४ माघ २०८२, शनिबार

मुख्य समाचार

ग्याँस बिक्रेता संघ बाँकेको अध्यक्षमा प्रेम थापा, प्रथम उपाध्यक्षमा कल्पना शर्मा निर्वाचित

ग्याँस बिक्रेता संघ बाँकेको अध्यक्षमा प्रेम थापा, प्रथम उपाध्यक्षमा कल्पना शर्मा निर्वाचित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ८ माघ । ग्याँस बिक्रेता संघ बाँकेको अध्यक्षमा प्रेमकुमार थापा सर्वसम्मत चयन हुनु भएको छ । शनिबार नेपालगन्जमा भएको तेस्रो साधारणसभाबाट थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन गरिएको छ। समितिको प्रथम उपाध्यक्षमा कल्पना शर्मा, महासचिवमा सुनिल रेग्मी सचिवमा कृष्णप्रसाद नगरकोटी, कोषाध्यक्षमा आश्बिनी कुमार गुप्ता चयन भएका छन् । त्यस्तै सदस्यमा नरेन्द्र बहादुर चन्द सावित्री बस्नेत , श्याम भट्टराई ,सय्यद आमिर सखर, आनन्द प्रसाद गुप्ता निरज टन्डनलाई चयन गरिएको छ । संघका निवर्तमान अध्यक्ष सुरज कुमार साहुको सभापतित्वमा भएको कार्यक्रममा ग्यास बिक्रेता संघका लुम्बिनी प्रदेश सदस्य लगायतको सहभागी रहेको थियो । बाँकेमा करिब १ सय भन्दा बढी बिक्रेता रहेका छन् ।  ...
कोरोना संक्रमण बढेपछि सुरजपुर नाका बाहेक बर्दियाका सबै नाका बन्द गरिए

कोरोना संक्रमण बढेपछि सुरजपुर नाका बाहेक बर्दियाका सबै नाका बन्द गरिए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ८ माघ । बर्दियामा रहेका विभिन्न नाकाबाट कोभिड भित्रिने अत्याधिक जोखिम रहेको र ती नाकाबाट तस्करी समेत अत्याधिक बढेकोले सबै नाका बन्द गर्न उद्योग वाणिज्य संघ, बढैयाताल र गुलरियाले जिल्ला प्रशासनलाई दवाव दिएपछि प्रशासनले भारतसँग जोडिएको सुरजपुर बाहेकका सबै सीमा नाका पुर्ण रुपमा बन्द गरेको छ । बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेले यी नाकाबाट आउने जानेको लर्को लागेकोले कोभिड संक्रमणको डर धेरै बढेको भन्दै यसलाई रोक्न सीमा नाका बन्द गर्न आफूहरूले स्थानीय प्रशासनलाई दबाब दिएपछि बन्द गरिएको बताउनुभयो। उहाँका अनुसार जिल्लाको गणेशपुर, कण्ठपुर, चित्तलहवा लगायत नाकाबाट दैनिक सयौँको संख्यामा मानिसहरू किनमेलका लागि सीमापारी बजारमा आउजाउ गर्ने गरेका थिए जसका कारण कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएको थियो । स्वास्थ्यकर्मीसमेतले निकै भिडभाड हुने भएकाल...
बाँकेमा युवतीको अपहरणपछि बलात्कार, दुई जना पक्राउ

बाँकेमा युवतीको अपहरणपछि बलात्कार, दुई जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, विविध
जे पाण्डे नेपालगन्ज, ८ माघ । बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन् । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए । मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्‍याएर बलात्कार गरेको र त्यसपछि पुनस् घरमा ल्याएर बलात्कार गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । प्रहरीका अनुसार खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट युवतीको अपहरण गरिएको थियो । युवतीका साथीहरुले दिएको सूचनामा आधारमा खोजी गर्दा जंगलमा बलात्कार गरेपछि पुनस् घरमै लगेर बलात्कार गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको बताएको छ । पछि अर्का एक जनालाई नियन्त्...
बाँके प्रशासनद्धारा सेवाग्राही बढी हुने कार्यालयको अनुगमन, स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न निर्देशन

बाँके प्रशासनद्धारा सेवाग्राही बढी हुने कार्यालयको अनुगमन, स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न निर्देशन

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ६ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मातहतका कार्यालयहरुले कोभिड सम्बन्धि जनस्वास्थ्य मापदण्डको पालना लगायत माघ ७ गतेपछि सेवाग्राही र कर्मचारी दुबैका लागि खोप कार्ड अनिवार्य गरिएको निर्देशनको व्यवस्थापन कसरी गरेका छन् भन्ने जानकारी लिने काम शुरु गरेको छ । सो क्रममा जिल्ला प्रशासन कार्यालयको एक उच्चस्तरीय टोलीले विहिबार नेपालगञ्जका अत्याधिक सेवाग्राही हुने तीन वटा कार्यालयको स्थलगत अनुगमन गरेर देखिएका कमीकमजोरीहरुका सम्बन्धमा आवश्यक सुझाव र निर्देशन समेत दिएको छ । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको नेतृत्वमा गएको टोलीले सेवाग्राहीको अत्याधिक भिडभाड हुने नेपालगञ्जस्थित नापी कार्यालय, मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको स्थलगत अनुगमन गरेको छ । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी केसीले अनुगमनका क्र...
सुपारी तस्करीमा ई रिक्साको प्रयोग बढ्यो, हुड र डिक्कीबाट दुई लाख बढीको सुपारी बरामद

सुपारी तस्करीमा ई रिक्साको प्रयोग बढ्यो, हुड र डिक्कीबाट दुई लाख बढीको सुपारी बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ६ । बाँकेमा तस्करीका लागि ई रिक्साको प्रयोग धेरै गर्न थालिएको पाईएको छ । केही दिन पहिले दुई तीन पटक ई रिक्साको हुडमा लुकाएर भारतबाट अवैध रुपमा चोरी पैठारी गरेर ल्याईएका मालसामान प्रहरीले बरामद गरेको थियो भने विहिबार ई रिक्साको हुड र डिक्कीमा लुकाएर सुपारी भारततर्फ तस्करी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज १० बाट अवैध रुपमा ई रिक्साको माथि हुड र भित्र डिक्कीमा लुकाएर भारततर्फ लैजान लागेको दुई लाख १० हजार रुपियाँको सुपारी बरामद गरेको छ । काटेको सुपारीलाई बोरामा भरेर हुड भित्र तथा डिक्कीमा लुकाएर भारततर्फ लैजाने क्रम बढेको गुनासोहरु प्रहरीलाई प्राप्त भएपछि रिक्साहरुमाथि निगरानी बढाउँदा बरामद गरिएको उहा...
विहिबार नेपालगञ्जको तापक्रम यो वर्षकै सबैभन्दा कम, चिसो अत्याधिक

विहिबार नेपालगञ्जको तापक्रम यो वर्षकै सबैभन्दा कम, चिसो अत्याधिक

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ ६ गते । बिहीबार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा चिसो भएको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार बिहीबार यो वर्षको सबैभन्दा बढी चिसो मापन गरिएको हो । बिहीबार बिहानको तापक्रम ६।८ डिग्री मापन भएको छ । बुधबारसम्म यहाँको तापक्रम ९ डिग्रीसम्म पुगेको थियो । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ जल अधिकृत विनोद पराजुलीका अनुसार बिहीबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको हो । नेपालगञ्जमा सबैभन्दा कम सन् २०१३ को १० जनवरीमा ०।३ डिग्री सेल्सियस तापक्रम पुगेको रेकर्ड रहेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ । जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख पराजुलीका अनुसार नेपालगञ्जको न्युनतम तापक्रम शनिवारसम्म घट्दै जाने अनुमान गरिएको छ । ( गोरखापत्र अनलाइनबाट साभार)...
जहाज समयमा अवतरण गर्न नसक्दा बुद्ध एअरको जहाजमै महिला यात्रु बेहोस, उपचारपछि होस खुल्यो

जहाज समयमा अवतरण गर्न नसक्दा बुद्ध एअरको जहाजमै महिला यात्रु बेहोस, उपचारपछि होस खुल्यो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ ६ । नेपालगञ्ज विमानस्थलको मौसम खराब हुँदा काठमाण्डौबाट नेपालगञ्ज आएको बुद्ध एअरको विमान अवतरण गर्न नसकेर हावामा होल्ड गरिएपछि आत्तिएर एक जना महिला यात्रु बेहोस हुनुभएको छ । मौसम खराब हुँदा करिब आधा घण्टाजति जहाजलाई आकाशमै होल्ड गरेर राखिएपछि सो विमानमा यात्रा गरिरहनु भएकी काठमाडौं महानगरपालीका वडा नम्वर २३ कि ५३ वर्षिया जानुका थापा आत्तिएर बहोस हुनुभएको प्रहरीले जनाएको छ । नेपालगञ्ज विमानस्थलको सुरक्षा गार्डका प्रमुख सई सन्तोष शाहले विमान हावामा होल्ड रहेकै अवस्थामा थापा आत्तिएर बेहोस भएकोमा उहाँलाई तत्काल नजिकै रहेको नेपाली सेनाको अस्पतालमा लगिएको बताउनुभयो । अस्पतालमा पुगेपछि उहाँको होस खुलेको र नेपालगञ्जमा रहनु भएका उहाँका आफन्तले अस्पतालमा पुगेर उहाँसंगै रहनु भएको पनि सई शाहले बताउनुभयो । विमानमा एक्लै यात्रा गरिरहनु भएकी थापा आत्तिएको र डराएको विमानमा रहन...
भेरी अस्पतालमा परीक्षण गराउनेमध्ये ७० प्रतिशतलाई कोरोना संक्रमण

भेरी अस्पतालमा परीक्षण गराउनेमध्ये ७० प्रतिशतलाई कोरोना संक्रमण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ ५ । पछिल्लो समयमा भारत र नेपालका करिब सबै ठाउँहरुमा एक्कासी कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । करिब तीन साता अघिसम्म बाँकेमा शुन्यमा झरेको संक्रमण दर अहिले आएर ७० प्रतिशतमा पुगेको छ । भेरी अस्पतालले आफ्नो सामाजिक सञ्जालको पेज मार्फत बुधवार दिएको जानकारी अनुसार सो अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ७० प्रतिशतलाई कोरोना संक्रमण देखिएको छ । अस्पतालका अनुसार गत चौबिस घण्टामा भेरी अस्पतालको प्रयोगशालामा १०१ जनाको पिसीआर परीक्षण गर्दा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये अधिकांश बाँके जिल्लाका नागरिकहरु रहेका छन् । बुधवार २३ जना अस्पतालमा भर्ना भएको र ३ जना निको भएर घर फर्किएको पनि भेरी अस्पतालले जनाएको छ । भेरी अस्पतालले दिएको तथ्यांक निकै चिन्ताजनक रहेको छ । परीक्षण गराएका मध्ये ७० प्रतिशतमा संक्रमण देखिनुले जिल्लामा सयौंको संख...
कुकुरसहितको प्रहरी टोलीद्धारा जमुनाहा र विमानस्थलको आकस्मिक चेकजाँच

कुकुरसहितको प्रहरी टोलीद्धारा जमुनाहा र विमानस्थलको आकस्मिक चेकजाँच

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ५ । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको उपस्थितिमा बुधवार प्रहरीको तालिम प्राप्त कुकुरसहितको बिशेष टोलीले नेपालगञ्जका केही संवेदनशिल स्थानहरुमा चेकजाँच गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले दिनु भएको जानकारी अनुसार प्रहरीको तालिम प्राप्त कुकुरसहितको विशेष टोलीले नेपाल भारत जमुनाहा नाका र नेपालगञ्ज विमानस्थलमा एक्कासी चेक जाँच गरेको हो । डग हेन्डलरसहितको टोलीले एक्कासी नाका र विमानस्थलको चेक जाँच गरिनुलाई कुनै गैरकानुनी काम गर्नेको आवागमनको खबर प्रहरीले पाएको आशंका गरिएको छ । खुला नाका भएका कारण भारतबाट आउने र विमानबाट जाने वा विमानबाट आउने र भारततर्फ जानेमाथि विशेष निगरानी राख्ननै सो चेकजाँच गरिएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी प्रहरीले यसलाई कहिलेकाँही गरिने अकस्मात चेकिंग बताएको छ । भ...
नेकपा माओवादी केन्द्र बाँकेद्धारा भेरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नेकपा माओवादी केन्द्र बाँकेद्धारा भेरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ५ । नेकपा माओवादी केन्द्र केन्द्रिय कार्यालयले देशभरका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री बितरण गर्ने योजना अनुसार बुधबार नेपालगञ्जस्थित भेरी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष एवम् लुम्बिनी प्रदेश सभाका सांसद आइपी खरेलले भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बिरेन्दबहादुर चन्दलाई अस्पतालमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ । अस्पताल बिकास समितिका सदस्य धनिराम ओलि र कृष्ण श्रेष्ठ एवम् अस्पतालका प्रशासन प्रमुख दुर्गालक्ष्मी श्रेष्ठ, माओवादी केन्द्र नेपालगन्ज नगर उपाध्यक्ष तारा प्रसाद खत्री, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तुलसीमणी केसी लगायतका नेताहरुको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । भेरी अस्पताललाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीहरूमा एन्टि...