नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २८ । श्री भैरव प्रसाद गण इमाम नगर बाँकेको आयोजना र बाँके जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा ४ नम्बर ब्रिगेड स्पोर्टस कम्पलेक्स राँझामा शनिवार खेलिएको मैत्रीपुर्ण भेटरान्स क्रिकेट खेलमा बाँके ११ ले नेपाली सेनाको वेस्टर्न हेडक्वाटरलाई २० रनले पराजित गरेको छ ।
वेस्टर्न हेडक्वाटरले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेपछि बाँके ११ ले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउन सफल भएको थियो । सो खेलमा बाँके ११ का तर्फबाट हिमालय शाहले ३८, दुर्गा बहादुर थापाले ३१ र जमिल अन्सारीले १७ रनको योगदान गरेका थिए । वेस्टर्न हेडक्वाटरका बलर दिप बाबु श्रेष्ठ र निरन्जन धामीले २–२ विकेट प्राप्त गरेका थिए ।
१५६ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको वेस्टर्न हेडक्वाटरले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सफल भएपछि २० रनले पराजित हुन पुगेको ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २८ । नेपालगन्जमा चैत १० देखि १४ गतेसम्म आयोजना हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको लागि पाँच तारे होटल सेन्ट्रल प्लाजाले प्रायोजन सहयोग गरेको छ ।
सेन्ट्रल प्लाजाले प्रतियोगितामा सहभागी टोली तथा अफिसियललाई आवास तथा भोजनको व्यवस्थापन सहयोग गर्न लागेको हो । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शनिबार सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले हस्ताक्षर गर्नुभएको छ ।
प्रतियोगितामा देशका चर्चित क्लबहरुसँगै भारतका क्लबलाई पनि सहभागी गराउने प्रयास भइरहेको प्रतियोगिताका संयोजक समेत रहनुभएका ठकुरीले जानकारी दिनुभयो । सहभागी टोलीबारे छिट्टै जानकारी दिईने बताईएको छ । प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब साविक विजेता हो ।
...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २८ । राष्टिय प्रजातन्त्र पार्टीको आमसभा आइतवार नेपालगञ्जको त्रिभुवन चोकमा हुने भएको छ । शनिवार सुर्खेतमा आमसभा गरेको राप्रपाले आइतवार नेपालगञ्जमा सभा गर्ने जनाएको छ ।
राजेन्द्र लिंगदेल अध्यक्षमा निर्वाचित भएपछि राप्रपाले पार्टीको निति, भावि दिसा र लक्ष्य उदेश्य जनतालाई प्रष्ट पार्न तथा जनमत बढाउने उदेश्यले देशका विभिन्न सहरहरुमा आमसभाको आयोजना गरिरहेको छ ।
सोही क्रममा नेपालगञ्जमा आमसभा गर्न लागिएको र सो आमसभाको सबै तयारी पुरा गरिएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले बताउनुभयो ।
उहाँले स्थानीय त्रिभुवन चोकमा आयोजना गरिने सभामा ठुलो संख्यामा जनाको उपस्थिति हुने समेत बताउनुभयो । सो सभालाई अध्यक्ष लिंगदेलका साथै उपाध्यक्ष विक्रम पाण्डे, महासचिव डा. धवल शमसेर राणा, महामन्त्री कुन्ति शाही, वरिष्ठ नेताहरु फत्तेहसिंह थारु र प्रेम बहादुर भण्डारी, प्रव...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २८ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शनिवार बेलुकी नेपालगञ्ज पुग्नु भएको छ । उहाँ बाँके जिल्लाका विभिन्न कार्यक्रममा सहभागि हुने यहाँ आउनु भएको हो ।
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले शनिवार बेलुकी नेपालगञ्ज पुगे लगत्तै काँग्रेस बाँकेको पार्टी कार्यालयमा पुगेर स्थानीय नेता तथा कार्यकर्तासंग भेट गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले स्थानीय निर्वाचन नजिकै रहेकोले सबै कार्यकर्ताले एकजुट भएर काँग्रेसलाई विजयी गराउन लाग्न निर्देशन दिनुभयो । उहाँले एकतावद्ध काँग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने दावी समेत गर्नुभयो ।
आन्तरिक निर्वाचनमा जे जस्ता प्रतिष्पर्धा भएपनि अब सबैले एकजुट भएर काँग्रेसलाई विजयी गराउने अभियानमा लागनु पर्नेमा उहाँको विशेष जोड थियो ।
सो अवसरमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २५ । प्रहरीले नाकामा कडाई गरेपछि नयाँ नयाँ तरिकाले लागु औषध भित्रयाउनेहरु सो काममा सक्रिय भएको पाईएको छ । पछिल्लो समयमा बाँकेमा बुधवार प्रहरीले यहाँस्थित नेपाल भारत सिमानाको जमुनाहबाट २ जनालाई मुखमा राखेर ब्राउन सुगर ल्याईरहेको अवस्थामा पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका वडा नं.५ बस्ने ३२ वर्षिय विष्णु रावत र सोही ठाउँको तातोपानी गाउँपालिका वडा नं.३ बस्ने २२ वर्षिय भरत रावलले भारतबाट मुखभित्र राखेर ल्याईरहेको तीन ग्राम ब्राउनसुगसहित दुबैजनालाई पक्राउ गरिएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय जमुनाहका सई मिन बहादुर विष्टको कमाण्डमा खटिएका प्रहरी टोली र लागु औषध व्युरो नेपालगञ्जको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो । बुधबार अपरान्ह २ः४५ बजे भारतबाट नेपाल आउने क्रममा नेपालगञ्ज उपमहानगरपालि...
सिराज खान
नेपालगञ्ज, फागुन २५ गते । कुनैपनि राम्रो पदमा पुगेपछि पहिलो निर्णय लोकप्रिय र सधैं स्मरणीय हुने खालको गर्ने हरेकको चाहना हुन्छ । तर, धेरै कमले मात्र सही समयमा सही निर्णय गरेर आफुलाई स्थापित गर्न सक्छन् र सो निर्णयबाट धेरैलाई फाइदा पनि दिन सक्छन् ।
सोही प्रकारको निर्णय गर्न सफल हुनुभएको छ, बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्ष पदमा नियुक्त हुनुभएका किशोर थापा । उहाँले पदभार ग्रहण गरे लगत्तै बसेको पहिलो विकास समितिको बैठकबाट खजुरावासीलाई सो अस्पतालमा ओपिडी सेवा निःशुल्क दिने निर्णय गर्नुभएको छ ।
हेर्दा निकै सामान्य जस्तो लाग्ने समितिको पहिलो निर्णयले क्यान्सर अस्पताललाई सबै खजुरावासीको साझा अस्पताल बनाउन सफल भएको छ । खजुरामा बसोबास गर्ने हरेक स्थानीयले आजबाट सो अस्पताललाई आफ्नो अस्पतालका रुपमा ग्रहण गरेका छन् । यो निर्णयले अस्पताल संगको सा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २५ । पश्चिम नेपालका प्रमुख पर्यटकीय क्षेत्रको प्रचार प्रसारसंगै भारतीय पर्यटकलाई बढभिन्दा बढी आकर्षित गर्ने उदेश्यका साथ नेपालगञ्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’ विहिबारदेखि आयोजना गरिंदैछ ।
सो मार्टमा भारतका विभिन्न ठुला सहरबाट ५० भन्दा बढी पर्यटक व्यवसायी र नेपालका सातवटै प्रदेशबाट सोही संख्याका व्यवसायीको सहभागिता रहने नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।
फागुन २६ देखी २८ गतेसम्म नेपालगञ्जमा आयोजना गरिने सो ट्राभल मार्टको तयारी पुरा भएको र भारतीय पर्यटन व्यवसायीहरु यहाँ पुगिसकेको अध्यक्ष सिग्देलले बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड र नेपालगञ्ज उपमहानगरपालिकाको मुल आयोजना, नाट्टा बाँकेको आयोजना तथा पर्यटन प्रर्वद्धन मञ्च बाँके, हान बाँके, होटल ब्यवसायी संघ बाँके लगायत यस क्षेत्रका प...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २४ । नेकपा माओवादी केन्द्र कमान्ड १ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ को भेला तथा बैंठक मंगलवार सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र वडा नम्बर ५ का अध्यक्ष कल्पना शर्माको अध्यक्षतामा सम्पन्न भएको भेला र बैठकबाट वाइसियल वडा कमिटि, अनेमसंघ क्रानितकारी वडा समिति र मुस्लिम मुक्ति मोर्चाको वडा समिति समेत गठन गरिएको छ ।
१२० जना भन्दा बढी स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको सो भेलाले असगर अलि अन्सारीको अध्यक्षतामा १७ सदस्यीय वाइसीयल नेपाल वडा कमिटी, मुन्नी फारुकिको अध्यक्षताम १३ सदस्यीय अनेमसंघ क्रान्तिकारी वडा कमिटी र ल्याकत अन्सारीको अध्यक्षतामा मुस्लिम मुक्ती मोर्चा वडा कमिटी गठन गरिएको वडाका अध्यक्ष कल्पना शर्माले बताउनुभयो ।
सो भेलाको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य अतहर हुसेन फारुकी रहनु भएको थियो भने अतिथिमा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २४ । नेपालगञ्ज राँझा चोकमा मोटरसाइकलले ठक्कर दिंदा एक प्रहरी हवलदारको मृत्यु भएको एकदिन नवित्दै दुर्घटनामा परी फेरी एक अर्का प्रहरीको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको अगैया नजिकै स्कारपियोको ठक्करबाट एक जना प्रहरीको मृत्यु भएको जनाईएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अगैया नजिकै स्कारपियो र मोटरसाइकल ठोक्किदाँ मृत्यु भएका युवकको गोजीबाट प्रहरीको परिचय पत्र बरामद भएकोले उनि प्रहरी रहेको अनुमान गरिएको छ ।
मृत्यु हुनेमा बर्दियाका अन्दाजी २७ वर्षीया हिरालाल थारु रहेका छन् । उनि बाँके भन्दा बाहिरी जिल्लामा कार्यरत प्रहरी जवान हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
सो बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २४ । सशस्त्र प्रहरीको जमुनाह बिओपीले नेपालगन्जको सिमा नाकाबाट चार लाख रुपैयाँ भन्दा बढीको भारतबाट भित्र्याईएको अवैध सामाग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरीको जमुनाहा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा गएको टोलीले नेपालगन्ज १५ जमुनाह गाउँबाट मंगलवार दिउँसो साढे २ बजे तस्करी गरेर नेपालगन्ज ल्याउँदै गरिएको ४ लाख रुपैयाँ बढीको अवैध लत्ताकपडा बरामद गरेको हो ।
बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक बुढाको कमान्डमा गएको टोलीले जमुनाह गाउँ हुँदै नेपालगन्ज भित्र्याउन लागिएको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।
बरामद गरिएका सबै सामाग्रीलाई आवश्यक कारबाहीका लागि मंगलवारनै नेपालगन्ज भन्सारमाम बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।
...