जयसिंह महरा
काठमाण्डौ, १८ कात्तिक । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका प्रभावशाली नेता मोहम्मद ईशितयाक राईले प्रधानन्यायाधीशले नैतिकताको आधारमा राजीनामा गर्न मान्नुभएन भने प्रतिपक्षले महाभियोगको प्रस्ताव संसद्मा ल्याउनुपर्ने बताउनु भएको छ। उहाँले प्रधानन्यायाधीशले न्यायालयको मानमर्दन हुनेगरी आचरणविपरीत कार्य गर्नुभएको जनाउँदै प्रधानन्यायाधीश पदमा पुगेपछि जे पनि बार्गेनिङ गर्न पाइन्छ भन्ने भइरहेकोले त्यो असतनै गम्भीर विषय हो भन्नुभयो।
यसले देशलाई नै खाडलमा पुर्याउँने हुँदा प्रधानन्यायाधिशले तुरुन्त राजीनामा दिनुपर्ने कुरामा पुर्वमन्त्री राईले जोड दिनुभयो ।
‘प्रतिपक्षले महाभियोग प्रस्ताव ल्याएमा म व्यक्तिगत रूपमा संसद्मा त्यो प्रस्तावको पक्षमा मत जाहेर गर्छु । यस्तो आचरणविपरीत कामको पक्षमा उभिन्न । महाभियोग ल्याउनका लागि म व्यक्ति सांसद वा मेरो पार्टीले मात्रै पहल गरेर केही हुनेवाला...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १८ कात्तिक । घोडा, खच्चर, गाई लगायतका छाडा चौपायाले नेपालगञ्जका विभिन्न सडक र चोकमा बस्ने र जम्मा हुने गर्दा आवागमन गर्नेलाई निकै सास्ती भोग्नु परेको छ ।
सहरका अधिकांश मुख्य चोक र सडकमा छाडा घोडा, खच्चर र गाईको समुहको बाक्लो उपस्थितिले सडक दुर्घटनाका चुनौती थपिनुका साथै आवागमन गर्नेलाई समस्या भैरहेको छ ।
सहरको मुख्य चोक त्रिभुवन चोकमा सबैभन्दा बढी छाडा घोडा र खच्चरहरु जम्मा हुने गर्दा आवागमनमा पटक पटक अवरोध समेत हुने गरेको स्थानीय सम्पन्न पाण्डेले बताउनुभयो ।
उहाँले घोडा खच्चर पाल्नेहरुले दिनभरी आफ्ना चौपायालाई बजारमा छोड्ने गर्दा पटक पटक यस्ता समस्या आउने गरेकोमा उनिहरुलाई कारवाही हुनुपर्ने माग गर्नुभयो ।
घोडा, खच्चर र गाई जस्ता चौपाया पाल्नेहरुले अटेरी गरेकै कारण नगरका अधिकांश सडकमा उनिहरुको विगविगी भएर दिसा पिसाबबाट दुर्गन्ध र फोहर बढ्ने तथा दुर्घटना...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १८ कात्तिक । यमपञ्चक अर्थात तिहारको तेस्रो दिन विहिबारसाँझ लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
यस पर्वलाई दीपमाली पनि भनिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउन...
सिराज खान
नेपालगञ्ज, कात्तिक १७ गते । सीता एअरको जहाजमा तीनवटा बँदेल ठोक्किएपछि नेपालगञ्ज बिमानस्थलको धावनमार्गको वरिपरि रहेको झाडी र रुखहरु काट्ने काम शुरु गरिएको छ ।
बिमानस्थलको धावनमार्ग वरिपरि धेरै ठूला झाडी र घाँस रहेकोले त्यहाँ जंगली जनावरहरु आएर लुकेर बस्ने तथा बेला बेलामा जहाजसंग ठोक्किने गरेकोले बुधवारबाट झाडी काट्ने कार्य शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाउनुभयो ।
मंगलवार विहान नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सीता एयरको ‘ नाइन एन–एएचबी’ जहाजसँग तीन वटा बदेल एकैपटक ठोकिएका थिए ।
सो घट्नाबाट ठूलो दुर्घटना नभएपनि त्यस्तो घट्ना फेरि कुनै पनि बेला हुन सक्ने र ठूलो क्षति समेत हुन सक्ने हुँदा धावन मार्ग वरिपरि बढेको झाडी र बुट्यान हटाउने कार्य शुरु गरिएको प्रजिअ खत्रीले बताउनुभयो ।
विमानस्थलको धावनमार्ग वरिपरिको झाडी र बुट्यान हटाउ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १७ कात्तिक । नेपाल भारत नाकामा रहेको जमुनाह प्रहरीले पिप्रहवा गाउँबाट ५ लाख भन्दा बढीको सुर्ती बरामद गरेको छ । अवैध रुपमा नेपालबाट भारततर्फ पठाउँदै गरेको सो सुर्ति प्रहरीले बरामद गर्न सफल भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–१५ पिप्रहवा गाउँबाट मंगलवार राती सुर्तीजन्य कच्चा पर्दाथ अबैध रुपमा चोरी निकासी गरेर नेपालबाट भारततर्फ पठाउदै गरेको सो सुर्ति प्रहरीको टोलीले बरामद गरेको हो ।
जमुनाहा प्रहरी प्रमुख सई मीन बहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले नेपालबाट अवैधरुपमा भन्सार छलि भारततर्फ पठाउँदै गरेको ५ लाख २६ हजार रुपैयाँ बराबरको सुर्तीजन्य कच्चा पदार्थ बरामद गरेको छ ।
प्रहरी प्रमुख बिष्टको कमान्डमा खटिएको ६ जनाको टोलिले भन्सार छली गरेर नेपालबाट अवैध रुपमा भारत भित्रयाउँदै गरेको सुर्ति नियन्त्रणमा लिएको बाँके प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले ब...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १६ कात्तिक । दिपावली र तिहारका लागि ठुलो परिमाणमा विष्फोटक पदार्थ भारतबाट भित्रिएको पाईएको छ ।
त्यस्तो पदार्थ भित्रिने आशंकामा स्थानीय प्रशासनले विष्फोटक पदार्थहरुको आयातमा प्रतिवन्ध लगाएपनि दुई लाख भन्दा ठुलो परिमाणमा विष्फोटक पदार्थ पटाकाहरु प्रहरीले बरामद गरेपछि ती पदार्थ भित्रि रहेको पुष्टि भएको छ ।
अबैध रुपमा लुकाई छिपाई भारतबाट नेपाल तर्फ भित्रयाउने क्रममा जिल्ला प्रहरी बाँके तथा मातहतका प्रहरी ईकाईहरुले बरामद गरेको दुई लाख रुपियाँ भन्दा बढीको पटाकाहरु प्रहरीले मंगलवार अपरान्ह नष्ट गरेको छ ।
भारतबाट नेपालगञ्ज ल्याई रहेको बेला प्रहरीले नियन्त्रणमा लिएको दुई लाख बराबरको पटाकाहरु स्थानिय प्रतिनिधी र पत्रकार लगायतको रोहबरमा जिल्ला प्रहरी कार्यालय बाँकेको कम्पाउण्डमा नष्ट गरीएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।
उहाँले स...
नेपालगञजपाटी समाचार
नेपालगञ्ज, १६ कात्तिक । नेपालमा किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा अझै राम्ररी जानकारी गराउनु पर्ने तथा सचेत पार्नु पर्ने कुरामा जोड दिईएको छ । बाँकेको खजुरामा आयोजित एक कार्यक्रममा सो कुरामा जोड दिईएको हो ।
पत्रकारहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा सहभागि पत्रकार तथा अन्य सरोकारवालाले अझैपनि स्वास्थ्य संस्थाहरु किशोर सकशोरी मैत्री नभएको, विभिन्न अधिकार पाएपनि कार्यान्वयनमा ध्यान नदिईएको तथा उमेर नपुग्दै हुने विवाह तथा असुरक्षित गर्भपतनका कारण धेरैले ज्यान गुमाउनु परेको बताएका थिए ।
सो बारेमा सरोकारवाला निकाय तथा किशोर किशोरीलाई समेत सचेत र सतर्क पार्नु अतिआवश्यक रहेको सहभागि सबैको ठहर थियो ।
सो कार्यक्रममा विभिन्न जानकारी गराउँदै भेरी अस्पताल नेपालगन्जका नर्सिङ अधिकृत दुर्गालक्षमी श्रेष्ठले असुरक्षित गर्भपतनका कारण नेपालमा नौ प्रतिशत मह...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १६ कात्तिक । वेस्टर्न बिजनेश ग्रुपको लगानीमा नेपालगञ्जमा निर्माण गरिएको अत्याधुनिक सुबिधा सम्पन्न वेस्टर्न मार्ट मंगलवारदेखि सञ्चालनमा आएको छ । दिपावलीको धनतेरसको अवसर पारेर सो मार्टको शुभारम्भ गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा। धवलसम्शेर राणाले एक औपचारिक कार्यक्रमका विच सो मार्टको उद्घाटन गर्नुभयो ।
सो अवसरमा नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापामगर, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, वेष्टर्न विजनेश ग्रुपका अध्यक्ष सन्जय थापा, विभिन्न उद्योगी, ब्यवसायी लगायतको सहभागिता रहेको थियो ।
वेस्टर्न बिजनेश ग्रुपको लगानीमा तयार गरिएको अत्याधुनिक सुबिधा सम्पन्न वेस्टर्न मल भित्र सो मार्ट सञ्चालनमा ल्याइएको छ । यो मार्ट लुम्बिनी प्रदेशकै पहिलो अत्याधुनिक भएको दाबी गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ सुर्ख...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १६ कात्तिक । कोरोना बीमा भुक्तानी नदिने बीमा कम्पनीहरुलाई उच्च अदालतले १५ दिने कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगन्जको इजलासले सो आदेश जारी गरेको हो ।
उक्त अदालतका न्यायधीश ध्रुवराज चन्दको एकल इजलासले कोरोना बीमा भुक्तानी नगर्ने नेपालगन्जका २० वीमा कम्पनीलाई मंगलवार कारण देखाउ आदेश जारी गरेको हो । कोरोना वीमा गरेकाहरुले वीमा भुक्तानी नपाएको भन्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा सोमवार कानुन व्यवसायी र अधिकारकर्मीले रिट दायर गर्नु भएको थियो ।
सार्वजनिक सरोकारको बिषय बनाउँदै दायर गरिएको सो रिटमा सुनुवाई गर्दै १५ दिने कारण देखाउ आदेश जारी भएको हो ।
वीमा कम्पनीहरु २०७८ साल असार मसान्तसम्म बीमा रकम भुक्तानी गर्ने अवधि तोके पनि अहिलेसम्म उनीहरुले वीमा रकम भुक्तानी गर्न नसकेपछि ती कम्पनीहरुलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो ...
सिराज खान
नेपालगञ्ज, कात्तिक १६ गते। नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको 9N-AHB नम्बरको सिता एअरको जहाजसँग तीन वटा बदेल ठोक्किएका छन् । बँदेल ठाेक्किदा ठूलो दुर्घटना हुनबाट जहाज जाेगिएकाे छ भने ठोक्किएका बदेल टुक्रा टुक्रा भएका छन् ।
नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान करिव ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार उक्त जहाज हुम्लाका लागि उड्ने तयारीमा थियो ।
धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो अनुभुती भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए ।
जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बदेल टुक्रा टुक्रा परेको अवस्थामा फेला परेको प्रमुख झाले बताउनुभयो। बदेलको मासु धावन मार्गभरी छरिएका कारण केहीबेर नेपालगन्ज बिमानस्थलको उडान बन्द गरिएको थियो ।
अहिले विमानस्थलको धावन मार्गमा रहेको मासु पखाल्ने काम भइरहेको त्यहाँ खटिएका एक...