नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ७ । सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले चक्काजाम गरे लगत्तै खजुराको १८ सय मिटर फोर लेन सडकको कालोपत्रे गर्ने कार्य शुरु गरिएको छ । ४ वर्षसम्म पनि सो सडक नबनेपछि स्थानीय युवाहरुले दुई दिन अघि अवरोध गरेका थिए । सडक अवरोध गरेपछि २ दिनमा काम सुरु गरिने प्रतिवद्धता अनुसार निर्माण कम्पनीले शनिबारदेखि आफ्नो कामलाई तिव्रता दिएको छ ।
केहि दिन अघि राजमार्ग गरिएको बेस दुई सातामै उप्किएपछि धुलो उडेर स्थानीयलाई सास्ती खेप्न परिरहेको छ । खजुराको धनौली चौकीदेखि खजुरा १ नम्बरसम्को करिव अढाई किलो मिटर फोरलेन सडकको बेस पीच उप्किएको हो । उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्क्सनले पाएकोले स्थानियहरुले सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै आन्दोलन गरेका थिए ।
१८ सय मिटरको सडक ४ वर्षदेखि निर्माणाधिनको क्रममा छ । फोर लेन सडक बनाउँदा गुणस्तरीय नभए पुन आन्दोलन गर्न...
नेपालगञ्ज, फागुन ७ । बाँकेमा मानव अधिकार ज्यादतीका घटनामा ९५ प्रतिशत महिला पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशले शनिबार नेपालगन्जमा सार्वजनिकीकरण गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा बाँकेमा सन् २०२१ मा मानव अधिकार ज्यादतीका घटना भएकोमा ११८ जना महिला र ६ पुरुष गरी १२४ जना पीडित भएको उल्लेख छ ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतका अनुसार महिला अधिकार उल्लंघनका ९४ र बालअधिकारका १७ घटना भएका थिए । पुरुषमाथि कुटपिट ३, हत्या २ र विद्यालयमा शारीरिक सजाय एक जना पुरुषले पाएका छन् । अरु सबै ज्यादतीमा महिला पीडित छन् । सबैभन्दा बढी घरेलु हिंसामा ८३, बलात्कार २३, कुटपिट ६, यौन दुव्र्यवहार ३, हत्या २, र बालश्रमका घटना एक वटा भएका थिए ।
संयोजक महतले लुम्बिनी प्रदेशमा भने ६० प्रतिशत घटना महिला अधिकार उल्लङ्घनका थिए । अधिकार उल्लङ्घनका घटनामा राज्यका तर्फबा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ७ । प्रजातन्त्र दिवसको अवसर पारेर नेपालगञ्जको त्रिभुवन चोकमा शनिवार स्वर्गिय राजा त्रिभुवनको शालिक स्थापना गरिएपछि जनता समाजवादी पार्टी नेपाल नेपालगञ्जले प्रहरी प्रशासनले सो शालिक नहटाए आफै हटाउने चेतावनी दिएको छ ।
जनता समाजवादी पार्टी नेपालको नेपालगञ्ज उपमहानगर समितिका अध्यक्ष श्रवण कुमार यादवले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मधेश आन्दोलनमा सहादत प्राप्त गरेकाको नाममा सो चोकको नामाकरण मधेशी चोक गरिसकेको हुँदा त्यहाँ स्थापना गरिएको स्वर्गिय राजा त्रिभुवनको शालिक स्विकार नहुने उल्लेख गर्नुभएको छ ।
उहाँले प्रतिगमनकारीहरुले सो शालिक स्थापना गरेर मधेशी सहीदको अपमान गरेको जनाउँदै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी पाएको सम्बन्धित पक्षले सो शालिक हटाएनन् भने संघियताबादी, गणतन्त्रबादी, धर्मनिर्पेक्षताबादी आम नेपालगंजबासीहरुको नेतृत्वमा ज...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ६ । एमसीसी पास नगर्न खगरदारी गर्न माओवादी केन्द्र निकट जनवर्गीय संगठनहरुले शुक्रवार पनि नेपालगञ्ज र कोहलपुरमा खवरदारी गर्दै विरोध प्रदर्शन गरेका छन ।
वाईसिएल,अखिल क्रान्तिकारी,अनेमसंघ क्रान्तिकारी, अखिल नेपाल सुकुम्वासीसंग लगाएत संगठनहरुले संयुक्त रुपमा बाँकेका दुबै सहरमा बिरोध प्रदर्शन गरेका हुन ।
नेपालगञ्जस्थित माओवादी केन्द्रको पार्टी कार्यालयबाट विभिन्न नराराहरु लगाउँदै शुरु भएको विरोध जुलुसले त्रिवेणी मोड, त्रिभुवनचोक, विपी चोक हुँदै धम्बोझी चोकमा पुगेर विरोधसभाको आयोजना गरेको थियो । सो विरोध प्रदर्शनमा एमसीसी खारेज गर, एमसीसी चाहिंदैन, यो राष्टघाती हो जस्ता नाराहरु लगाउँदै बलजफ्ती जनतामाथि लाद्ने कार्य गरिए कडा आन्दोलनको चेतावनी समेत प्रदर्शनकारीहरुले दिएका थिए ।
विरोधसभालाई सम्बोधन गर्दै वाईसियलका केन्द्रिय संयोजक सुमन देवकोटाले कुनैपनि हालत...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ६ । नेपालगन्जको राष्ट्रिय बाणिज्य बैंकमा तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जस्थित राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा प्रवेश गरि महत्वपूर्ण कागजात, दराज लगायतका सामान तोडफोड गरि फरार रहेका ती युवालाई नियन्त्रणमा लिइएको हो ।
कैलाली जिल्लाको टिकापुर–९ घर बताउने २६ वर्षिय सञ्जु विकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही र अनुसन्धान अगाडी बढाएकोछ । पक्राउ परेका विकका साथबाट एउटा खुकुरी समेत बरामद गरिएकोछ ।
प्रहरीका अनुसार विकले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ धम्बोझी स्थित राष्ट्रिय बाणिज्य बैंकमा प्रवेश गरि एक्कासी तोडफोड गरेका थिए । विकले बैंकमा तोडफोड गर्नुको कारण थाहा नभएको जनाउँदै सो बारेमा पनि अनुसन्धान भैरहेको प्रहरीले बताएकोछ ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ६ । भारतबाट नेपाल आउने क्रममा ६ लाख भन्दा बढी भारतीय रुपियाँ बोकेका एक नेपालीलाई भारतीय सुरक्षाकर्मीले नेपालगञ्ज नाकामा पक्राउ गरेको छ ।
भारतबाट फर्किएका जाजरकोटका धर्म बिसीलाई भारतीय सीमा रुपैडिहामा खटिएको भारतीय सीमा सुरक्षा बल र भारतीय प्रहरीको संयुक्त टोलीले चेकजाँचका क्रममा ६ लाख ४० हजार भारुसहित पक्राउ गरेको हो ।
सीमानामा चेकजाँच गर्दा बिसीसँग रहेको ६ लाख ४० हजार भारतीय रुपियाँ फेला परेपछि उनलाई पक्राउ गरिएको रुपैडिहा प्रहरी थानाका प्रमुख प्रमोद तिवारीले बताउनुभयो ।
उहाँले भारत उत्तरप्रदेशमा निर्वाचन चलिरहेकोले सीमामा सुरक्षाकर्मीले चेकजाँच बढाएको बेला यति ठुलो रकम बोकेर प्रहरीलाई कुनै जानकारी नै नदिईए आएकोमा अनुसन्धानका लागि पक्राउ गरिएको बताउनुभयो ।
निर्वाचनका समयमा भारतमै पनि ५० हजार भन्दा कम रकम मात्र बोकेर हिड्न सक्ने त्यो भन्दा बढी भए ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ५ । बाँकेको खजुरा बजारमा निर्माणाधिन फोरलेन सडक लामो समयसम्म नबन्दा आक्रोशित स्थानीयले सडक अवरोध गर्दै फेरी विरोध प्रदर्शन गरेका छन् ।
बजार क्षेत्रको निर्माणाधिन १८ सय मिटर बाटो ४ बर्षसम्म पनि कालोपत्रे नगरिएपछि बिहिबार स्थानीयले बिहानैदेखि नेपालगञ्ज गुलरिया राजमार्ग अवरुद्ध गरेर बिरोध प्रदर्शनमा उत्रिएका थिए ।
स्थानीयले सवारी साधनको आवागमन बन्द गरेर विरोधमा उत्रिएपछि सो राजमार्गमा चल्ने सयौं सवारी साधन चार घण्टासम्म दुबैतर्फ रोकिएका थिए । पटक पटक सडक निर्माणका कामलाई सक्न ताकेता गरेपनि निर्माण कम्पनीले काम अलपत्र छाड्दा चक्का जाम गर्न बाध्य बनेको स्थानिय सतिश निरौलाले बताउनुभयो ।
उहाँले सडक निर्माणको काम अलपत्र हुँदा दिनहुुँ सडक दुर्घटनाहरु हुने गरेको र धुलोबाट स्थानीय विरामी पर्न थालेको बताउनुभयो ।
निर्माण कम्पनीले सडक निर्माणको कामलाई चार वर्षद...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ५ । नेपालगञ्जमा खेलिएको भेटरान मैत्रीपुर्ण फुटबल खेलमा नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टरले रोयल नेपालगञ्ज फुटबल क्लबलाई पराजित गरेको छ । पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाहीको कप्तानीमा रहेको नेपाली सेनाको टोलीले एन्फा लुम्बिनीका उपाध्यक्ष सुर्यमणी अधिकारीको कप्तानीमा रहेको रोयर नेपालगञ्ज फुटबल क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गरेको हो ।
खेलको पहिलो गोल रोयलका अमृत श्रेष्ठले गर्नु भएको थियो । त्यसपछि सेनाको टोलीबाट प्रमुख सेनानी प्रदीप थापाले गोल गरेर खेललाई बराबरीमा पुरयाउनु भएको थियो ।
विजयका लागि दुबै टोलीविच निकै संघर्ष भएपनि अन्तत विजयी गोल सेनाको टोलीले गरेको थियो । पश्चिम कमाण्डका सेनापति शाहीको पासमा भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले विजयी गोल गरेर सेनालाई जित दिलाउनु भएको थियो ।
यसअघि पनि पश्चिम कमाण्डका सेनाप...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ४ । एमसीसीको खारेजीको माग गर्दै विभिन्न पाँच दलले नेपाल बन्दको आहवान गरेकै दिन बुधवार नेपालगञ्जमा राप्रपा र नेकपा माओदी निकट अखिल क्रान्तिकारी तथा वाईसिएलले पनि विरोध प्रदर्शनको आयोजना गरेका छन् ।
एमसीसीको खारेजीको मागसहित विभिन्न प्लेकार्ड बोकेका उनिहरुले विभिन्न नारा लगाउँदै नगरका विभिन्न भारगमा जुलुस प्रदर्शन गर्दै चर्को विरोध गरेका हुन् । युवाहरुको बृहत्त सहभागिता रहेको विरोध प्रदर्शनमा कुनै पनि हालतमा एमसीसी लागु गर्न नहुनेमा उनिहरुको जोड थियो ।
नेकपा माओवादी केन्द्र बाँकेको पार्टी कार्यालयबाट शुरु भएको अखिल क्रान्तिकारी र वाईसियलको विरोध प्रदर्शन अन्तर्गत नगरको विभिन्न भागको परिक्रमा गरेर जुलुस जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेर समापन गरिएको थियो । समापन अघि प्रदर्शनकारीहरुले निकै बेरसम्म नाराबाजी गरेका थिए ।
समापनमा बोल्दै विद्यार्थि ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ४ । अमेरिकी परियोजना एमसिसीको बिरुद्धमा नेपालगन्जमा बुधबार भएको प्रदर्शनमा प्रहरी र आन्दोलनकारी बीच केही बेर झडप र धक्कामुक्की भएको छ ।
सत्ता गठबन्धन नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियु र युवा संघ नेपालले नेपालगन्जको धम्बोझी चोकमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोगको प्रयास गरेको थियो ।
धम्बोझी चोकमा गरेको प्रदर्शनमा प्रहरी र आन्दोलनकारी बीच करिब १५, २० मिनेट तनावको स्थिति देखा परेको थियो । सोही क्रममा अनेरास्ववियु बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेतलाई प्रहरीले केहिबेर नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेको थियो । प्रहरी र आन्दोलनकारी बिचको तनाव अनेरास्ववियु बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेतलाई छोडेपछी साम्य भएको थियो ।
नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियु र युवा संघ नेपालले नेपालगन्जको धम्बोझी चोकमा टाएर बालेर एमसिसी चाहिदैन...