प्रांगारिक तरकारी उत्पादन प्रवर्धन अभियान सम्पन्न, निरन्तरता दिने प्रतिवद्धता
समाचारदाता
नेपालगन्ज, मङ्सिर ११ । पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत प्रांगारिक तरकारी उत्पादन प्रबर्धनकालागि नेपालगन्जमा सञ्चालन गरिएको ६ दिने अभियान सम्पन्न भएको छ ।
एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत नेपालगन्जको राँझा विमानस्थल रोडमा विषादीरहित, ताजा र प्रयोगशालामा परीक्षण गरिएका प्रांगारिक तरकारी बिक्रि गरेर सो अभियान चलाईएको थियो ।
श्री साथि स्वावलम्बन बहुउद्धेश्यीय कृषि सहकारीमार्फत एकीकृत प्रांगारिक तरकारी संकलन तथा बिक्रि केन्द्रमा सञ्चालन गरिएको उक्त अभियान निकै प्रभावकारी देखिएकोले सो कार्यलाई निरन्तरता दिने सहकारीका अध्यक्ष खेदु चमारले बताउनुभयो ।
उहाँले यस क्षेत्रका किसानले उत्पादन गरेका विषादीरहित, ताजा र प्रयोगशालामा परीक्षण गरिएका ...









