सिराज खान
नेपालगञ्ज, माघ २२ गते । केही दिनयता दुई पटक गरेर भएको बर्षाका कारण बाँकेका इँटा व्यवसायीले करिब २० करोड रुपियाँ बरावरको क्षति व्यहोर्नु परेको छ । पकाउनका लागि तयार पारेर राखिएका ९० प्रतिशत्भन्दा बढी काँचो इँटाहरु बर्षाका कारण कामै नलाग्ने गरी नष्ट भएको व्यवसायीको भनाई छ ।
नेपाल इँटा उद्योग ब्यबसायी संघ बाँकेका सचिव सुर्यमणि पौडेलले केही दिन पहिले र अहिलेको वर्षाले बाँकेका ६० वटा ईट्टा व्यवसायीका अधिकांश काँचो इँटा काम नलाग्ने गरी नष्ट भएको बताउनुभयो । जसकाकारण करिब २० करोड रुपियाँको क्षति भएको उहाँले बताउनुभयो ।
एउटै व्यवसायीले पकाउन राखिएका ५ लाखदेखि १० लाखसम्म इँटा गलेर काम नलाग्ने भएको जनाउँदै अहिले इँटा पकाउने सिजन भएकाले भट्टामा बलेको आगो समेत निभिसकेकाले फेरि जलाउनु परेमा क्षति अझै बढेर जाने बताउनुभयो । व्यवसायीकाअनुसार खुला चौरमा भर्खरै तयार पारेर सुकाउन राखिएका अधिकांश...
जे पाण्डे
नेपालगन्ज, २२ माघ । बाँकेको नेपालगन्ज धम्बोजीका २१ वर्षीय हिमलाल बुढालाई नेपालगन्जबाट अपहरण गरी कोहलपुर लगेर बन्धक बनाइ हत्या गरी फरार भएका शौभाग्य मल्ललाई प्रहरीले झन्डै एघार वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले मल्ललाई गोरखाबाट पक्राउ गरी नेपालगन्ज ल्याउँदै गरेको बताउनुभयो । २०६७ साल माघ ३ गते ४ जना मिलेर हिमलाललाई धम्बोजीबाट अपरहण गरी कोलपुर पुर्याएर त्यहाँको एउटा रित्तो घरको गोठमा बन्धन बनाएर घरका परिवारसँग ३५ लाख रुपैयाँ फिरौती मागेका थिए । तर पोल खुल्ने भएपछि तारले घाँटी कसेर उनको हत्या गरेका थिए । हत्यापछि आगोले पूरै अनुहार जलाइ मल्ल फरार भएको बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले बताउनुभयो ।
उक्त घटनामा संलग्नहरुमध्ये एक जनालाई जिल्ला अदालत बाँकेले २०६९ असार ६ गते कर्तव्य ज्यानमा जन्म कैद र अपहरणमा ९ वर...
ओलम्पियन किताबबाट
नेपालगञ्ज, माघ २१ । ‘दाइ, यो त क्यान्सर हो ।’ लखनउको आरएमएल ल्याबका डा पुनित मल्होत्राको रिपोर्ट ओल्टाइपल्टाइ हेरेपछि डा संकेत रिसालले भने । सधैंं हँसिमजाक गरिरहने रिसालको अनुहार एकाएक फेरिएको देखेरै म झस्किसकेको थिएँ । अलि अघिसम्म ‘पहलमानलाई कुन रोगले छुन सक्छ ?’ भन्दै चस्मामाथिबाट मेरो अनुहार पुलुक्क हेर्दै उनले रिपोर्ट पल्टाएका थिए ।
रिपोर्ट हेरेपछि उनी एकाएक गम्भीर भए । त्योभन्दा बेहाल मेरो भइसकेको थियो । छाँगाबाट खसेझैँ भयो । आँखा तिरमिराए । चक्कर लाग्लाझैँ भयो । तैपनि, पीडा नदेखाएर आफूलाई सम्हाल्ने कोसिस गरेँ । मनमा अनेक कुरा खेल्न थालिसके । तर, रिसालका अगाडि भने रिपोर्टलाई सहज मानेझैँ गरेँ ।
‘धेरै आत्तिनुपर्दैन दाइ । क्यान्सर सञ्चो हुन सक्छ,’ उनले सान्त्वना दिँदै भने, ‘उपचारमा चाहिँ अब ढिलो गर्नु हुन्न ।’
रिसाल भेरी अञ्चल अस्पतालका पेटरोग विशेषज्ञ हुन् । स्थानी...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २१ । अज्ञात सुमुहद्धारा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मसुरी बगर लामाचौरमा पार्किङ गरि राखिएको भे १ प ११११ नम्बरको स्काभेटरमा माघ १९ गते राति करिव पौने १० बजे आगजनी गरेको घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी नेपाल तरुण दल क्षेत्र नंः १ बाँके र नेपाल तरुण दल कोहलपुर नगरले दिएको छ ।
एक प्रेस विज्ञप्ती मार्फत तरुण दलका दुबै ईकाईले घट्नाको भत्र्सना गर्दै तत्काल दोषीको खोजी गरेर पत्ता लगाई कारवाही गर्न माग गरेको हो ।
नेपाल तरुण दल क्षेत्र नंः १ बाँके सभापति दिग्विजय जंग राणा र नेपाल तरुण दल कोहलपुर नगर सभापति हरी कठायतद्धारा हस्ताक्षयर गरेको विज्ञप्तीमा कसैले झण्डा गाडेको भरमा आफ्नो निजी सम्पत्ति उपयोग गर्न नपाउनु र अझ आफ्नै सम्पत्तिमा आगजनी गरिनु तथा एक निर्माण व्यवसायीको संरक्षण नहुनु दुःखद पक्ष हो भन्दै यस्ता अवाञ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २१ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई शुक्रवार सम्मानित गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गर्नुभयो। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक को विशेष पहलमा गत कात्तिक १ गते बसेको मन्त्रीपरिषदको बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो ।
असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्काले पुरस्कृत गर्ने निर्णय अन्तर्गत अल्मुताइरीलाई सम्मान गरीएको हो ।
यसअघि सरकारले गत पुष ६ गते नेपाली राष्ट्रि...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २१ । भारतबाट हुने कुखुरा र कुखुराको मासुको अवैध आयात निरन्तर जारीनैछ । कुखुरापालक किसान र व्यवसायीले पटक पटक सो अवैध आयात रोक्न माग गर्दै आएपनि सो नरोकिएको पाईएको छ । किसान र व्यवसायीको दवाव बढेपछि प्रहरीले पक्राउ गरेर देखाउने गरेको छ भने फेरी प्रहरी अर्कै काममा व्यस्त हुने गरेको र तस्करले आफ्नो काम मजाले गर्ने गरेको पाईएको छ ।
कुखुरापालन गर्ने व्यवसायीले भारतबाट आउने न्युन गुणस्तरको हानिकारक र बर्डफ्लुको जोखिम रहेको कुखुरासंग प्रतिष्पर्धा गर्न नसक्दा व्यवसायनै छोडेर बस्नु परेको दुखेसो गरिरहेका छन् । तर, पनि भारतबाट न त कुखुरा र चल्लाको अवैध आयातनै बन्द भएको छ न त बर्डफ्लुको सन्त्रासनै समाप्त भएको छ ।
नेपालमा दाना मंहगो हुँदा भारतबाट आउने कुखुराभन्दा केही मंहगो पर्ने हुँदा अधिकांशले भारतबाट अवैध रुपमा आयात गरिएका कुखुरा र मासु विक्रि गरिरहेकोले समस्या...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २१ । स्थानीय तहको आसन्न निर्वाचनमा नेपालगञ्ज उपमहानगरबाट जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार कमरुद्दीन राईले आफु विजयपछि गर्ने केही महत्वपुर्ण कामहरु बारे नगरवासीलाई जानकारी गराउँदै विजयी बनाउन अपिल गर्नु भएको छ ।
सामाजिक सञ्जाल मार्फत मेयरका उम्मेदवार राईले गराउनु भएको जानकारी अनुसार भारतको उत्तरप्रदेशको राजधानी लखनउसंग नजिक रहेको र नेपालको लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको गेट वे को रुपमा रहेको नेपालगञ्जलाई देशभरिमै उदाहरणीय सहर बनाउने प्रतिवद्धता गर्नु भएको छ ।
उहाँले नेपालगञ्ज सहरलाई नमुना बनाउनका लागि आर्थिक, शैक्षिक, भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन र सरसफाईको क्षेत्रमा विशेष ध्यान दिएर योजनाहरु बनाउने बताउनु भएको छ ।
मेयरका उम्मेदवार राईले भेरी अस्पताललाई शिक्षण अस्पताल र भेरी प्राविधिक शिक्षालयलाई ईन्जिनियरिंग कलेजका रुपम...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २०। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुराना नेता मोहनसिंह केसीको विहिबार निधन भएको छ । नेपालगन्ज निवासी ७८ वर्षीय केसीको उपचारका क्रममा बिहीबार बिहान नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो ।
परिवारका अनुसार राप्रपा नेता केसीलाई लामो समयदेखी मधुमेह, रक्तचाप, मृगौला लगायत समस्या देखा परेको थियो । तर, केही दिन पहिले मात्र उहाँका छोरा त्रिलोक केसीको दुर्घटनामा परेर मृत्यु भएपछि पुत्र शोकका कारण उहाँको स्वास्थ्य अवस्था विग्रदै गएको थियो । सोही कारणले उहाँको निधन भएको परिवारका सदस्यले बताएका छन् ।
स्वर्गिय नेता केसीले राप्रपा बाँकेको अध्यक्ष तथा केन्द्रीय सदस्य भएर काम गर्नु भएको थियो । उहाँको पार्थिव शरिरमा राप्रपा महामन्त...
सिराज खान
नेपालगञ्ज, माघ २० गते । भेरी अस्पतालमा उपचाररत दाङ र बाँकेका दुई जना थप कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत शान्तिनगर गाउँपालिका–३ का ८० वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–८ का ८६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले दाङका सङ्क्रमितको बुधबार राति र बाँकेका सङ्क्रमितको बिहीबार विहान मृत्यु भएको बताउनुभयो ।उहाँले माघ १६ गते कोरोना पुष्टि भएका दाङका पुरुषलाई भएका त्यसैदिन भेरी अस्पतालमा भर्ना गरिएको र माघ १३ गते कोभिड पुष्टि बाँके नेपालगञ्जका सङ्क्रमित पुरुषलाई पनि सोही दिन अस्पताल भर्ना गरिएको बताउनुभयो । दुबै जनाको उपचार भइरहेकोमा स्वास्थ्यमा सुधार नआउँदा मृत्यु भएको अस्पतालले जनाएको फोकल पर्सन ओलीले बताउनुभयो ।
जिल्ला कोभिड व्यवस्थापन समित...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १९ । बुधवार शुरु गरिएको १२ वर्षदेखि १७ वर्ष उमेर समहुका बालबालिकालाई मोडर्ना खोप लगाउने अभियान अन्तर्गत बुधवार बाँकेमा ३१ हजार ६१७ बालबालिकाले खोप लगाएका छन् । नेपालगञ्जमा मात्रै १० हजार भन्दा बढी बालबालिकाले खोप लगाएका छन् ।
बाँके जिल्लाका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले दिनु भएको जानकारी अनुसार जिल्लाका ६९ हजार ८३७ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा पहिलो दिननै जिल्लाका ८ वटा पालिकामा ३१ हजार ६१७ जनाले खोप लगाएका छन् । विभिन्न विद्यालयमा खोप केन्द्र बनाएर खोप अभियान शुरु गरिएको थियो ।
खोप लगाउनेहरुमा १५ हजार ९९७ बालक र १५ हजार ६२० बालिका रहेको जनाउँदै फोकल पर्सन श्रेष्ठले पहिलो दिनमा लक्ष्यको आधाजतिले खोप लगाएकोमा दोस्रो दिन विहिबार पनि सोही संख्यामा खोप लगाए लक्ष्य सहज रुमा पुरा हुने बताउनुभयो ।
खोप लगाउनेहरुमा सबै भन्दा बढी नेपालगञ्ज उप...