सिराज खान
नेपालगञ्ज, असोज १३ । केही समय अघिसम्म दुई छाक टार्नका लागि अतिनै संघर्ष गरिरहेकी नेपालगञ्ज २ की लक्ष्मी थारु अहिले दैनिक पाँच सयदेखि सात सय रुपियाँसम्म आम्दानी गरिरहेकी छन् ।
जिविका गुजार्न समस्या भएपछि कयौं पटक आफन्तकोमा गएर गुहार गर्नु पर्ने अवस्थाबाट गुज्रिनुपरेको सम्झदैं उनि भन्छिन्– कति दुख पाईयो, कति भन्नै गाह्रो छ । तर अहिले त्यस्तो अवस्था छैन, अहिले त म बसीबसी मजाले दैनिक सातसयसम्म कमाउँछु ।
अहिले उनको मुहार उज्यालो छ । मुस्कुराउँदै उनले अहिले त खान लाउन दुबै पुगेको बताइन् । कतार च्यारिटिको सहयोगमा बाँके युनेस्को क्लबले किराना पसल खुलाईदिएपछि चौधरीको जिवनमा ठुलो परिवर्तन आएको हो ।
आयआर्जनका लागि व्यवसायीक विकास परियोजना अन्तर्गत पाएको किराना पसलमा अहिले उनी विहानदेखि बेलुकासम्म व्यस्त छिन् । दैनिक उपभोगका सामाग्री बेचेर सोही पसलबाट दैनिक पाँचसयदेखि सातसय रुपियाँसम्म आ...
समाचारदाता
नेपालगञ्ज, असोज ४ । नेपालगन्ज–२ घरवारीटोलस्थित मिरज सु मार्टका सन्चालक जेनिशा आचार्य (जैसी) ले ब्यापारको सिजन छोप्न ऋणधन गरेर पसलमा सामान हाल्नु भएको थियो ।
तर, दुर्भाग्य गत भदौ ३१ गते राती उनको पसलमा बिद्युत सर्ट भएर आगलागी भयो । आगलागीबाट दशैं, तिहारको सिजनमा बिक्रीका लागि राखिएका सबै सामान जलेर नष्ट भए ।
‘दशैं,तिहारको सिजनका लागि सामान राखेकी थिएन, आगलागीले सबै ध्वस्त बनायो ।’ आचार्यले दुःखेसो पोख्दै भन्नुभयो–‘ अब के गर्ने कसरी गर्ने, सबैथोक बर्बाद भयो ।’ आचार्यका अनुसार,आगलागीबाट ५५ लाख रुपियाँ बराबरको सामाग्री जलेर नष्ट भएको छ ।
पसलमा रहेका जुत्ता चप्पल र पसल डेकोरेसनका सामाग्री कामै नलाग्ने अवस्थामा पुगेको छ । आचार्यले पाँच बर्षदेखि यहाँ व्यवसाया गर्दै आउनु भएको थियो । ऋण गरेर व्यवसाय गर्नु भएका उहाँलाई अहिले ऋण तिर्ने तनाव भएको छ ।
उहाँको चिन्ता छ –‘अब त्यो पैसा कसरी...
सिराज खान
नेपालगञ्ज, असोज ४ गते। बाँकेका विभिन्न नदी र खोलाबाट व्यापक रुपमा अवैध तरिकाले नदीजन्य पदार्थ सङ्कलन र ओसारपसार भइरहेको पाइएको छ। जिल्ला समन्वय समिति बाँकेले मङ्गलबार बाँकेका नदी, खोला र क्रसर उद्योगको छ्ड्के अनुगमन गर्दा त्यस्तो पाइएको समितिले जनाएको छ।
समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा गएको टोलीले नदी, खोला र क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो। टोलीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित मुगुवा खोला, शक्तिमा क्रसर उद्योग, राप्ती सोनारी प्रोसेसिङ प्रा।लि। लगायतको स्थलगत अनुगमन गरेको छ। अनुगमन कार्य जारी रहको र साँझसम्म रहने जनाइएको छ।
अनुगमनका क्रममा अवैध उत्खननमा संलग्न रहेको अवस्थामा दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको समन्वय समितिका प्रमुख चौधरीले जानकारी दिनुभयो।
नियमित रूपमा अनुगमन नहुँदा जिल्लाका नदी तथा खोलामा अवैध उत्खनन् बढेको ...
सिराज खान
नेपालगञ्ज, भदौ २९ गते । बाँकेको नौवस्ता औद्योगिक क्षेत्र निर्माण र बस्ती व्यवस्थापनका बारेमा सर्वदलीय सहमति भएको छ । सो सहमतिसँगै औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ ।
सुकुम्बासीको अवरोधका कारण निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको सो औद्योगिक क्षेत्र निर्माण सुरु गर्न र बस्तीसमेत व्यवस्थापन गर्नका लागि सर्वदलीय सहमति बनेको औद्योगिक क्षेत्रका कार्यालय प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो ।
उहाँले बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले औद्योगिक क्षेत्रको टेन्डर प्रकाशनलगायत निर्माण प्रक्रिया सुरु गर्ने र विवादित बस्ती व्यस्थापनका लागि कार्यदल बनाएर समाधान गर्ने निर्णय गरेको बताउनुभयो ।
बस्ती व्यवस्थापनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नापी, मालपोत, वन, वैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वड...
समाचारदाता
नेपालगञ्ज, भदौ २९ । कतार च्यारिटीको सहयोगमा, काठमाडौँको बूढानिलकण्ठमा निर्मित समाजकल्याण परिषद्कोे व्यावसायिक तालिम केन्द्रको भवनको उदघाटन गरिएको छ ।
नेपालका लागि कतारी राजदूत महामहिम युसुफ मोहम्मद अल–हैलको उपस्थितीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं समाजकल्याण परिषदका अध्यक्ष उमा रेग्मीले उदघाटन गर्नु भएको हो ।
कार्यक्रमको सभापति समेत रहनु भएकी मन्त्री रेग्मीले कतार च्यारेटीको सहयोगमा निर्माण भएको यस व्यावसायिक तालिम केन्द्रमा नितान्त सीप मुलक तालिम संचाल नहुने र युवाहरुलाई स्वरोजगारको अवस्था सिर्जना गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सो सहयोगको लागि कतार च्यारिटीलाई धन्यवाद दिदै आगामी दिनहरुमा समाजमा सकारात्मक परिवर्तन गर्न कतार च्यारिटीले यस्तै खालका थप कार्यक्रमबाट योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि महामहिम कतारी राजदू...
सिराज खान
नेपालगञ्ज, भदौ २५ गते । हरेक वर्षझैँ यस पटक पनि चाडपर्व नजिकिएसँगै नेपालगन्ज बजारमा खासै चहलपहल सुरु भएको छैन । तर, सीमापारि रूपैडिहा बजारमा भने किनमेल गर्ने नेपालीको घुइँचो लाग्न थालिसकेको छ ।
दसैँ र तिहार नजिकिएसँगै गत केही दिन यता सीमापारि गएर किनमेल गर्नेहरू बढेको पाइएको छ । रुपैडिहाका अधिकांश पसल अहिले नेपाली उपभोक्ताले भरिभराउ छन् । जताततै नेपाली उपभोक्ता नै देख्न सकिन्छ । सधैँ जसो नेपाली उपभोक्ताले भरिने रुपैडिहामा चाडपर्व आउने भन्दा केही समयअघिबाट त थामिनसक्नु भिड हुने गरेको सीमापारिका व्यवसायीहरूले बत्ताउँछन् ।
अहिले दैनिक सयौँको सङ्ख्यामा नेपाली उपभोक्ताहरू सामान खरिद गर्न आउने गरेको रुपैडिहाका व्यवसायी ओमकार वैश्य बताउनुभयो । उहाँले नेपालगन्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरिगाँउ र दाङ तथा सुर्खेतसम्मबाट खरिदारीका लागि नेपाली उपभोक्ताहरू आइर...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ २४ । राप्तीसोनारी वडा न. ५ र २ को सिमानामा बग्ने राप्ती नदीको मदुवाघाटमा निर्माण पुरा हुन अन्तिम चरणमा रहेको पक्की पुल मुनि कुनै पनि अवैध उत्खनन् नगरिएको निर्माण कम्पनीले जनाएको छ ।
निर्धारित समय अवधी मैै ५५० मिटर लामो सो पक्की पुल निर्माण गरेको तुन्दी रसुवा कुमार श्रेष्ठ जे.भीले पुलमुनि कुनै पनि अवैध उत्खनन् नगरिएको प्रष्ट पार्दै खोला मिलाइएको र खोला मिलाउँदा निस्किएको नदीजन्य सामाग्री पुल किनारको दुबैतिरको भागमा प्रयोग गरिएको जनाएको छ ।
तुन्दी रसुवा कुमार श्रेष्ठ जे.भीका निर्देशक सुजित कुमार श्रेष्ठले पुलमुनि नदीको भागमा पानी सहज रुपमा बग्न दिन नदी च्यानालाइजेशन गरिएको र सो गर्दा त्यहाँबाट निस्किएको मेटेरियल सोही पुलको अप स्ट्रीम ५ सय मिटर र डाउन स्ट्रीम ५ सय मिटरमा प्रयोग गरिएको बताउनुभयो ।
उहाँले सो बारेमा पुल सेक्टर दांग लमहीस्थित कार्यालयले राप...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ २२ । स्थानीय सरकारद्धारा सुख्खा क्षेत्र घोषित नरैनापुर गाउँपालिकालाई जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय तथा प्रदेश सरकार समक्ष सिफारिस गरेको छ ।
१५ प्रतिशत मात्रै रोपाइँ भएको र त्यसमध्येपनि अधिकांश सुखेर नष्ट भैसकेको जानकारीसहित राहतका लागि स्थानीय प्रशासनसँग पहल गरी दिन पत्राचार गरेपछि विपद् व्यवस्थापन समितिले किसानलाई राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार समक्ष सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनुभयो । समितिले प्रयाप्त सिचाँइ, वैकल्पिक बाली प्रबन्धन तथा राहत वितरणको व्यवस्थाका लागि सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।
यस अघि कृषि वैज्ञानिक सहितको टोलीले सो क्षेत्रमा कोसे बालीको खेती गर्न सुझाव समेत दिएको थियो । नरैनापुर गाउँपालिकाले ...
समाचारदाता
नरैनापुर, बाँके, भदौ १७ । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको नरैनापुर गाउँपालिकाको अवस्था बुझ्न अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर शुक्रवार त्यहाँ पुग्नु भएको छ । उहाँले सो क्षेत्रको स्थलगत अनुगमन गरेर स्थानीय जनप्रतिनिधी, किसान र सर्वसाधारणसंग विस्तृत रुपमा जानकारी लिनुभएको छ । अनुगमनको क्रममा मन्त्री प्रभाकरले गाउँपालिकाको केही वडामा पुग्नुका साथै भारतीय सिमा नाका बघौडा सम्मको स्थलगत अनुगमन गर्नुभयो । प्रयाप्त पानी नपर्दा सो क्षेत्रमा जेनतेन १५ प्रतिशत मात्रै रोपाई भएको र सो पनि पछि सुकेर काम नलाग्ने भएको छ ।
स्थलगत अनुगमनको क्रममा अर्थमन्त्री शर्माले अधिकाँश खेती योग्य जमिन बाँझो रहेको आफुले प्रत्यक्ष देखेको जनाउँदै आवश्यक आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभयो । सो समस्याका बारेमा मन्त्री परिषदको बैठकमा जानकारी गराउनुका साथै प्रधानमन्त्रीस...
समाचारदाता
नेपालगञ्ज, भदौ १६ । सुख्खाग्रस्त घोषित बाँकेको नरैनापुर गाँउपालिकाले डिप बोरिङ्ग र राहतको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत नोपल सरकारलाई ज्ञापन बुझाएको छ । नरैनापुर गाउपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशसभाका सांसद कृष्णा केसी नमुनाको विशेष उपस्थितिमा सो ज्ञापन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई विहिबार बुझाउनुभयो ।
सो ज्ञापनमा गतवर्षको बेमौशमी वर्षातका कारण भित्र्याउने अवस्थाको धानबालीको ठूलो नोक्सानी बेहोर्नु परेका नरैनापुरका किसानले लामो समयको खडेरीको कारण धान समेत रोप्न नपाएको अवस्थामा पालिकाको सबै वडाका किसानलाई सिचाईको सुविधा हुने गरी डिप बोरिङ्ग जडान गर्न र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ ।
नरैनापुरमा खडेरीका कारण धान रोप्न साथै बर्षातमा लगाईने खेती समेत लगाउन नपाएको अवस्थामा आगामि दिनमा किसानले सुख्खा र खडेरी व्यहोर्न नपर्ने ग...