पानीलाई नेपालगञ्जको कारकाँदो, बागेश्वरी टोल, जयसपुर र पुरैनामा निर्माण गरिएका ट्यांकीहरुमार...
सिराज खान
नेपालगञ्ज, पुस १ गते । कुनैबेला भेरी अस्पतालमा ठाउँ नपाएर कोभिडका विरामीलाई बरण्डादेखि चौरमा समेत राखेर उपचार गर्नुपरेको थियो । तर हाल आएर दुई जना मात्र संक्रमित भर्ना छन् ।
पश्चिम नेपालका कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका धेरै जिल्लाका गम्भीर संक्रमितको उपचार हुँदैआएको नेपालगञ्जस्थित भेरी अस्पतालमा अहिले हालसम्मकै सबैभन्दा कम दुई जना मात्र संक्रमितको उपचार भैरहेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेकाअनुसार पछिल्लो समय संक्रमित हुनेको संख्या कम हुँदै गएपछि अस्पताल पुग्ने पनि घट्दै गएका छन् । अब निको हुन दुई जना मात्र बाँकी रहेको अस्पतालले जनाएको छ ।
ती दुई जना संक्रमित पनि निको भएर घर फर्किएमा अस्पताल कोभिडका विरामीबाट खाली हुने बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । हाल आएर संक्रमित थपिनेक्रम पनि निकै कम भएको जनाउँदै विहिबार जिल्लामा ३ जना संक्रमित थपिएकोमा सब...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ पुस । यसअघि दिनदिनै तस्करी गरेर भित्रयाईएको सामान नियन्त्रणमा लिंदै आएको शसस्त्र प्रहरीले भन्सार राजस्व छलेर नेपालगञ्ज भित्र्याइएको ठुलो परिमाणको सामान फेरी बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक भुपेन्द्र बहादुर रोकायाको टोलीले ठूलो परिमाणमा अवैध भन्सार छलीको सामानसहित मिनि ट्रक बरामद गरेको हो ।
भारतबाट भन्सार छलेर भे १ च १९४१ नम्बरको मिनि ट्रकमा ल्याउँदै गरेको ५९० पिस लेडिज सुट बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीका गणपती सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले जानकारी दिनुभयो ।
बाँकेको खजुरा गाउँपालिका–७ सोनापुर नजिकैबाट बरामद गरिएको १९ लाख ८ हजार मूल्य बराबरको सामानसहित ट्रक थप कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो।
प्रहरीले गत तीन दिन...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ पुस । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल चयन हुनुभएको छ । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो ।
त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बरालको नाम टुंगो लगाएको माओवादी केन्द्रका नेताले जानकारी दिएका छन । माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा बराल सर्वसम्मत अध्यक्ष बन्नुभएको हो ।
प्रदेश अध्यक्षमा रोल्पाका दीपेन्द्र पुन र दाङका होमराज शर्माले पनि दावी गर्दै आउनुभएको थियो । तर दुवै जना २ सय १७ सदस्यीय प्रदेश समितिमै नपरेपछि बराल सर्वसम्मत अध्यक्ष हुनुभएको हो ।
प्रदेश समितिका अरु पदाधिकारी भने टुंगो लागेको छैन । बराल लुम्बिनी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री समेत रहनुभएको छ ।
माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, ...
नेपालगञ्ज, मंसिर २९ । नेपाल क्रिकेट संघ क्यान ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरेको छ।
क्यानको बुधबार बसेको बोर्ड बैठकले दुवैलाई पदमुक्त गर्दै नयाँ कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ।
क्यानले अनुशासन उल्लंघनबारे गठन गरेको छानबिन समितिको सिफारिस अनुसार उनीहरुलाई कारबाही गरिएको क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लले जनाएका छन्।
अनुशासन उल्लंघन आरोपमा उनीहरु सहित सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय पनि क्यानले गरेको छ। (नेपाल खबर अनलाइनबाट साभार)
...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २९ मंसिर । भारतबाट राजस्व छलेर लयाएको तीन लाख रुपियाँको लत्ता कपडा, चिनी र हाडवेयरका सामान प्रहरीले बरामद गरेको छ । प्रहरीले सक्रियता देखाउँदै दिनदिनै सामान पक्राउ गर्दै आएपनि तस्करहरुले आफ्नो काम छाडेका छैनन् ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको तीन लाख रुपियाँको लत्ता कपडा, चिनी र हाडवेयरका सामान प्रहरीले नेपालगञ्ज वडा नम्बर १६ बाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सो बारेमा थप अनुसन्धान भैरहेको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो ।
उहाँले राजस्व छलेर सामान भित्रयाउन सक्रिय तस्करलाई प्रहरीले कुनै पनि हालतमा सफल हुन नदिने जनाउँदै सीमानामा निगरानी र गस्ती दुबै बढाईएको बताउनुभयो ।
यहाँस्थित नेपाल भारत सीमानामा रहेको जमुनाह प्रहरी कार्यालय, सीमा प्रहरी कार्यालय र शसस्त्र प्रहरीका विभिन्न चेकपोष्टले तस्करी र अवै...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २९ मंसिर । बाँकेको रााप्तीसोनारी गाँउपालिका वडा नम्वर ४ माहुको श्री रामजानकी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीले मिलेर १५ लाख रुपियाँ हिनामिना गरेको आरोप सोही समुहका उपभाक्ताले लगाएका छन् ।
सिक्टाको नहर निमार्ण गर्ने क्रममा सामुदायिक वनको रुखहरु काटेर विक्रि गर्दा भएको २७ लाख आम्दानी मध्ये १२ लाखमा कार्यालय भवन निर्माण गरेको देखाइए पनि अरु १५ लाख हिनामिना गरिएको पाईएको उपभोक्ताको भनाई छ ।
उपभोक्ता समुहकी अध्यक्ष कृष्णि चौधरी, सचिव बासुु चौधरी र कोषध्यक्ष सरिता चोधरीको मिलोमतोमा सो हिनामिना भएको तिनै जनाले स्विकार गरेको जनाईएको छ ।
रुखबाट प्राप्त रकम सामुदायिक वनको सिभिल बैंकको खातामा जम्म गरिएको थियो । जस मध्य १२ लाख भवन निर्माण र बाँकी रकम अध्यक्ष, कोषध्यक्ष र सचिवले हिनामिना गरेको उपभोक्ता डिल्ली चौधरीले बताउनुभयो ।
चौधरीका अनुसार आफनो घरमा काम प...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २८ । यहाँस्थित नेपाल भारत सीमानामा रहेको जमुनाह प्रहरी र लागु औषध व्युरोको टोलीले भारतबाट पेन्टी र जुत्ताभित्र लुकाएर भारतबाट ल्याउँदै गरेको ५५ ग्राम लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
मंगलवार बेलुकी साढे ६ बजे नेपालगञ्ज १५ जमुनाह चेकपोष्टबाट भारतबाट नेपाल छिरि रहेका दांग जिल्ला तुलसीपुर १५ बस्ने गौरव बुढाथोकी र बाँके राप्तीसोनारी १ बस्ने सुवास विकको खान तलाशी गर्दा बुढाथोकीले पेन्टीभित्र लुकाई राखेको २ पोका भित्रको ४८ ग्राम र विकले जुत्ताभित्र लुकाई राखेको ७ ग्राम गरि ५५ ग्राम लागु औषधसहित दुबैजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसअघि पनि प्रहरीले पटक पटक सो नाकाबाट ब्राउन सुगर नियन्त्रणमा लिंदै आएको छ । लागु पदार्थको कारोबार गर्नेहरुले नयाँ नयाँ तरिकाको प्रयोग गरेर भित्रयाउँदै आएका छन् ।
...