सिराज खान
नेपालगन्ज, असार २३ गते । लुम्बिनी प्रदेशका कृषि तथा भुमिब्यवस्था मन्त्री भण्डारीलाल अहिरले प्रदेश सरकारले गरिब र विपन्न तथा वास्तविक किसानलाई कृषि उत्पादनमा सहयोग गर्ने बताउनुभएको छ । उहाँले किसानको नाममा ठुला बडाले सरकारी सहयोग लिने गरेको गुनासो बारम्बार आउने गरेको जनाउँदै सो बारेमा वर्तमान गम्भीर र सचेत रहेको बताउनुभयो ।
शनिवार नेपालगन्जस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा आयोजना गरिएको एक कार्यक्रममा बाँकेका पशुपंक्षीपालक किसानलाई निशुल्क कृषि उपकरण र चल्ला वितरण गर्दै मन्त्री अहिरले सो बताउनु भएको हो । सो अवसरमा उहाँले पशुपंक्षी उत्पादन बृद्धि गर्दै किसानलाई व्यवसायीक कार्यतर्फ आकर्षित गर्ने उदेश्यले प्रदेश सरकारले विभिन्न प्रकारका कार्यक्रम र योजना बनाइरहेको बताउनुभयो ।
मन्त्री अहिरले भन्नुभयो–‘कुन क्षेत्रमा के के राम्रो उत्पादन हुन्छ सो को अध्ययन गरेर ...
समाचारदाता
नेपालगन्ज, असार ९ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सीप विकास तालिम पाएका बर्दियाका किशोर किशोरी र युवा महिलाहरु
राष्ट्रिय सीप परीक्षण बोर्डको सिप परिक्षण परिक्षामा सहभागि भएका छन् ।
क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत सुरक्षा गार्डको तालिम लिएका १६ जना युवा महिला राष्ट्रिय सीप परीक्षण बोर्डले शनिवार नेपालगन्जमा आयोजना गरेको लेभल १ को सीप परीक्षण परिक्षामा सहभागि भएका छन् ।
क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले राष्ट्रिय सीप परीक्षण बोर्डको प्रमाणपत्र प्राप्त गर्नका लागि उनिहरु सो परिक्षामा सहभागि भएको र परिक्षामा उत्तिर्ण हुनेहरुले प्रमाणपत्र पाउने बताउनुभयो ।
उहाँले सो प्रमाणपत्रको आधारमा उनिहरुलाई स्वदेश तथा विदेशमा रोजगारी गर्न सहज हुने बताउनुभयो ।
तीन दिनसम्म चल्ने सो सिप परिक्षण परिक्षामा ब्युटी पार्लर र टेलरिङको प्रशिक...
समाचारदाता
नेपालगञ्ज, जेठ ३० । स्थानीय सार्वजनिक निजि साझेदारी प्लेटफर्मको बैठक नेपालगञ्जमा विभिन्न विषयमा छलफल गरेर मंगलवार सम्पन्न भएको छ ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुप ले जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को आयोजनामा सो बैठक सम्पन्न गरिएको हो ।
बि ग्रुपका उपाध्यक्ष मिरा खनालको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागि विभिन्न सरोकारवालाविच विषादी नहालिएको तरकारी तथा अन्य कृषि उत्पादनमा जोड दिनुका साथै ती उत्पादनको बजारीकरण लगायतका विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो ।
बैठकमा सहभागि अधिकांश कृषिसंग सरोकार राख्नेहरुले परीक्षणको अभावमा अधिकांश नेपालगञ्जवासी विषादी भएको तरकारी खान बाध्य भएको ठहर गर्दै विषादी नभएका अर्गानिक तरकारी खेतीमा जोड दिंदै अर्गानिक तरकारीका लागि बजारको समस्या नहुने बताएका थिए ।
नार्कक...
समाचारदाता
नेपालगञ्ज, जेठ २६ । बर्दियाको ठाकुरबाबा नगरपालिका रोजगार सेवा केन्द्र र बाँके यूनेस्को क्लबको संयुक्त आयोजनामा रोजगार रणनीति २०८० सम्बन्धि कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्बलद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत रोजगार रणनीति तर्जुमाकालागि रोजगार संवाद मञ्चका पदाधिकारीहरु तथा सरोकारवाला निकायको क्षमता अभिवृद्धि र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
रोजगार संवाद मन्चका अध्यक्ष कमल बहादुर विष्ट तथा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, उद्योग वाणिज्य संघका अध्यक्ष गोबिन्द आचार्य, महिला विकास शाखा, होटेल व्यवसायीहरूको सहभागितामा रोजगार नीतीको पृष्ठभूमी तथा नीतिगत, कानुनी आधार, स्थानीय अवसरहरु सा...
समाचारदाता
नेपालगन्ज, जेठ २३ । बाँके युनेस्को क्लबले बर्दिया गुलरियाका युवा महिलालाई स्वरोजगार बनाउने उदेश्यले सञ्चालन गरेको जिवन सीप विकास तालिम सम्पन्न भएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत बर्दियाको गुलरियाका युवा महिलाका लागि ३९० घण्टाको सो सीप विकास तालिम सञ्चालन गरिएको थियो ।
प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले सो जीवन सीप तालिम पूरा गरेका ६६ जना युवा महिला प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले विपन्न तथा पछाडी परेका युवा महिलालाई समाजमा सम्मानजनक जीवन बिताउन आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बन्नका लागि रोजगारी सृजना गराउन यो तालिम प्रदान गरिएको बताउनुभयो ।
क्षेत्रीय प्रबन्धक पराजुलीले अब तालिम अनुसार स्वरोजगार बनेर सबैलाई अवसर पाएरमा हामीले जे पनि गर्न सक्छौ भ...
समाचारदाता
नेपालगञ्ज, जेठ ९ । बाँके युनेस्को क्लबले मर्यादित र सुरक्षित वातावरणमा व्यवसाय एवं रोजगार सञ्चालनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेका रोजगारदाता र श्रमिकहरुका लागि अभिमूखिकरण कार्यक्रम गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो अभिमूखिकरण गरिएको हो ।
सो अभिमूखिकरणमा नगरपालिका भित्रका युवा महिलालाई रोजगारी र व्यवसायमा लगाउन देखिएका समस्या र चुनौतीहरुसंगै अवसर तथा अन्य विभिन्न प्रकारका अवरोधका बारेमा छलफल गरिएको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाको रोजगार संयोजक रविन्द्र अर्यालले रोजगारदाता र श्रमिक दुबैलाई एकै ठाउँमा राखेर गरिएको यो कार्यक्रम निकै सकारात्मक रहेको र यसबाट युवा महिलालाई रोजगारीमा जान सहज हुने बताउनुभयो ।
उद्योग वाणिज्य संघका अध्यक्ष...
समाचारदाता
नेपालगञ्ज, जेठ ८ । प्लान इन्टर नेसनल नेपाल र बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा आयोजना गरेको संवाद कार्यक्रममा लैंगिक समानता र रोजगारीका अवसरका लागि शिक्षा र सिपमा विशेष जोड दिईएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको सो संवाद कार्यक्रममा सहभागि हुनु भएका विभिन्न सरोकारवालाले युवा महिलाको रोजगारीका लागि महिला मैत्री वातावरण निर्माण गर्नुका साथै अभिभावक र सरोकारवाला निकाय सबैको सहयोग आवश्यक रहेको कुरामा जोड दिईयो ।
गुलरिया नगरपालिकाको महिला विकास शाखा प्रमुख शिला शाहले युवा महिलाको आर्थिक अवस्था बलियो बनाउन उनिहरुलाई रोजगारी र व्यवसायमा लगाउनु आवश्यक रहेको जनाउँदै त्यसका लागि लैंगिक समानता, समान अवसर र अभिभावकको सहयोग अपरिहार्य भएको बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय गुलरियाका केशवराज...
समाचारदाता
नेपालगञ्ज, जेठ ६ । बाँके युनेस्को क्लबले युवा महिलाको रोजगारीकालागि स्थानीय स्तरमा अवसर, सम्भावना तथा आगामी प्राथमिकताका विषयमा छलफल गर्न बर्दियाको गुलरियामा एक संवाद कार्यक्रम गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो ।
गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा युवा महिलाको रोजगारीका लागि महिला मैत्री वातावरण निर्माण गर्नुका साथै अभिभावक र सरोकारवाला निकाय सबैको सहयोग आवश्यक रहेको निष्कर्श निकालिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले युवा महिलाको रोजगारी र आर्थिक सक्षमतामा लैंगिकताको प्रभावले समस्या पार्ने गरेको जनाउँदै स्थानीय सरकारले लैंगिक समानतामा विशेष ध्यान दिएर युवा महिलालाई रोजगार...
समाचारदाता
नेपालगञ्ज, जेठ ५ । बाँके युनेस्को क्लबले बर्दिया ठाकुरबाबाका युवा महिलालाई रोजगारी र व्यवसायमा लगाउन अभिभावकलाई सहयोगी र सकारात्मक बनाउने उदेशयले संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलालाई रोजगारी र व्यवसायमा लाग्न घर परिवारबाट सहयोग र समर्थनका लागि संवाद कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो ।
उक्त संवादपछि युवा महिलालाई रोजगारी गर्न सहज हुने र अभिभावकबाट सकारात्मक सहयोगको प्रतिवद्धता गरिएकोले उनिहरु आत्मनिर्भर बन्ने पर्ल परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
सो संवाद कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका शिक्षा शाखा प्रमुख सिता आचार्यले शिक्षा र सिपले मात्रै महिलालाई आर्थिक रुपमा शसक्त बनाउने तथा आत्मनिर...
समाचारदाता
नेपालगञ्ज, जेठ ३ । बाँके युनेस्को क्लबले युवा महिलालाई अवसर र रोजगारी सृजना गराउनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा उद्योगी व्यवसायी, स्थानीय सरकारका सरोकारवाला र युवा महिलाविच संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो ।
लैङ्गिक असमझदारी हटाई महिलालाई स्थानीयस्तरबाट रोजगारीका अवसरहरु सृजना गर्न तथा सुरक्षित वातावरण निर्माणका लागि सो संवादको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
सो संवादमा कार्यक्रममा पालिका भित्रका बढीभन्दा बढी युवा महिलालाई रोजगारी लगायतका विभिन्न अवसर दिने बारेमा स्थानीय सरकार गम्भीर रहेको जानकारी गराईएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन नगरपालिकाले हरेक प्र...