नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २० कात्तिक । तिहारको बेला नेपालगञ्ज र सो वरिपरि हुने गरेको लाखौं लाखको हारजितको जुवा नियन्त्रण अभियानमा लागेको बाँके प्रहरीले एकै रात ४८ जना जुवाडेलाई पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले शुक्रबार राती नेपालगञ्जको बाबु गाउँबाट ४८ जना जुवाडेलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उनीहरुबाट ४ लाख ६६ हजार नगद बरामद गरेको पनि उहाँले बताउनुभयो ।
करोडौंको जुवा भइरहेपनि प्रहरी मुकदर्शक बनेको जनगुनासो बारम्बार आएपछि प्रहरीले शुक्रवार रातीदेखि जुवा अपरेशन शुरु गरेको छ ।
एक्रै रातमा ४८ जना जुवाडेलाई पक्राउ गरिएपनि नगरका नाम कहलिएका जुवाडेलाई भने प्रहरीले अझैपनि पक्राउ गर्न नसकेको स्थानीयको गुनासो छ । तर, बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले भने प्रहरीले साना ठुला नभनेर सबै जुवाडेलाई खोजी रहेको र पत्ता लाग्...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १९ कात्तिक । सयपत्री र मखमली फूलको अभाव भएपछि तिहारमा बाँकेको नेपालगञ्ज लगायतका शहरी क्षेत्रमा यतिबेला कृत्रिम फूलमालाको माग बढेको छ । प्राकेतिक फूल प्रयाप्त नपाईंदा कृतिम फूलका मालाले बजार पाएको व्यापारीले बताएका छन् ।
तिहारमा भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायतका कामका लागि फूलको कारोबार बढी हुनेगर्छ । फूलमालाको माग बढेसँगै बाँकेका शहरी क्षेत्रका बजार यतिबेला रङ्गीबिरङ्गी कृत्रिम फूलमालाले झकिझकाउ बनेका छन् । महिला तथा किशोरकिरोरीलाई फूलको मालाको जोहो गर्न भ्याइनभ्याई छ ।
भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्री फूलको माला लगाउने परम्परा छ । मखमली र सयपत्री फूल पर्याप्त मात्रमा नपाउँदा कृत्रिम फूल प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय रोशनी शर्माले बताउनुभयो ।
कृत्रिम मालाको माग बढेसँगै यसको बिक्री पनि बढेको नेपालगञज बागेश्वरी मन्दिर नज...
सिराज खान
नेपालगञ्ज, कात्तिक १९ गते । देशकै प्रमुख पर्यटकीय नगर पोखरा जाने यात्रुको चाप बढेपछि यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले पनि नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको छ ।
यसअघिबाटै बुद्ध एअरले नियमित उडान गरिरहेको भएपनि यात्रुको संख्या बढेपछि तारा एअरले पनि साताको तीन दिन उडान गर्नेगरी शुक्रवारबाट नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको हो ।
भारतीय पर्यटकको आगमन बढेकाले तारा एअरले आइतबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन चार्टर उडान शुरु गरेको यति एअरलाइन्स नेपालगञ्ज शाखाका प्रमुख दीलिप कार्कीले बताउनुभयो ।
कम्पनीसँग भएको जहाज उपयोगका लागि कम्पनीले सो उडान सुरु गर्न लागेको जनाईए पनि चाडपर्वको बेला पर्यटकको चाप बढेकाले सो उडान शुरु गरिएको बताइएको छ । तारा एअरको जहाजबाट प्रादेशिक चार्टर उडान शुरु गरिएको जनाउँदै चाँडै नै अन्य गन्तब्यमा नियमित प्रादेशिक उडान गर्ने योजना र...
रासस
जाजरकोट, १९ कात्तिक । ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपत्ता भएका छन् । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । सात जना घाइते भएका छन् ।
दश जना सवारी उक्त गाडीमा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । घाइते धनबहादुर चालक रहेका छन् । राति भएका कारण अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ । रासस...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १९ कात्तिक । यस बर्षको भाइटीकाको उत्तम साइत कात्तिक २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनुपर्छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने समितिको भनाई छ । शास्त्र अनुसार मनुष्यको पूजा मध्यान्हकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजेभित्रै भाइटीका लगाउनुपर्ने समितिको सुझाब छ ।
यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालीको तिहार कात्तिक १७ गतेदेखि सुरु भएको थियो । यसपाली तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको थियो ।
भाइटीकाका लागि टाढाका दिदी बहिनीहरु दाजु भाइको घरमा पुग्न थालेका छन् भने नजिककाहरु शनिवारनै पुग्ने छन् ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १९ कात्तिक । कोहलपुर नगरपालिका वडा नम्बर १४ का युवाले देउसी र भैलोबाट उठेको रकम सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरेर देउसी भैलो खेलिरहेका छन् ।
समाज सेवा संस्था नेपालले आफनो नेपाली संस्कृति जगेर्ण गर्दै एम्बुलेन्सका लागि देउसी भैलो खेलेको जनाएको छ । पहिलो दिन लक्ष्मी पुजाको अवसर पारेर कोहलपुर नगरपालिका वडा नं १४ वडा कार्यालयबाट आफनो देउसी भैलो कार्यक्रम शुरु गरेका उनिहरुले यस पटक एम्बुलेन्सका लागि भैलो खेलिरहेको जनाएका छन् ।
सो देउसी भैलो कार्यक्रम वडा नं १४ का वडा अध्यक्ष टेक चन्द्र हरिजनले ब्यानर वाचन गरि उदघाटन गर्नु भएको थियो । उद्घाटन गर्नु हुदै हरिजनले सामाजिक कार्यमा सदैव लागि रहन शुभकामना ब्यक्त गर्नुभयो र एम्बुलेन्स खरिद गर्नको लागि भैली टिमलाई वडा कार्यालयबाट १ लाख रुपियाँ दिने घोषणा समेत गर्नुभएको छ । संस्थाका सल्लाहकार मन बहादुर गुरुङ्गले सा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १९ कात्तिक । यातायात व्यवस्था विभागले डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट देशभरका सबै सवारी साधनमा अनिवार्य गर्न थालेको छ।
यसका लागि विभागले साढे दुइ वर्षमा सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने योजना बनाएको छ। विभागले करिब ३० लाख सवारी साधनमा जडान गर्ने योजना बनाएको जनाईएको छ ।
पहिलो चरणमा प्रदेश १ र २ बाहेकका पाँच प्रदेशमा आगामी मंसिरबाट दर्ता हुने सबै खालका सवारीमा अनिवार्यरूपमा इम्बोस्ड नम्बर प्लेट जडान गरिनुपर्नेछ ।
फागुन १ गतेबाट नामसारी गरिने सबै सवारी साधनमा र जेठबाट नवीकरण गर्ने सवारीसाधनहरुले पनि सो नम्बर प्लेट राख्नुपर्नेछ।
विभागका अनुसार अहिलेसम्म करिब ८ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको छ।
इम्बोस्ड नम्बर प्लेट लागू गरिएपछि भारतीय जस्तै देखिएको, नेपाली भाषामा नभएको र ठूलो आर्थिक चलखेल भएकाले रोक लगाउन मा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १९ कात्तिक । सावधानी नअपनाउँदा लक्ष्मी पुजा गर्ने क्रममा नेपालगञ्जको धम्बोझीमा विहिबार राती आगलागी भएको छ । दियो बाल्ने क्रममा गरिएको बेवास्ता र लापरवाहीले गर्दा नेपालगन्ज–१ धम्बोझीस्थित शिव मन्दिर नजिक रहेको चन्दा काँदुको घरमा राती साढे नौ बजे आगलागी भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार काँदुको एक तले पक्की घरमा आगलागी हुँदा करिव एक लाख जति नगद र पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । काँदुको घरमा डेरा गरी बस्ने आदित्य वर्नवालले लक्ष्मी पूजा गर्न बालेको दियोबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँले प्रहरीले पटक पटक होसियार भएर पर्व मनाउन आग्रह गरेपनि बेवास्ता गरिएपछि क्षति व्यहोर्नु परेको जनाउनुभयो ।
लक्ष्मी पुजा गर्ने क्रममा आगलागी भएपछि तत्कालै दमकल र प्रहरी पुगेर आगो निभाईएको थि...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १८ कात्तिक । बेमौसमको वर्षाले गर्दा आएको बाढीबाट अत्याधिक प्रभावित भएका बर्दिया राजापुर नगरपालिका वडा नम्बर १ का २५ जना महिलाले लक्ष्मीपुजाकै दिन विहिबार डिगनिटी किट पाएका छन् ।
बाँके युनेस्को क्लबले स्टार्ट नेटवर्कको सहयोग र प्लान नेपालको सहकार्यमा सञ्चालन गरेको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत बाढीबाट अति प्रभावित ती महिलाले राहात स्वरुप डिगनिटी किट पाएका हुन् ।
वडा नम्बर १ मा आयोजित एक कार्यक्रममा सो वडाका वडा अध्यक्ष खुशीराम थारु, बाँके युनेस्को क्लबका मुख्य संरक्षक प्रवेज अली सिद्दिकी र कार्यकारी निर्देशक रवि तुलाधर लगायतले उक्त किट प्रभावितलाई वितरण गर्नुभयो ।
वितरण गरिएको डिगनिटी किट व्यागमा स्यानटरी कपडा ४ पिस, तल्लो भित्रि वस्त्र २ वटा, म्याक्सी १, टी शर्ट १, धोती सारी १, स्वेटर १, ऊनी सल १, तौलिया १, टर्च लाईट १, लुगा धुने साबुन १...
सिराज खान
नेपालगञ्ज, कात्तिक १८ गते । अम्बे समूहले बाँकेमा एक अर्ब २५ करोडको लगानीमा आफ्नै बिलेट उद्योग सञ्चालनमा ल्याउन थालेको छ ।
जिल्लाको जानकी गाउँपालिकाको गनापुरमा आगामी तीन महिनाभित्र सो उद्योग सञ्चालन गर्ने गरि तयारी अन्तिम चरणमा पुगेको अम्बे समूहको बाँकेस्थित उद्योगका व्यवस्थापक अनुज श्रेष्ठले बताउनुभयो ।
दुई वर्ष अघि तीन अर्ब रुपियाँको लगानीमा गनापुरमै सो समूहले जय अम्बे डन्डी उद्योग सञ्चालनमा ल्याएको थियो ।
१६ विघामा फैलिएको जय अम्बे स्टील उद्योगभित्र बिलेट युनिट स्थापना गरिएको जनाउँदै सो उद्योग सञ्चालनमा आएपछि भारतबाट आयात गरिने बिलेटको आयात बन्द हुने व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।
विलेट उद्योग स्थापनाको प्रक्रिया थालेको १० महिना भइसकेको जनाउँदै उहाँले ढिलोमा तीन महिनाभित्र बिलेट उत्पादन शुरु गरिने तयारी रहेको बताउनुभयो ।
यो उद्योगबाट दैनिक ७५० टन बिलेट उत्पादन हुने ...