नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २७ कात्तिक । जुनियर जेसिज लिडर्स एकेडेमीको दशौ राष्टिय सम्मेलन नेपालगञ्जमा सञ्चालन भैरहेको छ । देशभरिबाट आएका जुनियर जेसिजका लिडरहरुको सहभागिता रहेको सो सम्मेलनले वर्तमान अवस्थामा युवाको भूमिका बारे महत्वपुर्ण निर्णयहरु गर्ने आयोजकले जनाएका छन् ।
सो सम्मेलनको शुक्रवार एक भव्य समारोहका विच युवा पुर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले उदघाटन गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै उहाँले आजको २१ औ शताब्दीमा देश बिकासमा युवाको भुमिका नै सबैभन्दा महत्वपुर्ण रहेकोले युवाले पनि सो कुरालाई राम्ररी बुझ्न आवश्यक रहेको बताउनुभयो । सरकारले पनि युवाको लागि हरेक क्षेत्रमा लगानी गरेर उनिहरुलाई सक्षम र सबल बनाउन विभिन्न प्रकारका कार्यक्रम ल्याउनु पर्ने माग पुर्वमन्त्री राईले सो अवसरमा गर्नुभयो ।
देशभरका युवालाई नेपालगञ्जमा जम्मा गरे...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २६ कात्तिक । लागु औषधका दुव्र्यसनीले ठुलो मात्रामा प्रयोग गर्न थालेपछि नेपालमा प्रतिबन्ध लगाईएको कोरेक्स भारतबाट भित्रयाउन लागु औषधका कारोबारीले नयाँ नयाँ तरिका अपनाइरहेको पाईएको छ ।
भारतबाट कोरेक्स ल्याउन प्रहरीले रोक लगाएपछि लागु औषधका कारोबारीहरुले रियल जुसको बट्टामा खन्याएर कोरेक्स ल्याउने गरेको फेला परेको छ ।
रियल जुसको बट्टामा २ लिटर कोरेक्स लिएर नेपाल आउँदै गरेका एकजनालाई नेपाल भारत नाकास्थित जमुनाहा प्रहरीले पक्राउ परेपछि लागु औषध कारोबारको नयाँ शैली पत्ता लागेको हो ।
सुर्खेतका बबिन शाहीललाई भारतको रुपैडियाबाट नेपालगञ्ज ल्याउँदै गरेको रियल जुसमा भरिएको २ लिटर कोरेक्स र १५ टेबलेट नाइट्रोभेट सहित नाकाको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जुसको बट्टामा कोरेक्स लिएर भारतको रुपैडियाबाट नेपालगञ्ज आउँदै गर्दा उनलाई नेपालगञ्...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २६ कात्तिक । अन्तर्राष्ट्रियस्तरमै लोकप्रिय भि–वन अर्गानोमिक्स कुर्सी विक्रि वितरणका लागि नेपालगञ्जमा आधिकारिक विक्रेता तोकिएको छ । सो का लागि नेपालगञजस्थित अम्बे फर्निसिङलाई आधिकारिक विक्रेता तोकिएको हो । कम्पनीले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अम्बे राजधानी बाहिर बिक्रिको हिसावले पहिलो स्थानमा रहेको भन्दै आधिकारिक विक्रेताको रुपमा मान्यता प्राप्त गरेपछि कारोबार थप बढ्ने बिश्वास ब्यक्त गरेको छ ।
अम्बे फर्निसिङका सञ्चालक पंकज श्रेष्ठले २० बर्षदेखि पश्चिम नेपालमा आफुहरुले सेवा दिदै आएको भन्दै भि–वन बिश्वसनीय रहेको बताउनुभयो । भि–वनका कन्ट्री प्रबन्धक प्रविण श्रीवास्तवले अम्वे आफैमा विश्वसनीय ब्राण्ड भएको बताउनुभयो । यो कुर्सी आरामदायी, स्वास्थ्यपद्र्धक र बलियो तथा टिकाउपूर्ण रहेको उहाँको भनाई छ । सात हजार ८०० रुपियाँ देखि एकलाख २९ हजार ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २६ कात्तिक । कर्णाली प्रदेशका प्रमुख तिलक परियारलाई नेपालगन्जस्थित राझाँ विमानस्थलमा भब्य स्वागत गरीएको छ । काठमाण्डौंबाट सुर्खेत जाने क्रममा शुक्रबार बिहान नेपालगन्ज बिमानस्थल आईपुगेको परियारलाई नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका हुन ।
मन्त्रिपरिषद्को निर्णयअनुसार गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशमा परियारसहित प्रदेश १ मा परशुराम खापुङ र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिईन ।
राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ साल कात्तिक २२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम तिन प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेकी थिईन ।
नव नियुक्त प्रदेश प्रमुख परियारले आजै सुर्खेत पुगेर पदभारग्रहण गर्ने कार्यक्रम रहेको बताईएको छ ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २६ कात्तिक । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपीजी ग्याँसमा गरिएको चरम मूल्यवृद्धि विरुद्ध आन्दोलन शुरु गरेको छ । सोही क्रममा उक्त पार्टीको बाँके जिल्ला संगठनले नेपालगञ्जमा विरोध प्रदर्शन गरेको छ ।
पार्टीको बाँके जिल्ला सङ्गठन समितिले सरकारले पेट्रोलियम पदार्थमा गरेको चरम मूल्यवृद्धि विरुद्ध जुलुससहित विरोध प्रदर्शन गरेको हो ।
“पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धी फिर्ता गर, जनता लुट्न पाइँदैन, वैज्ञानिक समाजवादी व्यवस्था लागू गरौं, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं”, लगायतका नारा सहितको विरोध जुलुसले नेपालगञ्जको विपिचोकमा गएर सभामा परिणत भएको थियो ।
उक्त सभालाई युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य विष्णु जिसी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज डिबी शाही, युवा सङ्गठन नेपालका क...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २६ कात्तिक । कोहलपुर ग्यालरीले साँस्कृतिक कार्यक्रम मार्फत देउसी भैलो खेलेर संकलन गरेको रकमबाट विपन्न विद्यार्थिहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गरेको छ ।
ग्यालरीले सामाजिक कार्यमा खर्च गर्ने गरि देउसी भैलोबाट संकलन गरेको रकम मध्येबाट नेपाल राष्ट्रिय प्राथमिक विद्यालय,कोहलपुर १३ सिमरीका विपन्न विद्यार्थिहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गरेको कोहलपुर ग्यालरीका अध्यक्ष सरोजराज शाहीले बताउनुभयो ।
अध्यक्ष शाहीका अनुसार सो विद्यालयका १५० जना विद्यार्थिलाई कपी, कलम, पेन्सिल, कटर र मास्क लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो । सो अवसरमा विद्यार्थिलाई ग्यालेरीका अध्यक्ष शाही, ग्यालेरीका अन्य सदस्यहरु तथा विद्यालयका शिक्षकहरुले शैक्षिक सामाग्री विद्यार्थिलाई हस्तान्तरण गर्नु भएको थियो ।
ग्यालरीले संकलन गरेको ६५ हजारु रुपियाँ मध्ये खर्च कटाएर ५५...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ कात्तिक । नेपाली काँग्रेस बाँकेको निर्वाचन प्रक्रिया शुरु गरिए लगत्तै सो पार्टीको जिल्ला कार्यालयमा बुधवार असन्तुष्ट पक्षले ताला बन्दी गरेको छ । शुरुदेखिनै विवादमा रहेको निर्वाचन क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता वितरणमा जालझेल गरिएको आरोप लगाउँदै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ताला लगाएको हो ।
सदस्यता नविकरणका नाममा २३९ जना अनाधिकृत पार्टी सदस्य थपिएकोले आफुहरुले बाध्य भएर तालाबन्दी गर्नु परेको काँग्रेसका युवा नेता पोषण केसीले बताउनुभयो ।
उहाँले ताला लगाउनुपर्ने कारण खुलाउँदै यही अवस्थामा निर्वाचन हुन नसक्ने प्रष्ट पार्दै यी सदस्यको छिनोफानो गरेरमात्रै निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने बताउनुभयो ।
काँग्रेस महाधिवेशन अन्तर्गत कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन गरिसक्नुपर्ने गरि निर्वाचन अधिकृत मंगलवारमात्रै नेपालगञ्ज आइपुगेका थिए । उ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुरको एक टोलिले बिभिन्न मन्त्रालयमा पुगेर कोहलपुरको बिकास बारे मन्त्रीहरुको ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपाने नेतृत्वको टोलिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, संघिय सरकारका अर्थमन्त्री जर्नादन शर्मा, शिक्षा मन्त्री देबेन्द्र पौडेल, भुमिसुधार मन्त्री शशी श्रेष्ठलाई भेट गरि कोहलपुर क्षेत्रको समग्र बिकास बारे ध्यानाकर्षण गराएको हो ।
टोली नेता न्यौपानेका अनुसार संघियताको मर्म अनुसार भुमिसुधार र नापी कार्यालयको काम कार्यवाही स्थानिय तह बाट गर्ने गरी अबिलम्ब व्यवस्था मिलाउन माग गरिएको छ । साथै देशभर रहेको भुमि समस्या समाधानका लागी भुमी आयोगको काम लाई प्रभावकारी ढंगले अगाडी बढाएर भुमिहीन तथा अव्यवस्थीत बसोवासीलाई जग्गा धनि प्रमाण पुर्जा बितरण गर...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ कात्तिक । कोहलपुरबाट सौराहा जाँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेर दुर्घटना हुँदा बसमा सवार ४६ जना सामान्य घाइते भएका छन् ।
सौराहा घुम्न गएका यात्रु बोकेको भे २ ख २८३६ नम्बरको रिजर्भ बस बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको थियो ।
बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिनुभएको छ ।
उहाँले बसभित्रबाट प्रहरीले उद्दार गरेका ४६ जना यात्रुको अवस्था सामान्य रहेको जनाउँदै दुर्घटनाका बारेमा बसका चालकसँग सोधपुछ गरिएको बताउनुभयो ।
प्रहरीका अनुसार चालक पनि सामान्य घाइते छन् । उनलाई च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरेको थियो ।
बसका चालक रमेशकुमार कर्णले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको ह...