समाचारदाता
नेपालगञ्ज, चैत १२ । बाँके युनेस्को क्लबले बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धनका लागि सिलाई कटाई व्यवसाय सञ्चालन गर्न मेसिन लगायतका सामाग्री वितरण गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको युवा महिलाहरुको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरियाका महिलालाई सो सामाग्री वितरण गरिएको हो ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य, गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल र प्लान नेपालका गोमा वलि चौधरीले ११ जनालाई सिलाई कटाई सामाग्री वितरण गर्नुभयो ।
सोही परियोजना अन्तर्गत ६५ दिन सिलाई कटाई तालिम प्राप्त गरेका गुलरियाका ११ जना युवा महिलालाई...
समाचारदाता
नेपालगञ्ज, चैत ६ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बारबर्दिया नगरपालिकामा सञ्चालित बालसंरक्षण कार्यक्रमको अनुगमन गरिएको छ ।
बाल संरक्षण कार्यक्रम अन्तर्गत बारबर्दिया ४ र ५ मा गठन गरिएको विभिन्न समुह तथा बालअधिकार समितिको प्रगतिका सम्बन्धमा स्थलगत अनुगमन गरिएको हो ।
बाँके युनेस्को क्लबको व्यवस्थापन समिति र पत्रकारको संयुक्त टोलीले बारबर्दिया नगरपालिका ४ घोरपिट्टामा रहेको अभिभावक समुह र किशोरी क्लब तथा वडा नम्बर ५ को बाल अधिकार समितिका पदाधिकारीहरुसंग छलफल तथा अन्तरक्रिया गरेर हालसम्मको प्रगतिका बारेमा जानकारी लिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
घोरपिट्टामा रहेको अभिभावक समुह र किशोरी समुहले निरन्तर वालविवाह रोकथाम, बाल संरक्षण र बालअधिकारका लागि काम गरिरहेको पाईएको वडा नम्बर ४ का वडा अध्यक्ष सिताराम योगीले बताउनुभयो ।
उहाँले यसैग...
समाचारदाता
नेपालगञ्ज, चैत २ । विपदको समयमा बाल संरक्षणका लागि जिल्लाका युवा अभियन्ताहरुलाई बाँके युनेस्को क्लबले चारदिने तालिम सञ्चालन गरेको छ । विहिबार नेपालगञ्जमा सो तालिम शुरु भएको हो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले सो तालिमको उदघाटन गर्दै विपतको समयमा बालसंरक्षणलाई विशेष प्राथमिकता दिनका लागि आयोजना गरिएको यो तालिम निकै महत्वपुर्ण रहेको बताउनुभयो ।
उहाँले बेचविखन रोक्न, बाल विवाह रोक्न, दुव्र्यवहार रोक्न र बाल अधिकार स्थापित गर्न समाजमा खटिएका युवा अभियन्ताले तालिम पाएपछि विपत र आपातकालिन अवस्थामा बालसंरक्षणलाई प्राथमिकता दिने बताउनुभयो ।
सो तालिमको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले ...
समाचारदाता
नेपालगञ्ज, चैत १ । बाँके युनेस्को क्लबले युवा महिलालाई अवसर र रोजगारी सृजना गराउनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्थानीय सरकारका सरोकारवाला र युवा महिलाविच कार्यशाला सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको हो ।
लैङ्गिक रुपान्तरणका लागि महिलालाई स्थानीयस्तरबाट अवसरहरु सृजना गर्न तथा सुरक्षित वातावरण निर्माणका लागि सो कार्यशालाको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
सो कार्यशालामा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले पालिका भित्रका बढीभन्दा बढी युवा महिलालाई रोजगारी लगायतका विभिन्न अवसर दिने बारेमा स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो ।
उहाँले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन नगरपालिकाले हरेक प्रकारका योजना र कार्यक्रम ल्य...
गम्भीर विरामीले उपचारका लागि अब काठमाण्डौ र भारत जानु नपर्ने
सिराज खान
नेपालगञ्ज, फागुन २१ । देशको संघीय राजधानी काठमाण्डौ बाहिर पहिलो पटक नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा अत्याधुनिक सुबिधासहितको लेभल ३ आइसीयू सेवा सुरु गरिएको छ ।
सो सेवा काठमाण्डौका पनि तीन वटा मात्र निजि अस्पतालमा रहेको जनाउँदै काठमाण्डौ बाहिर नेपालगञ्जमा पहिलो पटक सञ्चालनमा ल्याईएको वेस्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा सो जानकारी गराउँदै उहाँले सिकिस्त बिरामीको उपचार सेवालाई अधिकतम प्रभावकारी बनाउने उद्देश्यले ८ बेडको लेभल ३ आइसीयू सेवा सुरु गरिएको बताउनुभयो । ‘अबदेखि कुनै पनि अतिगम्भीर विरामीले उपचारका लागि काठमाण्डौ वा भारतको लखनउ जानु पर्नेछैन । ती ठाउँमा पाईने उपचार सेवा हामीले नेपालगञ्जमै दिंदैछौं’–डा. थापाले भन्नुभयो ।
अस्पतालका प्रबन्ध निर्देशक डा थापाका अनुसार य...
समाचारदाता
नेपालगञ्ज, फागुन १७ । बाँके युनेस्को क्लबको आयोजनामा बुधवार नेपालगञ्जमा समिक्षा, प्रतिविम्ब र फ्लोअप बैठक सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोग र नेपाल सरकारको सहकार्यमा क्लबद्धारा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरिएको हो ।
बाँकेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख भगवान पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा जिल्लाका चार वटा पालिकाका शिक्षकहरु र पालिकाको शिक्षा शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
बैठकको मुख्य उदेश्य प्लान इन्टरनेशनलको सहयोगमा क्लबद्धारा ईश्वि सम्वत २०१९ साल देखि हालसम्म विभिन्न विद्यालयका शिक्षकहरुलाई प्रदान गरिएको स्टीक एण्ड स्टोन सम्बन्धि प्रशिक्षक तालिमबाट उनिहरुले विद्यालयमा दिएको प्रशिक्षणको समिक्षा गर्नु र आगामी दिनको कार्यक्रम बनाउनु रहेको परियोजना अधिकृत विनिता आरसीले बताउनुभयो ।
बैठकमा प्रशिक्षक...
समाचारदाता
नेपालगञ्ज, फागुन १४ । बालविवाह अन्त्यका लागि बर्दियाको बासगढीमा पाँच बुँदे घोषणापत्र जारी गर्दै अन्तर धार्मिक संजाल संचालन तथा ब्यबस्थापन सम्बन्धी मस्यौंदा कार्यबिधी तयारीको ३ दिने कार्याशाला गोष्ठि सम्पन्न भएको छ ।
बाँसगढी नगरपालिकाको समन्वय र प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालित बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत सो कार्यशाला गोष्ठिको आयोजना गरिएको थियोे ।
तीन दिनसम्म संचालन गरिएको सो गोष्ठि बालबिवाह अन्त्यका लागि ५ बुदे बाँसगढी घोषणा पत्र जारी गर्दै सम्पन्न गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
जारी गरिएको घोषणा पत्रमा नगरपालिकाभित्र रहेका सबै सरोकारवालाले बालविवाह अन्त्यका लागि निरन्तर प्रयत्नशिल रहने, चालु आवमा नगरका दुई वडालाई वालविवाह मुक्त वडा घोषणा गरिने, बालविवाह रोक्न जनता माझ...
समाचारदाता
नेपालगञ्ज, फागुन १३ । नेपालगञ्जका वरिष्ठ पत्रकार तथा गोरखापत्र दैनिकका समाचारदाता सिराज खानलाई सम्मानित एवं पुरस्कृत गरिएको छ ।
लामो समयदेखि पत्रकारिताको माध्यमबाट आर्थिक र सामाजिक विकासका लागि कलम चलाएको भन्दै नेपालगञ्ज उद्योग बाणिज्य संघको ३१ औं साधारणसभाको अवसरमा शनिवार पत्रकार खानलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
संघको साधारणसभाका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री र सोही प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चौधरी र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान पत्र तथा नगदर प्रदान गरेर समाचारदाता खानलाई सम्मानित एवं पुरस्कृत गर्नुभयो ।
सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल र पुर्व सदस्य म...
नेपालगञ्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभामा चिन्ता व्यक्त
सिराज खान
नेपालगञ्ज, फागुन १३ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोले सो मा तत्काल सुधारका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभाको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको व्याज, लगानीको अवस्था र खस्कदैं गएको व्यापार व्यवसायका कारण निजि क्षेत्र धराशायी बनेको बताउनुभयो । उहाँले आर्थिक क्षेत्रमा यति ठुलो संकट आइसक्दा पनि सरकारले त्यसको सामाधानका लागि कुनै ठोस योजना र कार्यक्रम अगाडी सार्न नसकेकोले आउने दिन अझै कष्टकर हुनसक्ने चेतावनी पनि दिनुभयो ।
देशको आर्थिक अवस्थाका बारेमा पटक पटक सरकारको ध्यानाकर्षण गराईएपनि ठोस कदम नचालिएको गुनासो गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले द...
समाचारदाता
नेपालगञ्ज, फागुन ११ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा जी.आई.जेड नेपालको प्राविधिक सहयोगमा स्वास्थ्य संसथाहरुकालागि स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम नेपालगञ्जमा सञ्चालन गरिएको छ ।
सो अभिमुखिकरण कार्यक्रम उपमहानगरपालिकाका निजि अस्पताल, क्लिनिक, प्रयोगशाला, औषधी पसलहरुकालागि फागुन १० गतेदेखि १२ गतेसम्म यहाँ सञ्चालन भैरहेको छ । उक्त तालिममा फोहोरको वर्गिकरण, उपचार तथा विसर्जन बारे प्रशिक्षण दिइंदैछ ।
सो अभिमुखिकरण तथा तालिमले उपमहानगरपालिकाद्धारा सञ्चालन भैरहेको स्वास्थ्यजन्य फोहोरमैला एकिकृत व्यवस्थापन केन्द्रको सञ्चालन र व्यवस्थापनमा पनि सहजता हुने आशा गरिएको छ । सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन आफ्नो प्राथमिकता रहेको र यस कार्यमा जी.आई.जेड नेपालले गरेको सहकार्य प्रशन्सनिय रह...