नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २९ । पश्चिम नेपाल र भारतका पर्यटकलाई लक्षित गरेर नेपालगन्जको बेलासपुरमा एभियसन हवाई म्युजियमको स्थापना गरिएको छ ।
धनगढीमा रहेको उक्त म्युजियमलाई स्थानान्तरण गरी नेपालगन्जमा स्थापना गरिएको हो । १ करोड ८० लाख लगानीमा स्थापना भएको म्याजियम शनिवारदेखि सञ्चालनमा आउने क्याप्टेन वेद उप्रेतीले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई हवाई सम्बन्धी जानकारी दिने तथा आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले म्युजियमको स्थापना भएको हो । ठूलो जहाजभित्र २ सय भन्दा बढी मोडेलका जहाजहरु पनि राखिएको छ । साथै पश्चिम नेपाल र एभरेष्ट क्षेत्रका ३० उत्कृष्ट फोटोहरु पनि राखिएको उप्रेतीले बताउनुभयो ।
स्कुलका विद्यार्थीहरुका लागि छुटसहित टिकटको व्यवस्था रहेको जनाइएको छ । यसअघि धनगढीमा रहेको सो म्युजियम हेर्न नेपालका विभिन्न सहर र भारतका विभिन्न सहरबाट ठुलो संख्यामा पर्यटक पुग्ने ग...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २९ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेले जिल्ला प्रहरी प्रहरी कार्यालय बाँकेका थुनुवाहरुलाई ५० थान कम्बल सहयोग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार चिसोले थुनुवाहरु बिरामी पर्न थालेपछि बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको पहलमा थुनुवाहरुलाई कम्बल वितरण गरिएको हो ।
हाल बढिरहेको जाडो तथा मौसम परिवर्तनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयमा रहेका ५० जना थुनुवालाई कम्बल वितरण गरिएको बाँकेका प्रहरी प्रवक्ता र्डीसपी न्यौपानेले बताउनुभयो । सो कम्बल जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला आपतकालिन परिचालन कक्ष बाँकेको सहयोगमा उपलब्ध गराईएको पनि उहाँले बताउनुभयो ।
यसअघि रेडक्रस सोसाइटी बाँके मार्फत बाँके कारागारका कैदीबन्दीलाई पनि ३० थान कम्बल हस्तान्तरण ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २९ । जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता नरोक्न र तत्काल उपलब्ध गराउन सर्बोच्च अदालतले विपक्षीमा नाउँमा अन्तरिम आदेश जारी गरेको छ । बाँके डुडुवा गाउँपालिकाका जेष्ठ नागरिकहरुले आफ्नै घरमा सहज र सरल रुपमा भत्ता पाउनुपर्ने माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिट निवेदनमाथी सुनवाइ गर्दै अदालतले बृद्ध भत्ता, जेष्ठ नागरिकहरुलाई व्यवहारिक रुपमा सहज र सरल तरिकाबाट वितरण गर्नुपर्ने भनेको छ । यस्तै असक्त हिडडुल गर्न नसक्ने विरामी तथा गाउँ गाउँमा बैंक नखुलेको र बैंकिङ्ग प्रर्णालीमा तत्काल आबद्ध हुन नसकेका कारण सरकारबाट जेष्ठ नागरिकहरुलाई दिइएको बृद्ध भत्ताको रकम समयमा निकासा नहुदा बृद्धहरुले प्राप्त गर्न नसकि सरकारले दिएको उक्त सुविधाको कार्यन्वयनमा समेत बाधा पुगेको अदालतको ठहर छ । भने जेष्ठ नागरिकहरुलाई पुर्ववत रुपमा बृद्ध भत्ता रकमको निकास ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २८ पुस । लायन्स क्लब इन्टरनेसनलका संस्थापक मेल्भिन जोन जन्मोत्सवको अवसर पारेर लायन्स क्लब अफ नेपालगन्ज भेरीले जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ ।
साताव्यापी कार्यक्रम अन्तर्गत बुधबार लायन्स क्लब अफ नेपालगन्ज भेरीले नेपालगन्ज उप–महानगरपालिकाको पुरैनीमा ४० जना जेष्ठ नागरिकलाई कम्बल प्रदान गरेको हो ।
सामाजिक कार्यका लागि विश्वभर प्रख्यात संस्था लायन्स क्लब इन्टरनेसनल । जसले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
मानवीय सेवाका लागि विश्व प्रसिद्ध मेल्भिन जोनको जन्मोत्सवलाई भव्य रुपमा मनाउनका लागि साताव्यापी रुपमा रक्तदान कार्यक्रम, असाहाय, गरिबलाई सहयोग लगायतका कार्यक्रम गरिरहेको लायन्स क्लब अफ नेपालगन्ज भेरीको पुर्व अध्यक्ष सावित्री वस्नेतले बताउनु भयो ।
विश्वभरमा केल्भिनको जन्मोत्सवमा सामाजिक काम गर्ने गरिएको उहाँले बताउनु भयो । बुधबार ल...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २८ । प्रहरीले जतिसुकै सक्रियता देखाएपनि सीमापारी खुला रुपमा खरिद गर्न पाईने भएकोले लागु औषधको ओसार पसारमा कुनै पनि कमी आएको छैन । प्रहरी सक्रियताकै कारण दिनदिनै यहाँस्थित नमुनाहा नाका र अन्य ठाउँहरुबाट ठुलो परिमाणमा लागु औषध ब्राउनसुगर र अन्य ट्याबलेट र पेय पदार्थहरु नियन्त्रणमा लिने काम भैरहेको छ ।
प्रहरीले सक्रियता नदेखाएको भए धेरै बढी मात्रामा लागु औषध लुम्बिनी र कर्णाली प्रदेशका जिल्लाहरुमा पुग्ने थियो जसले गर्दा सयौं युवाको जिवन बर्बाद हुने थियो । तर, प्रहरीले देखाएको सक्रियता र तदारुकताकै कारण भारतबाट ल्याईएको धेरै लागु पदार्थ नाकामै वा नेपालगञ्ज बजारमा पुगेर प्रहरीको नियन्त्रणमा आउने गरेको छ ।
पछिल्लो पटक फेरी बाँकेका फरक फरक स्थानबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज १५ स्थित सीमा नाका जमुनाहबाट प्रहरीले लागूऔषधसहित दुई ...
सिराज खान
नेपालगञ्ज, पुस २८ गते । बाँकेको राप्तीपारीमा आतङ्क मच्चाइरहेको पाटेबाघलाई नियन्त्रणमा लिन चितवनको सौराहबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले बाघ रहेको सम्भावित स्थान पत्ता लगाइ नियन्त्रणमा लिने प्रयास थालेको छ ।
बाघलाई खोज्न राप्तीसोनारीको जङ्गलमा खटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ प्राविधिकहरु अमिर सडौला र तीर्थ लामाकोे टोलीले मानव बस्तीदेखी करिब ५ किलोमिटरभित्र फत्तेपुर जङ्गलमा बाघको ताजा पाइला फेला पारेको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत एवम् सूचना अधिकारी गणेश खड्काले जानकारी दिनुभयो ।
बाघको पाइला फेला पारेपछि टोली सोही क्षेत्रमा केन्द्रित भएको जनाउँदै बाघ नियन्त्रणको कार्य गरिरहेको उहाँले बताउनुभयो । खड्काका अनुसार नियन्त्रण टोलीमा डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि, वन तथा वातावरण संरक्षण समन्वय समिति...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २७ । चिसो र शितलहरका बेला जेष्ठ नागरिकलाई चिसोबाट जोगाउन बाँकेको डुडुवा गाउँपालिकाले न्यानो सामाग्री वितरण शुरु गरेको छ ।
गाउँपालिकाको वडा नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल र च्यवनप्राश वितरण गर्न शुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले मंगलबार एक कार्यक्रमका बीच जेष्ठ नागरिकहरुलाई कम्वल हस्तारण गर्नुभयो ।
त्यस अवसरमा बोल्दै अध्यक्ष चौधरीले अहिले चिसो मौसममा यो न्यानो कम्बलले मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरी विशेष कार्यक्रमको प्याकेज लागू गरेको भन्दै अब डुडुवाका कुनै पनि जेष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने बताउनुभयो । गाउँपालिकाले अहिले जेष्ठ नागरिकका लागि छुट्टै १५ शैयाको अस्पताल संचालनको तयारी गरेकाले स्वास्थ्य सम्वन्धि...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २७ । बुझाईसकेको विद्युत महसुलमा फेरी थप बुझाउनु पर्ने भनि खजुराका साना उद्योगीलाई विद्युत प्राधिकरणले पत्र काटेको सम्बन्धमा घरेलु तथा साना उद्योग महासंघ बाँकेले गरेको आग्रह र ध्यानाकर्षणलाई बेवास्ता गरिएकोले महासंघले प्राधिकरण विरुद्ध धर्ना, तालाबन्दी र घेराउससहित कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
विद्युत प्राधिकरणको लापरवाहीले मारमा परेका उद्यमि एवंम सरोकारवालाहरुसंग मंगलवार भएको छलफलले छुट रकमको नाममा उद्योग बन्द गर्ने प्रपन्चमा विद्युत प्राधिकरण कार्यालय नेपालगंज लागेको निश्कर्ष सहित उक्त छुट रकम कुनै पनि सर्तमा तिर्न नसकिने तथा माग बमोजिम कुनै सुनुवाई पनि नभएकाले बाध्यताबस चर्को बिरोधका कार्यक्रम गर्नुपरेको जानकारी महासंघले प्रेस विज्ञप्ती मार्फत दिएको छ ।
जिल्ला भित्र यस्तै किसिमको अन्य उद्योगहरुमा समेत प्राधिकरण सोही प्रकारका पत्र काटि...
सिराज खान
नेपालगञ्ज, पुस २६ गते । बाँकेमा पहिलो पटक पश्चिम नेपालकै सबैभन्दा अत्याधुनिक र ठुलो क्षमताको दाना उद्योग सोमवारबाट सञ्चालनमा आएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्तामा सो उद्योग सञ्चालनमा आएपछि पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा कुखुरा, माछा र पशुको दानाको अभाव नहुने दावी गरिएको छ ।
सोमवारबाट सञ्चालनमा ल्याईएको सो अत्याधुनिक उद्योगले एक घण्टामा सय क्वीन्टल दाना उत्पादन गर्ने जनाउँदै उद्योगका सञ्चालक कामरान राईले आवश्यक परेमा एक दिनमा हजारदेखि १२ सय क्वीन्टल भन्दा बढी विभिन्न दाना उत्पादन गरिने बताउनुभयो ।
उक्त उद्योगका लागि ९ हजार क्वीन्टल क्षमताको गोदाम समेत निर्माण गरिएको सञ्चालक राईले बताउनुभयो । उहाँले अब दानाका लागि यस क्षेत्रका किसानलाई चितवन वा अन्य जिल्लामा जानु पर्ने बाध्यता समेत अन्त भएको जनाउनुभयो ।
उद्योग सञ्चालनको पहिलो दिननै करिब ७ स...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २५ । यहाँस्थित नेपाल भारत जमुनाहा नाकामा आइतवार पनि ठुलो संख्यामा संक्रमित भेटिएका छन् । भारतबाट आउनेहरु मध्ये मात्र ६७५ जनाको एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
उहाँले आइतवार जमुनाह नाकामा सकास्पद ६७५ जनाको कोभिड एन्टिजिन परिक्षण गर्दा १३ जना पुरुष र २६ जना महिला सहित ३९ जनामा कोरोना पुष्टि भएको बताउनु यभो । संक्रमण देखिएका सबैलाई नेपालगञ्जस्थित बालमन्दिर आइसोलेसनमा राखी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
यस अघि केही दिन पहिलेसम्म नाकामा चेकजाचका क्रममा संक्रमीतको संख्या शुन्य आउदै गरेकोमा यहि पुस १९ गतेदेखि एक्कासी संक्रमितहरु बढ्न थालेका थिए । पुस १९ गते ९ जना, पुस २० गते ४ जना, पुस २१ गते ५ जना, पुस २२ गते २३ जना, पुस २३ गते २६ जना, पुस २४ गते ४६ जना र आइतवार ३९ जनामा ...