फत्तेपुरमा बाघले घेरेपछि रुखमा चढेर दुई जनाले ज्यान जोगाए
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ३ । बाँकेको फत्तेपुरस्थित जंगलमा दाउरा खोज्न गएका दुई जनालाई पाटेबाघले घेरा हालेपछि शनिवार एक घण्टा रुखमा चढेर ज्यान जोगाउन सफल भएका छन् ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरस्थित राप्तीपीडित तथा गलुरी सामुदायिक वनभित्र दाउरा खोज्न गएका अशोककुमार थारु र राजाराम थारुलाई बाघले शनिबार घेरा हालेर आक्रमण गर्न खोजेपछि उनिहर रुखमा चढेका थिए ।
स्थानीय सिताराम थारुले दिएको जानकारी अनुसार बाघले लखेटेर घेरा हालेपछि अशोक र राजारामले रुखमा चढेर ज्यान जोगाउनु भएको हो ।
दाउरा बोकेर हिडिरहेका बेलामा बाघले फेला पारेपछि दाउरा फालेर उनीहरु रुखमा चढेका थिए । दुबै जना अलग–अलग स्थानमा करिव एक घण्टा जति रुखमा चढेर गुहार मागेका थिए ।
अशोकले मोबाइलबाट रुखबाटै फोन गरेर सबैलाई बोलाएपछि गाउँका धेरै जना मिलेर हो–हल्ला गर्दै रुखमा चढेको ठाउँमा गएर उद्धार गरी उनिहरुलाई घ...








