१९ जेष्ठ २०८३, मंगलवार

मुख्य समाचार

गुटउपगुट समाप्त गरेर काँग्रेसलाई शसक्त र लोकप्रिय पार्टी बनाउनु पर्नेमा नेता गिरीको जोड

गुटउपगुट समाप्त गरेर काँग्रेसलाई शसक्त र लोकप्रिय पार्टी बनाउनु पर्नेमा नेता गिरीको जोड

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ११ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले पार्टीभित्र विरोधका लागि विरोध भन्दा पनि पार्टीलाई एकताबद्ध बनाउने गरी अघि बढ्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा गिरीले अधिवेशनमा भएका सामान्य विवाद र मनमुटाबलाई विर्सेर व्यवहारमै देखिने गरी एकताबद्ध कांग्रेस बनाउन लाग्नुपर्ने बताए । कसरी पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ भन्ने कुरामा सबै गम्भीर भएर लाग्नुपर्छ, उनले भने(ूहृदयगत एकता र आत्मीयता आजभोली हराएको हो कि जस्तो लागेको छ, अब गुट उपगुट भन्दा पनि कसरी सबल, सक्षम र लोकप्रिय पार्टी बनाउन सकिन्छ भन्ने हिसाबले सोच्नुपर्दछ । उनले को कहाँ कुन गुट वा समूहमा छ भन्ने कुराले अर्थ नराख्ने बताउँदै पार्टी र मुलुकको हितमा हुने कुरामा सबै प्रतिबद्ध हुनुपर्ने बताए । पत्रकारहरुको जिज्ञासाम...
पाँच लाख भन्दा बढीको भारतबाट ल्याईएको अवैध सामान प्रहरीद्धारा बरामद

पाँच लाख भन्दा बढीको भारतबाट ल्याईएको अवैध सामान प्रहरीद्धारा बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ११ । तस्कर र अवैध कार्य गर्नेहरु विरुद्ध कडाईका साथ प्रस्तुत भैरहेको बाँके प्रहरीले फेरी ठुलो मात्रामा भारतबाट चोरी पैठारी गरेर लयाईएको सामान बरामद गरेको छ । केही समययता आउर तस्कर र लागु औषध कारोबारी विरुद्ध ठुलो अभियान सञ्चालन गरेको बाँके प्रहरीले दिनदिनै सफलता प्राप्त गर्दै गएको छ । तर, प्रहरीले दिनदिनै लाखौ लाखका सामानहरु नियन्त्रणमा लिंदै आएपनि तस्करहरुले पनि तस्करी गर्न छोडेका छैनन् । उनिहरुले पनि प्रहरीलाई ठाडो चुनौती दिंदै निरन्तर अवैध आयातलाई जारी नै राखेका छन् । सोही क्रममा प्रहरीले नेपालगञ्ज १० ट्राफिक चोक नजिकबाट भारतबाट ल्याएर राखेको २ लाख ७४ हजार रुपियाँ बराबरको रेडिमेड कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधेसुदन न्यौपानेले बताउनुभयो । उहाँले प्रहरीलाई देखेर सामान ल्याउनेहरु फरार भएको पनि बताउनुभयो । यसैगर...
बालसुधार गृहका बालकहरुलाई १०० थान कम्बल वितरण

बालसुधार गृहका बालकहरुलाई १०० थान कम्बल वितरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ११ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले चिसो तथा शितलहर प्रभावितलाई न्यानो सहयोग गर्ने क्रममा मंगलवार बाल सुधार गृह बाँकेलाई १०० थान कम्मल वितरण गरेको छ । समितिका सदस्य सचिव राम कुमार सोनकरले बाल सुधार केन्द्रका वार्डेन मलखे सिह र बालकहरुलाई उक्त कम्मल वितरण गर्नुभएको छ । चिसोबाट सो बाल सुधार गृहका अधिकांश बालकहरु अतिनै प्रभावित भएपछि उनिहरुलाई कम्बल वितरण गरिएको सदसय सचिव सोनकरले बताउनुभयो । समितिले ६०० थान कम्मल खरिद गरी चिसो प्रभावितहरुलाई कम्मल र दाउरा वितरण गरिरहेको छ । यसअघि समितिले बाँके कारगारका थुनुवा, बागेश्वरी मन्दिर अगाडी बसेका विपन्न र निलसागर असहाय केन्द्रका बृद्धबृद्धालाई कम्बल वितरण गरिसकेको छ । अझैपनि चिसोबाट प्रभावितलाई कम्बल वितरण गर्ने कार्यक्रम रहेको सोनकरले बताउनुभयो ।...
बुद्ध एअरबाट काठमाण्डौ जान लागेकी महिला चरेससहित पक्राउ

बुद्ध एअरबाट काठमाण्डौ जान लागेकी महिला चरेससहित पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ११ । बुद्ध एयरबाट काठमाडौं जान लागेकी एक महिलालाई नेपालगञ्ज विमानस्थलमा चेकजाँच गर्दा चरेस जस्तो ३३ ग्राम कालो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कालिकोटबाट नेपालगञ्ज आएर काठमाण्डौ जान लागेकी ती महिलाको जाँच गर्दा चरेस जस्तो पदार्थ फेला परेको हो । महिला र बरामद पदार्थलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यसअघि नेपालबाट भारत जानेहरु चरेससहित जमुनाहा नाका र सीमापारी भारतीय सुरक्षा निकाय एसएसबीले पक्राउ गर्दै आएकोमा विमानबाटै काठमाण्डौ लैजान लागेकोलाई पक्राउ गरिएको यो पहिलो घट्ना बताईएको छ । ती महिलाले औषधीका लागि लैजान लागे बताएको पनि श्रोतले जनाएको छ ।...
कर्मचारी संक्रमित हुँदा जिल्ला प्रशासन अनिश्चितकालका लागि बन्द

कर्मचारी संक्रमित हुँदा जिल्ला प्रशासन अनिश्चितकालका लागि बन्द

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ १० । जिल्ला प्रशासन कार्यालय बाँकेका केही कर्मचारीलाई कोभिड संक्रमण पुष्टि भएको र अधिकांशमा कोभिडका लक्षण देखिएकोले सो कार्यालयलाई अनिश्चितकालका लागि बन्द गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले सोमवार अपरान्ह एक सुचना जारी गरेर जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुमा संक्रमण पुष्टि भएको र धेरैलाई लक्षण देखिएकोले अर्को सुचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयलाई बन्द गरिएको जनाउनु भएको छ । सुचनामा शान्ति सुरक्षा र अतिआवश्यक मुद्दाका काम जारी रहने जनाउँदै ती कामका लागि आउनेहरुले खोप लगाएको कार्ड लिएर आउन तथा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नु पर्ने पनि उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा अत्याधिक भिडभाड हुने गरेकोमा कार्यालयलाई जारी राखेमा यसै कार्यालयबाट सर्वसाधारणमा संक्रमण फैलिने सम्भावना रहेकोले कार्या...
बाँके प्रहरीलाई अर्को ठुलो सफलता, ३० ग्राम ब्राउनसुगरसहित तीन कारोबारी पक्राउ

बाँके प्रहरीलाई अर्को ठुलो सफलता, ३० ग्राम ब्राउनसुगरसहित तीन कारोबारी पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ १० । बाँके प्रहरीलाई सोमवार फेरी एउटा ठुलो सफलता प्राप्त भएको छ । लागु औषध नियन्त्रणमा विशेष रुपमा सक्रिय रहेको प्रहरीले सोमवार ठुलो परिमाणमा नेपालगञ्जबाट ३० ग्राम ब्राउनसुगरसहित करिब २ लाख रुपियाँ बरामद गर्दै तीन जना तस्करलाई पनि पक्राउ गर्न समेत सफल भएको छ । पक्राउ परेकाहरु लागु औषको कारोबारमा लामो समयदेखि संलग्न रहेको र उनिहरुले सीमापारीबाट लागु औषध ब्राउन सुगर भित्रयाएर बाँके लगायत अन्य जिल्लामा समेत पठाउने गरेको बुझिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार सोमवार दिउँसो साढे १ बजे सिमा प्रहरी कार्यालय जयसपुरका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार सिंहको कमान्डमा रहेको लागू औषध व्युरो र जिल्ला प्रहरी बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको टोलीले नेपालगञ्ज १७ स्थित चौलिका चोकदेखि पश्चिमतर्फबाट ३...
दक्षिण अफ्रिकाबाट विमानको पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका व्यक्ति जीवितै फेला

दक्षिण अफ्रिकाबाट विमानको पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका व्यक्ति जीवितै फेला

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
एएफपी नेपालगन्ज, माघ १० । कहिले काँही निकै आश्चार्यजनक समाचार सुन्न र देख्न पाइन्छ । सोही प्रकारको एक समाचार नेदरल्याण्डबाट आएको छ । प्राप्त समाचार अनुसार दक्षिण अफ्रिकाबाट विमानको अघिल्लो पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका एक व्यक्ति जीवितै फेला परेका छन् । ११ घण्टाको हवाई यात्रा त्यो पनि विमानको बाहिरी भाग अघिल्लो पाङ्ग्रामा लुकेर बसेका व्यक्ति जिवितै भेटिनु एक आश्चार्य नै हो । आइतबार दक्षिण अफ्रिकाको जोहनिसबर्गबाट उडेको कार्गोलक्सको मालवाहक विमानको नोज ह्वीलमा लुकेर बसेका व्यक्ति नेदरल्याण्डको एम्सटर्डमस्थित स्किपोल विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ परेका छन् । विमानको बाहिरी भागमा बसेर लामो यात्रा गर्दा पनि ती व्यक्ति जीवितै फेला पर्नुलाई आश्चर्यजनक मानिएको छ । डच प्रहरी प्रवक्ता योआना हेल्मन्ड्सले समाचार एजेन्सी एएफपीसँग भनेकी छन्, ‘विमानको नोज ह्वील भएको भागमा जीवित फेला परेका ...
प्रहरी इन्स्पेक्टर सुरज खत्री रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित

प्रहरी इन्स्पेक्टर सुरज खत्री रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, माघ १० । ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देहीमा कार्यरत प्रहरी इन्स्पेक्टर सुरज खत्री पुस महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । उहाँ केही समय अगाडी जिल्ला प्रहरी कार्यालय बाँकेमा समेत कार्यरत रहनु भएको थियो । बाँकेमा रहँदा समेत उहाँले उत्कृष्ट कार्य गर्नु भएको थियो । सुचना प्रवाहसंगै जनसम्पर्क र अपराध अनुसन्धान र नियनत्रणमा उहाँले बाँकेका उत्कृष्ट कार्य गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इन्स्पेक्टर खत्रीसहित तीन जना प्रहरीलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको छ । उहाँहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले नगद पुरस्कारसहित सम्मान गर्नु भएको हो । इन्स्पेक्टर खत्रीसहित तीनै जनाले आफूलाई सुम्पिएको जिम्मेवारी क...
रुपैडिया—कोहलपुर रेल लिकको निर्माण प्रक्रिया अलपत्र, भारतले सर्वे प्रतिवेदन बुझाएन

रुपैडिया—कोहलपुर रेल लिकको निर्माण प्रक्रिया अलपत्र, भारतले सर्वे प्रतिवेदन बुझाएन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
ठाकुरसिंह थारु नेपालगन्ज, माघ १० । भारतीय पक्षले नेपालगन्जको सीमासंग जोडिएको रुपैडिया बजारस्थित नेपालगन्ज रोड हुँदै कोहलपुरसम्म रेल सन्चालनका लागि गरेको सर्बे प्रतिबेदन नेपाल सरकारलाई नबुझँदा निमार्णको काम रोकिएको छ । रेल सन्चालन सर्बेको काम भारतीय नार्थ स्टेट रेलवे विभागले तीन वर्षअघि गरेको थियो । उसले नेपालगन्ज रोडदेखि कोहलपुरसम्मरेल सन्चालनका लागि लिकको रेखांकन समेत गरिसकेको छ । तर प्रतिबेदन भने नेपाल सरकारलाई बुझाइएको छैन । नेपाल रेल विभागका प्रवक्ता अमन चित्रकारले नेपाल—भारत सरकारको सहमतिमा नेपालगन्ज—कोहलपुर रेल सन्चालनका लागि सन २०१७ मा सर्बे गरिएको बताए । ‘रेलको लिकको सर्बेका लागि भारतीय पक्ष, हामी र जिल्ला प्रशासन कार्यालय बाँके, मालपोत, नापी, वनका अधिकारीहरुसंग छलफल गरेका थियौँ । रेलको लिक रेखाकंन गरिएको सुनिएको छ,’ उनले भने,‘तर सर्बेको प्रतिबेदन नेपाल सरकारलाई बुझाइएको छैन । जसक...
जन्मदै मलद्धार नभएका बालकको शल्यक्रियाका लागि आर्थिक समस्या, सहयोगको आग्रह

जन्मदै मलद्धार नभएका बालकको शल्यक्रियाका लागि आर्थिक समस्या, सहयोगको आग्रह

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्ज, माघ ९ । जन्मदै मलद्वार नभएको बर्दिया मधुवन नगरपालिका वार्ड नं ४ ढोढरी गाउँका २६ महिने प्रिन्स थारुको उपचारमा आर्थिक समस्या भएको छ । आर्थिक अभावकै कारण परिवारले उनको उपचार गराउन सकेका छैनन । बालकका बुबा श्रीराम चौधरीका अनुसार छोराको उपचारमा हालसम्म ६ लाख खर्च भैसकेको जनाए । उनका अनुसार साना किसान सहकारी संस्थाबाट ४ लाख बिस्वासिलो सहकारी संस्थाबाट २ लाख ऋण लिएर नेपालगन्ज र कोहलपुरका अस्पतालमा उपचार गराइएको छ । चिकित्सकहरुले आधुनिक सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन सुझाव दिएका छन् । तर आर्थिक अभावका कारण उपचार सम्भव भएको छैन । बालकको अस्थायी मलद्वारको रुपमा पेटमा प्वाल पारेर मलद्वार बाहिर निकालिएको छ । अस्थायी प्वालमा संक्रमण भए भबिस्य खतरामा पर्ने भन्दै सहयोगका लागि अपिल गरिएको छ । राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत अर्जुन सुवेदीले बालकको तस्बिर पोष्ट गर्दै मेजर ...