६ माघ २०८२, सोमबार

मुख्य समाचार

मन्त्री अथकद्धारा सुख्खाग्रस्त घोषित नरैनापुरको स्थलगत अनुगमन, राहातका लागि प्रयास गर्ने प्रतिवद्धता

मन्त्री अथकद्धारा सुख्खाग्रस्त घोषित नरैनापुरको स्थलगत अनुगमन, राहातका लागि प्रयास गर्ने प्रतिवद्धता

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, भदौ १३ । यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सुख्खा ग्रस्त क्षेत्र नरैनापुरको स्थलगत अनुगमन गरेर त्यहाँको अवस्था बुझ्नुका साथै स्थानीय जनप्रतिनिधीसंग सो बारेमा छलफल गर्नु भएको छ । सोमवार स्थलगत अनुगमनका लागि नरैनापुर गाउँपालिकाका विभिन्न वडा र भारतीय सीमानाको वारीसम्म पुग्नु भएका मन्त्री अथकसंग गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले खडेरी परेर उत्पादन शुन्यमा पुग्ने अवस्था आएको जनाउँदे यस क्षेत्रका जनताका लागि राहातको कुनै व्यवस्था गर्न माग गर्नुभयो । सुख्खाग्रस्त भएर बाँझो भएका खेतबारीसम्म मन्त्री अथकलाई लगेर देखाउँदै अध्यक्ष शाहले यस क्षेत्रका जनताले सरकारबाट राहात पाएनन् भने के खाने हुन भन्ने चिन्ताले सताउन थालेको बताउनुभयो । उहाँले विगत ८० वर्ष भन्दा बढी समयदेखि यो क्षेत्रमा यस्तो सुख्खा नपरेको जनाउँदै खडेरीका कारण अधिकांश वासिन्दा पिडित बनेको बत...
प्रहरी र कानुन व्यवसायीलाई बालबिवाह र लैंगिक हिंसाका घटना ब्यबस्थापन तालिम

प्रहरी र कानुन व्यवसायीलाई बालबिवाह र लैंगिक हिंसाका घटना ब्यबस्थापन तालिम

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, भदौ १३ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा बाल बिवाह र लैंगिक हिंसाका घटनाहरू ब्यबस्थापन तथा कानुनी संरक्षण सम्बन्धी ३ दिने तालिम सम्पन्न गरेको छ । प्लान नेपालको सहयोगमा बर्दियामा सञ्चालित बाल विवाह, चाडै विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । तीन दिनसम्म सञ्चालन भएको सो तालिममा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयका महिला, बालबािलका सेवा केन्द्रका प्रहरी कर्मचारीहरू र जिल्ला बार एशोसियनमा आवद्ध कानुन ब्यबसायीहरूको सहभागिता रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । सो तालिमले बाल बिवाह र लैंगिक हिंसाका घटनाहरू ब्यबस्थापन गर्न तथा कानुनी संरक्षण गर्न सहज हुने उहाँले बताउनुभयो । बाल बिवाह, लैंगिक हिंसा र बाल संरक्षणका घटनाहरूको उचित सम्बोधन, प्रभाबित बालबाालिकाहरूको आबश्यकताहरूको सम्...
जनता समाजवादी पार्टी बाँकेद्धारा संगठन सुदृढिकरण अभियान सञ्चालन, वडा वडामा भेला तथा प्रशिक्षण

जनता समाजवादी पार्टी बाँकेद्धारा संगठन सुदृढिकरण अभियान सञ्चालन, वडा वडामा भेला तथा प्रशिक्षण

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, भदौ ११ । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी शुरु गर्दै बाँकेमा विभिन्न दलहरुले निर्वाचन केन्द्रित अभियानहरु शुरु गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकिकृत समाजवादी पार्टी र एमालेले निर्वाचन केन्द्रित कार्यक्रमहरु शुरु गरेका छन् । नेपाली काँग्रेसले जनताको साथमा काँग्रेस अभियानलाई बाँकेमा आइतवारबाट औपचारिक रुपमा शुरु गर्दैछ भने नेकपा एकिकृत समाजवादीले उम्मेदवार समेत सिफारिस गरिसकेर तयारी शुरु गरेको सो दलले जनाएको छ । सोही प्रकारले जनता समाजवादी पार्टी नेपालले बाँके क्षेत्र नम्बर २ बाट संगठन सुदृढ अभियान शुरु गरेको छ । सो दलका केन्द्रिय कार्यकारीणी सदस्य तथा भौतिक पुर्वाधार मन्त्री मोहम्मद ईश्तियाक राईको निर्देशनमा संगठनलाई बलियो बनाई नेता कार्यकर्तालाई दिनरात जनतासंग सम्पर्क राख्ने गरि परिचा...
लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संगठनको तीज मिलन कार्यक्रम सम्पन्न

लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संगठनको तीज मिलन कार्यक्रम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, भदौ ११ । रातदिन बिरामीको सेवामा जुट्ने चिकित्सक तथा कर्मचारीहरु कोभिड महामारी सुरु भए पश्चात् रमाइलो गर्न नपाएका बेलामा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि कर्मचारी संगठनको आयोजनामा भएको तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा नाचगान र खानपिन गरी रमाएका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि कर्मचारी संगठनका सभापति रत्ना गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि का सिइओ कार्यकारी प्रमुख अधिकृत डा सुनिल कुमार सिंह, बिशिस्ट अतिथिमा कोहलपुर मेडिकल कलेजका अस्पताल निर्देशक डा रेशम बहादुर राना, अतिथिहरुमा कोहलपुर हस्पिटलका उप निर्देशक डा दिनेश श्रेष्ठ, विभिन्न फ्याकल्टीका प्रमुखहरु, चिकित्सकहरु, अस्पताल मेट्रोन ललिता शर्मा, नेपालगन्ज अस्पताल मेट्रोन ममता शर्मा, संगठनका सल्लाहकार संयोजक अब्द...
नागरिकता विधेयकसम्बन्धी भ्रम र वास्तविकता

नागरिकता विधेयकसम्बन्धी भ्रम र वास्तविकता

Uncategorized, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
– ‘नागरिकता’ नागरिक र राज्यबीचको सम्बन्धको आधार हो । राज्यले प्रत्याभूत गर्नुपर्ने मौलिक हक, आर्थिक, सामाजिक र राजनीतिक अधिकार एवं राज्यप्रति नागरिकहरूको कर्तव्य सुनिश्चित गर्न राज्यले आफ्ना नागरिकहरूलाई नागरिकको दर्जा दिएर वैधानिकता प्रदान गरेको हुन्छ । – नेपालको संविधान २०७२ को धारा १० ले ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन’ भन्ने व्यवस्था गरेको छ । – अन्तर्राष्ट्रिय मानव अधिकारको मान्यताअनुरूप पनि “कुनै पनि व्यक्तिलाई राज्यविहीनताको अवस्थामा राख्न पाइँदैन ।” नागरिकता विधेयक अहिले ल्याउन किन आवश्यक ? – नेपाल नागरिकता ऐन, २०६३ र नेपालको अन्तरिम संविधान, २०६३ ले जन्मको आधारमा नागरिकता प्रदान गर्ने व्यवस्था गरेको थियो । २०४६ चैत मसान्तसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायी रूपले बसोबास गर्दै आएको व्यक्तिलाई – जन्मका आधारमा नागरिकता लिएका व्यक...
युवा तथा खेलकुद मन्त्री अथकद्धारा बालापुरमा डिप ट्युववेल सिंचाई आयोजनाको उदघाटन

युवा तथा खेलकुद मन्त्री अथकद्धारा बालापुरमा डिप ट्युववेल सिंचाई आयोजनाको उदघाटन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, भदौ १० गते । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बढी भन्दा बढी खेतबारीमा सिंचाईको सुविधा पुरयाउन सरकार कटिबद्ध रहेको बताउनु भएको छ । बाँकेको राप्तीसोनारी ८ बालापुरमा निर्माण गरिएको डिप ट्युववेल सिंचाई आयोजनाको शुक्रवार उदघाटन गर्दै मन्त्री अथकले सिंचाईको अभावमा किसानलाई निकै समस्या हुने हुँदा ठुलो आयोजना नपुगेका ठाउँमा डिप ट्युववेलबाट सिचाई गरिने बताउनुभयो । समयमा वर्षा नभएर बाँकेको राप्तीसोनारीमा सुख्खा पर्न लागेको बेला यो आयोजना शुरु गरिएपछि सयौं किसानले समयमै सबै खेती गर्न पाउने उहाँले बताउनुभयो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका सांसद पार्वती पुन उषाले समयमा वर्षा नहुँदा सधैं आकाशे पानीको भरमा खेती गर्न बाध्य स्थानीय किसानलाई अब निकै राहात हुने बताउनुभयो । वडा नम्बर ८ का वडा अध्यक्ष शालिकराम डाँगीले निकै लामो समयको प्रयासपछि यहाँका...
जानकी गाउँपािलकाले शुक्रवार तीज मिलन तथा दर खाने कार्यक्रम गर्ने

जानकी गाउँपािलकाले शुक्रवार तीज मिलन तथा दर खाने कार्यक्रम गर्ने

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगञ्ज, भदौ ९ । बाँकेको जानकी गाउँपालिकाले शुक्रवार तिज मिलन तथा दर खाने कार्यक्रम गर्ने भएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा शुक्रबारका दिन निजामती कर्मचारी लगायतका सम्पूर्ण महिला दिदीबहिनीहरुका लागि तिज मिलन तथा दर खाने कार्यक्रम गर्ने भएको हो । सो कार्यक्रममा गाउँपालिका मातहतका १ देखि ६ वडाका निजामती कर्मचारी लगायतका सम्पूर्ण महिला दिदीबहिनीहरूलाई तिज मिलन तथा दर खाने कार्यक्रममा सहभागी हुनका लागि गाउँपलिका प्रवक्ता टीका नाथ यादबले निमन्त्रणा गर्नुभएको छ । भदौ १० गते शुक्रबार दिउँसो ३ बजेदेखि यातायात कार्यालय नेपालगन्जस्थित थकाली भान्सा घरमा सो कार्यक्रम हुने गाउँपालिकाको स्वास्थ्य अनमि सितल राजभण्डारीले जानकारी दिनुभएको छ ।...
युनेस्को क्लबद्धारा मानव बेचबिखन रोकथामका कार्यहरुको समिक्षा तथा छलफल

युनेस्को क्लबद्धारा मानव बेचबिखन रोकथामका कार्यहरुको समिक्षा तथा छलफल

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, भदौ ९ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन रोकथामका लागि सञ्चालन गरेको प्रोटेक्ट परियोजनाबाट प्राप्त उपलब्धीहरु बारे छलफल गर्न स्थानीय सरकार र सरोकारवालाहरूसँग साझा बैठक सम्पन्न गरेको छ । कोहलपुरमा आयोजना गरिएको सो बैठकमा परियोजना सञ्चालनपछि भए गरिएका कामहरुका बारेमा समिक्षा गर्नुका साथै आगामी कार्यक्रमहरु बारे समेत जानकारी गराईएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । कोहलपुर नगरपालिकाको सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद बिकले बैठकको अध्यक्षता गर्दै क्लबले सानो समयमा मानवबेचविखन रोकथामका लागि स्थानीय तहसंग समन्वय गरेर उत्कृष्ट काम गरेको बताउनुभयो । उहाँले आगामी कार्यक्रमहरु पनि प्रभावकारी रहेकोले सबैले सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा वडा नम्बर ८ का अध्यक्ष झगबहादुर थारुले युवति र...
सबै धर्मविच एकता र स्वर्गिय राजा विरेन्द्रको शालिक स्थापना गर्न पत्रकार उदय श्रेष्ठद्धारा उम्मेदवारी घोषणा

सबै धर्मविच एकता र स्वर्गिय राजा विरेन्द्रको शालिक स्थापना गर्न पत्रकार उदय श्रेष्ठद्धारा उम्मेदवारी घोषणा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, भदौ ८ । बाँकेका वरिष्ठ पत्रकार उदय बहादुर सिंह श्रेष्ठले आगामी मंसिर ४ गते हुने संघिय निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। बिगत ४२ बर्षदेखि पत्रकारीता गर्दै आउनु भएका श्रेष्ठले सबै धर्मविच एकता कायम गरेर धार्मिक तथा सामाजिक सदभाव कायम गर्दै स्व राजा बिरेन्द्रको शालिक पहिलेकै स्थानमा स्थापनाका लागि आफूले उम्मेदवारी दिने बताउनु भएको छ । बाँकेमा धेरैले चुनाव जितिसकेको अवस्थामा एउटा इतिहासलाई बिर्सेर स्व राजा बिरेन्द्रको शालिक स्थापना गर्न नसक्दा आफूले जिते शालिक स्थापना गर्ने र सबै धर्मविच एकता कायम गराउने बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाँकेबाट उम्मेदवारी दिने घोषणा गर्नु भएको हो। पत्रकार श्रेष्ठले स्वतन्त्र रुपमा उम्मेदवारी दिने जनाउँदै आफ्नो एजेण्डा र विचारसंग मेल खाने अरु पनि कोही स्वत...
महिलाको आर्थिक शसक्तिकरणका लागि बर्दियामा शिप विकास तालिम सञ्चालन

महिलाको आर्थिक शसक्तिकरणका लागि बर्दियामा शिप विकास तालिम सञ्चालन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, भदौ ८ । युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि बर्दियामा बाँके युनेस्को क्लबले शिप विकास तालिम सञ्चालन गरेको छ । प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको उद्यमशिलता मार्फत महिलाहरुको आर्थिक शसक्तिकरण, स्वरोजगारी सृजना तथा जिविकोपार्जनमा पहुँच र रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । बर्दियाको गुलरियामा बुधवारबाट शुरु गरिएको सो तालिमको अनौपचारिक तरिकाले शुभारम्भ गरिएको थियो । तालिमको शुभारम्भ गर्दै बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले १८ देखि २४ वर्षका १२० जना युवा महिलालाई तालिम दिएर स्वरोजगार बनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले बर्दियाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १२० जना अति विपन्न तथा जोखिममा रहेका युवा महिलालाई शिपमुलक तालिम दिएर विभिन्न चरणपछि ६० जनालाई उद्यम, व्यवस...