१० बैशाख २०८३, बिहीबार

अर्थ

युवा महिलाको रोजगारीको अवसर, सम्भावना र प्राथमिकताका लागि गुलरियामा संवाद

युवा महिलाको रोजगारीको अवसर, सम्भावना र प्राथमिकताका लागि गुलरियामा संवाद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, जेठ ६ । बाँके युनेस्को क्लबले युवा महिलाको रोजगारीकालागि स्थानीय स्तरमा अवसर, सम्भावना तथा आगामी प्राथमिकताका विषयमा छलफल गर्न बर्दियाको गुलरियामा एक संवाद कार्यक्रम गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो । गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा युवा महिलाको रोजगारीका लागि महिला मैत्री वातावरण निर्माण गर्नुका साथै अभिभावक र सरोकारवाला निकाय सबैको सहयोग आवश्यक रहेको निष्कर्श निकालिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले युवा महिलाको रोजगारी र आर्थिक सक्षमतामा लैंगिकताको प्रभावले समस्या पार्ने गरेको जनाउँदै स्थानीय सरकारले लैंगिक समानतामा विशेष ध्यान दिएर युवा महिलालाई रोजगार...
युवा महिलाको आर्थिक विकासकालागि ठाकुरबाबामा अभिभावकसंग संवाद कार्यक्रम

युवा महिलाको आर्थिक विकासकालागि ठाकुरबाबामा अभिभावकसंग संवाद कार्यक्रम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, जेठ ५ । बाँके युनेस्को क्लबले बर्दिया ठाकुरबाबाका युवा महिलालाई रोजगारी र व्यवसायमा लगाउन अभिभावकलाई सहयोगी र सकारात्मक बनाउने उदेशयले संवाद कार्यक्रम सम्पन्न गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलालाई रोजगारी र व्यवसायमा लाग्न घर परिवारबाट सहयोग र समर्थनका लागि संवाद कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो । उक्त संवादपछि युवा महिलालाई रोजगारी गर्न सहज हुने र अभिभावकबाट सकारात्मक सहयोगको प्रतिवद्धता गरिएकोले उनिहरु आत्मनिर्भर बन्ने पर्ल परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो । सो संवाद कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका शिक्षा शाखा प्रमुख सिता आचार्यले शिक्षा र सिपले मात्रै महिलालाई आर्थिक रुपमा शसक्त बनाउने तथा आत्मनिर...
बर्दियाका युवा महिलाको रोजगारीकालागि सरोकारवालाविच संवाद कार्यक्रम सम्पन्न

बर्दियाका युवा महिलाको रोजगारीकालागि सरोकारवालाविच संवाद कार्यक्रम सम्पन्न

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, जेठ ३ । बाँके युनेस्को क्लबले युवा महिलालाई अवसर र रोजगारी सृजना गराउनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा उद्योगी व्यवसायी, स्थानीय सरकारका सरोकारवाला र युवा महिलाविच संवाद कार्यक्रम सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो । लैङ्गिक असमझदारी हटाई महिलालाई स्थानीयस्तरबाट रोजगारीका अवसरहरु सृजना गर्न तथा सुरक्षित वातावरण निर्माणका लागि सो संवादको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । सो संवादमा कार्यक्रममा पालिका भित्रका बढीभन्दा बढी युवा महिलालाई रोजगारी लगायतका विभिन्न अवसर दिने बारेमा स्थानीय सरकार गम्भीर रहेको जानकारी गराईएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन नगरपालिकाले हरेक प्र...
प्लान नेपाल र बाँके युनेस्कोले बर्दियाका महिलालाई आत्मनिर्भर बनायो

प्लान नेपाल र बाँके युनेस्कोले बर्दियाका महिलालाई आत्मनिर्भर बनायो

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, जेठ ३ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सिलाई तालिमसंगै सामाग्री समेत लिएर व्यवसाय शुरु गरेका बर्दियाका युवा महिलाहरु आर्थिक रुपमा सक्षम बन्दै गएका छन् । केही समयअघिसम्म बेरोजगार भै खाना लाउन समेत समस्या भैरहेको बताउने ती युवा महिलाले अहिले न्युनतम १२ हजार देखि १५ हजार मासिक आम्दानी गरेर घर खर्च चलाईरहेको जनाएका छन् । सिलाई तालिम पाएपछि पसल सञ्चालनका लागि सामाग्री समेत पाएका बर्दियाको ठाकुरबाबा नगरपालिका–२ भुरीगाउँका ६ जना युवा महिलाले सामुहिक रुपमा सञ्चालनमा ल्याएको न्यु सामुहिक टेलर स्थानीय वासिन्दाविच लोकप्रिय बन्दै गएको छ । प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहकार्यमा बर्दियामा सञ्चालित पर्ल परियोजना अन्तर्गत बर्दिया जिल्लाका १८ देखि २४ वर्ष उमेर समूहका अति जोखिममा परेका युवा किशोरी तथा महिलाले सिलाई तालिम लिएपछि रोजगारीक...
बर्दिया जब्दीघाट पुल निर्माणको माग गर्दै संघीय सांसद गौतम आमरण अनसनमा

बर्दिया जब्दीघाट पुल निर्माणको माग गर्दै संघीय सांसद गौतम आमरण अनसनमा

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
मुकुन्द सुवेदी नेपालगञ्ज, बैशाख ३१ । बर्दियाको बबई नदी स्थित जब्दीपुल निर्माणको माग राख्दै सङ्घीय सांसद सञ्जयकुमार गौतमले आमरण अनशन ( सत्याग्रह ) सुरु गर्नुभएको छ । पूर्व सिँचाइ मन्त्री समेत रहनु भएका गौतमले शनिवार साँझबाट अनसन सुरु गर्नुभएको हो । जब्दीपुल निर्माण, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनालाई बजेटको सुनिश्चितता, सदरमुकाम गुलरिया जोगाउन तटबन्ध निर्माणको बाँकी काम नियमित गर्नुपर्ने लगायतका १५ बूँदे माग राख्दै आमरण अनसनमा बस्नु भएको हो । जब्दी पुलमा आमरण बस्नु अघि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु भएको थियो । २०६५ सालदेखि निर्माण सुरु भएको पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो । चार सय २५ मिटर लामो उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको थियो । पप्पु कन्स्ट्रक्सनले निर्माण ग...
सीमापारीबाट नेपाली र भारतीय नक्कली नोट छापेर नेपालगञ्ज पठाउने पक्राउ

सीमापारीबाट नेपाली र भारतीय नक्कली नोट छापेर नेपालगञ्ज पठाउने पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, बैशाख ३१ । यहाँस्थित नेपाल–भारत सीमा पारी भारतीय क्षेत्रमा बसेर नक्कली नेपाली र भारतीय रुपियाँ छापेर नेपालतर्फ पठाउने पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गर्न सफल भएको छ । भारतको बहराईच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपाल पठाउने गिरोहलाई नक्कली नेपाली र भारतीय नोट र छाप्ने मेसिनसहित बहराईच एटिएस र रुपैडिहा पुलिसले पक्राउ गरेको हो । रुपैडिहा प्रहरी थानाका प्रमुख एसओ श्रीधर पाठकले दिनु भएको जानकारी अनुसार रुपैडिहा नजिकै नक्कली रुपियाँ छाप्ने र विक्रि वितरण गर्ने सुचनाको आधारमा बहराईच एटीएस र रुपैडिहा प्रहरीले संयुक्त रुपमा कारवाही गर्दा लखिमपुर जिल्लाका ५ जनालाई पक्राउ गरिएको हो । उहाँले पक्राउ परेका पाँच जना सवार एक गाडीको तलाशी गर्दा सो गाडीबाट ५२ हजार नक्कली भारतीय रुपियाँ र ५ हजार नक्कली नेपाली रुपियाँसहित पैसा छाप्ने मेसिन, लैपटाप,...
बर्दियाका युवा महिलालाई बचत तथा ऋण परिचालन सम्बन्धि अभिमुखिकरण

बर्दियाका युवा महिलालाई बचत तथा ऋण परिचालन सम्बन्धि अभिमुखिकरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, बैशाख १४ । बाँके युनेस्को क्लबले हाम्रो मध्यवर्ति बचत तथा ऋण सहकारी संस्थासंगको समन्वयमा बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलाका लागि सहकारी शिक्षा सम्बन्धि अभिमुखिकरणको आयोजना गरेको छ । सो अभिमुखिकरण प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवर्धन परियोजना अन्तर्गत आयोजना गरिएको थियो । सो अभिमुखिकरणमा ठाकुरबाबाका रोजगारमा लागेका १८ जना युवा महिलालाई सहकारी शिक्षा, बचत तथा ऋण परिचालन र नितिगत प्रक्रियाका बारेमा विस्तृत रुपमा जानकारी गराईएको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो । तालिम प्राप्त गरेपछि युवा महिलाले सञ्चालन गरिरहेको व्यवसायलाई स्तरोन्नती गर्दै बचत गर्ने बानी बसाल्नका लागि उनिहरुलाई सहकारीमा आवद्ध गरिएको उहाँले बताउनुभयो । सो अभिमुखिकरणमा व्युटिपार्लर, टेलरिंग, होटल व्यवसाय, नास्ता पसल र खु...
नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा मन्सुरी निर्वाचित

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा मन्सुरी निर्वाचित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, चैत ३० । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित हुनु भएको छ । उहाँले ७० मतका साथ बिजय हासिल गर्नु भएको हो । अजिज किराना स्टोरका प्रोपराईटर मन्सुरी व्यवसायीक संगसंगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहँदै आउनु भएको छ। नेपालगन्ज उद्योग वाणिज्य संघमा २ कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल उपाध्यक्ष र अहिले अध्यक्ष रहनु भएका मन्सुरी नेपालगन्ज किराना तथा खाद्यान व्यवसायी संघको २०६३ सालदेखि हालसम्म नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । त्यस्तै नेपाल बितरक महासंघमा पूर्व कार्यसमिति सदस्य, नेपालगन्ज बितरक संघमा सदस्य हुनुहुन्छ भने लायन्स क्लव सिद्धी बिनायकको पूर्व अध्यक्ष समेत भई बिभिन्न अनुभव सङ्गालेका प्रतिष्ठित, उर्जावान र जुझारु युवा व्यवसायी हुनुहुन्छ । मन्सुरीलाई विजयी गराउन न...
नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको गभर्नर अधिकारीद्धारा जानकारी

नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको गभर्नर अधिकारीद्धारा जानकारी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं, चैत २८ गते। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको बताउनुभएको छ। मंगलबार नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९र८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो। उहाँले नेपालका बैङ्क वित्तीय संस्थाको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गर्नुभयो। उहाँले तत्काल सानोतिनो धक्काले नेपालका बैङ्क तथा वित्तीय संस्थामा जोखिम नआउने बताउनुभयो। उहाँले सबै वित्तीय संस्थाको तथ्याङ्क बलियो हरेको बताउनुभयो। उहाँले बैङ्क तथा वित्तीय संस्थामा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताउनुभयो। उहाँले पछिल्लो समय बैङ्कहरूमा तरलता सहज हुँदै आएको बताउनुभयो। उहाँले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारको लागि गरिएको सचे...
युनेस्कोद्धारा बर्दियामा सञ्चालित परियोजनाको संयुक्त अनुगमन

युनेस्कोद्धारा बर्दियामा सञ्चालित परियोजनाको संयुक्त अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, चैत १९ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका विभिन्न पालिकामा सञ्चालन गरेको परियोजना र कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ । प्लान इन्टरनेसनल नेपाल तथा स्ट्याण्डर्ड चार्टर्ड नेपालको संयुक्त टोलीले प्लान नेपालको साझेदारीमा बर्दियाको गुलरिया र ठाकुरद्धारा नगरपालिकामा क्लबले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार परियोजनाको अनुगमन गरेको हो । अनुगमन टोलीले गुलरिया नगरपालिका ९ रामपुरका सिलाई कटाई तालिम लिएर सामाग्री पाई उद्यम गरिरहेका महिलाहरुको अवस्था बुझ्नुका साथै गुलरियामा डेन्टल लैब असिस्टेन्ट, सुरक्षा गार्ड, पशुपालन र व्युटिपार्लर तालिम लिएकासंग अनुभव र आगामी योजनाका बारेमा छलफल गरेको थियो । सोही प्रकारले सो टोलीले ठाकुरबाबा नगरपालिकाका सेल्सपर्सन तालिम लिएका किशोरीहरुसंग छलफल गरेको थियो । त्यसका साथै नगरपालिकाका पदाधिकारीहरु, प्रमुख प्रशासकीय अ...