नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २८ । नेपालगन्ज विमानस्थलमा देखिएकोअस्तव्यस्तता र जंगली जनावर धापनमार्गमा छिर्ने घट्नामा सुधार ल्याउन बासले विमानस्थल व्यवस्थापनलाई एक महिनाको अल्टिमेटम दिएको छ ।
एक महिनाभित्र सुधार नगरिए चरणवद्ध आन्दोलनमा जाने चेतावनी समेत बासले मंगलवार नागरिक उड्डयन कार्यालय नेपालगञ्जलाई बुझाएको ज्ञापनपत्रमा दिर्ईएको छ ।
विमानस्थलको अस्तव्यस्तता विरुद्ध मंगलवार विमानस्थलको मूल गेटमा एक घण्टा शान्तिपूर्ण प्रदर्शन गरिएको थियो। विमानस्थलको मुल गेटमा बिहान १० बजेदेखि ११ बजे सम्म विभिन्न प्लेकार्ड बोकेर जम्मा भएका बास नेपालका युवाले सो प्रदर्शन गरेको थियो ।
शान्तिपुर्ण प्रर्दशनको क्रममा नेपालगन्ज विमानस्थल भित्रका समस्याहरु लेखिएका प्लेकार्ड सहभागिहरुले टाँस गरेका थिए । एक घण्टाको शान्तिपुर्ण प्रर्दशनपछि बासले विमानस्थलका समस्याहरु समाधानका लागि नेपालगन्ज विमान स्थलका...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २८ । भारतबाट नेपालस्थित दैलेख घर आउँदै गर्दा एकजना नेपाली बाटोमै बेपत्ता भएका छन् ।
दैलेख जिल्ला गुरास गाउँपालिका २ का ४२ वर्षिय मानबहादुर सुनाखरी मगर भारतको राजकोटबाट छोरासंगै रुपैडिया आउने क्रममा बाटोमा बेपत्ता भएका हुन । छोरा प्रकाशका अनुसार मानसिक बिरामी भएका उनका बुवा बाटोमै कहाँबाट बेपत्ता भए भन्ने अत्तोपत्तो छैन ।
तीन दिन अघि मंसिर २६ गते उनीहरु नेपालगञ्ज आउँदै थिए । बुवाको खोजिका लागि प्रकाशले जिल्ला प्रहरी कार्यालय बाँके र भारतीय प्रहरीसंग अनुरोध गरेका छन् ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २७ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद एवं जनता समाजवादी पार्टीका प्रभावशाली नेता मोहम्मद ईश्तियाक राईले बाँकेका चारवटा पालिकामा पार्टीको अवस्था निकै बलियो रहेकोले विजयी हुने दावी गर्दै पालिका प्रमुखका उम्मेदवारको नाम पनि घोषणा गर्नु भएको छ ।
उहाँले केही महिनापछि हुने स्थानीय तहको निर्वाचनमा बाँकेको नेपालगञ्ज उपमहानगर, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकाबाट जनता समाजवादी पार्टीका उम्मेदवार विजयी हुने दावी गर्दै ती पालिकाका प्रमुख पदका उम्मेदवारको नाम पनि घोषणा गर्नु भएको छ ।
जसपाको केन्द्रिय कार्यकारीणी सदस्य समेत रहनु भएका नेता राईका अनुसार नेपालगञ्ज उपमहानगरको मेयरमा पार्टी जिल्ला अध्यक्ष कमरुद्दीन राई, नरैनापुरबाट वर्तमान अध्यक्ष ईश्तियाक अहमद शाह, डुडुवा गाउँपालिकाबाट भण्डारीलाल यादव र जानकी गाउँपालिकाबा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २७ । भारतबाट हुँदै आएको अवैध आयात र चोरी तस्करी निरन्तर जारी रहेको छ । सोही क्रममा सशस्त्र प्रहरीको टोलीले बाँकेबाट एउटा भ्यानसहित ठुलो परिमाणमा भारतबाट अवैध रपमा भित्रयाईएको लेडिज ब्रा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा खटिएको टोलीले बाँकेको जानकी गाउँपालिकास्थित खजुरा खुर्दबाट सोमवार बिहान ४ बजे भे १ च २६३९ नम्बरको भ्यानसहित १६६९ दर्जन लेडिज ब्रा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले बताउनुभयो।
गस्तीमा रहेको नायब निरीक्षक रोकायको टोलीले बर्दियाबाट आइरहेको उक्त भ्यान खजुरा खुर्दमा रोकिराखेको अवस्थामा चेकजाँचका क्रम ती अवैध सामाग्री फेला परेको एसपी बमले बताउनुभयो ।
एसपी बमका अनुसार बरामद गरिएको ब्रा को मूल्य ८ लाख १ हजार ...
सिराज खान
नेपालगञ्ज, मङ्सिर २७ गते । केही समय पहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि घरघरमा गएर अनुनय विनय गर्नुपर्ने अवस्था रहेकोमा अहिले खोप केन्द्रमा थामिनसक्नु भीड देखिएको छ । ओमिक्रोन भाइरसको त्रासपछि बाँकेमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड खोप केन्द्रमा बढेको हो ।
घातक भाइरस ओमिक्रोन नेपालमा पनि भेटिएको थाहा पाएर सोबाट जोगिन जिल्लाका विभिन्न वडाहरुमा रहेका खोप केन्द्रमा खोप लगाउनेको थामिनसक्नु भीड लागेको बाँकेका खोप फोकल पर्सन स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताउनुभयो ।
उहाँले केही समयअघिसम्म खोप केन्द्रमा दिनभर मानिस कुरेर समय बिताउनुपर्ने अवस्था रहेकोमा अहिले खोप लगाउनेको चाप अत्याधिक बढेको बताउनुभयो । कतिपय खोप केन्द्रमा त विहानैदेखि मानिसहरु लाममा लागेको र रातिसम्म पनि खोपका लागि तछाडमछाड गरिरहेको पाइएको खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले यो निकै र...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २६ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले दाङमा रहेका खेल पुर्वाधारको निरिक्षण गर्नुभएको छ । दुई दिने जिल्ला भ्रमणकालागि दाङ पुग्नुभएका मन्त्री अथकले बेलझुण्डि र रामपुरमा रहेका खेल पुर्वाधारहरूको निरिक्षण गर्नुभएको हो ।
राष्ट्रिय खेलकुद परिषदको प्रतिनिधि सहित बेलझुण्डि रंगशालाको निरिक्षणमा पुग्नुभएका मन्त्री अथकले निर्माणाधिन अवस्थामा रहेका तथा निर्माण सम्पन्न भईसकेका खेल संरचनाको संरक्षण गर्नुपर्ने बताउनुभयो । राज्यको करोडौं लगानिमा तयार भएका खेल संरचना संरक्षण अभावमा जिर्ण हुने अवस्थामा पुग्नु दुखद भएको बताउँदै मन्त्री अथकले सम्बन्धि स्थानियले नै संरक्षणकालागि अपनत्व लिनुपर्नेमा जोड दिनुभयो ।
निर्धारित समयमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्न आवश्यक तयारी सुरू भईसकेको बताउँदै मन्त्री अथकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगि...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २६ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान निर्वाचन प्रणाली अतिनै खर्चिलो हुँदै गएकोले यसले भ्रष्टाचारलाई प्रोत्साहन दिईरहेकोले परिवर्तन गर्नु आवश्यक भएको बताउनुभएको छ ।
आइतवार नेपालगञ्जमा आयोजना गरिएको बृहत अगुवा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले लाखौं करोड खर्च गरेर निर्वाचन जित्ने प्रणालीलेनै भ्रष्टाचारलाई आमन्त्रण गरिरहेको बताउनुभयो ।
जुनसुकै जनताले पनि सहज रुपमा निर्वाचनमा प्रतिष्पर्धा गर्न पाउने प्रणाली आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले नेपालकै ईतिहासमा अहिले नेपाली जनताले सबैभन्दा बढी अधिकार पाएको उल्लेख गर्दै यो अधिकार मधेश आन्दोलनको देन भएको बताउनुभयो ।
हालसम्म देशमा भएका सबै आन्दोलनले सत्ता र शक्ति मात्रै परिवर्तन गरेको जनाउँदै पुर्व उपप्रधानमन्त्री स...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २६ । समाजसेवाको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याए वापत बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक र अर्थ निर्देशकलाई भारतको राजधानी नयाँ दिल्लीमा भारतीय दलित साहित्य अकादमी दिल्लीले डाक्टर अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारवाट सम्मान गरेको छ ।
भारतीय दलित साहित्य अकादमीले आफ्नो बार्षिकोत्सवको अवसर पारेर भारत र भारत बाहिरका विभिन्न देशका व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर र अर्थ निर्देशक वेद पंगालीलाई सम्मानित गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले कार्यकारी निर्देशक तुलाधरलाई डा.अम्बेडकर एक्सीलेन्सी सर्विस नेसनल अवार्ड २०२१ र अर्थ निर्देशक पंगालीलाई डा.अम्बेडकर कलाश्री नेसनल अवार्ड २०२१ बाट सम्मानित गरेको बताउनुभयो ।
नयाँ दिल्लीमा शनिवार आयोजित एक भव्य समारोहम...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २५ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बाँकेमा दुई जना ईश्तियाक रहेसम्म बिकासले तिब्रता पाइरहने बताउनुभएको छ।
उहाँले जबसम्म नेपालगञ्जमा मोहम्मद ईश्तियाक राई र नरैनापुरमा ईश्तियाक अहमद शाह जनताका प्रतिनिधि रहनेछन् तबसम्म बिकास निर्माणको गतिलाई कसैले रोक्न नसक्ने बताउनुभयो।
जिल्लाको दुर्गम मानिने नरैनापुरमा शनिबार आयोजना गरिएको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले फेरि पनि दुवै ईश्तियाकलाई जिताउन आग्रह गर्नुभयो।
केही वर्ष पहिले आफु नरैनापुरमा आएको बेला आउन ८ घण्टा लागेको स्मरण गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका यादवले यस पटक ४५ मिनेटमा पुग्दा बिकास आफैले आफ्नो परिचय गराएको बताउनुभयो। जसपाका उम्मेदवार विजयी भएपछि विकासको क्रान्ति भएको उहाँले जनाउनुभयो ।
मधेस आन्दोलन कै परिणाम स्वरूप आ...
समाचारदाता
नेपालगञ्ज, २५ मङ्सिर । बाँके जिल्लाका चार वटा पालिकाका मानवबेच विखन बिरुद्धका समिति र बालअधिकार समितिका पदाधिकारी तथा सदस्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको प्राटेक्ट परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा तथा बैजनाथ गाउँपालिकामा गठन गरिएका मानव बेचविखन विरुद्धका समिति र बालअधिकार समितिका पदाधिकारीका लागि सो अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरिएको हो ।
सो संवाद कार्यक्रमको अध्यक्षता गर्दै खजुरा गाउँपालिकाका उपमेयर एकमाया विकले मानव बेचबिखन नियन्त्रण र बालअधिकार बहालका लागि यस्ता संवाद कार्यक्रमहरु निकै फलदायी हुने बताउनुभयो ।
कार्यक्रममा खजुराका महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपाने, जिल्ला प्रहरी कार्यालय महिला सेलका प्रहरी सहायक निरिक्षक दिलस...