२० जेष्ठ २०८३, बुधबार

मुख्य समाचार

पाँच वर्षमा कोहलपुरलाई शिक्षाको क्षेत्रमा नमुना बनाउने नगरपालिकाको संकल्प

पाँच वर्षमा कोहलपुरलाई शिक्षाको क्षेत्रमा नमुना बनाउने नगरपालिकाको संकल्प

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, कात्तिक २२ । कोहलपुर नगरपालिकाले अवको पाँच वर्षभित्र नगरभित्रका सबै विद्यालयहरुलाई भौतिक पूर्वाधार र शिक्षक एवम् कर्मचारीका हिसावले अभावमुक्त बनाउने संकल्प लिएको छ । ‘गुणस्तरीय शिक्षाका लागि प्रर्याप्त लगानी, पूर्वाधार र संरचना, पश्चिम नेपालकै शैक्षिक हवको रुपमा हाम्रो नगरको स्थापना’ भन्ने मुख्य थिमसहित अवको पाँच वर्षमा नगरपालिकालाई शिक्षामा नमूना कोहलपुर बनाउने संकल्प लिएको हो । नगरपालिकाले पाँच वर्षभित्र गर्नुपर्ने २५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेर सो जनाएको छ । उक्त योजनामा नगरपालिकास्तरीय आवधिक शिक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने, नगरपालिकास्तरीय शिक्षा ऐन र नियमावली आवश्यकता अनुसार संशोधन एवम् प्रभावकारीरुपमा कार्यान्वयन गर्ने कुरालाई पनि समेटिएको छ । विद्यालयलाई ध्रुमपान, मध्यमान, लागु औषध र जङ्कफुट निषेधित क्षेत्रको रुपमा विकास गरि...
किर्ते मुद्दामा पक्राउ परेपछि कारागारबाटै निर्वाचन लड्दै विद्या शर्मा

किर्ते मुद्दामा पक्राउ परेपछि कारागारबाटै निर्वाचन लड्दै विद्या शर्मा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगन्ज, कात्तिक २२ । बाँके निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्यादेवी शर्माले कारागारबाटै निर्वाचन लड्दै हुनुहुन्छ । उम्मेदवारी दर्ता गराएको केही समयमै नेपालगन्ज १५ निवासी शर्मालाई प्रहरीले सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ गरेको थियो । राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराउनु भएकी शर्मालाई छोरीको जन्म दर्ताको कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकोले उहाँले कारागारबाटै निर्वाचन लड्दै हुनुहुन्छ । बाँके कारागारमा महिला बन्दी राख्ने व्यवस्था नभएकोले उहाँलाई बर्दिया कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । बर्दिया कारागारबाटै शर्माले निर्वाचन लडिरहनुभएको उहाँका निकटहरूले जनाएका छन् । निर्वाचन प्रचारप्रसार तीव्र भइरहेका बेला शर्माले जिल्ला अदालतको आद...
बाँके क्षेत्र नम्बर १ मा मन्त्री अथक आफ्ना प्रतिद्धन्दीभन्दा धेरै अगाडी, स्थानीय जनता बिकासका पक्षमा

बाँके क्षेत्र नम्बर १ मा मन्त्री अथक आफ्ना प्रतिद्धन्दीभन्दा धेरै अगाडी, स्थानीय जनता बिकासका पक्षमा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, कात्तिक २१ । बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक आफ्नो प्रतिष्पर्धी भन्दा निकै अगाडी देखिनु भएको छ । सत्ता गठबन्धनका उम्मेदवार रहनु भएका अथकलाई गत पाँच वर्षमा गरेको बिकास निर्माणको काम र सत्ता गठबन्धनको बलियो अवस्थाले आफ्ना प्रतिद्धन्दी भन्दा निकै अगाडी पुरयाएको छ । गत चार वर्ष संघीय सांसद र एक वर्ष मन्त्री भएर अथकले क्षेत्र नम्बर १को विशेषगरि राप्तीसोनारी, नरैनापुर र कोहलपुरका लागि गरेका विभिन्न विकास निर्माण र जनताका सुखदुखमा दिएको साथका कारण उहाँको अवस्था अहिले निकै बलियो र सुदृढ देखिएको हो । गत स्थानीय निर्वाचनमा क्षेत्र नम्बर १ का तीनवटै पालिकामा एमालेले कुनै पालिका जित्न नसकेकोले सत्ता गठबन्धनको अत्याधिक मत रहेकोले पनि मन्त्री अथक निकै बलियो हुनुहुन्छ । अहिले नेपाली काँग्र...
पुर्वमन्त्री ईश्तियाक राईले शिलान्यास गरेका दुई योजनाको काम शुरु

पुर्वमन्त्री ईश्तियाक राईले शिलान्यास गरेका दुई योजनाको काम शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
अन्य योजनाको पनि केही दिनमै काम शुरु हुने जानकारी नेपालगञ्जपाटी विशेष समाचार नेपालगञ्ज, कात्तिक २० । पछिल्लो पटक निकै कम समयका लागि मन्त्री बन्ने अवसर पाएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले एकपछि अर्कोगरि युद्धस्तरमा आफ्नो क्षेत्रका लागि दर्जन बढी बिकासका योजनाहरु तयार पार्नुभयो । विभिन्न योजनाहरु तयार भै बजेट पारित भैसकेपछि मन्त्री बन्ने अवसर पाएपनि पुर्वमन्त्री राईले रातदिन नभनि निरन्तर खटिएर आफ्नो क्षेत्रका लागि के के र कसरी गर्न सकिन्छ भन्ने गहिरिएर अध्ययन गर्नुभयो । भौतिक पुर्वाधार मन्त्रालयद्धारा तयार गरिएका विभिन्न योजनाहरुको सुक्ष्म तरिकाले अध्यन गर्दै बाँके क्षेत्र नम्बर २ का लागि के के गर्न सकिन्छ भन्ने छलफल मन्त्रालयका वरिष्ठ कर्मचारीहरुसंग चलाउनुभयो । जसको फलस्वरुप मन्त्रीले चलाउन सक्ने र स्थानान्तरण गर्न सक्ने विभिन्न बजेट बारे पत्ता लगाएर सो बज...
बाँके १ को प्रदेशसभा १ मा नुमना सबैभन्दा बलियो अवस्थामा, सत्ता गठबन्धनको मत अन्यभन्दा धेरै बढी

बाँके १ को प्रदेशसभा १ मा नुमना सबैभन्दा बलियो अवस्थामा, सत्ता गठबन्धनको मत अन्यभन्दा धेरै बढी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, कात्तिक २० । बाँके निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा १ बाट निवर्तमान सांसद कृष्ण केसी नमुना यस पटक पनि सबैभन्दा बलियो अवस्थामा देखिनु भएको छ । गत पाँच वर्षको अवधीमा निरन्तर जनतासंग जोडिनु भएको र हरेक दुखसुखमा जनताको साथमा रहनु भएकोले उहाँको अवस्था अन्य उम्मेदवार भन्दा निकै बलियो देखिएको छ । सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहनु भएका नमुनालाई अहिले उहाँको निर्वाचन क्षेत्रमा जनताले गरेको मान सम्मान र मायाले नै उहाँको अवस्था प्रष्ट भएको छ । बाँके १ को प्रदेशसभा १ मा राप्तीसोनारी गाउँपालिकाका ७ वडा र नरैनापुर गाउँपालिकाका ६ वडा छन् । यो निर्वाचन क्षेत्रमा राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । नेकपा एमालेले तीन वडा, नेकपा माओवादी केन्द्रले तीन वडा र एउटा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ । नरैनापुर गाउँपालिका जनता समा...
झुठको खेती गर्नेहरुसंग सावधान रहन मतदाताहरुलाई पुर्वमन्त्री राईको आग्रह

झुठको खेती गर्नेहरुसंग सावधान रहन मतदाताहरुलाई पुर्वमन्त्री राईको आग्रह

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, कात्तिक २० । पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले झुठको खेती गर्नेहरुबाट सावधान रहन बाँके क्षेत्र नम्बर २ का आम मतदाताहरुसंग आग्रह गर्नुभएको छ । शनिवार नेपालगञ्ज उपमहानगर र डुडुवा गाउँपालिकामा आयोजित विभिन्न कार्यक्रममा बोल्दै पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राईले अहिले केही उम्मेदवारले झुठको खेती गरेर जनतामा भ्रम छर्ने प्रयास गरिरहेकोले सचेत रहन आग्रह गर्नुभयो । उहाँले विभिन्न सपना बाँडेर, धर्म र जातियताको राजनिति गरेर पनि सफलता नमिल्ने देखेपछि झुठको खेती शुरु गरिएको जनाउँदै बिकासको नाममा एक सिन्को पनि नभाँच्ने र कोभिडको बेला २२ करोडको राहात वितरणमा अनियमितता गरेर आफुलाई सदाचारी भन्नेहरुसंग सावधान र सचेत रहन सर्वसाधारणलाई आग्रह गर्नुभयो । समाजमा विभाजन ल्याएर विजयी हुने योजना बनाएकाहरुले विभिन्न प्रकारका झुठको खेत...
माओवादी केन्द्रका अकल बमद्धारा प्रचार प्रसार र मतदाता भेटघाटमा तिव्रता

माओवादी केन्द्रका अकल बमद्धारा प्रचार प्रसार र मतदाता भेटघाटमा तिव्रता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, कात्तिक १९ । बाँके जिल्ला निर्वाचन क्षेत्र नं २ को २ बाट माओवादी केन्द्रबाट प्रदेशसभा उम्मेदवार अकल बहादुर बमले मतदाता भेटघाटलाई तिव्र पारेका छन् । उनलाई नेपालगञ्जका आम नागरिकले टोल, बस्तिमा भव्य स्वागत गरिरहेको बमको सचिवालयले जनाएको छ। जनताका दुःख पीडामा तत्काल घर दैलोमा पुग्ने, सहयोगका लागि आवश्यक समन्वय गर्दै निरन्तर सक्रिय बमलाई आगामी मंसिर ४ गते हुने चुनावमा उम्मेदवारका रूपमा पाएपछि बाँके निर्वाचन क्षेत्र नम्बर २ को २ का जनता खुशी भएका छन् । युवा उमेर, आम नागरिकका पक्षमा काम गर्ने, दोहोरो चिनजान र सम्बन्ध भएका कारण बम जनताको घर आँगनमा पुग्दा आम नागरिकले राम्रो सम्मान र स्वागत गरिरहेको उम्मेदवार बमले बताए । ढाई दशकयता निरन्तर राजनीति र समाजसेवामा खटिरहेका अकल बहादुर बम जिल्लाका आशलाग्दा युवा नेता हुन् । सहज पहुँच, सबैको फोन उठाउने, घर आँगनमा पुग्ने, ...
राप्तीपारीवासीको बिकासको सपना आगामी सरकारले पुरा गर्ने मन्त्री अथकको प्रतिवद्धता

राप्तीपारीवासीको बिकासको सपना आगामी सरकारले पुरा गर्ने मन्त्री अथकको प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, कात्तिक १९ । बाँके क्षेत्र नं १ का निवर्तमान प्रतिनिधी सभा सदस्य एवं युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले राप्तीपारीबासीको बिकासको सपना अब बन्ने गठबन्धनको सरकारले पुरा गर्ने बताएका छन । आफु ५ वर्षे कार्यकालमा राप्ती नदिमा दोहरो तटबन्धन, सिक्टा सिचाई आयोजना र पूर्वि नगर, बिद्यालय भवनहरु, लगायत धेरै साना ठुला आयोजनाहरु सुरुवात भएको भन्दै अब बन्ने गठबन्धको सरकारले बाँकी कामहरु पुरा गर्ने प्रतिबद्धता जनाएका थिए । उनले रोजगारीको सृजना, कृषी तथा पर्यटनको बिकास, सर्बसुलभ शिक्षा स्वाथ्य अबको प्राथमिकता भएको बताए । राप्ती सोनारी गाँउपालिका वडा नं २ मा आयोजित जनभेटघाटमा बोल्दै उम्मेदवार अथकले राप्तीपारीको क्षेत्रमा बिजुली, बाटो, पुल पुलेसासँगै धेरै ठाँउमा बिद्यालय भवन निर्माण गरिएको भन्दै आगमी वर्षहरुमा नमुना बिकासको काम गरिने समेत दाबि गरे । कार्यक्रम...
बाँके २ को प्रदेशसभा २ का लागि माओवादीका अकल बम प्रति मतदाताको आकर्षण बढ्दैछ

बाँके २ को प्रदेशसभा २ का लागि माओवादीका अकल बम प्रति मतदाताको आकर्षण बढ्दैछ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, कात्तिक १३ । आगामी मंसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बाँकेमा पनि विभिन्न दलका उम्मेदवार तथा समर्थक र सहयोगीहरु यति बेला प्रचार प्रसारमा व्यस्त छन् । उनिहरुले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा तिव्रता दिएका छन् । सोही क्रममा पछिल्लो समयमा आएर बाँके निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ का लागि लुम्बिनी प्रदेशसभा सदस्यमा माओवादी केद्रका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका युवा नेता अकल बहादुर बमले पनि मतदाता भेटघाट र प्रचार प्रसारलाई तिव्रता दिएका छन् । मतदातासंगको भेटघाटलाई बढाएको जनाउँदै उनले आफुलाई हरेक वर्ग र क्षेत्रका मतदाताको निकै राम्रो समर्थन प्राप्त भैरहेको बताए । माओवादी केन्द्रको एजेण्डामा अहिले देश अगाडी बढी रहेकोले माओवादीकै जनप्रतिनिधि केन्द्र र प्रदेशमा पुगे भने सबै कुरामा सहज हुने र एजेण्डाहरुको सह...
माओवादीका आइपी खरेल जिताउ अभियान तिव्र, ७५१ सदस्यीय कमिटी गठन

माओवादीका आइपी खरेल जिताउ अभियान तिव्र, ७५१ सदस्यीय कमिटी गठन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, कात्तिक १३ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य ईन्द्र प्रसाद खरेल आइपीलाई निर्वाचन जिताउनका लागि ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । बाँके निर्वाचन क्षेत्र ३ को १ बाट माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका आइपी खरेललाई जिताउन आइतबार बाँकेको बैजनाथमा माओवादी केन्द्रको निर्वाचन क्षेत्र ३ को १ को पार्टी कमिटीको बैठकले उक्त निर्वाचन परिचालन कमिटी गठन गरेको नेता खरेलले जानकारी दिए । खरेलका अनुसार, उक्त पार्टी कमिटीका अध्यक्ष र सचिवले पार्टीबाट राजिनामा दिएकाले उपाध्यक्ष कृष्णबहादुर घर्तीको अध्यक्षतामा बैठक बसी घर्तीकै संयोजकत्वमा ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । कमिटीको सचिवमा राजमोहन चौधरी, कार्यालय सचिवमा सुदिप लामिछाने रहेका छन । ...