१७ जेष्ठ २०८३, आईतवार

मुख्य समाचार

सीमा नाकामा थप कडाइ गर्ने केन्द्रिय सुरक्षा समितिको निर्णय

सीमा नाकामा थप कडाइ गर्ने केन्द्रिय सुरक्षा समितिको निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाण्डौ, १३ कात्तिक । सरकारले सीमा नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकमा अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने, नाकामा सीसीटीभी जडान गर्ने, नाकामा आवत–जावत गर्दा अनिवार्य रुपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने र अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी बनाउने निर्णय भएको छ । बैठकमा गृहमन्त्री खाणले अनाधिकृत रुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिने सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलहरु कडाइ गर्नुपर्नेमा जोड दिनु भएको छ। पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेकोले नाकामै स्वास्थ्य जाँच गर्ने निर्णय समेत बैठकमा भएको छ । त्यसका लागि आवश्यक उपकरण जुटाउने विषयमा पनि बैठकमा छलफल भएको गृहमन्त्री खाणको ...
युवाका लागि दिर्घकालिन योजना बनाउन मन्त्री अथकद्धारा निर्देशन

युवाका लागि दिर्घकालिन योजना बनाउन मन्त्री अथकद्धारा निर्देशन

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौं, १२ कात्तिक । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गर्नुभएको छ । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहनुभएका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा युवा परिषदका प्रशासकिय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषदका सदस्यहरुले मन्त्री अथकलाई फुल गुच्छाले सम्मान गरेका थिए । त्यसक्रममा मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद अन्तर्गतका ६ वटा शाखाको निरिक्षण गर्नुभयो । निरिक्षण पछि कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन दिदैं मन्त्री अथकले युवा परिषदलाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न आग्रह गर्नुभयो । ४० प्रतिशत बढि युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरुको मनोविज्ञान बुझेर योजनाहर...
वातावरण विभाग र ट्राफिक कार्यालय बाँकेको संयुक्त टोलीद्धारा सवारी प्रदुषण  परीक्षण

वातावरण विभाग र ट्राफिक कार्यालय बाँकेको संयुक्त टोलीद्धारा सवारी प्रदुषण परीक्षण

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, कात्तिक १२ । बन तथा वातावरण मन्त्रालय बातावरण विभाग र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले शुक्रवार नेपालगञ्जमा सवारी साधनहरुको प्रदुषण परीक्षण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक ऐन बहादुर मल्लका अनुसार बन तथा वातावरण मन्त्रालय बातावरण विभागका मेकानिकल अधिकृत विजय अधिकारीको उपस्थितिमा डिजेल तथा पेट्रोल सवारी साधनहरुको सवारी प्रदुषण परिक्षण गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुरमा सवारी प्रदुषण परिक्षण गर्ने क्रममा २७ वटा पेट्रोल सवारी साधन परिक्षण गर्दा ३ वटा सवारी साधन प्रदुषण परिक्षणमा फेल भएको र २७ वटा डिजेल सवारी साधन परिक्षण गर्दा १३ वटा सवारी साधन प्रदुषण परीक्षणमा फेल भएको जिल्ला ट्राफिक प्रमुख मल्लले बताउनुभयो । उहाँले पहिलो पटक सम्झाई बुझाई गरि पठाइएको र क्रमश अन्य दि...
भारतबाट फर्किएका ३९ हजारको नाकामा कोरोना परीक्षण गर्दा ३९२ संक्रमित भेटिए

भारतबाट फर्किएका ३९ हजारको नाकामा कोरोना परीक्षण गर्दा ३९२ संक्रमित भेटिए

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, कात्तिक १२ । भारतका विभिन्न ठुला सहरमा रोजगारी गरेर चाडपर्व मनाउन स्वदेश फर्किएका दुई लाख ५६ हजार भन्दा बढी नेपालीको यहाँस्थित जमुनाहा नाकामा स्वास्थ्य परिक्षण गरिएको छ । कोरोनाको तेस्रो लहरको संभावनालाई मध्य नजर गरेर भारतका जोखिममा रहेका ठुला सहरहरुमा काम गरेर फर्किएका नेपालीहरुको स्वास्थ्य जाँच गरेर शंकास्पदको कोरोना परिक्षण गरेपछि मात्रै नेपालमा छिर्न दिईएको छ । गत दुई महिनाको अवधीमा भारतबाट फर्किएका दुई लाख ५६ हजार ९९ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ती मध्ये ज्वरो र रुघाखोकी देखिएका ३९ हजार ६३३ जनाको एन्टिजेनमार्फत कोरोना परिक्षण गरिएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । उहाँले परिक्षण गरिएका मध्येबाट ३९२ जनामा कोरोना पुष्टि भएको जनाउँदै ती मध्ये सामान्य अवस्थाकालाई सम्बन्धित जिल्लामा पठाईएको र जटिल अवस्थामा देखिएकालाई उपचारका लागि भेरी अस्पतालमा ...
के सोचे जत्तिकै सहज छ त इ रिक्साको ब्यवस्थापन तथा नियमन ?

के सोचे जत्तिकै सहज छ त इ रिक्साको ब्यवस्थापन तथा नियमन ?

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, १२ कात्तिक । नेपालगञ्जमा हजारौंको संख्यामा रहेका इ रिक्साको ब्यवस्थापन तथा नियमनका लागि सम्बन्धित निकायले चासो र सक्रियता बढाएको छ । तर, के सजिलो छ त इ रिक्साको ब्यवस्थापन तथा नियमन ? कतिपयले यसलाई सहज नभएको टिप्पणी गरिरहेका छन् । नेपालगञ्जमा रहेका इ रिक्साको ब्यवस्थापन तथा नियमन अतिनै जटिल कार्य भएको अधिकांशको बुझाई छ । तरपनि नेपालगञ्ज उपमहमानगरपालिको इ रिक्सा सम्बन्धी कार्यबिधि २०७८ बमोजिम व्यवस्थापनका लागि गठन गरिएको समितिले नगर भित्र संचालनमा रहेका इ रिक्सा के कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषमा छलफल र सुझाव संकलन गरिरहेको छ । ् नेपालगञ्ज उपमहमानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा गठित सो समितिले उक्त चुनौतीपुर्ण कार्यलाई पुरा गर्ने लक्ष्यका साथ काम शुरु गरेको उपप्रमुख थापा मगरले बताउनुभयो । सो सम्बन्धमा इ—रिक्सा दर्ता, परिचय पत्र...
अफगानी नागरिक छिर्न सक्ने आशंकामा जमुनाह नाकामा चेकजाँचमा कडाई

अफगानी नागरिक छिर्न सक्ने आशंकामा जमुनाह नाकामा चेकजाँचमा कडाई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, १२ कात्तिक । काठमाण्डोमा केही अफगानिस्तानका नागरिकहरु अवैध रुपमा सीमा पार गरेर पुगेपछि सरकारको नेपाल भारतका खुला नाकाहरुमा कडाई गर्ने निर्देशन बमोजिम नेपालगञ्जस्थित जमुनाहा नाकामा पनि कडाई र निगरानी बढाईएको छ । तालिवानको कब्जापछि अफगानिस्तानबाट बिस्थापित नागरिकहरु नेपाल प्रवेश गर्न सक्ने आशंका बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । खुला नाकाका कारण आफगानीहरु बाँके हुँदै नेपाल प्रवेश गर्नसक्ने सम्भावना देखिएकोले केन्द्रबाट आएको निर्देशन बमोजिम नाकामा निगरानी बढाउनुका साथै चेकजाँचमा कडाई शुरु गरिएको जमुनाहा नाकाका इन्चार्ज सई मिन बहादुर विष्टले बताउनुभयो । सीमामा तैनाथ गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सो सम्बनधमा कडा निर्देशन दिईएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । आफगानीहरुले भारत प्रवेश गर्नका लागि भारतीय अ...
नेपालगञ्ज औद्योगिक करिडोरका उद्योगी व्यवसायी र उद्योग मन्त्रालयविच छलफल

नेपालगञ्ज औद्योगिक करिडोरका उद्योगी व्यवसायी र उद्योग मन्त्रालयविच छलफल

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, कात्तिक १२ । नेपालगञ्जको औद्योगिक करिडोरका उद्योगी, व्यावसायी र उद्योग मन्त्रालयका प्रतिनिधिविच उद्योगीका समस्याका बारेमा यहाँ एक छलफल तथा अन्तरक्रिया गरिएको छ । औद्योगिक करिडोरका उद्योगी, व्यावसायीहरुका समस्या र समाधानका विषयमा सो छलफल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र नेपालगन्ज उद्योग वाणिज्य संघको सह–आयोजनामा गरिएको संघले जनाएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ज्यूको अध्यक्षतामा सम्पन्न भएको सो छलफलमा उद्योगीहरुले भोग्नु परेका समस्याका साथै औद्योगिक करिडोरका लागि सरकारले गर्नु पर्ने कामको बारेमा जानकारी गराईएको संघका महासचिव चिरन्जीवि ओलीले बताउनुभयो । उहाँले उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले उद्योगी व्यवसायीका समस्याहरुलाई गम्भीरतापुर्वक लिएको जानकारी गराउनुका साथै समाधानका लागि हर सम्भ...
मौसम परिवर्तनसंगै बाँकेमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे

मौसम परिवर्तनसंगै बाँकेमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, कात्तिक १२ । मौसम परिवर्तन भैरहेकै बेलामा बाँके जिल्लामा भाईरल ज्वरो र रुघाखोकीका विरामीहरु बढ्दै गएका छन् । केही महिना पहिलेसम्म कहर मचाएको कोरोनाको संक्रमण निकै घट्दै गएपनि अहिले आएर जिल्लामा भाईरल ज्वरो, रुघाखोकी र टाइफाइडका विरामीहरु बढ्दै गएको अस्पतालहरुले जनाएका छन् । अहिले गर्मी समाप्त भएर चिसो मौसम शुरु भएकोले सोही कारणले ज्वरो, रुघाखोकी र टाइफाइडका बिरामीहरुको संख्या अत्याधिक बढेको भेरी अस्पतालका प्रवक्ता डा. संकेत कुमार रिसालले बताउनुभयो । उहाँले अहिले कोरोनाका विरामीहरु निकै कम भैसकेको जनाउँदै तर भाइरल ज्वरोका विरामी भने धेरै बढेको बताउनुभयो । अहिले भेरी अस्पतालमा उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिगान निस्कने र पखाला समेत लाग्ने लक्षण देखिने विरामीहरु ठुलो संख्यामा आउने गरेका छन् । सोही प्रकारले नेप...
वेस्टर्न मार्टको शुभारम्भ धनतेरसका दिनबाट गरिंदै, उपभोक्तालाई २५ प्रतिशतसम्म छुट दिईने

वेस्टर्न मार्टको शुभारम्भ धनतेरसका दिनबाट गरिंदै, उपभोक्तालाई २५ प्रतिशतसम्म छुट दिईने

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, कात्तिक १२ । पश्चिम नेपालको केन्द्र नेपालगञ्जमा करोडौंको लगानीमा तयार गरिएको अत्याधुनिक शपिंग मल वेस्टर्न मलमा दिपावली र तिहारको अवसरमा वेस्टर्न मार्ट सञ्चालनमा आउने भएको छ । सो मार्टको उदघाटन धनतेरसका दिन कात्तिक १६ गते गरिने भएको छ । कोरोना कहरकैविच वेष्टर्न विजनेश गु्रपले नेपालगञ्जको सुर्खेतरोडमा अत्याधुनिक सुविधा सहितको वेस्टर्न मल र मार्टको निर्माण पुरा गरेको विजनेश गु्रपका अध्यक्ष सञ्जय थापाले बताउनुभयो । उहाँले विजनेश ग्रुपका सदस्यहरु र बैंकको गरेर करोडौंको लगानीमा तयार गरिएको यो मल लुम्बिनी प्रदेशकै पहिलो अत्याधुनिक मलका रुपमा रहेको दाबी गर्नुभयो । सो मलमा रहेको ५० हजार स्क्वायर फिट क्षेत्रफल भित्र बिभिन्न ब्राण्डका सोरुमहरु, मनोरञ्जनका साधनहरु र बिषेश गरी बच्चाहरुलाई लक्षित गरि इनडोर गेमिङ्ग जोन रहने कम्पनीले जनाएको छ । ‘यसका अलावा अन्तराष्ट्रिय स्तरको से...
आज २० सदस्यीय टोलीसहित बेलायत जाँदै प्रधानमन्त्री देउवा

आज २० सदस्यीय टोलीसहित बेलायत जाँदै प्रधानमन्त्री देउवा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाण्डौ, १२ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि ‘यूएनएफसीसीसी’ को २६औँ सम्मेलन ‘कोप(२६’मा भाग लिन आज शुक्रबार बेलायत जाँदैहुनुहुन्छ । १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उनी २० सदस्यीय टोली लिएर बेलायत प्रस्थान गर्न लाग्नु भएको हो । कोप २६ मा विश्वका राष्ट्रसरकार प्रमुखको सहभागिता रहनेछ । गत असारमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाको पहिलो विदेश भ्रमण हो ।टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव पेमनारायण कँडेल,अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे,परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि रहनु हुनेछ । प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत९नेपाल व्याप...