२७ मंसिर २०८२, शुक्रबार

स्वस्थ्य

भेरी अस्पतालमा बाँके र दांगका थप दुई संक्रमितको मृत्यु

भेरी अस्पतालमा बाँके र दांगका थप दुई संक्रमितको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ २० गते । भेरी अस्पतालमा उपचाररत दाङ र बाँकेका दुई जना थप कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत शान्तिनगर गाउँपालिका–३ का ८० वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–८ का ८६ वर्षीय पुरुषको मृत्यु भएको हो । कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले दाङका सङ्क्रमितको बुधबार राति र बाँकेका सङ्क्रमितको बिहीबार विहान मृत्यु भएको बताउनुभयो ।उहाँले माघ १६ गते कोरोना पुष्टि भएका दाङका पुरुषलाई भएका त्यसैदिन भेरी अस्पतालमा भर्ना गरिएको र माघ १३ गते कोभिड पुष्टि बाँके नेपालगञ्जका सङ्क्रमित पुरुषलाई पनि सोही दिन अस्पताल भर्ना गरिएको बताउनुभयो । दुबै जनाको उपचार भइरहेकोमा स्वास्थ्यमा सुधार नआउँदा मृत्यु भएको अस्पतालले जनाएको फोकल पर्सन ओलीले बताउनुभयो । जिल्ला कोभिड व्यवस्थापन समित...
बाँकेमा बुधवार पहिलो दिन ३१ हजार ६१७ बालबालिकाले मोडर्ना खोप लगाए

बाँकेमा बुधवार पहिलो दिन ३१ हजार ६१७ बालबालिकाले मोडर्ना खोप लगाए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १९ । बुधवार शुरु गरिएको १२ वर्षदेखि १७ वर्ष उमेर समहुका बालबालिकालाई मोडर्ना खोप लगाउने अभियान अन्तर्गत बुधवार बाँकेमा ३१ हजार ६१७ बालबालिकाले खोप लगाएका छन् । नेपालगञ्जमा मात्रै १० हजार भन्दा बढी बालबालिकाले खोप लगाएका छन् । बाँके जिल्लाका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले दिनु भएको जानकारी अनुसार जिल्लाका ६९ हजार ८३७ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा पहिलो दिननै जिल्लाका ८ वटा पालिकामा ३१ हजार ६१७ जनाले खोप लगाएका छन् । विभिन्न विद्यालयमा खोप केन्द्र बनाएर खोप अभियान शुरु गरिएको थियो । खोप लगाउनेहरुमा १५ हजार ९९७ बालक र १५ हजार ६२० बालिका रहेको जनाउँदै फोकल पर्सन श्रेष्ठले पहिलो दिनमा लक्ष्यको आधाजतिले खोप लगाएकोमा दोस्रो दिन विहिबार पनि सोही संख्यामा खोप लगाए लक्ष्य सहज रुमा पुरा हुने बताउनुभयो । खोप लगाउनेहरुमा सबै भन्दा बढी नेपालगञ्ज उप...
बाँकेमा पनि बालबालिकालाई  खोप लगाउन शुरु

बाँकेमा पनि बालबालिकालाई खोप लगाउन शुरु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ १९ गते । बाँकेमा बुधवारदेखि १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । २०६१ माघ १५ गतेदेखि २०६६ माघ १५ को बीचमा जन्मिएका १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लाई बुधवारदेखि मोडर्ना खोप लगाउन शुरु गरिएको हो । सो खोप अभियानको शुभारम्भ बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले गर्नुभयो । सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह र बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको उपस्थिति रहेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न विद्यालयलाई खोप केन्द्र बनाएर खोप लगाउन सुरु गरिएको बाँकेका कोरोना खोप अधिकृत नरेश श्रेष्ठले बताउनुभयो । बाँकेका ८ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरुले तोकेका खोप केन्द्रहरुमा खोप लगाउन सुरु गरिएको जनाउँदै उहाँले जिल्लाका सो उमेर समहुका ६९ हजार बालबालिका लाई खोप लगाइने ...
नेपालगञ्जको अव्यवस्थित पार्किंगलाई व्यवस्थित गर्दै ट्राफ्रिक प्रहरी

नेपालगञ्जको अव्यवस्थित पार्किंगलाई व्यवस्थित गर्दै ट्राफ्रिक प्रहरी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १८ । जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा जथाभाबी पार्किङ गरेर राखिएको सवारी साधन र ठेलागाडालाई ब्यबस्थित गर्न शुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्ज बजार क्षेत्रमा जथाभाबि पार्किङ गर्ने प्रचलननै कायम भैसकेकोले सो मा सुधार ल्याउनका लागि जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले पार्किंगलाई व्यवस्थित गर्न थालेको ट्राफ्रिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाहले बताउनुभयो । उहाँका अनुसार सो क्रममा नेपालगञ्जको त्रिभुवन चोक र सदरलाइनमा अव्यवस्थित तरिकाले जथाभावि पार्किंग गरेर राखेका मोटरसाईकल, ठेलागाडालाई जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले मंगलवार ब्यबस्थित गरेको छ । नेपालगन्ज बजारको बिभिन्न स्थानहरुमा जथाभाबी पार्किङ गरि राखेका सवारी साधन मोटरसाईकल, स्कुटी, अटो, ठेलागाडाहरुलाई जिल्ला ट्राफ्रिक प्रहरी क...
बाँके ट्राफिक प्रहरीद्धारा कोरोना विरुद्धको सचेतना अभियान निरन्तर जारी

बाँके ट्राफिक प्रहरीद्धारा कोरोना विरुद्धको सचेतना अभियान निरन्तर जारी

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १७ । बाँकेस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको पालनासंगै कोभिड विरुद्धको सचेतना अभियानलाई पनि निरन्तर जारी राखेको छ । कोरोना संक्रमण बढ्दै गएपछि गत केही समयदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा सवारी साधनको चेकजाँचसंगै आवागमन गर्ने नागरिकलाई मास्क लगाउन आग्रह गर्दै ठुलो संख्यामा मास्क वितरण गरेको छ । सो कार्यालयका विभिन्न प्रहरीले विभिन्न स्थानमा मास्क वितरण, मास्क चेकजाँच लगायतको अभियानमा तिव्रता दिएका छन् । कामको शिलसिलामा खटिंदा कोरोना संक्रमित हुनुभएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाह निको भएर फेरी काममा खटिएलगत्तै कोरोना विरुद्धको सचेतना फैलाउन फेरी सक्रिय भएर लाग्नु भएको छ । प्रमुख शाहको नेतृत्वमा ट्राफिक प्रहरीले सोमवार नेपालगंज बजार क्षेत्र, रत्न राजमार्ग र नेपाल...
कसैले ध्यान नदिंदा दुर्गन्धित बनेको बसपार्कको प्रहरीद्धारा सरसफाई शुरु

कसैले ध्यान नदिंदा दुर्गन्धित बनेको बसपार्कको प्रहरीद्धारा सरसफाई शुरु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १७ । सरसफाईमा सम्बन्धित निकायले ध्यान नदिंदा दुर्गन्धित बन्दै गएको नेपालगन्ज बसपार्कमा सोमबारदेखि अस्थायी प्रहरी पोष्ट बसपार्कको नेतृत्वमा सरसफाई अभियान शुरु गरिएको छ । कसैले ध्यान नदिंदा बसपार्क दुर्गन्धित र फोहर बन्दै जान थालेपछि सरसफाई अभियान सुरु गरिएको अस्थायी प्रहरी पोष्टका इन्चार्ज एवं प्रहरी सहायक निरिक्षक फत्तेबहादुर हमालले जानकारी दिनु भएको छ । गत सातामात्रै इन्चार्जको जिम्मेवारीसहित अस्थायी प्रहरी पोष्ट बसपार्क आउनु भएका प्रहरी सहायक निरिक्षक हमालका अनुसार बसपार्कमा यातायात व्यवसायी, होटल तथा अन्य किराना व्यवसायीका साथै यात्रुहरुले समेत सरसफाइमा ध्यान ध्यान नदिएकाले दुर्गन्ध बढेपछि सरसफाइ अभियान थालिएको हो । ‘हामीले बसपार्कलाई सुन्दर र स्वच्छ बनाउनुपर्छ भनेर पहिलो चरणमा सरसफाइ अभियान सुरु गरेका छौं,’ प्रहरी सहायक निरिक्षक हमालले भन्नुभयो, ‘...
बाँके प्रहरीले फेरी दुई जना लागु औषध कारोबारी पक्राउ गर्यो

बाँके प्रहरीले फेरी दुई जना लागु औषध कारोबारी पक्राउ गर्यो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १७ । लागु औषध नियन्त्रणमा सक्रिय रहेको बाँके प्रहरीले ठुलो परिमाणको लागूऔषध ब्राउन सुगर सहित २ जना कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट लागूऔषध नियन्त्रण व्युरोको संयुक्त टोलीले सोमवार दिउँसो सवा एक बजे नेपालगन्ज १० गणेशमान चोक नजिकबाट २ जनालाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । जिल्ला प्रहरी बाँकेका अनुसार जानकी गाउँपालिका २ का २८ बर्षीय पारसमणि बर्मा र सोही स्थानकै २६ बर्षीय ओमप्रकाश बर्मालाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उनिहरुको साथबाट २० ग्राम ब्राउनसुगर बरामद गरिएकोले उनिहरु कारोबारी रहेको अनुमान प्रहरीले लगाएको छ । पक्राउ परेका दुबै जनासँग लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । केही समययता बाँकेमा प्रहरीले आफ्नो सक्...
बाँकेमा आइतवार कोरोना संक्रमित घटे, अस्पताल भर्ना हुने पनि निकै कम

बाँकेमा आइतवार कोरोना संक्रमित घटे, अस्पताल भर्ना हुने पनि निकै कम

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ १६ । गत केही समय यता बाँकेमा दैनिकजसो बढ्दैगएको सङ्क्रमितको सङ्ख्यामा आइतवार कमीआएको छ । आइतवार जमुनाहा नाकामा पनि सङ्क्रमितको सङ्ख्या घटेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पताल र जमुनाहा नाका दुबै ठाउँमा परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या घटेको देखिएको हो । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार शनिवारसम्म भेरी अस्पताल, मेडिकल कलेज र निजी ल्याबमा गरेर दैनिक १२५ जनाको हाराहारीमा सङ्क्रमित थपिने गरेका थिए। जमुनाहा नाकामा पनि करिब ४० जना संक्रमित भेटिने गरेको थियो । तर, आइतवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३६ जना मात्र सङ्क्रमित भेटिएको र जमुनाहा नाकामा १९ जना मात्र सङ्क्रमित भेटिएको फोकल पर्सन ओलीले बताउनुभयो । स्वास्थ्य मापदण्डको पालनामा जोड दिइएको र खोप लगाउने अभियानलाई तिव्र गतिमा अगाडि बढाइएकाले...
नेपाली सेनाको निरीक्षण विभागको टोलीद्धारा होल्डिंग सेन्टरको निरीक्षण

नेपाली सेनाको निरीक्षण विभागको टोलीद्धारा होल्डिंग सेन्टरको निरीक्षण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १६ । नेपाली सेनाको निरीक्षणाधिकृत विभागका निरिक्षण अधिकृत उपरथि निरन्जन कुमार श्रेष्ठसहितको निरिक्षण भ्रमण टोलीले नेपालगञ्जमा निर्माणाधिन होल्डिंग सेन्टरको स्थलगत निरिक्षण गरेको छ । नेपाली सेनाका उपरथि श्रेष्ठसहितको भ्रमण टोलीले कोरोना संक्रमितहरुलाई राख्नका लागि निर्माण भैरहेको एक हजार बेड क्षमताको नेपालगञ्ज १४ भवनियापुरमा निर्माणाधिन होल्डिंग सेन्टरको निरिक्षण गरेर सो को निर्मााणका बारेमा आइतवार जानकारी लिनुभयो । उहाँले होल्डिंग सेन्टरको निर्माणलाई छिटो पुरा गरेर आवश्यक परेको छ भने सञ्चालनमा ल्याउन समेत आग्रह गनुैभयो । त्यसका साथै उहाँले स्थानीय प्रतिनिधि, विभिन्न संघसंस्था, सम्बन्धित निर्माण निर्माण कम्पनी, नेपाली सेना तथा अन्य सुरक्षा निकायसंग आवश्यक समन्वय तथा सहकार्य गरेर अगाडी बढ्न पनि सुझाव दिनुभयो । होल्डिंग सेन्टरसम्मको सडक निर्माण र मर्मत ...
बाँके बर्दियाका चिसो प्रभावित अति विपन्न बृद्धबृद्धालाई कम्मल वितरण

बाँके बर्दियाका चिसो प्रभावित अति विपन्न बृद्धबृद्धालाई कम्मल वितरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १५ माघ । चिसो र शितलहरबाट अत्याधिक प्रभावित बर्दिया जिल्लाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका १३३ र नेपालगञ्जका १७ जना अति विपन्न परिवारका बृद्ध बृद्धालाई बाँके युनेस्को क्लबले कम्मल वितरण गरेको छ । नेपाल युनेस्को क्लबहरुको राष्टिय महासंघका वरिष्ठ उपाध्यक्ष दिपक सरकारको सहकार्यमा प्राप्त भएका कम्मलहरुलाई बाँके युनेस्को क्लबले गेरुवा गाउँपालिका र बर्दिया युनेस्को क्लब टपराको समन्वयमा वितरण गरिएको हो । गेरुवा गाउँपालिकामा ९० जना, राजापुर नगरपालिकामा ४३ जना र नेपालगञ्जका १७ जना अतिविपन्न बृद्धबृद्धालाई कम्मल वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । शनिवार बर्दियाको गेरुवा र राजापुरमा आयोजित कार्यक्रममा युनेस्को आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारी, युनेस्को आयोगका सदस्य हरिबंश किरात, युनेस्को आयोगका सदस्य तथा य...