नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २४ । नेकपा माओवादी केन्द्र कमान्ड १ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ को भेला तथा बैंठक मंगलवार सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र वडा नम्बर ५ का अध्यक्ष कल्पना शर्माको अध्यक्षतामा सम्पन्न भएको भेला र बैठकबाट वाइसियल वडा कमिटि, अनेमसंघ क्रानितकारी वडा समिति र मुस्लिम मुक्ति मोर्चाको वडा समिति समेत गठन गरिएको छ ।
१२० जना भन्दा बढी स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको सो भेलाले असगर अलि अन्सारीको अध्यक्षतामा १७ सदस्यीय वाइसीयल नेपाल वडा कमिटी, मुन्नी फारुकिको अध्यक्षताम १३ सदस्यीय अनेमसंघ क्रान्तिकारी वडा कमिटी र ल्याकत अन्सारीको अध्यक्षतामा मुस्लिम मुक्ती मोर्चा वडा कमिटी गठन गरिएको वडाका अध्यक्ष कल्पना शर्माले बताउनुभयो ।
सो भेलाको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य अतहर हुसेन फारुकी रहनु भएको थियो भने अतिथिमा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २४ । नेपालगञ्ज राँझा चोकमा मोटरसाइकलले ठक्कर दिंदा एक प्रहरी हवलदारको मृत्यु भएको एकदिन नवित्दै दुर्घटनामा परी फेरी एक अर्का प्रहरीको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको अगैया नजिकै स्कारपियोको ठक्करबाट एक जना प्रहरीको मृत्यु भएको जनाईएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अगैया नजिकै स्कारपियो र मोटरसाइकल ठोक्किदाँ मृत्यु भएका युवकको गोजीबाट प्रहरीको परिचय पत्र बरामद भएकोले उनि प्रहरी रहेको अनुमान गरिएको छ ।
मृत्यु हुनेमा बर्दियाका अन्दाजी २७ वर्षीया हिरालाल थारु रहेका छन् । उनि बाँके भन्दा बाहिरी जिल्लामा कार्यरत प्रहरी जवान हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
सो बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २४ । सशस्त्र प्रहरीको जमुनाह बिओपीले नेपालगन्जको सिमा नाकाबाट चार लाख रुपैयाँ भन्दा बढीको भारतबाट भित्र्याईएको अवैध सामाग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरीको जमुनाहा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा गएको टोलीले नेपालगन्ज १५ जमुनाह गाउँबाट मंगलवार दिउँसो साढे २ बजे तस्करी गरेर नेपालगन्ज ल्याउँदै गरिएको ४ लाख रुपैयाँ बढीको अवैध लत्ताकपडा बरामद गरेको हो ।
बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक बुढाको कमान्डमा गएको टोलीले जमुनाह गाउँ हुँदै नेपालगन्ज भित्र्याउन लागिएको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।
बरामद गरिएका सबै सामाग्रीलाई आवश्यक कारबाहीका लागि मंगलवारनै नेपालगन्ज भन्सारमाम बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।
...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २२ । कोहलपुरस्थित बागेश्वरी एकेडेमीका शिक्षकले एक विद्यार्थिमाथि बेस्सरी कुटपिट गरेको उजुरी ईलाका प्रहरी कार्यालय कोहलपुरमा परेको छ ।
बागेश्वरी एकेडेमी कोहलपुरका कक्षा चारका विद्याथी स्माइल काफ्लेलाई होमवर्क नगरको भन्दै गाला निलो हुने गरेर कुटेको भन्दै अभिभावक आशिष काफ्लेले प्रहरीमा उजुरी दिनु भएको हो ।
विद्यार्थिले होमवर्क नगरेको भएकम अभिभावकलाई जानकारी गराउनु पर्नेमा बच्चालाई यसरी गाला निलो हुने गरेर पिटेकोले प्रहरीमा उजुरी दिएको उहाँले बताउनुभयो। विद्यार्थि काफ्ले घर फर्किएपछि उनको गालामा निलो दाग बसेको र गाला सुन्निएको अवस्था देखेपछि बच्चालाई के भएको भनेर बुझ्दा सरले पिट्नु भएको हो भन्ने जानकारी दिएपछि आफुले विद्यालयका प्रिन्सिपल श्रीधर गोराथोकीलाई फोन गरेर बुझन खोज्दा फोन नै नउठेको अभिभावक आशिष काफ्लेले वताउनुभयो ।
त्यसपछि बाध्य भएर ईलाका प्रह...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २२ । नरैनापुर गाउँपालिकामा ईलाका प्रशासन कार्यालय पुनस्र्थापनाको माग गर्दै धर्ना र हस्ताक्षर संकलन गरिएको छ ।
नरैनापुर गाऊँपालिका वडा नं ४ मा स्थापित इलाका प्रशासन कार्यालय नरैनापुर २०७२ सालमा असुरक्षाको कारण देखाई नेपालगञ्जमा सारिएपछि हालसम्म पुनस्र्थापना नगरिएकोले तत्काल पुनस्र्थापनाको माग गर्दै स्थानीयले धर्ना र हस्ताक्षर संकलन गरेका हुन् ।
नेकपा एमाले नरैनापुरको अगुवाईमा गाउँपालिकाको कार्यालय अगाडी आइतवार सयौं जना धर्नामा बसेका छन् भने दवाव दिन हस्ताक्षर संकलन समेत गरिरहेका छन् ।
बृद्ध बृद्धा, अपाँङ्गहरु नेपालगञ्ज आवत जावत गर्न नसक्ने कारणले नागरिकता बनाउन नसकी बृद्ध÷बिधवा÷अपाँङ्ग भत्ता लगायत राज्यबाट प्राप्त हुने सेवा सुबिधाबाट बञ्चित भएका छन् ।
नेकपा एमाले नरैनापुरका अध्यक्ष पंचराम यादवले सो माग गर्दै एक हजार भन्दा बढी सर्वसाधारणले हस्ता...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २२ । लागु औषधको कारोबार नियन्त्रण गर्न कस्सिएर लागेको बाँके प्रहरीलाई आइतवार ठुलो सफलता प्राप्त भएको छ । बाँकेको खजुरा गाउँपालिका १ बहादुरपुरबाट प्रहरीले हतियारसहित लागु औषध कारोबारीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार अटोमेटिक पेस्तोल र करिब ९० ग्राम ब्राउन सुगरसहित स्थानीय २५ वर्षका रबिन्द्र थापा, २७ वर्षका मनिष थापा र २८ वर्षको सुरेश मगरलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
डुडुवाबाट अमेरिकन अटोमेटिक पेस्तोल बरामद गरिएको एक साता नबित्दै फेरी खजुराबाट अटोमेटिक पेस्तोल बरामद हुनुले साना हतियार भित्रयाउने क्रम निकै बढेको संकेत गरेको छ । लागु औषध तस्करी र विभिन्न अपराध गर्ने उदेश्यले भारतबाट साना हतियार ल्याउने कार्य भैरहेको हुनसक्ने प्रहरील...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २० । पहिलो चरणको परिणाम सार्वजनिक भएलगत्तै नेपालगञ्जपाटी डटकमले दोस्रो चरणमा नारायण प्रसाद गौडेलको विजयी हुने संभावना धेरै रहेको समाचार प्रकाशित गरेको थियो । सो समाचारमा दोस्रो चरणको समिकरण परिवर्तन हुने समेत जनाईएको थियो । उक्त समाचारलाई लिएर कतिपयले हावा कुरा भनेर खिल्ली समेत उडाएका थिए । तर, अन्तत सोही समाचार सही साबित हुन पुगेको छ ।
शुक्रवार भएको दोस्रो चरणको निर्वाचनमा गौडेल सभापतिमा निर्वाचित हुनु भएको छ भने कुर्मीले ९७ मतले पराजित हुनु परेको छ । सुरेन्द्र हमाल र उहाँको समुहले गौडेललाई समर्थन गरेपछि गौडेल विजयी हुनुभएको हो । सो बाहेक अन्य विभिन्न कारणले पनि कुर्मीको पराजय भएको हो ।
शुक्रवार भएको दोस्रो चरणको निर्वाचनमा गौडेल ७६० मत ल्याएर बादशाह कुर्मीलाई ९७ मतको अन्तरले पराजित गर्नु भएको हो । भर्खरै सम्पन्न भएको मतगणनामा संस्थापन इतर पक्ष...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २० । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा मनोनित हुनुभएको छ ।
युवा राजनितिज्ञ थापालाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट सो अस्पताल विकास समितिको अध्यक्ष मनोनयन गरिएको हो ।
पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण गरि हाल नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको खजुराको क्यान्सर अस्पतालको अध्यक्षमा थापा मनोनीत भए संगै अस्पतालले गति लिनेमा बिश्वास गरिएको छ ।
पछिल्लो समय बाँकेमा राजनैतिक तथा समाजसेवामा सकृय थापाले खजुरा क्यान्सर अस्पताललाई नयाँ उचाइमा पुराउन महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २० । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न शुरु भएको दोस्रो चरणको मतदान सकिएको छ । नयाँ नेतृत्व चयन गर्न शुक्रवार विहान १० बजेदेखि जिल्ला समन्वय समितिमा सुरु भएको मतदानमा १४३९ जनाले मतदान गरिसकेका छन् । कुल १४९३ जना मतदाता रहेकोमा जम्मा १४३९ मत खसेको निर्वाचन कमिटीले जानकारी दिएको छ।
हिजो भएको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि आज पुनः दोस्रो चरणको निर्वाचन भएको हो । सभापतिको दौडमा रहेका नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्र हमाल मध्ये तेस्रो स्थानमा आएका हमाल प्रतिष्पर्धाबाट बाहिरिएपछि गौडेल र कुर्मीबीच मात्र मतदान गराइएको छ । हमाल बाहिरीए पनि उनले पहिलो नम्बरमा आएका सभापतिका उम्मेदवार गौडलको समर्थन गर्दै आफ्ना मतदातहरुलाई मत दिएर गौडेललाई जिताउन आग्रह गरेका थिए।
विहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १९ । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चयनका लागि विहिबार भएको मतदानपछिको मतगणनामा कुनै पनि उम्मेदवारहरुले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि शुक्रवार पुनः मतदान हुने भएको छ । विहिबार साँझ भएको मतगणनामा संस्थापन इतरका नारायण प्रसाद गौडेलले ५६९ मत ल्याउँदै पहिलो भएका छन् भने उनका प्रतिद्वन्द्वी बादशाह कुर्मीले ५३८ मत ल्याउँदै दोस्रो नम्बरमा आएका छन् ।
त्यस्तै सभापतिका अर्का उम्मेदवार सुरेन्द्र हमालले ३१४ मत प्राप्त गर्दै तेस्रो स्थानमा आएका छन् । गौडेल संस्थापन इतरका हुन् भने कुर्मी र हमाल संस्थापन समूहबाट उम्मेदवारी दिएका थिए ।
कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने भएका कारण विहिबार भएको मतगणनामा पहिलो र दोस्रो हुने गौडेल र कुर्मीबिच पुनः शुक्रवार मतदान हुने भएको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
दोस्...