नेपालगञ्जपाटी समाचार
नेपालगज, चैत १ । सामान्य विवादमा भएको कुटपिटबाट गम्भीर घाइते भै नेपालगञ्जस्थित मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराईरहेका खजुरा गाउँपालिका वडा नम्बर ८ का कलिम साईको मंगलवार मृत्यु भएको छ ।
मृतक साईका पिता सलिम साईका अनुसार फागुन २५ गते तास खेल्ने विषयमा भएको सामान्य विवादलाई लिएर २६ गते सोधपुछ गर्ने क्रममा आफ्नो छोरामाथि तिलक शाही, रतन शाही र नेत्र शाहीले भाटाले आक्रमण गर्दा टाउकोमा गम्भिर चोट लागेपछि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
तर, उपचारकै क्रममा साईको स्वास्थ्य अवस्थामा सुधार नआई झन झन गम्भिर बन्दै गएपछि मंगलवार दिउँसो मृत्यु भएको शिक्षण अस्पतालले जनाएको छ ।
सामान्य विवादमा कुटपटि गरेर मानिसको ज्यान लिनेहरुलाई कडा भन्दा कडा कारवाही गर्न मृतकका आफन्त र स्थानीय बासिन्दाले प्रहरी प्रशासनसंग माग गरेका छन् ।
साईलाई आक्रमण गर्न...
६७८ जनाको स्वास्थ्य परीक्षण गरेर औषधी वितरण गरियो
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत १ । स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेको बाँकेको सबैभन्दा पिछिडिएको मानिने नरैनापुरमा कतार च्यारेटीको आर्थिक सहयोगमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा मंगलवार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो ।
नरैनापुर गाउँपालिका, नेपालगञ्ज मेडिकल कलेज र भैरव प्रसाद गणको समन्वयमा बाँके युनेस्को क्लबले आयोजना गरेको सो स्वास्थ्य शिविरमा पहिलो पटक विभिन्न रोगका विशेषज्ञ डाक्टहरु पुगेकोले ठुलो संख्यामा विरामीहरुले सेवा लिएका छन् ।
लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरमा आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा ६७८ जना महिला पुरुष र बालबालिकाले निशुल्क स्वास्थ्य परिक्षण गराएर औषधी समेत निशुल्क पाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दीकीले बताउनुभयो ।
स्वास्थ्य परिक्षण गराएका ६७८ जना मध्ये जटिल क...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २५ । प्रहरीले नाकामा कडाई गरेपछि नयाँ नयाँ तरिकाले लागु औषध भित्रयाउनेहरु सो काममा सक्रिय भएको पाईएको छ । पछिल्लो समयमा बाँकेमा बुधवार प्रहरीले यहाँस्थित नेपाल भारत सिमानाको जमुनाहबाट २ जनालाई मुखमा राखेर ब्राउन सुगर ल्याईरहेको अवस्थामा पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका वडा नं.५ बस्ने ३२ वर्षिय विष्णु रावत र सोही ठाउँको तातोपानी गाउँपालिका वडा नं.३ बस्ने २२ वर्षिय भरत रावलले भारतबाट मुखभित्र राखेर ल्याईरहेको तीन ग्राम ब्राउनसुगसहित दुबैजनालाई पक्राउ गरिएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय जमुनाहका सई मिन बहादुर विष्टको कमाण्डमा खटिएका प्रहरी टोली र लागु औषध व्युरो नेपालगञ्जको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो । बुधबार अपरान्ह २ः४५ बजे भारतबाट नेपाल आउने क्रममा नेपालगञ्ज उपमहानगरपालि...
सिराज खान
नेपालगञ्ज, फागुन २५ गते । कुनैपनि राम्रो पदमा पुगेपछि पहिलो निर्णय लोकप्रिय र सधैं स्मरणीय हुने खालको गर्ने हरेकको चाहना हुन्छ । तर, धेरै कमले मात्र सही समयमा सही निर्णय गरेर आफुलाई स्थापित गर्न सक्छन् र सो निर्णयबाट धेरैलाई फाइदा पनि दिन सक्छन् ।
सोही प्रकारको निर्णय गर्न सफल हुनुभएको छ, बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्ष पदमा नियुक्त हुनुभएका किशोर थापा । उहाँले पदभार ग्रहण गरे लगत्तै बसेको पहिलो विकास समितिको बैठकबाट खजुरावासीलाई सो अस्पतालमा ओपिडी सेवा निःशुल्क दिने निर्णय गर्नुभएको छ ।
हेर्दा निकै सामान्य जस्तो लाग्ने समितिको पहिलो निर्णयले क्यान्सर अस्पताललाई सबै खजुरावासीको साझा अस्पताल बनाउन सफल भएको छ । खजुरामा बसोबास गर्ने हरेक स्थानीयले आजबाट सो अस्पताललाई आफ्नो अस्पतालका रुपमा ग्रहण गरेका छन् । यो निर्णयले अस्पताल संगको सा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २० । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा मनोनित हुनुभएको छ ।
युवा राजनितिज्ञ थापालाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट सो अस्पताल विकास समितिको अध्यक्ष मनोनयन गरिएको हो ।
पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण गरि हाल नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको खजुराको क्यान्सर अस्पतालको अध्यक्षमा थापा मनोनीत भए संगै अस्पतालले गति लिनेमा बिश्वास गरिएको छ ।
पछिल्लो समय बाँकेमा राजनैतिक तथा समाजसेवामा सकृय थापाले खजुरा क्यान्सर अस्पताललाई नयाँ उचाइमा पुराउन महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।...
सिराज खान
नेपालगञ्ज, फागुन १८ । गत तीन महिनादेखि राप्तीसोनारी गाउँपालिका लगायतको क्षेत्रमा आतंक मच्चाउदै आएको ठुलो पाटेबाघलाई बुधवार विहान बेहोस बनाएर नियन्त्रणमा लिईएको छ ।
वन डिभिजन कार्यालय बाँकेले दिएको जानकारी अनुसार राप्तीसोनारी वडा नम्बर ६ बाट बुधवार विहान बाघलाई बेहोस बनाउन सफलता मिलेको हो ।
वन डिभिजन कार्यालय बाँकेका प्रमुख दधिराम कँडेलले राष्टिय प्रकृति कोष बर्दियाबाट आएको २ जनाको प्राविधिक टोलीले डट गनको माध्यमबाट पाटे बाघलाई बेहोस बनाएर निण्नत्रणमा लिइएको बताउनुभयो ।
उहाँले मंगलवार दिउँसो ३ बजे आहाराका लागि राखिएको पाडोलाई बाघले खाएको र पछि राती भएकोले खोज्न नसकेपनि बुधवार विहानै बाघ देखिएपछि डट गनको माध्यमबाट बेहोस बनाईएको बताउनुभयो । नियन्त्रणमा लिईएको बाघ भाले बाघ भएको र निकै ठुलो रहेको करिब ८ वर्ष उमेरको हुनसक्ने प्रमुख कँडेलले बताउनुभयो ।
बेहोस रहेको बाघलाई नेपालगञ्ज ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १३ । नेपालका कुखुरा पालक किसान र कुखरा उत्पादक व्यवसायीले भारतबाट भैरहेको कुखुराको अवैध आयात रोक्न दवाव बढाएपछि प्रहरीले सक्रियता बढाउँदै धमाधम अवैध कुखुरा नियन्त्रणमा लिईरहेकै बेला अहिले आएर भारतबाट अवैध रुपमा भित्रयाईएको करिब सात कुइन्टल मासु पनि नियन्त्रणमा लिएको छ ।
बर्डफ्लुको उच्च जोखिमका विचपनि प्रतिवन्धित कुखुरा र मासुको अवैध आयात भने जारी नै रहेको हाल बरामद गरिएको यति धेरै परिमाणको कुखुरा र हाँसको मासुले पनि पुष्टि गरेको छ ।
यसरी दैनिकजसो मासु र कुखुरा दुबै भारतबाट अवैध रुपमा भित्रिने गरेकोले नेपाली किसान र व्यवसायी सर्वाधिक मारमा परेको उनिहरुको गुनासो छ ।
भारतमा सस्तो पाइने गुाण्स्तरहीन तथा स्वास्थ्यका लागि हानिकारक मासु भित्रिने क्रम नरोकिएकोले बाँकेका व्यवसायीले लगानी गरेको करोडौं लगानी डुब्ने अवस्थामा आएको व्यवसायीले निरन्तर गुनासो ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १२ । लागु औषधको ओसारपसार विरुद्ध सक्रियता बढाउँदै गएको बाँके प्रहरीलाई एकपछि अर्को गरेर सफलता प्राप्त हुँदै गएको छ । सोही क्रममा विहिबार दिउँसो जमुनाह प्रहरीले भारत जान लागेका दुई महिलासहितका तीनजनाको खान तलाशी गर्दा तीन किलो चरेस लुकाएर लैजान लागेको देखिएपछि चरेससहित तीनै जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई मिन बहादुर विष्टले दिनुभएको जानकारी अनुसार विहिबार दिउँसो करिब २ बजे जमुनाह नाकामा भारत जान लागेका जिल्ला सुर्खेत सिम्ता ४ का विरेन्द्र हमाल, सोही ठाउँकी दिपा बुढा र जाजरकोट शिवालय गापा २ की खिमा खत्रीमाथि शंका लागि चेकजाँच गर्दा ती दुई जना महिलाले बोकेको झोलामा प्लाष्टिकले बेरेर लुकाएर राखिएको तीन किलो चरेस बरामद गरिएको छ ।
बरामद गरिएको चरेस र पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी जमुनाहको हिरास...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १० । ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्न सक्रिय रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेले नेपालगञ्जको पुष्पलाल चोक नजिक सडकमा दुर्घटनाको जोखिम बढेपछि मंगलवार माटो छर्केर दुर्घटनाको जोखिम टार्ने कार्य गरेको छ ।
यात्रु वाहक सवारी साधन ठुलो संख्यामा आवागमन गर्ने र रोक्ने मुख्य ठाउँ बनेको पुष्पलाल चोक नजिकको सडकमा मोबिल पोखिएर सडक अत्याधिक मात्रामा चिल्लो हुन गई सवारी दुर्घटना हुने संभावना भएका कारण सो सडकमा माटो हालेर दुर्घटना हुनबाट जोगाउने कार्य गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताउनुभयो ।
उहाँले नेपालगंज उप–महानगरपालिका वडा नं.१८ स्थित सडकमा मोबिल पोखिएर सडक अत्याधिक मात्रामा चिल्लो हुन गई सवारी साधन चिप्लिने र दुर्घटना हुने संभावना देखेर ट्रयाक्टरमा माटो बोकेर ल्याइ छर्किएको बताउनुुभयो ।
पछिल्लो स...
सिराज खान
नेपालगञ्ज, फागुन १० । सीमाना पारी रुपैडियाबाट हुँदै आएको लागु पदार्थ ब्राउनसुगर तस्करीको जालो रुपैडियादेखि काठमाण्डौसम्म फैलिएको खुलासा भएको छ । काठमाण्डौ लैजान लागेको ४ लाख रुपियाँको ब्राउनसुगरसहित बर्दियाका एक युवकलाई मंगलवार प्रहरीले पक्राउ गर्न सफल भएपछि सो जालो को खुलासा भएको हो ।
यसअघि पनि प्रहरीले बाँके, सुर्खेत र दांग लैजान भनि भित्र्याईएको ब्राउनसुगरलाई जमुनाहा नाका र नेपालगञ्ज तथा कोहलपुरबाट पटक पटक नियन्त्रणमा लिंदै आएको थियो, तर मंगलवार काठमाण्डौ लैजान ल्याईएको ब्राउनसुगर बरामद गरिएपछि ठुलो नेटवर्कले लागु औषध तस्करी गरिरहेको आशंका उत्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले लागु औषधको ओसारपसार र तस्करी नियन्त्रणमा सक्रिय रहेको बाँके प्रहरीले काठमाण्डौं लैजाने भन्दै रुपैडियाबाट ४ लाखमा खरिद गरिएको ब्राउन सुगरसहित नेपालगञ...