२० जेष्ठ २०८३, बुधबार

मुख्य समाचार

नवौ राष्टिय खेलकुदमा आर्मीको टोली ६१ स्वर्णसहित शिर्ष स्थानमा, दोस्रोमा एपिएफ र तेस्रोमा पुलिस क्लब

नवौ राष्टिय खेलकुदमा आर्मीको टोली ६१ स्वर्णसहित शिर्ष स्थानमा, दोस्रोमा एपिएफ र तेस्रोमा पुलिस क्लब

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता पोखरा, कात्तिक १ । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदको शीर्ष स्थान नेपाली सेनाको त्रिभुवन आर्मी क्लब रहेको छ ।आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा रहेको हो । कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ३९ रजत र २८ कास्यसहित कुल एक सय २८ पदक प्राप्त गरेको छ । विभगिय टोली एपिएफ क्लबले २३ स्वर्ण, १७ रजत र १५ कास्यका साथ कुल ६५ पदक प्राप्त गर्दै दोस्रो र नेपाल प्रहरीको पुलिस क्लबले १५ स्वर्ण, २५ रजत र ३३ कास्यसहित कुल ७४ पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन । यसैगरी बागमती, गण्डकी र एनआरएनए क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित कुल ५९ पदक प्राप्त गरेको छ । गण्डकी प्रदेशले १० स्वर्ण, आठ रजत र २० कास्यसहित कुल ३८ पदक प्राप्त गरेको छ । गैर आवासीय नेपाली सङ्घ एनआरएनएले छ स्वर्ण, छ रजत र चार कास्यसहित कुल १६ पदक ह...
दिपेन्द्र बिष्ट–नवौं राष्टिय खेलकुदको सफल आयोजनका अहम पात्र

दिपेन्द्र बिष्ट–नवौं राष्टिय खेलकुदको सफल आयोजनका अहम पात्र

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान पोखरा, असोज ३१ । देशको प्रमुख पर्यटकीय गन्तव्य सुन्दर नगरी पोखरा, जहाँ अहिले देशभरिका खेलाडी विभिन्न पदकका लागि प्रतिष्पर्धा गरिरहेका छन् । राम्रो मौसम, स्वच्छ वातावरण र अतिनै रमणीय दृष्यका विच अहिले यो नगरमा नवौं राष्टिय खेलकुद प्रतियोगिता भव्य रुपमा सञ्चालन भैरहेको छ । खेलको महाकुम्भ मानिने यो प्रतियोगिता आफैमा एउटा सबैभन्दा ठुलो आयोजन मात्र होइन यसको सफलता र असफलतामा सम्पुर्ण खेलाडी र खेलक्षेत्रको मान र प्रतिष्ठा समेत गाँसिएको छ । यस्ता ठुला आयोजनहरु सम्पन्न गर्न धेरै पहिलेदेखि धेरैले मिलेर लामो तयारी तथा संयोजन गर्नुपर्छ । खेलाडीले त प्रतियोगितामा पुगेर खेल सकेर पदक प्राप्त गरि वा नगरि फर्किन्छन् तर आयोजनको जिम्मेवारी पाएकाले लामो समयसम्म आफुलाई त्यसका लागि समर्पण गर्नुपर्छ । पोखरामा जारी नवौं राष्टिय प्रतियोगिताको सफलताका लागि सबैभन्दा बढी खटिने तथा भोक निन्द्राको समेत ...
बालविवाह अन्त्यका लागि कानुनी तथा नीतिगत व्यवस्था र आगामी प्रथामिकतासम्बन्धि बैठक सम्पन्न

बालविवाह अन्त्यका लागि कानुनी तथा नीतिगत व्यवस्था र आगामी प्रथामिकतासम्बन्धि बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, असोज ३१ । बालबालिका शान्ति क्षेत्र राष्टिय अभियान, प्लान इन्टरनेशनल र कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुको उपस्थितीमा बालविवाह अन्त्यका लागि कानुनी तथा नीतिगत व्यवस्था र आगामी प्रथामिकता विषयमा सुर्खेतमा परामर्श बैठकको आयोजना गरिएको छ । बैठकको अध्यक्षता गर्दै, सिजप काठमान्डौका अध्यष राजेश शर्माले बालविवाह सामाजिक हिंसाको रुपमा रहेकोले देशविकासका लागि बालविवाहको अन्त्य गरिनुपर्न आजको आवश्क्ता भएकाले यो परामर्श बैठकको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाख प्रमुखले कर्णाली प्रदेश सरकारका नीति तथा कार्यक्रम र कानुन निर्माण र भैरहेका कार्यक्रमहरुको बारेमा जानकारी प्रदान गर्नुभएको थियो । कर्णाली प्रदेशमा बालविवाह बढी हुने गरेको र यस्लाई स्वास्थ्यको दृष्टिकोणबाट मात्र नहेरी, आर्थिक सामाजिक, शैक्ष...
प्रायोजित बालिका प्रतिभा र अचर्ना बनिन् प्रहरि निरिक्षक तथा प्रधानाध्यापक

प्रायोजित बालिका प्रतिभा र अचर्ना बनिन् प्रहरि निरिक्षक तथा प्रधानाध्यापक

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगन्ज, असोज ३१ । प्लान ईन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, सामाजिक सचेतन सरोकार मंच स्याक र बि ग्रुपको साझेदारिमा आयोजना गरेको दसौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविष्य नारा सहित बारबर्दिया नगरपालिका वडा नं ३ बस्ने बालिका अर्चना चौधरीले एक दिनका लागि श्री नेरामाबि बेलुवाबज्या बिधालयको प्रधानाध्यापको भुमिका तथा प्रतिभा थारुले सोहि वडामा रहेको इलाका प्रहरि चौकी बनियाभार रामपुरको प्रहरि निरिक्षकको भुमिका निर्वाह गरेका छन् । उक्त कार्यक्रममा इलाका प्रहरि चौकी बनियाभार रामपुरको प्रहरि निरिक्षक हरिहर खड्काले अन्तराष्ट्रिय बालिका दिवशको रुपमा मनाउन गइरहेको गल्स टेक ओभरको अबसरमा यस इकाला प्रहरि कार्यालयको प्रमुख जस्तो गरिमामय पद हस्तान्तरण गर्न पाउनु यस इकाला प्रहरि कार्यलयको लागी खुसी तथा यसको अबसरकोरुपमा लिएको बताए । उनले यस इलाका भित्र हुने कु...
प्लान नेपालद्धारा बर्दियाका बाढीपिडीतलाई राहात वितरण

प्लान नेपालद्धारा बर्दियाका बाढीपिडीतलाई राहात वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगञ्ज, असोज २८ । प्लान ईन्टरनेशनल नेपालले बाँके युनेस्को क्लव, बि–ग्रुप लगायतका साझेदार संस्थाहरुको पहलमा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका बाढीपिडीतलाई राहात वितरण गरेको छ । सात दिनको अबिरल वर्षाका कारण बाँके र बर्दियाका सयौं परिवार बाढी र डुबानबाट प्रभावित भै पिडति बनेपछि उनिहरुको उद्दार तथा पुनस्थापनाको लागि प्लान नेपालले आवश्यक बिभिन्न अखाद्य राहत सामाग्री राहत सामाग्री उपलब्ध गराएको हो । बर्दियाको राजापुर नगरपालिकामा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतका प्रतिनिधि जनक गिरि र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सुवेदीलाई र गेरुवा गाउपालिकाका अध्यक्ष जमानसिंह केसीलाई संयुक्त रुपमा राहात सामाग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै प्लानका प्रतिनिधि गिरीले प्लान नेपाल विपदको बेलामा बर्दियाली जनताको स...
बाढी र डुबानबाट बाँकेमा धानबालीमा ठुलो क्षति

बाढी र डुबानबाट बाँकेमा धानबालीमा ठुलो क्षति

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
राष्टिय समाचार समिति नेपालगञ्ज, असोज २६ । सात दिनसम्म निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञान केन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ । अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा १ हजार ६ सय ५० हेक्टर, डुडुवा गाउँपालिकामा एक हजार चार सय ६० हेक्टर र खजुरा गाउँपालिकामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र, बाँकेका निमित्त प्रमुख सकिल अहमदले जानकारी दिए । त्यस्तै वैजानाथ गाउँपालिकामा आठ सय ३० हेक्टर, कोहलपुर नगरपालिकामा सात सय ३० हेक्टर र जानकी गाउँपालिकामा नौ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानी बाली निरन्तर परेको वर्षाले डु...
मुस्लिम नेता खालीद ईराकी बने प्रतिनिधिसभाको समानुपातिकमा राप्रपा नेपालको मुस्लिम कलस्टरको पहिलो उम्मेदवार

मुस्लिम नेता खालीद ईराकी बने प्रतिनिधिसभाको समानुपातिकमा राप्रपा नेपालको मुस्लिम कलस्टरको पहिलो उम्मेदवार

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असोज २६ । बाँके जिल्लाका मुस्लिम नेता खालीद ईकबाल ईराकीलाई राप्रपा नेपालले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फको पहिलो नम्बरको उम्मेदवार बनाएको छ । पार्टीका केन्द्रिय सदस्य तथा मुस्लिम विभागका प्रमुख समेत रहनुभएका नेता ईराकीलाई मुस्लिम कलस्टरबाट पहिलो नम्बरको उम्मेदवार बनाएपछि उहाँको सांसद निर्वाचित हुने संभावना प्रवल देखिएको छ । पार्टीले उम्मेदवार बनाएपछि पार्टी अध्यक्ष कमल थापालाई धन्वाद दिंदै नेता ईराकीले राप्रपा नेपालले मुस्लिम समुदायलाई सधैं उच्च मान सम्मान दिएको र सबै धर्मको सम्मान गर्दै आएको बताउनुभयो । उहाँले राप्रपा नेपाललाई मतदान गरेर आफुलाई विजयी बनाउन सहयोग गर्न पनि सम्पुर्ण मुस्लिम मतदाता लगायत सबै मतदातासंग अनुरोध गर्नु भएको छ । सामाजिक कार्यमा सक्रिय भएर सधैं जनताको सेवा गर्न रुचाउने ईराकी जनतामाझ लोकप्रिय हुनुहन्छ । राष्टिय मुस्लिम आयो...
पोखरामा  नवौं राष्टिय खेलकुदको सबै तयारी पुरा, शुक्रवार भव्य उदघाटन हुने

पोखरामा नवौं राष्टिय खेलकुदको सबै तयारी पुरा, शुक्रवार भव्य उदघाटन हुने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, असोज २६ । नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको नवौं राष्टिय खेलकुद प्रतियोगिता प्रचार प्रसार उपसमितिले जनाएको छ । प्रचार प्रसार उपसमितिका संयोजक तथा राखेपका सदस्य दिपेन्द्र विष्टका अनुसार प्रतियोगितामको तयारी पुरा भएको छ भने उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा आयोजित विशेष समारोहमा उक्त प्रतियोगिता उद्घाटन गर्नेछन् । प्रतियोगिताको उदघाटन शुक्रबार हुने भएता पनि पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै सम्पन्न भइसकेको छ । यस्तै महिला क्रिकेट, ह्यान्डबल फेन्सिङलगायतका केही खेल पनि सुरु भइसकेका छन् । प्रतियोगिता समापन समारोहमा प्रधानमन्त्री शेरबहादु...
दिनदिनै शक्तिशाली बन्दैछन् मन्त्री राई, जसपा प्रवेश गर्ने बढे, काँग्रेसको उम्मेदवारीले धवललाई झट्का

दिनदिनै शक्तिशाली बन्दैछन् मन्त्री राई, जसपा प्रवेश गर्ने बढे, काँग्रेसको उम्मेदवारीले धवललाई झट्का

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, असोज २६ । मंसिर ४ गते हुने संघीय सांसद र प्रदेश सभाको निर्वाचनका लागि विभिन्न गठबन्धन र दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । बाँकेमा उम्मेदवारी दर्ता गराउने क्रममा केही क्षेत्रमा ठुला उलटफेर भएका छन् भने केही क्षेत्रमा उम्मेदवारी नपाएपछि बागी र दल छोडेर स्वतन्त्र उम्मेदवार बन्नेहरु पनि धेरै देखिएका छन् । बाँके जिल्लामा दुई जना संघयि मन्त्री र एकजना प्रदेशमन्त्रीसहित राप्रपाका महामन्त्री तथा काँग्रेसका सहमहामन्त्री पनि उम्मेदवार भएकोले यहाँको निर्वाचनलाई देशभरिनै सर्वाधिक चासोका रुपमा हेरिन थालिएको छ । त्यसमा पनि सबैभन्दा बढी चर्चा र चासो बाँके क्षेत्र नम्बर २ को छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टीका केन्द्रिय नेता तथा तीन पटकका मन्त्री र दुई पटकका सांसद मोहम्मद ईश्तियाक राई मैदानमा रहनुभएकाले उक्त क्षेत्र हट सिट बनेको छ । राईका विरुद्ध राप्रपाका महामन...
मोतियाविन्दु भएका नेपालगञ्जका सबैको निशुल्क शल्यक्रिया गरिने

मोतियाविन्दु भएका नेपालगञ्जका सबैको निशुल्क शल्यक्रिया गरिने

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, असोज २५ । नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगर भित्र बसोबास गर्ने मोतियाविन्दु भएका सबै नागरिकको निशुल्क शल्यक्रिया गर्ने निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ । सो का लागि पहिलो चरणमा उपमहानगरका वडा नम्बर १ देखि ९ सम्मका वडाहरुमा मोतियाविन्दु छनोट शिविरको आयोजना गर्ने निर्णय गरेर यही असोज २७ गतेबाट शिविर आयोजना गरिने नेपालगञ्जका उपमेयर कमरुद्दीन राईले बताउनुभयो । उहाँले स्थानीय निर्वाचनको बेला जनता समाजवादी पार्टीले तयार गरेको घोषणा पत्रमा उपमहानगरका सबै नागरिकको मोतियाविन्दुको निशुल्क शल्यक्रिया गराइने भनि प्रतिवद्धता गरिएकोमा सोही पुरा गर्न यो कार्यक्रम ल्याईएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका उपमहानगरभित्रका विपन्न नागरिकले आर्थिक अभावले मोतियाविन्दुको अपरेशन गराउन नसकि समस्यामा परेकोले उनिहरुलाई सहजताका लागि सबैको निशुल्क अपरेशन गराइने बताउनुभयो ।...