काँग्रेस महाधिवेशनले कार्यकर्तालाई उर्जा दियोः सहमहामन्त्री राठौर
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १५ । नेपाली काँग्रेसका नवनिर्वाचित सह–महामन्त्री किशोरसिंह राठौरले पार्टीको १४ औं महाधिवेशनले पाटीलाई नयाँ उर्जा दिएको बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले महाधिवेशनले एकताको सन्देश दिएको बताए ।
राठौरले नेता कार्यकर्ताहरुलाई अब एक ढिक्का भएर लाग्न आह्वान पनि गरे । पार्टी सुदृढ ढंगले अघि बढ्ने उनको विश्वास छ । सह–महामन्त्री राठौरले बाँकेमा हुन लागेको निर्वाचनमा आफुले सर्वसम्मतको प्रयास गर्ने बताए ।
उनले भने बाँके काँग्रेसको अधिवेशन सर्वसम्मतबाटै चुनिनेछ । त्यो सम्भव नभए लोकतान्त्रिक मान्यताअनुरुप निर्वाचन गरिनेछ ।
पत्रकारको जिज्ञासामा उनले आगामी चुनावमा एक्लै वा गठबन्धनमा लड्ने भन्ने बारेमा समय अनुसार निर्णय हुने बताए ।
‘सभापति ज्युले प्रधानमन्त्रीका हैसियतले अवश्य पनि सबैलाई मिलाएर...









