अधिकांश उद्योगी व्यवसायीको समर्थन हामीलाई छ–टंक धामी
सिराज खान
नेपालगन्ज, साउन २४ । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी २ भदौमा हुने निर्वाचनका लागि टंक धामीको नेतृत्वमा निर्वाचनमा होमिएको समावेशी प्यानलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेर प्रचार प्रसारलाई तिव्र पारेको छ ।
सो प्यानलका सबै प्रतिबद्धता स बाट सुरु भएका छन् । सार्वजनिक गरिएका प्रतिवद्धता पुरा गर्ने योजनाका साथ प्यानलले व्यवसायीहरुको दैलोमा पुगेर सहयोग समर्थन माग्ने काम गरिरहेको छ ।
समावेशी प्यानलले अघि चुनावी एजेण्डा बनाएका १७ वटा प्रतिवद्धताहरुमा सशक्त उद्योग वाणिज्य संघ, स्वस्थ व्यवसायी योजना, समानान्तर संस्थालाई निरुत्साहीत गर्ने, सद्भावमा नेतृत्वदायी भूमिका, सरलीकृत एकद्वार कर प्रणाली, सभागृह र प्रदर्शनी स्थल निर्माण, समृद्ध आर्थिक क्षेत्र ः लगानी सम्मेलन, सुधार जडिबुटी व्यवसायमा, सुरु गरौं ः नेपालगञ्ज –दिल्ली उडान,...
समाचारदाता
नेपालगन्ज, साउन २२ । बर्दियामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुको लागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम गुलरिया नगरपालिकामा सोमवारबाट शुरु भएको छ ।
सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्कोद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको हो ।
युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरता, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारको खाता संचालन तथा लेखापालान गर्न सक्षम बनाउनु उक्त तालिमको मुख्य उद्देश्य रहेको जनाईएको छ ।
बाँके युनेस्को क्लबका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले व्यवसायको व्यवसायिक योजनाको पुनरावलोकन, स्थानीय सरकारबाट सुविधा र कार्यक्रममा सरभागीताकालागि सक्षम बनाई दिर्घकालिन रुपमा व्यवसायको विकास विस्तार गरी दैनिक जिबिकोपार्जनमा सहजता ल्याउनु पनि कार्यक्रमको उदेश्य रहेको बता...
नेपालगन्जमा होटल र रेस्टुरेन्ट खुल्ने क्रम बढ्यो
समाचारदाता
नेपालगन्ज, साउन १ । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका कार्यकारीणी सदस्य मोहम्मद ईश्तियाक राईले सोमवार नेपालगन्जमा सञ्चालनमा आएको एक रेष्टुरेन्टको उद्घाटन गर्नु भएको छ ।
नेपालगन्ज आदर्शनगरस्थित सुर्खेतरोडको होटल स्नेहा र मल्टिप्लेक्स सिनेमा सिने रोयलको ठीक सामुन्ने सञ्चालनमा ल्याईएको ख्वाजा फुड सेन्टर ( केएफसी ) को पुर्वमन्त्री राई र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।
विशेष गरि सिनेमा हेर्न आउने तथा होटल र क्यासिनो लगायतमा आउने भारतीय पर्यटकलाई लक्षित गरेर सो रेष्टुरेन्ट सञ्चालनमा ल्याईएपनि विशेष स्वाद पस्किने भएकोले नेपालगन्जका स्वादका पारखीहरुको पनि त्यहाँ राम्रो उपस्थिति हुने विश्वास गरिएको छ ।
रेष्टुरेन्ट उदघाटनको अवसरमा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्द...
सिराज खान
नेपालगन्ज, असार २३ गते । लुम्बिनी प्रदेशका कृषि तथा भुमिब्यवस्था मन्त्री भण्डारीलाल अहिरले प्रदेश सरकारले गरिब र विपन्न तथा वास्तविक किसानलाई कृषि उत्पादनमा सहयोग गर्ने बताउनुभएको छ । उहाँले किसानको नाममा ठुला बडाले सरकारी सहयोग लिने गरेको गुनासो बारम्बार आउने गरेको जनाउँदै सो बारेमा वर्तमान गम्भीर र सचेत रहेको बताउनुभयो ।
शनिवार नेपालगन्जस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा आयोजना गरिएको एक कार्यक्रममा बाँकेका पशुपंक्षीपालक किसानलाई निशुल्क कृषि उपकरण र चल्ला वितरण गर्दै मन्त्री अहिरले सो बताउनु भएको हो । सो अवसरमा उहाँले पशुपंक्षी उत्पादन बृद्धि गर्दै किसानलाई व्यवसायीक कार्यतर्फ आकर्षित गर्ने उदेश्यले प्रदेश सरकारले विभिन्न प्रकारका कार्यक्रम र योजना बनाइरहेको बताउनुभयो ।
मन्त्री अहिरले भन्नुभयो–‘कुन क्षेत्रमा के के राम्रो उत्पादन हुन्छ सो को अध्ययन गरेर ...
समाचारदाता
नेपालगन्ज, असार ९ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सीप विकास तालिम पाएका बर्दियाका किशोर किशोरी र युवा महिलाहरु
राष्ट्रिय सीप परीक्षण बोर्डको सिप परिक्षण परिक्षामा सहभागि भएका छन् ।
क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत सुरक्षा गार्डको तालिम लिएका १६ जना युवा महिला राष्ट्रिय सीप परीक्षण बोर्डले शनिवार नेपालगन्जमा आयोजना गरेको लेभल १ को सीप परीक्षण परिक्षामा सहभागि भएका छन् ।
क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले राष्ट्रिय सीप परीक्षण बोर्डको प्रमाणपत्र प्राप्त गर्नका लागि उनिहरु सो परिक्षामा सहभागि भएको र परिक्षामा उत्तिर्ण हुनेहरुले प्रमाणपत्र पाउने बताउनुभयो ।
उहाँले सो प्रमाणपत्रको आधारमा उनिहरुलाई स्वदेश तथा विदेशमा रोजगारी गर्न सहज हुने बताउनुभयो ।
तीन दिनसम्म चल्ने सो सिप परिक्षण परिक्षामा ब्युटी पार्लर र टेलरिङको प्रशिक...
समाचारदाता
नेपालगञ्ज, जेठ ३० । स्थानीय सार्वजनिक निजि साझेदारी प्लेटफर्मको बैठक नेपालगञ्जमा विभिन्न विषयमा छलफल गरेर मंगलवार सम्पन्न भएको छ ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुप ले जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को आयोजनामा सो बैठक सम्पन्न गरिएको हो ।
बि ग्रुपका उपाध्यक्ष मिरा खनालको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागि विभिन्न सरोकारवालाविच विषादी नहालिएको तरकारी तथा अन्य कृषि उत्पादनमा जोड दिनुका साथै ती उत्पादनको बजारीकरण लगायतका विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो ।
बैठकमा सहभागि अधिकांश कृषिसंग सरोकार राख्नेहरुले परीक्षणको अभावमा अधिकांश नेपालगञ्जवासी विषादी भएको तरकारी खान बाध्य भएको ठहर गर्दै विषादी नभएका अर्गानिक तरकारी खेतीमा जोड दिंदै अर्गानिक तरकारीका लागि बजारको समस्या नहुने बताएका थिए ।
नार्कक...
समाचारदाता
नेपालगञ्ज, जेठ २६ । बर्दियाको ठाकुरबाबा नगरपालिका रोजगार सेवा केन्द्र र बाँके यूनेस्को क्लबको संयुक्त आयोजनामा रोजगार रणनीति २०८० सम्बन्धि कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्बलद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत रोजगार रणनीति तर्जुमाकालागि रोजगार संवाद मञ्चका पदाधिकारीहरु तथा सरोकारवाला निकायको क्षमता अभिवृद्धि र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
रोजगार संवाद मन्चका अध्यक्ष कमल बहादुर विष्ट तथा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, उद्योग वाणिज्य संघका अध्यक्ष गोबिन्द आचार्य, महिला विकास शाखा, होटेल व्यवसायीहरूको सहभागितामा रोजगार नीतीको पृष्ठभूमी तथा नीतिगत, कानुनी आधार, स्थानीय अवसरहरु सा...
समाचारदाता
नेपालगन्ज, जेठ २३ । बाँके युनेस्को क्लबले बर्दिया गुलरियाका युवा महिलालाई स्वरोजगार बनाउने उदेश्यले सञ्चालन गरेको जिवन सीप विकास तालिम सम्पन्न भएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत बर्दियाको गुलरियाका युवा महिलाका लागि ३९० घण्टाको सो सीप विकास तालिम सञ्चालन गरिएको थियो ।
प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले सो जीवन सीप तालिम पूरा गरेका ६६ जना युवा महिला प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले विपन्न तथा पछाडी परेका युवा महिलालाई समाजमा सम्मानजनक जीवन बिताउन आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बन्नका लागि रोजगारी सृजना गराउन यो तालिम प्रदान गरिएको बताउनुभयो ।
क्षेत्रीय प्रबन्धक पराजुलीले अब तालिम अनुसार स्वरोजगार बनेर सबैलाई अवसर पाएरमा हामीले जे पनि गर्न सक्छौ भ...
समाचारदाता
नेपालगञ्ज, जेठ ९ । बाँके युनेस्को क्लबले मर्यादित र सुरक्षित वातावरणमा व्यवसाय एवं रोजगार सञ्चालनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेका रोजगारदाता र श्रमिकहरुका लागि अभिमूखिकरण कार्यक्रम गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो अभिमूखिकरण गरिएको हो ।
सो अभिमूखिकरणमा नगरपालिका भित्रका युवा महिलालाई रोजगारी र व्यवसायमा लगाउन देखिएका समस्या र चुनौतीहरुसंगै अवसर तथा अन्य विभिन्न प्रकारका अवरोधका बारेमा छलफल गरिएको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाको रोजगार संयोजक रविन्द्र अर्यालले रोजगारदाता र श्रमिक दुबैलाई एकै ठाउँमा राखेर गरिएको यो कार्यक्रम निकै सकारात्मक रहेको र यसबाट युवा महिलालाई रोजगारीमा जान सहज हुने बताउनुभयो ।
उद्योग वाणिज्य संघका अध्यक्ष...
समाचारदाता
नेपालगञ्ज, जेठ ८ । प्लान इन्टर नेसनल नेपाल र बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा आयोजना गरेको संवाद कार्यक्रममा लैंगिक समानता र रोजगारीका अवसरका लागि शिक्षा र सिपमा विशेष जोड दिईएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको सो संवाद कार्यक्रममा सहभागि हुनु भएका विभिन्न सरोकारवालाले युवा महिलाको रोजगारीका लागि महिला मैत्री वातावरण निर्माण गर्नुका साथै अभिभावक र सरोकारवाला निकाय सबैको सहयोग आवश्यक रहेको कुरामा जोड दिईयो ।
गुलरिया नगरपालिकाको महिला विकास शाखा प्रमुख शिला शाहले युवा महिलाको आर्थिक अवस्था बलियो बनाउन उनिहरुलाई रोजगारी र व्यवसायमा लगाउनु आवश्यक रहेको जनाउँदै त्यसका लागि लैंगिक समानता, समान अवसर र अभिभावकको सहयोग अपरिहार्य भएको बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय गुलरियाका केशवराज...