नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १५ । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवस विविध कार्यक्रम गरेर बाँकेमा पनि भव्य रुपमा मनाईंदैछ । सो क्रममा बाँकेको नेपालगञ्ज र कोहलपुरमा दुई वटा औपचारिक कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय प्रेस सेन्टर बाँकेले गरेको छ ।
प्रेस सेन्टर बाँकेले शुक्रवार गरेको निर्णय अनुसार शनिवार स्थापना दिवसका दिन नेपालगञ्जको धम्बोझी चोकमा १ हजार दुई सय जना सर्वसाधारणलाई मास्क वितरण गरिएको छ भने त्यहाँ रहनु भएका १० जना सुरक्षाकर्मीलाई फेसशिल्ड वितरण गरिएको छ ।
कोरोनाको संक्रमण बढ्दै गएपनि स्वास्थ्य मापदण्डको पालनामा अझैपनि बेवास्ता गरिएको पाईएकोले मास्क लगाउने आग्रह गर्दै मास्क नलगाएका १ हजार २ सय जना सर्वसाधारणलाई मास्क वितरण गरिएको हो । प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्ष्यतामा गरिएको मास्क वितरण कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १४ । केही समय अघि बाघले आतंक मच्चाएको राप्तीसोनारी गाउँपालिकामा शुक्रवार फेरी दुई ठाउँमा बाघ देखिएको छ । बाघले वडा नम्बर ७ मा एउटा बाख्रा मारेको छ भने दुई वटा बाख्रा हराईरहेका छन् भने वडा नम्बर ५ मा बाघलाई स्थानीयले देखेका छन् ।
वडा नम्बर ७ को मण्डफवा सामुदायीक वनमा बाख्रा चराउन गएको बेला बाघले बाख्रामाथि आक्रमण गरेर एउटा बाख्रालाई मारेको र अन्य दुई वटा बाख्रा हराईरहेको स्थानीयले जनाएका छन् । वडा नम्बर ६ का वडा अध्यक्ष जनक थारुले मण्डफवा सामुदायीक वनमा बाघले बाख्रा खाएको जानकारी आएको बताउनुभयो । उहाँले ६ जना गोठालाले ६० वटा बाख्रा चराउन गएको बेला बाघले आक्रमण गर्दा तीनवटा बाख्रा हराई रहेकोमा एउटा पन्जा लागेको र घाँटीमा कोतरेको अवस्थामा मृत फेला परेको र दुई वटा हराईरहेको जानकारी स्थानयिले गराएको बताउनुभयो ।
यसैगरि वडा नम्बर ५ र ६ को सीमानास्थित दुपट्टी...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १४ । डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत शुक्रबारसम्म दुई हजार २ सय ७० जनालाई न्यानो सामाग्री वितरण गरेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्ता संगै वितरण गरिरहेको हो ।
गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट), च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो । आज शुक्रबार ६७ जना गरि कुल दुई हजार दुई सय ७० जनालाई वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो ।
गाउँपालिकाले गाउँ समुदायबाटै जेष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगन्जका ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८।०७९ को पहि...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १४ । बाँकेको खजुरा गाउँपालिकाले विपन्न परिवारका लागि सामुहिक आवास निर्माण गरेकोछ । तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत घरबास र जग्गाविहीन विपन्न परिवारका लागि खजुराले सामुहिक आवास निर्माण गरेको जनाएको छ ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शुक्रबार एक समारोहकाबीच उक्त सामुहिक आवासको उद्घाटन गर्नुभयो । खजुरा गाउँपालिका वडा नम्बर–३ बि–बोरिङमा निर्माण गरिएको सामुहिक आवासमा १६ वटा घर निर्माण गरिएको छ । यसैगरी ५ वटा घर निर्माणाधीन अवस्थामा रहेकाछन् ।
निर्माण सम्पन्न भएका घरमा गाउँपालिकाले आव्हान गरेको सूचनाअनुसार प्राप्त निवेदनमार्फत विपन्न ब्यक्तिहरु पहिचान गरी घर उलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।
करिब एक करोड रुपैयाँको लागतमा शौचालय, खानेपानी, विद्युतलगायत न्यूनतम आधारभूत...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १४ । बढ्दै गएको कोरोना नियन्त्रणका लागि उत्प्रेरित गर्ने उदेश्यका साथ बाँके युनेस्को क्लबले खजुराका महिला स्वयंसेविकाहरुलाई अभिमुखिकरण गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित कोभिड १९ रोकथाम तथा पुनस्र्थापना परियोजना अन्तरगत खजुरा गाउँपालिका वडा न.१ र २ का महिला स्वयमसेविकाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कोविड –१९ को तेस्रो लहरको रोकथाम तथा खोप लगाउन गाउँघरमा गएर उत्प्रेरित गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले खजुरा गाउँपालिकाको सबै घरधुरीमा महिला स्वयमसेविकाहरुलाई परिचालन गरि घरदैलो कार्यक्रम गरेर कोरोना नियन्त्रण सम्बन्धि सचेतना फैलाउने तथा खोप लगाउन सबैलाई उत्प्रेरित गर्न...
नेपालगञ्जपाटी समाचार
चितवन, १३ माघ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको मन्त्रालयको टिमले रंगशालाको स्थलगत निरिक्षण गरेको हो ।
निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा भरतपुर महानगरपालिकाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएका मन्त्री अथकले रंगशालाको निरिक्षण तथा अवलोकन गर्नुभएको हो ।
रंगशाला निरिक्षण पछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभएको छ । उक्त रंगशालालाई गौरबको आयोजनामा समेटी यहि आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न मन्त्री अथ...
नेपालगञ्ज, माघ १३ । नेपाली कांग्रेसभित्रको गुटबन्दीमा तत्कालीन सभापति सुशील कोइराला समूहको पेलानमा परेर किनारामा पुगेका बाँकेका पुराना नेता युवराज शर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
शर्मा तिनै नेता हुन्, जो कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा शेरबहादुर देउवा सभापति हुँदा उपसभापति थिए । यति लामो राजनीतिक इतिहास भएर पनि अन्तरपार्टी संघर्षमा उनी सधैँ बहुमत पक्षको पेलानमा परिरहे । बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको पक्षपाती शर्मा कांग्रेसका त्यागी नेताका रूपमा पश्चिम नेपालमा परिचित छन् ।
नेता शर्मा २०२४ सालदेखि पञ्चायत विरोधी आन्दोलनमा पटक पटक जेल परे । दर्जनौं पटक पक्राउ परे पनि प्रजातन्त्र स्थापनाका लागि लड्दै आएका उनी २०३० सालमा भूमिगतकालमै बाँके कांग्रेसको सचिव भएका थिए । उनी लामो समय शिक्षक पनि रहे । बेतहनी विद्यालय, खजुरा आदर्श मावि र महेन्द्र माविमा पनि उन...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १३ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको प्रमुखमा एसपी जनक बस्नेत सरुवा भएर आएलगत्तै प्रमुख बस्नेतले सबै मातहतलाई तस्करी र अवैध आयात रोक्न कडाईका साथ प्रस्तुत हुन निर्देशन दिनुभएको छ । उहाँले सीमा नाकामा रहेका सबै बोर्डर आउट पोस्टको निरिक्षण गरेर समग्र अवस्था बारे जानकारी लिंदै तस्करीलाई शुन्यमा पुरयाउने उदेश्यले काम गर्न मातहतलाई निर्देशन दिनु भएको हो ।
एसपी बस्नेतको निर्देशन लगत्तै प्रहरीले ठुलो परिमाणमा भारतबाट तस्करी गरेर ल्याईएका सामान बरामद गर्न थालेको छ । सो क्रममा सशस्त्र प्रहरीले नेपालगन्जको जयसपुरस्थित भारतबाट अवैधरुपमा भन्सार छली ल्याउदै गरेका इलेक्ट्रोनिक्स सामान, धारा, बाथरुमका सामान, लत्ताकपडा, किराना सामान, फलफुल, तरकारी लगायतका अन्दाजी मुल्य २ लाख २० हजार बराबरको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश...
सिराज खान
नेपालगञ्ज, माघ १३ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईको सिफारिसमा बाँकेको डुडुवा गाउँपालिकामा २५ करोडको सडक निर्माँण प्रक्रिया शुरु गरिएको छ । विकास प्रेमी नेताका रुपमा परिचित पुर्वमन्त्री तथा सांसद राईले संघीय भौतिक पुर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्नु भएकोले रणनितिक सडक सञ्जाल योजना अन्तर्गत डुडुवामा ठुलो लागतको सडक निर्माण प्रक्रिया शुरु गरिएको छ ।
भौतिक पुर्वाधार विकास मन्त्रालयको रणनितिक सडक सञ्जाल योजनामा रहेको एक निर्वाचन क्षेत्र एक रणनितिक सडक योजना अन्तर्गत बांके जिल्लाको डुडुवा गांउपालिकाको गन्धैली नाला देखि जाफरपुर्वा बेतहनी अमृतपुर्वा दासपुर्वा कैरातीपुर्वा कोल्ही हुंदै रमपुर्वा डुडुवा खोलाको झोलुंगे पुलसम्म पहिलो चरणमा सडक निर्माणका लागि २५ करोड रुपियाँको टेण्डर आहवान गरिएको जनता समाजवादी पार्टी बाँकेले जनाएको छ ।
...
सिराज खान
नेपालगञ्ज, माघ १२ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले अत्याधिक चिसो र शीतलहरको कारण समस्यामा परेका जिल्लाका अति विपन्न मगन्ता समुदायलाई कम्बल वितरण गरेको छ ।
डुुडुवा गाउँपालिका ६ मगन्ता टोलका अति विपन्न मगन्ता समुदायका ४२ जनालाई बुधवार वडामै गएर कम्बल वितरण गरिएको छ ।
वडा कार्यालयको समन्वयमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीसहितको टोलीले डुडुवाको वडा नम्बर ६ मगन्ता टोलमा पुगेर त्यहाँका ४२ जना अतिविपन्नलाई कम्बल वितरण गरेको हो ।
परम्पराकालबाट मागेर गुजारा चलाउँदै आएका मगन्ता समुदायलाई चिसोले जिवन यापनमा समस्या भएको जानकारी पाएर कम्बल वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।
मगन्ता समुदायलाई सहायक प्रमुख जिल्ला अधिकारी केसी, जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत राम कुमार सोनकर, वडा अध्यक्ष मोहनराम मिश्र, विपद व्यवस्थापन समिति बाँकेका सू...