नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक २७ । बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुले आगामी ५ बर्षमा नरैनापुरका मुहार फेर्ने प्रतिबद्धता जनाएका छन । गठबन्धनका तर्फबाट नरैनापुर गाँउपालिकामा आयोजित चुनावी सभामा बोल्दै गठबन्धनबाट बाँके १ को प्रतिनिधी सभा तर्फका साझा उम्मेदावर अथक र बाँके १ को १ का प्रदेश सभा सदस्य उम्मेदवार कृष्णा केसी नमुनाले उक्त प्रतिबद्धता जनाएका हुन ।
सभामा बोल्दै माओवादी स्थाई समिती सदस्य युवा तथा खेलकुद मन्त्री एंव उम्मेदवार महेश्वर जंग गहतराज अथकले बिगत ५ बर्षमा बिकासको जंग खोलिएको भन्दै आगामी ५ बर्षमा मुहार फेरीने बताए । उनले बिगतको दुर्गम नरैनापुरमा बिजुली, सडक पुर्वाधार, नदि नियन्त्रण, बिद्यालय, खानेपानी लगायतका पुर्वाधारहरु निर्माण गरिएको भन्दै अव कृषि, पर्यटन, रोजगारमा जोड दिईने बताए । उनले नरैनापुमा छोटी भन्सार, ईलाका प्रशासन, नापि तथा मालपोतका शाखा कार्...
नेपालगञ्जपाटी विशेष समाचार
नेपालगञ्ज, कात्तिक २३ । बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुर्वमन्त्री मोहम्मद इश्तियाक राईले नेपालगञ्ज र सो वरिपरिको क्षेत्रलाई शिलान्यास नै शिलान्यास र विकास नै विकासको सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो– जसले जे जति विरोध गरेपनि, जति खिस्सी काटेपनि मैले नेपालगञ्जको विकासका लागि शिलान्यास गर्ने कार्य निरन्तर गरिरहनेछु । यो सहरलाई शिलान्यास नै शिलान्यास र विकास नै विकासको सहर बनाउनेछु ।
यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा बाँके क्षेत्र नम्बर २ को विकासकालागि आफ्ना ‘दश दृष्टि’ सार्वजनिक गर्दै पुर्वमन्त्री राईले आफुले गर्ने कामहरुको दस बुंदा र त्यसको विस्तृत विवरण प्रस्तुत गर्नुभयो । उहाँले जसले जे भनेपनि जे मजाक उडाएपनि आफुले शिलान्यास गर्नुका साथै काम पनि गरेर देखाएको जनाउँदै अहिले विरोधीको मुखमा ताला लागेको बताउनु...
सिराज खान
नेपालगन्ज, कात्तिक २३ । मंसिर ४ गते नेपालमा हुने आम निर्बाचनलाई लिएर भारतीय सीमाबर्ति क्षेत्रको सुरक्षा ब्यबस्थालाई प्रभाबकारी बनाउने बिषयमा छलफल गर्न नेपाल र भारतका सीमाबर्ति जिल्लाका सुरक्षा अधिकारीहरुको समन्बय बैठक नेपालगन्जको पाँच तारे होटल सोल्टी वेस्टर्न प्रिमियरमा चलिरहेको छ ।
बैठकमा नेपाल तर्फबाट बाके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी , शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रमुखहरु र भारतिय सीमाबर्ति जिल्ला बहराइच र श्राबस्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्थात डिएम, प्रहरी प्रमुख अर्थात कप्तान सहित एसएसबीका उच्च अधिकारीहरु सहभागी हुनुहुन्छ ।
आम निर्बाचनका बेला सीमा क्षेत्रको सुरक्षा ब्यबस्था प्रभाबकारी बनाउने र निर्बाचनको मतदानका बेला सिमा नाका बन्द गर्ने लगायत लागुऔषध नियन्त्ररण, साना हतियार र बिस्फोटक पदार्थको ओसारपसार, अपर...
सिराज खान
नेपालगञ्ज, कात्तिक २३ गते । बैंक वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाको ब्याजदरले अधिकांश उद्योगी व्यवसायीहरु सडकमा आउने परिस्थिति सिर्जना भएको हुँदा व्याजदर घटाउन माग गर्दै कोहलपुरका उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् ।
कोहलपुर उद्योग बाणिज्य संघको आयोजनामा आ–आफ्ना उद्योग व्यवसाय बन्द गरेर बुधबार कोहलपुरका सबै उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गर्दै विरोध प्रदर्शन गरिएको कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले बताउनुभयो ।
उहाँले बैंक तथा वित्तीय संस्थाको व्यवसायीप्रतिको व्यवहार र व्याजदरले उद्योग व्यवसाय धराशायी भएको जनाउँदै आन्दोलनको विकल्प नरहेकाले बाध्य भएर सडकमा आउनु परेको बताउनुभयो ।
संघको सो आन्दोलन र विरोध प्रदर्शनमा विभिन्न व्यवसायी संघसंस्थाले पन...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २२ । चुनावको मिति नजिकिदै गर्दा माओवादी केन्द्र बाँके क्षेत्र नं.२ (२) का प्रदेशसभा सदस्य पदका उम्मेदवार अकल बहादुर बमप्रति जनताको आकर्षण बढ्दै गएको छ । माओवादी केन्द्रको निति र सिद्धान्तकै कारण देश धर्मनिरपेक्ष हुनुका साथै समावेशी र समानुपातिक समेत भै सबै धर्म र जातजातीलाई अधिकार प्राप्त भएकोले माओवादीको उम्मेदवारलाई जनसमर्थन बढ्दै गएको छ ।
माओवादी केन्द्रकै कारण नेपालले नयाँ संविधान पाएको र सो संविधानकै कारण सबैले समान अधिकार पाएकोले माओवादीका उम्मेदवारलाई जिताउन आवश्यक रहेको नेपालगञ्ज ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले बताउनुभयो । उहाँले अधिकारबाट बन्चित र पछाडी पारिएकालाई अगाडी ल्याउने काम माओवादीले नै गरेकोले माओवादीप्रति जनसमर्थन धेरै रहेको बताउनुभयो । निम्नवर्ग र गरिब जनताले माओवादीलाई अतिनै माया र समर्थन गरिरहकोले माओवादीले बाँके २ मा राम्...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २२ । कोहलपुर नगरपालिकाले अवको पाँच वर्षभित्र नगरभित्रका सबै विद्यालयहरुलाई भौतिक पूर्वाधार र शिक्षक एवम् कर्मचारीका हिसावले अभावमुक्त बनाउने संकल्प लिएको छ ।
‘गुणस्तरीय शिक्षाका लागि प्रर्याप्त लगानी, पूर्वाधार र संरचना, पश्चिम नेपालकै शैक्षिक हवको रुपमा हाम्रो नगरको स्थापना’ भन्ने मुख्य थिमसहित अवको पाँच वर्षमा नगरपालिकालाई शिक्षामा नमूना कोहलपुर बनाउने संकल्प लिएको हो । नगरपालिकाले पाँच वर्षभित्र गर्नुपर्ने २५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेर सो जनाएको छ ।
उक्त योजनामा नगरपालिकास्तरीय आवधिक शिक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने, नगरपालिकास्तरीय शिक्षा ऐन र नियमावली आवश्यकता अनुसार संशोधन एवम् प्रभावकारीरुपमा कार्यान्वयन गर्ने कुरालाई पनि समेटिएको छ । विद्यालयलाई ध्रुमपान, मध्यमान, लागु औषध र जङ्कफुट निषेधित क्षेत्रको रुपमा विकास गरि...
नेपालगन्ज, कात्तिक २२ । बाँके निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्यादेवी शर्माले कारागारबाटै निर्वाचन लड्दै हुनुहुन्छ । उम्मेदवारी दर्ता गराएको केही समयमै नेपालगन्ज १५ निवासी शर्मालाई प्रहरीले सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ गरेको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराउनु भएकी शर्मालाई छोरीको जन्म दर्ताको कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकोले उहाँले कारागारबाटै निर्वाचन लड्दै हुनुहुन्छ । बाँके कारागारमा महिला बन्दी राख्ने व्यवस्था नभएकोले उहाँलाई बर्दिया कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
बर्दिया कारागारबाटै शर्माले निर्वाचन लडिरहनुभएको उहाँका निकटहरूले जनाएका छन् । निर्वाचन प्रचारप्रसार तीव्र भइरहेका बेला शर्माले जिल्ला अदालतको आद...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक २१ । बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक आफ्नो प्रतिष्पर्धी भन्दा निकै अगाडी देखिनु भएको छ । सत्ता गठबन्धनका उम्मेदवार रहनु भएका अथकलाई गत पाँच वर्षमा गरेको बिकास निर्माणको काम र सत्ता गठबन्धनको बलियो अवस्थाले आफ्ना प्रतिद्धन्दी भन्दा निकै अगाडी पुरयाएको छ ।
गत चार वर्ष संघीय सांसद र एक वर्ष मन्त्री भएर अथकले क्षेत्र नम्बर १को विशेषगरि राप्तीसोनारी, नरैनापुर र कोहलपुरका लागि गरेका विभिन्न विकास निर्माण र जनताका सुखदुखमा दिएको साथका कारण उहाँको अवस्था अहिले निकै बलियो र सुदृढ देखिएको हो । गत स्थानीय निर्वाचनमा क्षेत्र नम्बर १ का तीनवटै पालिकामा एमालेले कुनै पालिका जित्न नसकेकोले सत्ता गठबन्धनको अत्याधिक मत रहेकोले पनि मन्त्री अथक निकै बलियो हुनुहुन्छ ।
अहिले नेपाली काँग्र...
अन्य योजनाको पनि केही दिनमै काम शुरु हुने जानकारी
नेपालगञ्जपाटी विशेष समाचार
नेपालगञ्ज, कात्तिक २० । पछिल्लो पटक निकै कम समयका लागि मन्त्री बन्ने अवसर पाएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले एकपछि अर्कोगरि युद्धस्तरमा आफ्नो क्षेत्रका लागि दर्जन बढी बिकासका योजनाहरु तयार पार्नुभयो ।
विभिन्न योजनाहरु तयार भै बजेट पारित भैसकेपछि मन्त्री बन्ने अवसर पाएपनि पुर्वमन्त्री राईले रातदिन नभनि निरन्तर खटिएर आफ्नो क्षेत्रका लागि के के र कसरी गर्न सकिन्छ भन्ने गहिरिएर अध्ययन गर्नुभयो ।
भौतिक पुर्वाधार मन्त्रालयद्धारा तयार गरिएका विभिन्न योजनाहरुको सुक्ष्म तरिकाले अध्यन गर्दै बाँके क्षेत्र नम्बर २ का लागि के के गर्न सकिन्छ भन्ने छलफल मन्त्रालयका वरिष्ठ कर्मचारीहरुसंग चलाउनुभयो ।
जसको फलस्वरुप मन्त्रीले चलाउन सक्ने र स्थानान्तरण गर्न सक्ने विभिन्न बजेट बारे पत्ता लगाएर सो बज...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २० । बाँके निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा १ बाट निवर्तमान सांसद कृष्ण केसी नमुना यस पटक पनि सबैभन्दा बलियो अवस्थामा देखिनु भएको छ । गत पाँच वर्षको अवधीमा निरन्तर जनतासंग जोडिनु भएको र हरेक दुखसुखमा जनताको साथमा रहनु भएकोले उहाँको अवस्था अन्य उम्मेदवार भन्दा निकै बलियो देखिएको छ ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहनु भएका नमुनालाई अहिले उहाँको निर्वाचन क्षेत्रमा जनताले गरेको मान सम्मान र मायाले नै उहाँको अवस्था प्रष्ट भएको छ ।
बाँके १ को प्रदेशसभा १ मा राप्तीसोनारी गाउँपालिकाका ७ वडा र नरैनापुर गाउँपालिकाका ६ वडा छन् । यो निर्वाचन क्षेत्रमा राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । नेकपा एमालेले तीन वडा, नेकपा माओवादी केन्द्रले तीन वडा र एउटा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ । नरैनापुर गाउँपालिका जनता समा...